Digital-Divide/C2/First-aid-measures-for-ChickenPox/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:19, 21 April 2017 by PoojaMoolya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:06 अशोक आफ्नो खेतबाट फर्किन्छ र आफुलाई ज्वरो आएको र जिऊ दुखेको कुरा गर्छ
00:12 उसकी श्रीमती अनिताले उसको हात र खुट्टामा फोका उठेको देख्छे
00:18 ऊ डराउँछे र उसको लोग्नेलाई देबीको सराप लागेको कुरा गर्छे
00:24 उसले आफ्ना बच्चाहरुलाई घरबाट बाहिरिन भन्छे
00:29 आमा र बच्चाहरु घरबाट निस्कन्छन् र ढोका बाहिरबाट बन्द गर्छन्
00:35 त्यहि समयमा गाउँकी डाक्टर उनीहरुको घरको बाटो आउछिन् र अनितालाई अभिबादन गर्छिन्
00:43 अनिता र उसका बच्चाहरुलाई चिन्तित देखेर के भयो सोध्छिन
00:51 अनिताले उसको पतिलाई देबीको सराप लागेको कुरा गर्छे
00:57 ड़ाक्टरले उसको पतिलाई भेट्ने इच्छा जनाउँछिन्
01:02 तर अनिताले उसको पतिलाई भेट्न नहुनी भन्दै भेट्न दिन्न्
01:07 डाक्टर अनिताको कुरा नसुनी घरभित्र लाग्छिन् र साथै अनिता पनि उनको पछि लाग्छे
01:15 डाक्टरले अशोकलाई जाच्छिन् र उसलाई ठेउला भएको भन्छिन्
01:21 तर अशोक र अनितालाई ठेउला के हो थाहा छैन
01:26 तिनीहरु समाधानको लागि डाक्टरलाई हेर्छन
01:29 ब्रिजिंग द डिजिटल डिभाइड स्पोकन ट्युटोरियलमा स्वागत छ
01:34 यहाँ हामी ठेउला, यसका लक्षणहरु, यसका कारणहरु र गर्न हुने र गर्न नहुने कुराहरु हेर्नेछौं
01:42 अब ठेउला के हो हेरौं
01:46 ठेउला एउटा सक्रमनात्मक रोग हो जसले शरीरमा चिलाउने फोकाहरु निस्कन्छ
01:53 ठेउलाको खोपले रोग राम्रोसँग निवारण गर्छ
01:58 खोप लगाएका केहि व्यक्तिहरुमा पनि ठेउला देखिन सक्छ
02:03 तर प्राय: तिनीहरुमा मामुली हुन्छ
02:06 साधारणतया, ठेउला मामुली र जीवनको जोखिम नहुने रोग हो
02:10 तर कहिलेकाहीँ यो डरलाग्दो हुनसक्छ र अस्पताल लानुपर्ने हुनसक्छ वा ज्यान पनि जान सक्छ
02:18 ठेउलाले बढि असर गर्ने
02:20 गर्भवती महिला
02:22 भर्खरै जन्मिएका शिशुहरु
02:25 किशोर र युवाहरु र
02:28 कम प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरु
02:32 यदि तपाईलाई एकपटक ठेउला भयो भने दोहोराएर आउदैन
02:38 यदि एकभन्दा बढि पटक ठेउला भएमा यसलाई शिन्गल्स भनिन्छ
02:45 अब ठेउलाको केहि लक्षणहरु हेरौं
02:50 २ दिनभन्दा बढि ज्वरो आउनु
02:54 रातो, तातो र कठोर छाला हुनु
02:58 घरेलु उपचारबाट कम नहने गरि चिलाउनु
03:03 २ हप्ताभन्दा बढि सम्म रहने धब्बाहरु
03:08 अब ठेउलाको अवधि र ठेउलाको संक्रमणता हेरौं
03:13 ठेउलाका फोकाहरु ३-५ दिनमा बन्छन् र ७-१० दिनमा पाप्राहरु बन्छन्
03:22 यो भएको १-२ दिनमा संक्रमण हुन्छ
03:27 सम्पूर्ण फोकाहरु पाप्रा नबनेसम्म यसको संक्रमण रहन्छ
03:33 यो एकदमै धेरै संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ
03:39 अब ठेउलाका कारणहरु हेरौं
03:43 तपाईलाई यी कारणले ठेउला लाग्न सक्छ
03:47 एउटा ठेउलाको फोकाको पीप छुनाले वा
03:52 यदि कुनै रोगीले तपाई नजिक खोकेमा वा हाच्छ्यु गरेमा
03:57 तपाईलाई रोग लाग्ने धेरै सम्भावना हुन्छ यदि
04:00 पहिले कहिल्यै ठेउला भएको छैन भने र
04:03 तपाईले ठेउलाको खोप पनि लिनुभएको छैन भने
04:08 अब हामीले ठेउला हुँदा के गर्नुपर्छ हेरौं
04:14 डाक्टरलाई देखाई ठेउला नै हो भनी पक्का गर्नुहोस् न् कि लामखुट्टेको टोकाई
04:20 हल्का खाना खानुहोस्, घरमा बनाएको खाए बेस
04:26 पहिले केहि दिनहरुमा प्रत्येक ३ देखि ४ घन्टामा चिसो वा मनतातो पानीले नुहाउनुहोस
04:33 नुहाउने पानीमा निमको पात राख्नुहोस्, यसले चिलाउन कम गर्छ
04:38 नुहाएर जिऊ सुक्खा पारौं
04:42 चिसो पारिराख्न धेरै पानी पिऊ- साथै नरिवल वा जौं पनि
04:49 रोग सर्न नदिन बिरामीको कपडाहरु भिन्नै धुनुपर्छ
04:55 यदि तपाईले ठेउलाको खोप लगाउनुभएको छैन भने तपाईले खोप लगाउनु पर्छ
05:02 अब ठेउला भएको बेला के गर्नु हुन्न हेरौं
05:08 रातो चिलाउने फोकाहरु कन्याउनु हुदैन
05:10 यसले ब्याक्टेरियाको संक्रमण हुन्छ र डरलाग्दो हुनसक्छ
05:15 अन्य व्यक्तिहरुलाई सम्पर्क गर्दा यसले रोग सर्न सक्छ
05:22 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, याद गरौ सधै चिकित्सक उपचार लिनु राम्रो हुन्छ
05:28 सहभागिताको लागि धन्यवाद, सधैं स्वस्थ रहनुहोस्
05:32 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
05:35 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
05:39 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
05:44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रोजेक्ट प्रयोग गरि कार्यशाला संचालन गर्छ
05:49 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:53 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
06:01 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
06:05 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:12 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org\NMEICT-Intro मा उपलब्ध छ
06:22 यो ट्युटोरियलको एनिमेसनमा आरतीको र चित्रहरुमा सौरभ गाद्गिलको योगदान रहेको छ
06:30 म मन्दिरा थापा बिदा हुदैछुँ,
06:33 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya