Digital-Divide/C2/First-aid-measures-for-ChickenPox/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:06 | अशोक आफ्नो खेतबाट फर्किन्छ र आफुलाई ज्वरो आएको र जिऊ दुखेको कुरा गर्छ |
| 00:12 | उसकी श्रीमती अनिताले उसको हात र खुट्टामा फोका उठेको देख्छे |
| 00:18 | ऊ डराउँछे र उसको लोग्नेलाई देबीको सराप लागेको कुरा गर्छे |
| 00:24 | उसले आफ्ना बच्चाहरुलाई घरबाट बाहिरिन भन्छे |
| 00:29 | आमा र बच्चाहरु घरबाट निस्कन्छन् र ढोका बाहिरबाट बन्द गर्छन् |
| 00:35 | त्यहि समयमा गाउँकी डाक्टर उनीहरुको घरको बाटो आउछिन् र अनितालाई अभिबादन गर्छिन् |
| 00:43 | अनिता र उसका बच्चाहरुलाई चिन्तित देखेर के भयो सोध्छिन |
| 00:51 | अनिताले उसको पतिलाई देबीको सराप लागेको कुरा गर्छे |
| 00:57 | ड़ाक्टरले उसको पतिलाई भेट्ने इच्छा जनाउँछिन् |
| 01:02 | तर अनिताले उसको पतिलाई भेट्न नहुनी भन्दै भेट्न दिन्न् |
| 01:07 | डाक्टर अनिताको कुरा नसुनी घरभित्र लाग्छिन् र साथै अनिता पनि उनको पछि लाग्छे |
| 01:15 | डाक्टरले अशोकलाई जाच्छिन् र उसलाई ठेउला भएको भन्छिन् |
| 01:21 | तर अशोक र अनितालाई ठेउला के हो थाहा छैन |
| 01:26 | तिनीहरु समाधानको लागि डाक्टरलाई हेर्छन |
| 01:29 | ब्रिजिंग द डिजिटल डिभाइड स्पोकन ट्युटोरियलमा स्वागत छ |
| 01:34 | यहाँ हामी ठेउला, यसका लक्षणहरु, यसका कारणहरु र गर्न हुने र गर्न नहुने कुराहरु हेर्नेछौं |
| 01:42 | अब ठेउला के हो हेरौं |
| 01:46 | ठेउला एउटा सक्रमनात्मक रोग हो जसले शरीरमा चिलाउने फोकाहरु निस्कन्छ |
| 01:53 | ठेउलाको खोपले रोग राम्रोसँग निवारण गर्छ |
| 01:58 | खोप लगाएका केहि व्यक्तिहरुमा पनि ठेउला देखिन सक्छ |
| 02:03 | तर प्राय: तिनीहरुमा मामुली हुन्छ |
| 02:06 | साधारणतया, ठेउला मामुली र जीवनको जोखिम नहुने रोग हो |
| 02:10 | तर कहिलेकाहीँ यो डरलाग्दो हुनसक्छ र अस्पताल लानुपर्ने हुनसक्छ वा ज्यान पनि जान सक्छ |
| 02:18 | ठेउलाले बढि असर गर्ने |
| 02:20 | गर्भवती महिला |
| 02:22 | भर्खरै जन्मिएका शिशुहरु |
| 02:25 | किशोर र युवाहरु र |
| 02:28 | कम प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरु |
| 02:32 | यदि तपाईलाई एकपटक ठेउला भयो भने दोहोराएर आउदैन |
| 02:38 | यदि एकभन्दा बढि पटक ठेउला भएमा यसलाई शिन्गल्स भनिन्छ |
| 02:45 | अब ठेउलाको केहि लक्षणहरु हेरौं |
| 02:50 | २ दिनभन्दा बढि ज्वरो आउनु |
| 02:54 | रातो, तातो र कठोर छाला हुनु |
| 02:58 | घरेलु उपचारबाट कम नहने गरि चिलाउनु |
| 03:03 | २ हप्ताभन्दा बढि सम्म रहने धब्बाहरु |
| 03:08 | अब ठेउलाको अवधि र ठेउलाको संक्रमणता हेरौं |
| 03:13 | ठेउलाका फोकाहरु ३-५ दिनमा बन्छन् र ७-१० दिनमा पाप्राहरु बन्छन् |
| 03:22 | यो भएको १-२ दिनमा संक्रमण हुन्छ |
| 03:27 | सम्पूर्ण फोकाहरु पाप्रा नबनेसम्म यसको संक्रमण रहन्छ |
| 03:33 | यो एकदमै धेरै संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ |
| 03:39 | अब ठेउलाका कारणहरु हेरौं |
| 03:43 | तपाईलाई यी कारणले ठेउला लाग्न सक्छ |
| 03:47 | एउटा ठेउलाको फोकाको पीप छुनाले वा |
| 03:52 | यदि कुनै रोगीले तपाई नजिक खोकेमा वा हाच्छ्यु गरेमा |
| 03:57 | तपाईलाई रोग लाग्ने धेरै सम्भावना हुन्छ यदि |
| 04:00 | पहिले कहिल्यै ठेउला भएको छैन भने र |
| 04:03 | तपाईले ठेउलाको खोप पनि लिनुभएको छैन भने |
| 04:08 | अब हामीले ठेउला हुँदा के गर्नुपर्छ हेरौं |
| 04:14 | डाक्टरलाई देखाई ठेउला नै हो भनी पक्का गर्नुहोस् न् कि लामखुट्टेको टोकाई |
| 04:20 | हल्का खाना खानुहोस्, घरमा बनाएको खाए बेस |
| 04:26 | पहिले केहि दिनहरुमा प्रत्येक ३ देखि ४ घन्टामा चिसो वा मनतातो पानीले नुहाउनुहोस |
| 04:33 | नुहाउने पानीमा निमको पात राख्नुहोस्, यसले चिलाउन कम गर्छ |
| 04:38 | नुहाएर जिऊ सुक्खा पारौं |
| 04:42 | चिसो पारिराख्न धेरै पानी पिऊ- साथै नरिवल वा जौं पनि |
| 04:49 | रोग सर्न नदिन बिरामीको कपडाहरु भिन्नै धुनुपर्छ |
| 04:55 | यदि तपाईले ठेउलाको खोप लगाउनुभएको छैन भने तपाईले खोप लगाउनु पर्छ |
| 05:02 | अब ठेउला भएको बेला के गर्नु हुन्न हेरौं |
| 05:08 | रातो चिलाउने फोकाहरु कन्याउनु हुदैन |
| 05:10 | यसले ब्याक्टेरियाको संक्रमण हुन्छ र डरलाग्दो हुनसक्छ |
| 05:15 | अन्य व्यक्तिहरुलाई सम्पर्क गर्दा यसले रोग सर्न सक्छ |
| 05:22 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, याद गरौ सधै चिकित्सक उपचार लिनु राम्रो हुन्छ |
| 05:28 | सहभागिताको लागि धन्यवाद, सधैं स्वस्थ रहनुहोस् |
| 05:32 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
| 05:35 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
| 05:39 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
| 05:44 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रोजेक्ट प्रयोग गरि कार्यशाला संचालन गर्छ |
| 05:49 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
| 05:53 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
| 06:01 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
| 06:05 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
| 06:12 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org\NMEICT-Intro मा उपलब्ध छ |
| 06:22 | यो ट्युटोरियलको एनिमेसनमा आरतीको र चित्रहरुमा सौरभ गाद्गिलको योगदान रहेको छ |
| 06:30 | म मन्दिरा थापा बिदा हुदैछुँ, |
| 06:33 | सहभागिताको लागि धन्यवाद, नमस्कार |