Drupal/C2/Configuration-Management-in-Admin-Interface/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:01 | Configuration Management in Admin Interface स्पोकन ट्युटोरियल मा स्वागत छ |
| 00:09 | यो ट्युटोरियलमा हामी केहि मेनु आइटमहरुको बारेमा जान्ने छौं, जस्तै |
| 00:13 | Extend, Configuration, |
| 00:16 | People र |
| 00:18 | Report |
| 00:20 | यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु अपरेटिंग सिस्टम, ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर प्रयोग गर्दैछुँ |
| 00:29 | तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
| 00:34 | हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं |
| 00:38 | हामीले पहिले उल्लेख गरे अनुसार, ड्रुपल एउटा फ्रेमवर्क जस्तै छ त्यसकारण यसले धेरै केही गर्दैन |
| 00:45 | यो एड्मिनिस्टे्रसन टूलबार को Extend लिंक हामीले साइट विल्ड गर्दा धेरै महत्वपूर्ण हुन्छ |
| 00:53 | Extend मा क्लिक गरौं, यसले हाम्रो साइट को सम्पूर्ण मोड्युल हरूको संक्षिप्त जानकारी दिन्छ |
| 01:00 | मोड्युल हरु विशेषताहरु हुन् |
| 01:02 | हामी तिनीहरुको बारेमा पछि चर्चा गर्ने छौं |
| 01:06 | यो ड्रुपल मा उपलब्ध हुने मोड्युल हरुको सुची हो |
| 01:11 | हामी ठिक चिन्हहरुमा हेरेर कुन सक्रिय र निष्क्रिय रहेको देख्न सक्छौं |
| 01:18 | हामी Extend मेनु प्रयोग गरी ड्रुपल साइटमा सक्रिय सम्पूर्ण मोड्युल वा विशेषताहरु हेर्न सक्छौं |
| 01:26 | हामी यो शृंखलामा अघि बढ्ने क्रममा हाम्रो साइटमा केहि मोड्युल हरु थप्ने छौं |
| 01:32 | अब Configuration मेनु मा हेरौं, यो क्षेत्रमा साइट एड्मिनिस्ट्रेटर को मात्र पहुँच हुन्छ |
| 01:41 | हामी सुपरयुजर वा युजर नम्बर वान भएको हुनाले सबैतिर हाम्रो पहुँच हुन्छ |
| 01:47 | याद गरौँ, स्क्रिनमा एउटा रातो पप-अप देखिन्छ |
| 01:51 | तपाईको स्र्किनमा यो हुन वा नहुन पनि सक्छ |
| 01:54 | यसले स्टेटस रिपोर्ट रन नभएकोले मेरो ड्रुपल साइट अपडेट भएको पक्का गर्न भन्छ |
| 02:03 | म अहिले त्यो हेर्ने छैन, त्यसको बारेमा Reports स्क्रिनमा गएर हेर्ने छौं |
| 02:09 | यो मेनुले हामीलाई हाम्रो साइटको विभिन्न पक्षहरु मिलाउन दिन्छ |
| 02:16 | जस्तै - साइटको जानकारी, एकाउन्ट सेटिंग, टेक्स्ट फर्म्याट र एडिटरहरु, कार्यक्षमता सम्बन्धित कुराहरु, Maintenance mode, Image styles र अन्य |
| 02:30 | हामी यसको बारेमा पछि चर्चा गर्ने छौं |
| 02:35 | तर अहिलेको लागि हामी साइट जानकारी अपडेट गर्ने छौं |
| 02:39 | Site information मा क्लिक गरौँ, साइटको नाम "Drupalville" मा बदलौं, Slogan मा टाइप गरौं: "A Great Place to Learn All About Drupal" |
| 02:53 | हामीले यस्तो परिवर्तन गर्दा पुरै साइट बदलिन्छ |
| 02:58 | यो कन्टेन्ट म्यानेजमेन्ट सिस्टम को महत्वपूर्ण पक्ष हो |
| 03:04 | अब, हाम्रो साइटमा एक पेज वा हजारौं पेज भएपनि प्रत्येक पेजमा साइटको नाम "Drupalville" देखापर्छ |
| 03:16 | यो static HTML को तुलनामा राम्रो सुधार हो |
| 03:21 | साथै, यो पेजमा स्वचालित इमेलहरुमा संलग्न ’From’ एड्रेस को इमेल एड्रेसपनि प्राप्त गर्न सक्छौं |
| 03:29 | हामी भिन्न एउटा मुखपृष्ठ र डिफल्टको 403 र 404 पनि छान्न सक्छौं |
| 03:37 | याद गरौ, प्रत्येक ड्रुपल पेज एउटा वेब फर्म मा हुन्छ |
| 03:41 | त्यसैले हामीले ड्रुपल पेज मा केहि परिवर्तन गर्दा प्रत्येक पटक Submit वा Save क्लिक गर्नुपर्छ |
| 03:49 | तलको Save configuration बटनमा क्लिक गरौँ |
| 03:54 | अनि, Back to site मा क्लिक गरौँ |
| 03:58 | याद गरौं हाम्रो साइटको नाम अहिले "Drupalville" छ र साइटको प्रत्येक पेजमा स्लोगन रहेको छ |
| 04:06 | हामी आगामी ट्युटोरियलहरुमा Configuration मेनुको बारेमा बिस्तृत रुपमा चर्चा गर्ने छौं |
| 04:12 | एड्मिनिस्ट्रेसन टूलबार को People मा क्लिक गरौँ |
| 04:16 | हामी ड्रुपल साइट को People क्षेत्रमा पुग्ने छौं |
| 04:20 | हामी ट्याबहरु - List, Permissions र Roles देख्ने छौं |
| 04:26 | यो परिचय मात्रै हो, हामी बिस्तृत रुपमा पछि चर्चा गर्ने छौं |
| 04:32 | Roles सेक्सनले हामीलाई युजरको एकाउन्ट खोल्न, अन्य व्यक्तिहरुले हाम्रो साइटमा के देख्न वा गर्न सक्छन भन्ने भूमिका हरु व्यवस्थापन गर्न दिन्छ |
| 04:44 | यहाँ, युजरनेम "admin" छ |
| 04:47 | यदि हामीले Edit क्लिक गरेमा आफ्नो युजर एकाउन्ट को सम्पूर्ण जानकारी प्राप्त गर्न सक्छौं |
| 04:54 | हामीलाई हालको पासवर्ड थाहा छ भने यसलाई बदल्न पनि सक्छौं |
| 04:59 | यदि हामीलाई थाहा नभएको खण्डमा यसलाई रिसेट गर्ने विकल्प रहेको छ, यहाँ यसले हाम्रो रोल भनेको एड्मिनिस्ट्रेटर रहेको जनाउँछ |
| 05:09 | मेरो स्टेटस Active छ र हाम्रो आफ्नै Personal contact form र LOCATION SETTINGS रहेको छ |
| 05:21 | हामी अपडेट गर्न Picture भित्रको Browse बटन क्लिक गरी हाम्रो फोटो थप्न सक्छौं |
| 05:29 | मूलतः हामी आफ्नो प्रोफाइल व्यवस्थापन गर्न सक्छौं, Save मा क्लिक गरौँ |
| 05:37 | संक्षेपमा - Roles ट्याबले हामीलाई विभिन्न भूमिका थप्न दिन्छ |
| 05:42 | Permissions ट्याबले ती कार्यहरुमा केहि अधिकारहरु प्रदान गर्न दिन्छ |
| 05:48 | र List ट्याबले युजरलाई ती भूमिका हरु दिन्छ |
| 05:54 | तिनीहरुले केहि Permissions प्राप्त गर्ने छन् जसले तिनीहरुलाई ड्रुपल साइट मा केहि कार्यहरु गर्न र हेर्न दिन्छ |
| 06:04 | People मा हामी ड्रुपल वेबसाइटको सम्पूर्ण युजरहरु व्यबस्थापन गर्न सक्छौं |
| 06:10 | हामीले एड्मिनिस्ट्रेसन टूलबार मा हेर्ने अन्तिम कुरा भनेको Reports हो |
| 06:16 | Reports मा क्लिक गरौँ |
| 06:18 | हामीले ड्रुपल साइटमा जान्न आवश्यक केहि महत्वपूर्ण कुराहरुको एउटा सूची देखिन्छ |
| 06:25 | उदाहरणको लागि – त्यहाँ कुनै अपडेट उपलब्ध छन्? |
| 06:28 | हालैको लग मेसेजहरु |
| 06:31 | सम्पूर्ण प्रकारका बस्तु हरुको सम्पूर्ण फिल्ड हरुको सूची |
| 06:36 | स्टेटस रिपोर्टहरु , Top “access denied” र "Page not found” errors, |
| 06:42 | Top search phrases र हाम्रो Views ले प्रयोग गर्न सक्ने केहि plugins |
| 06:49 | Available update मा क्लिक गरौँ, यसले अपडेट हुन आवश्यक सम्पूर्ण कुराहरुको एउटा सूची दिने छ |
| 06:58 | हामी अन्तिम अपडेट ४८ मिनेट अगाडी भएको देख्न सक्छौं |
| 07:04 | यो Cron ले व्यवस्थापनले गर्छ र हामीले यसलाई हाम्रो server मा सेटअप गर्नुपर्छ |
| 07:10 | अहिलेको लागि, Check manually मा क्लिक गरौं |
| 07:15 | ड्रुपल ले हामीले इन्स्टल गरेको सम्पूर्ण कुराहरु सबै अपडेट भएको जनाउँछ |
| 07:24 | यदि हामीले हाम्रो साइटमा अन्य मोड्युल वा विशेषताहरु थपे यहाँको सूची निकै लामो हुने छ |
| 07:32 | हामी ट्युटोरियलमा अघि बढ्ने क्रममा यो पुन: जाच्ने छौं |
| 07:37 | हाम्रो साइट को स्टेटस रिपोर्ट प्राप्त गर्न Reports मा क्लिक गरौँ |
| 07:42 | उदाहरणको लागि, हामीसंग कुन ड्रुपल संस्करण छ र पछिल्लो पटक Cron कतिबेला रन भएको थियो |
| 07:49 | यहाँ हामीले बाहिरैबाट Cron रन गर्न सक्ने एउटा लिंक देख्छौं |
| 07:55 | हाम्रो डेटाबेस सिस्टम, डेटाबेस संस्करण आदि |
| 08:00 | तपाईले आफ्नो साइटको Reports सेक्सनमा राम्रोसँग हेर्न सक्नुहुन्छ |
| 08:05 | विशेषत: यदि तपाई ड्रुपलको सम्पूर्ण अपडेट र तपाईले डाउनलोड गर्नुभएका सम्पूर्ण मोड्युल हरु राम्रो अवस्थामा राख्न चाहन्हुन्छ भने |
| 08:14 | अन्त्यमा, हामीसँग Help छ र Help ले हाम्रो साइट को Help page को लिंक दिन्छ |
| 08:22 | एड्मिनिस्ट्रेसन टूलबार को जानकारी यति नै |
| 08:26 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
| 08:32 | यो ट्युटोरियलमा हामीले मेनु आइटमहरु: Extend Configuration People र Report को बारेमा जान्यौं |
| 08:52 | यो भिडियो Acquia र OS Training बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो |
| 09:03 | यो लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
| 09:11 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरु संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
| 09:19 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई -NMEICT, मानब संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको सहयोग रहेको छ |
| 09:32 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |