Drupal/C2/Configuration-Management-in-Admin-Interface/Nepali

From Script | Spoken-Tutorial
Revision as of 22:31, 10 April 2017 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Configuration Management in Admin Interface स्पोकन ट्युटोरियल मा स्वागत छ
00:09 यो ट्युटोरियलमा हामी केहि मेनु आइटमहरुको बारेमा जान्ने छौं, जस्तै
00:13 Extend, Configuration,
00:16 People
00:18 Report
00:20 यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु अपरेटिंग सिस्टम, ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर प्रयोग गर्दैछुँ
00:29 तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:34 हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं
00:38 हामीले पहिले उल्लेख गरे अनुसार, ड्रुपल एउटा फ्रेमवर्क जस्तै छ त्यसकारण यसले धेरै केही गर्दैन
00:45 यो एड्मिनिस्टे्रसन टूलबार को Extend लिंक हामीले साइट विल्ड गर्दा धेरै महत्वपूर्ण हुन्छ
00:53 Extend मा क्लिक गरौं, यसले हाम्रो साइट को सम्पूर्ण मोड्युल हरूको संक्षिप्त जानकारी दिन्छ
01:00 मोड्युल हरु विशेषताहरु हुन्
01:02 हामी तिनीहरुको बारेमा पछि चर्चा गर्ने छौं
01:06 यो ड्रुपल मा उपलब्ध हुने मोड्युल हरुको सुची हो
01:11 हामी ठिक चिन्हहरुमा हेरेर कुन सक्रिय र निष्क्रिय रहेको देख्न सक्छौं
01:18 हामी Extend मेनु प्रयोग गरी ड्रुपल साइटमा सक्रिय सम्पूर्ण मोड्युल वा विशेषताहरु हेर्न सक्छौं
01:26 हामी यो शृंखलामा अघि बढ्ने क्रममा हाम्रो साइटमा केहि मोड्युल हरु थप्ने छौं
01:32 अब Configuration मेनु मा हेरौं, यो क्षेत्रमा साइट एड्मिनिस्ट्रेटर को मात्र पहुँच हुन्छ
01:41 हामी सुपरयुजर वा युजर नम्बर वान भएको हुनाले सबैतिर हाम्रो पहुँच हुन्छ
01:47 याद गरौँ, स्क्रिनमा एउटा रातो पप-अप देखिन्छ
01:51 तपाईको स्र्किनमा यो हुन वा नहुन पनि सक्छ
01:54 यसले स्टेटस रिपोर्ट रन नभएकोले मेरो ड्रुपल साइट अपडेट भएको पक्का गर्न भन्छ
02:03 म अहिले त्यो हेर्ने छैन, त्यसको बारेमा Reports स्क्रिनमा गएर हेर्ने छौं
02:09 यो मेनुले हामीलाई हाम्रो साइटको विभिन्न पक्षहरु मिलाउन दिन्छ
02:16 जस्तै - साइटको जानकारी, एकाउन्ट सेटिंग, टेक्स्ट फर्म्याट र एडिटरहरु, कार्यक्षमता सम्बन्धित कुराहरु, Maintenance mode, Image styles र अन्य
02:30 हामी यसको बारेमा पछि चर्चा गर्ने छौं
02:35 तर अहिलेको लागि हामी साइट जानकारी अपडेट गर्ने छौं
02:39 Site information मा क्लिक गरौँ, साइटको नाम "Drupalville" मा बदलौं, Slogan मा टाइप गरौं: "A Great Place to Learn All About Drupal"
02:53 हामीले यस्तो परिवर्तन गर्दा पुरै साइट बदलिन्छ
02:58 यो कन्टेन्ट म्यानेजमेन्ट सिस्टम को महत्वपूर्ण पक्ष हो
03:04 अब, हाम्रो साइटमा एक पेज वा हजारौं पेज भएपनि प्रत्येक पेजमा साइटको नाम "Drupalville" देखापर्छ
03:16 यो static HTML को तुलनामा राम्रो सुधार हो
03:21 साथै, यो पेजमा स्वचालित इमेलहरुमा संलग्न ’From’ एड्रेस को इमेल एड्रेसपनि प्राप्त गर्न सक्छौं
03:29 हामी भिन्न एउटा मुखपृष्ठ र डिफल्टको 403 404 पनि छान्न सक्छौं
03:37 याद गरौ, प्रत्येक ड्रुपल पेज एउटा वेब फर्म मा हुन्छ
03:41 त्यसैले हामीले ड्रुपल पेज मा केहि परिवर्तन गर्दा प्रत्येक पटक Submit वा Save क्लिक गर्नुपर्छ
03:49 तलको Save configuration बटनमा क्लिक गरौँ
03:54 अनि, Back to site मा क्लिक गरौँ
03:58 याद गरौं हाम्रो साइटको नाम अहिले "Drupalville" छ र साइटको प्रत्येक पेजमा स्लोगन रहेको छ
04:06 हामी आगामी ट्युटोरियलहरुमा Configuration मेनुको बारेमा बिस्तृत रुपमा चर्चा गर्ने छौं
04:12 एड्मिनिस्ट्रेसन टूलबार को People मा क्लिक गरौँ
04:16 हामी ड्रुपल साइट को People क्षेत्रमा पुग्ने छौं
04:20 हामी ट्याबहरु - List, Permissions Roles देख्ने छौं
04:26 यो परिचय मात्रै हो, हामी बिस्तृत रुपमा पछि चर्चा गर्ने छौं
04:32 Roles सेक्सनले हामीलाई युजरको एकाउन्ट खोल्न, अन्य व्यक्तिहरुले हाम्रो साइटमा के देख्न वा गर्न सक्छन भन्ने भूमिका हरु व्यवस्थापन गर्न दिन्छ
04:44 यहाँ, युजरनेम "admin"
04:47 यदि हामीले Edit क्लिक गरेमा आफ्नो युजर एकाउन्ट को सम्पूर्ण जानकारी प्राप्त गर्न सक्छौं
04:54 हामीलाई हालको पासवर्ड थाहा छ भने यसलाई बदल्न पनि सक्छौं
04:59 यदि हामीलाई थाहा नभएको खण्डमा यसलाई रिसेट गर्ने विकल्प रहेको छ, यहाँ यसले हाम्रो रोल भनेको एड्मिनिस्ट्रेटर रहेको जनाउँछ
05:09 मेरो स्टेटस Active छ र हाम्रो आफ्नै Personal contact form LOCATION SETTINGS रहेको छ
05:21 हामी अपडेट गर्न Picture भित्रको Browse बटन क्लिक गरी हाम्रो फोटो थप्न सक्छौं
05:29 मूलतः हामी आफ्नो प्रोफाइल व्यवस्थापन गर्न सक्छौं, Save मा क्लिक गरौँ
05:37 संक्षेपमा - Roles ट्याबले हामीलाई विभिन्न भूमिका थप्न दिन्छ
05:42 Permissions ट्याबले ती कार्यहरुमा केहि अधिकारहरु प्रदान गर्न दिन्छ
05:48 List ट्याबले युजरलाई ती भूमिका हरु दिन्छ
05:54 तिनीहरुले केहि Permissions प्राप्त गर्ने छन् जसले तिनीहरुलाई ड्रुपल साइट मा केहि कार्यहरु गर्न र हेर्न दिन्छ
06:04 People मा हामी ड्रुपल वेबसाइटको सम्पूर्ण युजरहरु व्यबस्थापन गर्न सक्छौं
06:10 हामीले एड्मिनिस्ट्रेसन टूलबार मा हेर्ने अन्तिम कुरा भनेको Reports हो
06:16 Reports मा क्लिक गरौँ
06:18 हामीले ड्रुपल साइटमा जान्न आवश्यक केहि महत्वपूर्ण कुराहरुको एउटा सूची देखिन्छ
06:25 उदाहरणको लागि – त्यहाँ कुनै अपडेट उपलब्ध छन्?
06:28 हालैको लग मेसेजहरु
06:31 सम्पूर्ण प्रकारका बस्तु हरुको सम्पूर्ण फिल्ड हरुको सूची
06:36 स्टेटस रिपोर्टहरु ,
06:37 Top “access denied”"Page not found” errors,
06:42 Top search phrases र हाम्रो Views ले प्रयोग गर्न सक्ने केहि plugins
06:49 Available update मा क्लिक गरौँ, यसले अपडेट हुन आवश्यक सम्पूर्ण कुराहरुको एउटा सूची दिने छ
06:58 हामी अन्तिम अपडेट ४८ मिनेट अगाडी भएको देख्न सक्छौं
07:04 यो Cron ले व्यवस्थापनले गर्छ र हामीले यसलाई हाम्रो server मा सेटअप गर्नुपर्छ
07:10 अहिलेको लागि, Check manually मा क्लिक गरौं
07:15 ड्रुपल ले हामीले इन्स्टल गरेको सम्पूर्ण कुराहरु सबै अपडेट भएको जनाउँछ
07:24 यदि हामीले हाम्रो साइटमा अन्य मोड्युल वा विशेषताहरु थपे यहाँको सूची निकै लामो हुने छ
07:32 हामी ट्युटोरियलमा अघि बढ्ने क्रममा यो पुन: जाच्ने छौं
07:37 हाम्रो साइट को स्टेटस रिपोर्ट प्राप्त गर्न Reports मा क्लिक गरौँ
07:42 उदाहरणको लागि, हामीसंग कुन ड्रुपल संस्करण छ र पछिल्लो पटक Cron कतिबेला रन भएको थियो
07:49 यहाँ हामीले बाहिरैबाट Cron रन गर्न सक्ने एउटा लिंक देख्छौं
07:55 हाम्रो डेटाबेस सिस्टम, डेटाबेस संस्करण आदि
08:00 तपाईले आफ्नो साइटको Reports सेक्सनमा राम्रोसँग हेर्न सक्नुहुन्छ
08:05 विशेषत: यदि तपाई ड्रुपलको सम्पूर्ण अपडेट र तपाईले डाउनलोड गर्नुभएका सम्पूर्ण मोड्युल हरु राम्रो अवस्थामा राख्न चाहन्हुन्छ भने
08:14 अन्त्यमा, हामीसँग Help छ र Help ले हाम्रो साइट को Help page को लिंक दिन्छ
08:22 एड्मिनिस्ट्रेसन टूलबार को जानकारी यति नै
08:26 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
08:32 यो ट्युटोरियलमा हामीले मेनु आइटमहरु: Extend Configuration PeopleReport को बारेमा जान्यौं
08:52 यो भिडियो AcquiaOS Training बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो
09:03 यो लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
09:11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरु संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
09:19 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई -NMEICT, मानब संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको सहयोग रहेको छ
09:32 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya