Digital-Divide/C2/Pre-Natal-Health-Care/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:06 “बधाई छ, कृपया बस्नुहोस्”
00:10 “अनिता, तपाईको पछिल्लो जाँच कहिँले भएको थियो?”
00:12 २ महिना पहिले थियो
00:15 अब, म मेरो चौथौं महिनामा छुँ
00:19 “गर्भवती अवस्थामा नियमित जाँच गर्नुपर्छ”
00:23 गर्भवती भएको बेलामा गरेको जाँचले स्वास्थ्यमा आउनसक्ने समस्याहरु बाट बचाउँछ
00:29 यसले गर्भवती हुँदा आउने सक्ने जटिलता घटाउँछ
00:33 “प्रत्येक ३ महिनामा एकपटक जाँच गराउनु पर्छ र गर्भवती भएको अन्तिम महिनामा साप्ताहिक रुपमा जाँच गराउनुपर्छ”
00:41 “जाँच गर्दा यी जानकारीहरु पाइन्छन्
00:43 आमाको मनोबैज्ञानिक अवस्था
00:46 गर्भावस्थाको पोषण र खुराक
00:48 भिटामिन र
00:50 जैविक परिवर्तनहरु
00:52 यो मेरो पहिलोपटक हो र मलाई यी सबै नयाँ लागिरहेको छ
00:55 कृपया मलाई आफू र बच्चाको राम्रो स्याहार राख्ने सल्लाह दिनुहोस्
01:00 प्रि-न्याटल हेल्थ केयर स्पोकन ट्युटोरियलमा स्वागत छ
01:04 यहाँ, हामी गर्भवती महिलाको स्वास्थ्यको हेरचाह कसरी गर्ने चर्चा गर्ने छौं
01:10 सबैभन्दा पहिले आमाको स्वास्थ्य
01:14 त्यसैले, आइरनको कमी हुन नदिनु धेरै महत्वपूर्ण छ
01:18 सम्भावित आमाहरुले फलाम धेरै भएका खानाहरु खानुपर्छ
01:23 गर्भावस्थामा तपाईको शरीरमा रगतको आवश्यकता बढ्छ
01:27 तपाईलाई तपाईको बच्चाको शरीरमा आवश्यक रगतको लागि थप हेमोग्लोबिन बनाउन बढि आइरन चाहिन्छ
01:34 त्यसैले तपाईले फलाम धेरै भएका खानाहरु खानुपर्छ जस्तै
01:38 हरियो सागसब्जी
01:40 अन्डाको पहेँलो भाग,सुक्खा फलहरु
01:42 सिमी र ,आइरन धेरै भएका गेडागुडी”
01:46 “शल्यक्रिया गरी सुत्केरी गराउदा यस्ता जोखिमहरू हुन्छन्
01:50 चिरेको ठाउँमा संक्रमण हुने र
01:52 धेरै रगत बग्ने जसले गर्दा रक्तअल्पता हुन सक्छ
01:56 “गर्भवती महिलाले सकेसम्म साधारण सुत्केरी हुन खोज्नुपर्छ
01:59 यसको लागि गर्भावस्थामा सहि हेरचाह गर्नुपर्छ र पोषणयुक्त खाना खानुपर्छ
02:04 व्यायाम गर्नाले तपाईको जिऊमा शक्ति बढाउने हुनाले राम्रोसँग व्यायाम गर्नुहोस्
02:09 व्यायाम गर्नाले ढाड दुख्ने समस्याबाट छुटकारा पाइन्छ, साथै कब्जियत घटाउँछ र तनावमुक्त हुन सघाउंछ”
02:16 “यो मेशिनले के गर्छ?”
02:18 यो एउटा सोनोग्राफी मेशिन हो
02:20 यो बच्चाको स्वास्थ्य र विकास निगरानी गर्न प्रयोग गरिन्छ”
02:25 “अनिता, कृपया पल्टनुहोस्, अनि म तपाईलाई सोनोग्रफीको महत्व देखाउने छुँ”
02:30 “सामान्यत: गर्भवती भएको २० हप्तामा सोनोग्राफी गरिन्छ
02:36 यसको प्रयोगले,प्ल्यासेन्टा स्वस्थ छ/छैन हेर्न सकिन्छ र
02:40 बच्चा गर्भाशय भित्र सहीरूपमा बढिरहेको छ/छैन हेर्न सकिन्छ
02:43 यसले गम्भीर समस्याहरु पहिचान गर्न सहयोग गर्छ जस्तै बच्चाको तौल कम हुनु
02:48 यसले धेरै हदसम्म गर्भ तुहिन र गर्भपतनबाट बचाउँछ
02:54 “गर्भवती अवस्थामा सहि स्वास्थ्य हेरचाहको लागि यी महत्वपूर्ण हुन्छ - ”
02:58 नियमित जाँच
03:00 सोनोग्राफीको महत्व
03:02 आइरनको कमी हुनबाट बचाउनु र राम्रो पोषण
03:05 शल्यक्रिया गरी जन्म दिने जानकारी
03:07 ब्यायामको महत्व
03:09 “डाक्टरसाब, यति धेरै जानकारी दिनुभएकोमा धन्यवाद! हामी तपाईका निर्देशनहरु अनुसरण गर्ने बाचा गर्ने छौं”
03:16 म तपाईहरु दुवैले गर्भावस्थामा राम्रो हेरचाह गरेकोले खुशी छुँ
03:20 यसले गर्दा, बच्चा र आमा दुवै स्वस्थ र सुरक्षित छन्”
03:24 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, गर्भवती भएको अवस्थामा राम्रो हेरचाह गर्न र पोषणयुक्त खाना खान सम्झनुहोस्
03:32 सुरक्षित रहनुहोस्
03:35 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
03:38 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
03:40 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
03:45 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
03:49 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
03:53 बिस्तृत जानकारीको लागि कृपया: contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस्
04:00 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
04:05 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
04:11 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
04:16 यो ट्युटोरियलको भिडियोमा सौरभ गद्गिल र आरतीको योगदान रहेको छ
04:21 म मन्दिरा बिदा हुदैछुँ,
04:25 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya