Drupal/C2/Editing-Existing-Content/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time
Narration
00:01 Editing Existing Content स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी CKEditor प्रयोग गरी
00:10 Inline editing गर्न र
00:12 CKEditor कन्फिगर गर्न सिक्ने छौं
00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ:

उबुन्टु अपरेटिंग सिस्टम ड्रुपल ८फायरफक्स वेब ब्राउजर

00:24 तपाई आफ्नो रोजाइको कुनै पनि ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:28 हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं
00:32 पहिले हामी इनलाइन एडिटिंग को बारेमा जान्ने छौं
00:36 Title माथि कर्सर चलाऊ, दायाँ हामी एउटा पेन्सिल आइकन देख्ने छौं
00:43 हामीले Title माथि कर्सर चलाउँदा यसले हामीलाई ब्लक कन्फिगर गर्न भन्ने छ
00:48 Configure block मा क्लिक गरौँ , यो Page Title को साधारण ब्लक हो
00:54 यसलाई परिवर्तन गर्नाले प्रत्येक नोडमा Page Titles भिन्न देखापर्छ
00:59 Go back to site मा क्लिक गरौँ, यहाँको pencil माथि माउस चलाऊ र Configure block मा क्लिक गरौँ
01:06 यदि तपाई ट्याबहरू बदल्न चाहनुहुन्छ भने तपाई त्यसो यहाँ गर्न सक्नुहुन्छ
01:10 म यो यसै छोड्ने छुँ
01:13 Back to site मा क्लिक गरौँ
01:16 कन्टेन्ट एरिया को पेन्सिल मा क्लिक गरौँ
01:20 हामी तीन विकल्पहरू देख्न सक्छौं– Quick edit, Edit Delete
01:25 Quick edit इनलाइन विन्डो को फ्रन्ट एण्ड एडिटिंग हो
01:29 Edit ले हामीलाई एउटा नोडको मुख्य एडिटिंग विन्डोमा पुर्याउँछ
01:33 Delete ले पक्का भएपछि नोड मेट्ने छ
01:37 हाम्रो नोड इन्लाइनमा एडिट गर्न Quick edit मा क्लिक गरौँ
01:41 हामीले माउस चलाउँदा, यसले प्रत्येक मोडको विभिन्न खण्डहरूमा लग्ने छ
01:47 हामीले यसमा क्लिक गर्दा, हामी थप सामग्री थप्न, सोर्स हेर्न र केही टेक्स्ट बोल्ड गर्न पनि सक्छौं
01:53 हामीले परिवर्तन गरेपछि ड्रुपलले सेभ गर्न भन्ने छ, नोड अपडेट गर्न Save मा क्लिक गरौँ
02:00 अब एउटा आर्टिकल नोड परिवर्तन गरौँ, मानौं, Welcome to Drupalville
02:06 Quick edit मा क्लिक गरौँ, याद गरौँ फ्रन्ट एण्ड मा Title body क्षेत्रहरु सम्पादन गर्न सकिन्छ
02:14 तर हामी ईमेज सम्पादन गर्न सक्दैनौं
02:17 ईमेज एडिट गर्न हामी एडिट स्क्रिन मा जानुपर्छ
02:22 अब हामी body मा परिवर्तन गरी यसलाई सेभ गर्न सक्छौं
02:26 हामी Quick edit विन्डोको ट्याग हरू पनि एडिट गर्न सक्छौं
02:30 ड्रुपल को अग्रभागको एडिटिंग सामान्य सम्पादनहरूको लागि उपयुक्त हुन्छ
02:34 कुनैपनि समयमा अपडेट गर्न मिल्ने ड्रुपलको Edit ट्याब निकै राम्रो विशेषता हो
02:40 Wysiwyg Editor पहिले पनि धेरै पटक उल्लेख भएको छ
02:44 यसको मतलब what you see is what you get हो
02:48 Wysiwyg Editor एकदमै उपयोगी हुन्छ
02:52 पहिले टेक्स्ट फर्म्याट लाई Full HTML मा बदलौं
02:58 यसले हामीलाई Wysiwyg Editor मा उपलब्ध फर्म्याटिंग विकल्पहरुको बारेमा जानकारी दिन्छ
03:04 ड्रुपलमा CKEditor Drupal core सँगै हुन्छ
03:09 डिफल्टमा यो ON हुन्छ र बदल्न सकिन्छ
03:14 एकपटक हेरौं, टेक्स्ट "Welcome to our site" हाइलाइट गरौँ
03:20 Normal फर्म्याटबाट Heading 2 मा परिवर्तन गरौँ
03:24 ड्रुपल ले तुरुन्तै टेक्स्ट कस्तो देखिन्छ देखाउने छ
03:30 यसलाई theme र हामीलाई थिमले उपलब्ध गराउने cascading style sheets वा CSS ले निर्धारण गर्ने छ
03:38 यहाँ अझै केही टेक्स्ट थपौं, “Editing Drupal nodes is really fun!”
03:44 अब त्यो टेक्स्ट हाइलाइट गरौँ र Italics बन्द गरौँ अनि टेक्स्टको एउटा हाइपरलिंक सृजना गरौँ
03:52 यहाँ मानौं, http://drupal.org/ छ, Save मा क्लिक गरौँ
04:00 माउस चलाऊ अनि हामी टेक्स्ट हाइपरलिंक भएको देख्न सक्छौं
04:04 हाईपरलिंक हटाउन टेक्स्ट हाइलाइट गरौ र Unlink मा क्लिक गरौँ
04:10 कुनै परिवर्तन अंडू गर्न Ctrl+Z थिचौं
04:14 हामी यहाँ Bullets and numbering icons मा क्लिक गरेर क्रमानुसार वा क्रम विना का सूचीहरू थप्न सक्छौं
04:21 Unordered list मा क्लिक गरौँ अनि बूलेटहरू - one, two, three थपौं
04:28 अब, Ordered list मा क्लिक गरौँ अनि one, two three थपौं
04:34 Block quotes प्रयोग गर्न केही टेक्स्ट हाइलाइट गरौँ र Block Quote लिंक क्लिक गरौँ
04:40 अहिले पनि फर्म्याटिंगको काम हाम्रो theme ले गर्दछ
04:46 हामी सजिलै ईमेजहरू पनि थप्न सक्छौं, मैले पहिलो नोड मा अपलोड गरेको फाइल छानेको छुँ
04:56 Alternate Text फिल्डमा “Drupal Logo” टाइप गरौँ
05:02 Align मा हामी Right छान्ने छौं र एउटा Caption पनि थप्न सक्छौं
05:08 अन्त्यमा, Save मा क्लिक गरौँ
05:12 अहिले यो body भित्रको नोडमा थपिएको छ, ईमेज माथि माउस चलाऊ र यसलाई अब हामी नयाँ स्थानमा पनि सार्न सक्छौं
05:22 हामी हाम्रो एडिटिंग विन्डो रिसाइज गर्ने छौं जसले गर्दा हामी ईमेज जतासुकै सार्न सक्छौं
05:30 ईमेज माथि माउस चलाउदा हामी ईमेजहरू रिसाइज गर्न सक्छौं
05:36 हाम्रो ड्रुपल नोड मा ईमेज थप्नु पहिले ईमेज उपयुक्त साइज र फर्म्याटमा रहेको पक्का गरौँ
05:43 यसले नोडको सामग्रीहरू मिलाउन सघाउँछ
05:47 हामीले एउटा टेवल वा एउटा तेर्सो रेखा थप्न सक्छौं
05:51 र हामीले नोडमा सृजना गरेका ब्लकहरू पनि देखाउन सकिन्छ
05:55 यहाँ H2 block, एउटा ब्लक कोड, प्याराग्राफ, ट्याग आदि रहेका छन्
06:01 यदि तपाईलाई HTML को ज्ञान छ भने तपाई यो आइकन क्लिक गरी सोर्स हेर्न सक्नुहुन्छ
06:07 अघि बढ्नु पहिले यी विकल्पहरूको बारेमा राम्रोसँग बुझ्नुहोस्
06:12 याद गरौं, हामीले Full HTML प्रयोग गरिरहेका छौं
06:16 यदि हामीले Basic HTML मा परिवर्तन गरेमा यसले चेतावनी दिनेछ
06:21 यसो गर्दा सामग्रीहरू स्थायी रूपमा हराउन वा मेटिन पनि सक्ने छन्
06:26 मानौं, हामीले एउटा JavaScript, I-frame, युट्युब भिडियो , एउटा गुगल म्याप वा तेस्तै केही थपेका छौं
06:33 Basic HTML मा परिवर्तन गर्नाले ड्रुपल ले ती सामग्रीहरू हटाउने छ
06:38 यस्ता समस्याबाट बच्न आफूलाई आवश्यक सामग्रीहरू मात्र राखौं
06:43 हामी केही पनि गुमाउन चाहदैनौं त्यसैले सेटिंग मा हाम्रो परिवर्तन रद्द गरौ
06:48 यो ड्रुपल सँगै उपलब्ध हुने CKEditor को संक्षिप्त जानकारी भयो
06:52 र हामीले यसलाई कसरी आफ्नो अनुकूल बनाउने पनि सिक्यौं
06:55 अब Save and keep published मा क्लिक गरौँ
06:58 संशोधित नोड देखिने छ
07:01 अब, CKEditor कन्फिगर गर्न सिकौं
07:05 माथिको Configuration मा क्लिक गरौं
07:09 Text formats and editors मा क्लिक गरौँ
07:13 हामी Basic HTML Full HTML ले CKEditor प्रयोग गरेको देख्न सक्छौं
07:19 र तिनीहरू Authenticated User Administrator लाई जनाइएको छ
07:24 यिनीहरू दुई भिन्न युजर भूमिकाहरू हुन्
07:27 ड्रुपल मा यूजरहरूको भिन्नै भूमिकाहरू हुन्छन् र हरेक भूमिकालाई अनुमति दिनुपर्छ
07:34 अहिलेको अवस्थामा, Basic HTML एउटा आधिकारिक युजर एड्मिनिसट्रेटर ले प्रयोग गर्न सक्छन्
07:41 CKEditor यी दुई भूमिकाहरूको लागि जनाइएको छ
07:45 त्यसैगरी, एड्मिनिसट्रेटर ले Full HTML प्रयोग गर्छ
07:50 अब बेसिक HTML को लागि CKEditor को प्रयोग हेरौं
07:54 Configure मा क्लिक गरौँ र हामी विभिन्न भूमिकाहरू जनाउन सक्छौं
07:59 आफूले चाहेको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गरौँ र तिनीहरूको प्रयोग हुन सक्ने बटनहरूको लागि अनुमति प्रदान गरौँ
08:07 याद गरौँ – यो Basic HTML Text Format को आधिकारिक युजर को Active toolbar हो
08:15 यदि हामी यी बटनहरू हाम्रो Active toolbar मा थप्न चाहन्छौं भने के गर्न सकिन्छ? यो एकदम सरल छ
08:21 Available buttons बाट Paste from Word आइकन छानौं
08:26 एउटा सानो निलो बक्स नखुले सम्म माउस क्लिक गरी तानौं, यहाँ हामी आइकन थप्न सक्छौं
08:33 एउटा नयाँ ग्रूप थप्न Add group बटनमा क्लिक गरौँ , यसलाई “copy and paste” नाम दिऊ र Apply मा क्लिक गरौँ
08:41 अब Paste from Word आइकन क्लिक गरी copy and paste खण्डमा तानौं
08:47 अब यहाँ सम्पूर्ण पेस्ट आइकनहरू थपौं
08:51 हामीले Basic HTML format को लागि हाम्रो बारमा तीन नयाँ बटनहरू थपेका छौं
08:57 प्राय टेक्स्टहरू फाइलहरूबाट कपि-पेस्ट गरिने हुनाले पेस्ट आइकन हरू प्रत्येक टूलबारमा आवश्यक पर्छन्
09:04 हामीले इन्लाइन - ईमेजहरू र कुनै पनि चौडाई र उचाईका अधिकतम ३२ बिट सम्मका ईमेज फाइलहरू पनि अपलोड गर्यौं
09:14 तपाईको लागि अधिकतम साइज भिन्नै हुन सक्ने छ
09:18 हामी आफ्नो प्राथमिकता अनुसार यहाँ रहेका कुनै पनि सेटिंगहरू परिवर्तन गर्न सक्छौं
09:23 मानौं, हामी एउटा URL लाई आफैं लिंक नगरी स्वत: एउटा लिंक मा परिवर्तन गर्न चाहन्छौं
09:29 यसको लागि हामी Convert URLs into links विकल्प प्रयोग गर्न सक्छौं
09:34 यहाँ फिल्टर सेटिंग पनि रहेको छ, Limit allowed HTML tags मा क्लिक गरौँ
09:41 अब, हामी सोर्स हेरी आफूले प्रयोग गर्न सक्ने HTML ट्याग हरू थप्न सक्छौं
09:47 यो एकदमै शक्तिशाली WYSIWYG editor र यसको कन्फिगरेसन क्षेत्रको बारेमा भयो
09:54 हामीले सम्पूर्ण परिवर्तनहरू गरेपछि Save configuration बटनमा क्लिक गरौँ
09:59 अब हाम्रो सामग्री हेरौं
10:02 "Welcome to Drupalville" नोडको एडिट विकल्प क्लिक गरौँ
10:07 याद गरौँ, हामीले Full HTML ON गरेको हुनाले केही पनि परिवर्तन भएको छैन
10:12 यसलाई Basic HTML मा परिवर्तन गरौँ, परिवर्तनहरू अझै पनि छन्
10:18 अहिले मैले मेरा ब्लकहरू देख्न नसके पनि पेस्ट आइकन हरू भने उपलब्ध छन्
10:23 म यो ईमेज यहाँ चाहन्न, त्यसैले म यसमा क्लिक गरी किबोर्डको ब्याकस्पेस वा डिलिट कि थिचेर मेट्ने छुँ
10:32 Save and keep published मा क्लिक गरौँ
10:35 पुन: Configuration मा क्लिक गरौँ र तल स्क्रोल गरी Text formats and editor मा क्लिक गरौँ
10:43 अब हामी Full HTML टूलबार कन्फिगर गर्ने छौं
10:47 याद गरौँ, यहाँ हामीले केही थप बटनहरू प्राप्त गरेका छौं तर Paste icons भने छैन
10:52 Show group names क्लिक गरौँ र यो पटक दोस्रो लाइनमा Add group क्लिक गरौँ
10:57 यसलाई “copy and paste” नाम दिऊ, अब हामी यसलाई क्लिक गरी हाम्रो copy and paste खण्डमा तान्न सक्छौं
11:05 त्यसैगरी, यहाँ तल हामीसँग पुन सम्पूर्ण विकल्पहरू रहेका छन्, अहिलेको लागि Save configuration बटनमा क्लिक गरौँ
11:13 हाम्रो Welcome to Drupalville मा फर्कौं र यसलाई Full HTML मा परिवर्तन गरौँ
11:18 Continue मा क्लिक गरौँ र अब हामी बटनहरूको दुई हरफ देख्न सक्छौं
11:23 यसको मतलब हाम्रो एडिटर तयार भएको छ
11:26 CKEditor मा अझै केही समय बिताउनु होस् र यसलाई राम्रोसँग बुझ्नुहोस्
11:32 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
11:37 यो ट्युटोरियलमा हामीले सिक्यौं:

CKEditor को प्रयोग गरी इन्लाइन एडिटिंग र CKEditor कन्फिगर गर्न

11:50 यो ट्युटोरियल AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो
11:59 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
12:06 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
12:13 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको अनुदान रहेको छ
12:25 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira