Drupal/C2/Editing-Existing-Content/Nepali
From Script | Spoken-Tutorial
| |
|
| 00:01 | Editing Existing Content स्पोकन ट्युटोरियल मा स्वागत छ |
| 00:06 | यो ट्युटोरियलमा हामी CKEditor प्रयोग गरी |
| 00:10 | Inline editing गर्न र |
| 00:12 | CKEditor कन्फिगर गर्न सिक्ने छौं |
| 00:15 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ:
उबुन्टु अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर |
| 00:24 | तपाई आफ्नो रोजाइको कुनै पनि ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
| 00:28 | हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं |
| 00:32 | पहिले हामी इनलाइन एडिटिंग को बारेमा जान्ने छौं |
| 00:36 | Title माथि कर्सर चलाऊ, दायाँ हामी एउटा पेन्सिल आइकन देख्ने छौं |
| 00:43 | हामीले Title माथि कर्सर चलाउँदा यसले हामीलाई ब्लक कन्फिगर गर्न भन्ने छ |
| 00:48 | Configure block मा क्लिक गरौँ , यो Page Title को साधारण ब्लक हो |
| 00:54 | यसलाई परिवर्तन गर्नाले प्रत्येक नोडमा Page Titles भिन्न देखापर्छ |
| 00:59 | Go back to site मा क्लिक गरौँ, यहाँको pencil माथि माउस चलाऊ र Configure block मा क्लिक गरौँ |
| 01:06 | यदि तपाई ट्याबहरू बदल्न चाहनुहुन्छ भने तपाई त्यसो यहाँ गर्न सक्नुहुन्छ |
| 01:10 | म यो यसै छोड्ने छुँ |
| 01:13 | Back to site मा क्लिक गरौँ |
| 01:16 | कन्टेन्ट एरिया को पेन्सिल मा क्लिक गरौँ |
| 01:20 | हामी तीन विकल्पहरू देख्न सक्छौं– Quick edit, Edit र Delete |
| 01:25 | Quick edit इनलाइन विन्डो को फ्रन्ट एण्ड एडिटिंग हो |
| 01:29 | Edit ले हामीलाई एउटा नोडको मुख्य एडिटिंग विन्डोमा पुर्याउँछ |
| 01:33 | Delete ले पक्का भएपछि नोड मेट्ने छ |
| 01:37 | हाम्रो नोड इन्लाइनमा एडिट गर्न Quick edit मा क्लिक गरौँ |
| 01:41 | हामीले माउस चलाउँदा, यसले प्रत्येक मोडको विभिन्न खण्डहरूमा लग्ने छ |
| 01:47 | हामीले यसमा क्लिक गर्दा, हामी थप सामग्री थप्न, सोर्स हेर्न र केही टेक्स्ट बोल्ड गर्न पनि सक्छौं |
| 01:53 | हामीले परिवर्तन गरेपछि ड्रुपलले सेभ गर्न भन्ने छ, नोड अपडेट गर्न Save मा क्लिक गरौँ |
| 02:00 | अब एउटा आर्टिकल नोड परिवर्तन गरौँ, मानौं, Welcome to Drupalville |
| 02:06 | Quick edit मा क्लिक गरौँ, याद गरौँ फ्रन्ट एण्ड मा Title र body क्षेत्रहरु सम्पादन गर्न सकिन्छ |
| 02:14 | तर हामी ईमेज सम्पादन गर्न सक्दैनौं |
| 02:17 | ईमेज एडिट गर्न हामी एडिट स्क्रिन मा जानुपर्छ |
| 02:22 | अब हामी body मा परिवर्तन गरी यसलाई सेभ गर्न सक्छौं |
| 02:26 | हामी Quick edit विन्डोको ट्याग हरू पनि एडिट गर्न सक्छौं |
| 02:30 | ड्रुपल को अग्रभागको एडिटिंग सामान्य सम्पादनहरूको लागि उपयुक्त हुन्छ |
| 02:34 | कुनैपनि समयमा अपडेट गर्न मिल्ने ड्रुपलको Edit ट्याब निकै राम्रो विशेषता हो |
| 02:40 | Wysiwyg Editor पहिले पनि धेरै पटक उल्लेख भएको छ |
| 02:44 | यसको मतलब what you see is what you get हो |
| 02:48 | Wysiwyg Editor एकदमै उपयोगी हुन्छ |
| 02:52 | पहिले टेक्स्ट फर्म्याट लाई Full HTML मा बदलौं |
| 02:58 | यसले हामीलाई Wysiwyg Editor मा उपलब्ध फर्म्याटिंग विकल्पहरुको बारेमा जानकारी दिन्छ |
| 03:04 | ड्रुपलमा CKEditor Drupal core सँगै हुन्छ |
| 03:09 | डिफल्टमा यो ON हुन्छ र बदल्न सकिन्छ |
| 03:14 | एकपटक हेरौं, टेक्स्ट "Welcome to our site" हाइलाइट गरौँ |
| 03:20 | Normal फर्म्याटबाट Heading 2 मा परिवर्तन गरौँ |
| 03:24 | ड्रुपल ले तुरुन्तै टेक्स्ट कस्तो देखिन्छ देखाउने छ |
| 03:30 | यसलाई theme र हामीलाई थिमले उपलब्ध गराउने cascading style sheets वा CSS ले निर्धारण गर्ने छ |
| 03:38 | यहाँ अझै केही टेक्स्ट थपौं, “Editing Drupal nodes is really fun!” |
| 03:44 | अब त्यो टेक्स्ट हाइलाइट गरौँ र Italics बन्द गरौँ अनि टेक्स्टको एउटा हाइपरलिंक सृजना गरौँ |
| 03:52 | यहाँ मानौं, http://drupal.org/ छ, Save मा क्लिक गरौँ |
| 04:00 | माउस चलाऊ अनि हामी टेक्स्ट हाइपरलिंक भएको देख्न सक्छौं |
| 04:04 | हाईपरलिंक हटाउन टेक्स्ट हाइलाइट गरौ र Unlink मा क्लिक गरौँ |
| 04:10 | कुनै परिवर्तन अंडू गर्न Ctrl+Z थिचौं |
| 04:14 | हामी यहाँ Bullets and numbering icons मा क्लिक गरेर क्रमानुसार वा क्रम विना का सूचीहरू थप्न सक्छौं |
| 04:21 | Unordered list मा क्लिक गरौँ अनि बूलेटहरू - one, two, three थपौं |
| 04:28 | अब, Ordered list मा क्लिक गरौँ अनि one, two र three थपौं |
| 04:34 | Block quotes प्रयोग गर्न केही टेक्स्ट हाइलाइट गरौँ र Block Quote लिंक क्लिक गरौँ |
| 04:40 | अहिले पनि फर्म्याटिंगको काम हाम्रो theme ले गर्दछ |
| 04:46 | हामी सजिलै ईमेजहरू पनि थप्न सक्छौं, मैले पहिलो नोड मा अपलोड गरेको फाइल छानेको छुँ |
| 04:56 | Alternate Text फिल्डमा “Drupal Logo” टाइप गरौँ |
| 05:02 | Align मा हामी Right छान्ने छौं र एउटा Caption पनि थप्न सक्छौं |
| 05:08 | अन्त्यमा, Save मा क्लिक गरौँ |
| 05:12 | अहिले यो body भित्रको नोडमा थपिएको छ, ईमेज माथि माउस चलाऊ र यसलाई अब हामी नयाँ स्थानमा पनि सार्न सक्छौं |
| 05:22 | हामी हाम्रो एडिटिंग विन्डो रिसाइज गर्ने छौं जसले गर्दा हामी ईमेज जतासुकै सार्न सक्छौं |
| 05:30 | ईमेज माथि माउस चलाउदा हामी ईमेजहरू रिसाइज गर्न सक्छौं |
| 05:36 | हाम्रो ड्रुपल नोड मा ईमेज थप्नु पहिले ईमेज उपयुक्त साइज र फर्म्याटमा रहेको पक्का गरौँ |
| 05:43 | यसले नोडको सामग्रीहरू मिलाउन सघाउँछ |
| 05:47 | हामीले एउटा टेवल वा एउटा तेर्सो रेखा थप्न सक्छौं |
| 05:51 | र हामीले नोडमा सृजना गरेका ब्लकहरू पनि देखाउन सकिन्छ |
| 05:55 | यहाँ H2 block, एउटा ब्लक कोड, प्याराग्राफ, ट्याग आदि रहेका छन् |
| 06:01 | यदि तपाईलाई HTML को ज्ञान छ भने तपाई यो आइकन क्लिक गरी सोर्स हेर्न सक्नुहुन्छ |
| 06:07 | अघि बढ्नु पहिले यी विकल्पहरूको बारेमा राम्रोसँग बुझ्नुहोस् |
| 06:12 | याद गरौं, हामीले Full HTML प्रयोग गरिरहेका छौं |
| 06:16 | यदि हामीले Basic HTML मा परिवर्तन गरेमा यसले चेतावनी दिनेछ |
| 06:21 | यसो गर्दा सामग्रीहरू स्थायी रूपमा हराउन वा मेटिन पनि सक्ने छन् |
| 06:26 | मानौं, हामीले एउटा JavaScript, I-frame, युट्युब भिडियो , एउटा गुगल म्याप वा तेस्तै केही थपेका छौं |
| 06:33 | Basic HTML मा परिवर्तन गर्नाले ड्रुपल ले ती सामग्रीहरू हटाउने छ |
| 06:38 | यस्ता समस्याबाट बच्न आफूलाई आवश्यक सामग्रीहरू मात्र राखौं |
| 06:43 | हामी केही पनि गुमाउन चाहदैनौं त्यसैले सेटिंग मा हाम्रो परिवर्तन रद्द गरौ |
| 06:48 | यो ड्रुपल सँगै उपलब्ध हुने CKEditor को संक्षिप्त जानकारी भयो |
| 06:52 | र हामीले यसलाई कसरी आफ्नो अनुकूल बनाउने पनि सिक्यौं |
| 06:55 | अब Save and keep published मा क्लिक गरौँ |
| 06:58 | संशोधित नोड देखिने छ |
| 07:01 | अब, CKEditor कन्फिगर गर्न सिकौं |
| 07:05 | माथिको Configuration मा क्लिक गरौं |
| 07:09 | Text formats and editors मा क्लिक गरौँ |
| 07:13 | हामी Basic HTML र Full HTML ले CKEditor प्रयोग गरेको देख्न सक्छौं |
| 07:19 | र तिनीहरू Authenticated User र Administrator लाई जनाइएको छ |
| 07:24 | यिनीहरू दुई भिन्न युजर भूमिकाहरू हुन् |
| 07:27 | ड्रुपल मा यूजरहरूको भिन्नै भूमिकाहरू हुन्छन् र हरेक भूमिकालाई अनुमति दिनुपर्छ |
| 07:34 | अहिलेको अवस्थामा, Basic HTML एउटा आधिकारिक युजर र एड्मिनिसट्रेटर ले प्रयोग गर्न सक्छन् |
| 07:41 | CKEditor यी दुई भूमिकाहरूको लागि जनाइएको छ |
| 07:45 | त्यसैगरी, एड्मिनिसट्रेटर ले Full HTML प्रयोग गर्छ |
| 07:50 | अब बेसिक HTML को लागि CKEditor को प्रयोग हेरौं |
| 07:54 | Configure मा क्लिक गरौँ र हामी विभिन्न भूमिकाहरू जनाउन सक्छौं |
| 07:59 | आफूले चाहेको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गरौँ र तिनीहरूको प्रयोग हुन सक्ने बटनहरूको लागि अनुमति प्रदान गरौँ |
| 08:07 | याद गरौँ – यो Basic HTML Text Format को आधिकारिक युजर को Active toolbar हो |
| 08:15 | यदि हामी यी बटनहरू हाम्रो Active toolbar मा थप्न चाहन्छौं भने के गर्न सकिन्छ? यो एकदम सरल छ |
| 08:21 | Available buttons बाट Paste from Word आइकन छानौं |
| 08:26 | एउटा सानो निलो बक्स नखुले सम्म माउस क्लिक गरी तानौं, यहाँ हामी आइकन थप्न सक्छौं |
| 08:33 | एउटा नयाँ ग्रूप थप्न Add group बटनमा क्लिक गरौँ , यसलाई “copy and paste” नाम दिऊ र Apply मा क्लिक गरौँ |
| 08:41 | अब Paste from Word आइकन क्लिक गरी copy and paste खण्डमा तानौं |
| 08:47 | अब यहाँ सम्पूर्ण पेस्ट आइकनहरू थपौं |
| 08:51 | हामीले Basic HTML format को लागि हाम्रो बारमा तीन नयाँ बटनहरू थपेका छौं |
| 08:57 | प्राय टेक्स्टहरू फाइलहरूबाट कपि-पेस्ट गरिने हुनाले पेस्ट आइकन हरू प्रत्येक टूलबारमा आवश्यक पर्छन् |
| 09:04 | हामीले इन्लाइन - ईमेजहरू र कुनै पनि चौडाई र उचाईका अधिकतम ३२ बिट सम्मका ईमेज फाइलहरू पनि अपलोड गर्यौं |
| 09:14 | तपाईको लागि अधिकतम साइज भिन्नै हुन सक्ने छ |
| 09:18 | हामी आफ्नो प्राथमिकता अनुसार यहाँ रहेका कुनै पनि सेटिंगहरू परिवर्तन गर्न सक्छौं |
| 09:23 | मानौं, हामी एउटा URL लाई आफैं लिंक नगरी स्वत: एउटा लिंक मा परिवर्तन गर्न चाहन्छौं |
| 09:29 | यसको लागि हामी Convert URLs into links विकल्प प्रयोग गर्न सक्छौं |
| 09:34 | यहाँ फिल्टर सेटिंग पनि रहेको छ, Limit allowed HTML tags मा क्लिक गरौँ |
| 09:41 | अब, हामी सोर्स हेरी आफूले प्रयोग गर्न सक्ने HTML ट्याग हरू थप्न सक्छौं |
| 09:47 | यो एकदमै शक्तिशाली WYSIWYG editor र यसको कन्फिगरेसन क्षेत्रको बारेमा भयो |
| 09:54 | हामीले सम्पूर्ण परिवर्तनहरू गरेपछि Save configuration बटनमा क्लिक गरौँ |
| 09:59 | अब हाम्रो सामग्री हेरौं |
| 10:02 | "Welcome to Drupalville" नोडको एडिट विकल्प क्लिक गरौँ |
| 10:07 | याद गरौँ, हामीले Full HTML ON गरेको हुनाले केही पनि परिवर्तन भएको छैन |
| 10:12 | यसलाई Basic HTML मा परिवर्तन गरौँ, परिवर्तनहरू अझै पनि छन् |
| 10:18 | अहिले मैले मेरा ब्लकहरू देख्न नसके पनि पेस्ट आइकन हरू भने उपलब्ध छन् |
| 10:23 | म यो ईमेज यहाँ चाहन्न, त्यसैले म यसमा क्लिक गरी किबोर्डको ब्याकस्पेस वा डिलिट कि थिचेर मेट्ने छुँ |
| 10:32 | Save and keep published मा क्लिक गरौँ |
| 10:35 | पुन: Configuration मा क्लिक गरौँ र तल स्क्रोल गरी Text formats and editor मा क्लिक गरौँ |
| 10:43 | अब हामी Full HTML टूलबार कन्फिगर गर्ने छौं |
| 10:47 | याद गरौँ, यहाँ हामीले केही थप बटनहरू प्राप्त गरेका छौं तर Paste icons भने छैन |
| 10:52 | Show group names क्लिक गरौँ र यो पटक दोस्रो लाइनमा Add group क्लिक गरौँ |
| 10:57 | यसलाई “copy and paste” नाम दिऊ, अब हामी यसलाई क्लिक गरी हाम्रो copy and paste खण्डमा तान्न सक्छौं |
| 11:05 | त्यसैगरी, यहाँ तल हामीसँग पुन सम्पूर्ण विकल्पहरू रहेका छन्, अहिलेको लागि Save configuration बटनमा क्लिक गरौँ |
| 11:13 | हाम्रो Welcome to Drupalville मा फर्कौं र यसलाई Full HTML मा परिवर्तन गरौँ |
| 11:18 | Continue मा क्लिक गरौँ र अब हामी बटनहरूको दुई हरफ देख्न सक्छौं |
| 11:23 | यसको मतलब हाम्रो एडिटर तयार भएको छ |
| 11:26 | CKEditor मा अझै केही समय बिताउनु होस् र यसलाई राम्रोसँग बुझ्नुहोस् |
| 11:32 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
| 11:37 | यो ट्युटोरियलमा हामीले सिक्यौं:
CKEditor को प्रयोग गरी इन्लाइन एडिटिंग र CKEditor कन्फिगर गर्न |
| 11:50 | यो ट्युटोरियल Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो |
| 11:59 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
| 12:06 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
| 12:13 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको अनुदान रहेको छ |
| 12:25 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |