Drupal/C2/Content-Management-in-Admin-Interface/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Content Management in Admin Interface स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा ड्रुपल इन्टरफेस को बारेमा जान्ने छौं |
00:13 | हामी केहि मेनुका सामग्रीहरुको बारेमा पनि जान्ने छौं जस्तै Content, Structure र Appearance |
00:23 | यो ट्युटोरियल रेकर्ड म प्रयोग गर्दैछु:
उबुन्टु अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर |
00:34 | तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:39 | हामीले पहिले नै सृजना गरेको वेबसाइट खोलौं |
00:44 | ड्रुपल इन्टरफेस मा बिस्तृत रुपमा चर्चा गर्नु अघि म केहि महत्वपूर्ण सामग्रीहरुको बारेमा बताउन चाहन्छु |
00:53 | याद गरौ -हामीले आफैं हाम्रो ड्रुपल साइट सेटअप गरेको हुनाले हामी युजर नम्बर वान वा सुपर युजर हौँ |
01:02 | सुपर युजर अन्य सम्पूर्ण युजरहरु भन्दा माथि रहन्छ, हामी सम्पूर्ण पर्मिसन हरु सहितका केहि अन्य एड्मिनिस्ट्रेरहरु पनि राख्न सक्छौं |
01:13 | तर ती अधिकारहरु सुपरयुजर ले खारेज गर्न र व्यबस्थापन गर्न सक्छ |
01:20 | सुपर युजर’ का अधिकारहरु कहिल्यै पनि खारेज गर्न सकिन्न |
01:24 | अर्को शब्दमा भन्दा, सुपर युजर ड्रुपल साइट को कुनै पनि क्षेत्रमा जना सक्छ |
01:30 | याद गरौँ, कुनै पनि ड्रुपलसाइटमा युजर नम्बर वान भनेको सुपर युजर हुने छ |
01:36 | यो एड्मिनिस्ट्रेटिभ टूलबार हो |
01:40 | हामीले Manage मा क्लिक गर्दा सब-मेनुमा पुग्ने छौं, यहाँ हामी Content, Structure, Appearance आदि देख्न सक्छौं र हामी तिनीहरुको बारेमा केहि क्षणमा चर्चा गर्ने छौं |
01:55 | यदि हामीले Shortcuts मा क्लिक गरेमा यहाँ एउटा सर्टकट्स टूलबार रहेको छ, हामी यसको बारेमा पनि केहिबेरमा चर्चा गर्ने छौं |
02:06 | यदि हामीले admin मा क्लिक गरेमा हाम्रो आफ्नै प्रोफाइल वा Log out को लिंक देख्न सक्छौं |
02:13 | यसलाई टूलबारमा "admin" भनिन्छ किनभने त्यो मैले राखेको युजरनेम हो. तपाईको भिन्न हुन सक्ने छ |
02:23 | फेरि पनि यो एड्मिनिस्ट्रेसन टूलबार हो र यो ड्रुपलको एड्मिनिस्ट्रेसन कार्यको लागि महत्वपूर्ण रहेको छ |
02:33 | Shortcut बार मा केहि थप्न निकै सरल छ |
02:38 | उदाहरणको लागि म Manage, Content >> Add Content मा छुँ |
02:45 | र मेरो वेबसाइटमा एउटा आर्टिकल थप्न चाहन्छु, याद गरौ, यहाँ एउटा खाली स्टार रहेको छ |
02:55 | स्टार मा क्लिक गरेर म यसलाई Shortcuts मा थप्न सक्छु |
03:01 | अब, यदि हामीले Shortcuts मा क्लिक गरेमा हामी Shortcuts भित्रको एउटा Create Article मेनु सामग्री देख्न सक्छौं |
03:10 | र हामी आर्टिकल सकिएपछि सजिलै हटाउन सक्छौं |
03:15 | यो हाम्रो ड्रुपल साइट मा कुनै पनि एड्मिनिस्ट्रेसन स्क्रिन बाट गर्न सकिन्छ, Shortcuts ले हामीलाई काम गर्न निकै सजिलो बनाउँछ |
03:25 | अब म Appearance मा क्लिक गर्ने छुँ, याद गरौ, त्यहाँ ट्याबहरु रहेका छन् र यस्ता ट्याबहरु साइट मा जताततै देख्न सकिन्छ |
03:36 | यी ट्याबहरु महत्वपूर्ण छन् र यिनीहरुलाई सेक्सन ट्याब भनिन्छ |
03:41 | यिनीहरुले हामीले काम गरिरहेको कुनैपनि स्क्रिनको विभिन्न सेक्सनहरुमा नजर राख्ने छन् |
03:47 | कहिलेकाहीँ यी सेक्सनहरुमा अहिले हामीले देखिरहेको जस्तै सब-सेक्सन बटनहरु हुन्छन् |
03:54 | Global settings, Bartik, Classy र Seven Settingsट्याबका सब सेक्सन बटनहरु रहेका छन् |
04:02 | अन्त्यमा, प्रत्येक ड्रुपल कन्टेन्ट सामग्रीलाई एउटा नोड भनिन्छ |
04:08 | अहिलेसम्म हाम्रो साइट मा कुनै पनि कन्टेन्ट नोड छैन |
04:13 | हामी तिनीहरुlai आगामी ट्युटोरियलमा सृजना गर्ने छौं |
04:17 | एड्मिनिस्ट्रेसन् टूलबार, सब-मेनु, सेक्सन ट्याबहरु र सब-सेक्सन बटनहरु |
04:23 | ड्रुपल इन्टरफेस मा अघि बढ्नु पहिले हामीले जान्नुपर्ने केहि कुराहरु हुन् |
04:30 | टूलबारको Content लिंकमा हेरौं |
04:35 | हामीले Content मा क्लिक गरेपछि हामी एउटा ड्यासबोर्ड मा पुग्ने छौं, ड्यासबोर्डमा साइट का सम्पूर्ण सामग्रीहरु रहन्छन् |
04:45 | हामी Published वा Unpublished अनुसार फिल्टर गर्न सक्छौं, हामी Content Type ले पनि फिल्टर गर्न वा Title ले पनि सर्च गर्न र कुनै पनि Language छान्न सक्छौं |
04:57 | अहिले हामीसँग कुनै सामग्री नभएकोले यो पेज सिमित छ |
05:03 | यदि हामीले यहाँ सब-ट्याबमा क्लिक गरेमा हामी अहिलेसम्म कुनैपनि प्रतिक्रिया नरहेको देख्न सक्छौं |
05:10 | यदि हामीले Files मा क्लिक गरेमा अहिलेसम्म अपलोड भएका फाइलहरुको सूची प्राप्त गर्ने छौं |
05:18 | यिनीहरु एउटा इमेज वा कुनै फाइल हुनसक्छन्, हामी यिनीहरुको बारेमा पछि हेर्ने छौं |
05:25 | Add content मा क्लिक गरौँ , हाम्रो होमपेज मा स्वागतार्थ एउटा लेख थपौ |
05:32 | Article मा क्लिक गरौ, टाइप गरौ,“Welcome to Drupalville.” |
05:40 | हाम्रो साइट को नाम “Drupalville” रहेको छ, यसले Drupal को बारेमा सम्पूर्ण जानकारी दिनेछ |
05:49 | हामी body मा केहि टेक्स्ट टाइप गर्ने छौं -
“Welcome to our site! We are so glad you stopped by!”. |
05:57 | अब हामी फिल्ड हरुमा जाने छैनौ, हामी त्यो आगामी ट्युटोरियलहरुमा चर्चा गर्ने छौं |
06:06 | Tags मा भने हामी "welcome, Drupal" टाइप गर्ने छौं |
06:11 | यसले हामीले यी ट्याग दिएका सम्पूर्ण आर्टिकलहरु को लिंक दिने छ |
06:18 | हामी यहाँ एउटा इमेजअपलोड गर्न नि सक्छौं |
06:22 | मैले पहिले नै मेरो कम्प्युटरमा Drupal 8 लोगो डाउनलोड गरी सेभ गरेको छुँ |
06:29 | तपाईको सहजताको लागि Drupal 8 लोगो यो ट्युटोरियलको वेबपेजको Code Files लिंक मा उपलब्ध गराईएको छ |
06:39 | कृपया यो डाउनलोड गरी प्रयोग गरौँ |
06:41 | Browse क्लिक गरौ र सेभ गरेको इमेज निकालौं, याद गरौ, हामीले यसलाई अपलोड गर्ने बित्तिक्कै ड्रुपल ले एउटा आवश्यक Alternative text माग्ने छ |
06:54 | सानो रातो एस्टरिस्कले यो अनिवार्य रहेको जनाउँछ |
07:00 | Alternative text स्क्रिन रिडरले देख्ने, अन्धा व्यक्तिहरुले सुन्ने र गुगल ले हाम्रो साइट हेर्दा पाउने टेक्स्ट हो |
07:09 | टाइप गरौ: "this is the Drupal 8 logo", अब Save and publish क्लिक गरौ |
07:17 | हामीले नयाँ ड्रुपल साइट मा हाम्रो पहिलो नोड सृजना गरेका छौं |
07:23 | जब, हामीले Content, मा क्लिक गर्छौं, नोड सुचिकृत हुनेछ, Title, Content Type, कसले सृजना गरेको नोड को Status, अन्तिम पटक अपडेट गरेको समय |
07:37 | अनि हामीले गर्न सक्ने केहि कार्यहरु जस्तै Edit, Delete आदि, हामी तिनीहरुको बारेमा छिटै सिक्ने छौं |
07:47 | त्यो हाम्रो एड्मिनिस्ट्रेटिभ टूलबार को कन्टेन्ट थियो |
07:52 | एड्मिनिस्ट्रेटिभ टूलबार को अर्को लिंक Structure हो, त्यसमा क्लिक गरौँ |
07:58 | Structure मा हामी ड्रुपल को साइट विल्ड गर्छौं, , यसलाई साइट बिल्डिंग भनिन्छ |
08:07 | यहाँ धेरै सामग्रीहरु रहेका छन् -Block layout, Comment types, Contact forms, Content types, Display modes, Menus, Taxonomy, Views |
08:21 | यी विकल्पहरुले प्राय साइट बिल्डिंग Structure र Content मेनु आइटमहरुमा हुने जनाउँछन् |
08:30 | अहिलेको लागि, Block layout मा क्लिक गरौँ |
08:34 | हामी ब्लकहरु Theme अनुसार हाम्रो साइटको विभिन्न क्षेत्रहरुमा राख्न सक्छौं, हामी यी कुराहरु बिस्तृत रुपमा पछि चर्चा गर्ने छौं |
08:45 | Custom block library मा क्लिक गरौ र एउटा वेलकम ब्लक थपौं |
08:50 | Add Custom block मा क्लिक गरौँ र यसलाई "Welcome to Drupalville" भनौं |
08:57 | Body मा टाइप गरौँ - "Welcome to Drupalville. This is where you’ll learn all about Drupal!" |
09:06 | याद गरौँ – यो कन्टेन्ट होइन, ब्लकहरु अलि भिन्न र साइडबार जस्तै हुन्छन |
09:15 | अब, Save मा क्लिक गरौँ |
09:18 | हामीसंग हाम्रो ब्लक छ र हामी यसलाई कहाँ राख्ने निर्णय गर्न सक्छौं |
09:22 | पुन: Block layout मा क्लिक गरौँ, Sidebar first मा क्लिक गरौँ र Place block मा क्लिक गरौँ |
09:33 | हाम्रो ड्रुपल साइट मा राख्न मिल्ने सम्पूर्ण ब्लकहरु सहितको एउटा पप-अप विन्डो देखापर्छ |
09:41 | हामीले सिर्जना गरेको Custom ब्लक - "Welcome to Drupalville" खोजौं, अनि Place block मा क्लिक गरौँ |
09:49 | यिनीहरु सिमित रुपमा उपलब्ध छन जुन हामी अर्को ट्युटोरियल मा चर्चा गर्ने छौं, अहिलेको लागि Save block मा क्लिक गरौँ |
09:59 | Homepage मा जाऊ, हामी "Welcome to Drupalville" देख्ने छौं |
10:04 | यो हामीले चाहेको क्रमानुसार वा स्थानमा नहुन सक्छ, तर यसले खासै फरक पर्दैन |
10:13 | यो Structure मेनु आइटममा साइट बिल्डिंग को एउटा भाग हो |
10:19 | हाम्रो एड्मिनिस्टे्रसन टूलबार को अर्को आइटम मतलब Appearance मा क्लिक गरौँ |
10:26 | यसले ड्रुपल साइट मा उपलब्ध सम्पूर्ण Themes को संक्षिप्त जानकारी दिन्छ, यसले अपडेट हरु जाच्न र ग्लोबल सेटिंग गर्न पनि दिन्छ |
10:38 | अहिले Bartik को लागि, Settings मा क्लिक गरौँ |
10:44 | यहाँ हामी हाम्रो Theme अनुसार 'साइट को रुपरंग व्यबस्थापन गर्ने छौं |
10:52 | यहाँ हामी Bartik को colour scheme छान्न सक्छौं वा हामी आफैं कुनै आफ्नै रंग छान्न पनि सक्छौं |
11:03 | यसले हामीलाई प्रिभ्यु देखाउँछ, हामी यिनीहरु मध्ये केहिका लागि डिस्प्ले टगल गर्न सक्छौं |
11:12 | माथि स्र्कोल गरौँ र ग्लोबल सेटिंग क्लिक गरौँ, यहाँ हामी हाम्रो साइटको लोगो पनि परिवर्तन गर्न सक्छौं, यसलाई एउटा कस्टम पाथ दिऊ वा नयाँ अपलोड गरौँ |
11:26 | यदि हामीले नयाँ अपलोड नगरी Save क्लिक गरेमा के हुन्छ? |
11:31 | हाम्रो साइटमा फर्कौ, हामी लोगो नरहेको देख्न सक्छौं |
11:36 | यसलाई पुन: फर्काउन Appearance मा क्लिक गरौँ अनि Settings र Global settings मा जाऊ, Use the default logo अनि Save configuration क्लिक गरौ |
11:50 | अब, हाम्रो साइटमा जतिसुकै पेजहरु भए पनि सम्पूर्ण पेजहरुमा लोगो देखापर्ने छ |
11:58 | यो हामीले ड्रुपल साइट को Themes व्यबस्थापन गर्न प्रयोग गर्ने Appearance ट्याबको कार्य हो
यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
12:08 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले ड्रुपल इन्टरफेस प्रयोग गर्न सिक्यौं |
12:15 | हामीले मेनु आइटमहरुका बारेमा पनि सिक्यौं -
Content Structure र Appearance |
12:33 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटि बम्बेले संशोधन गरेको हो |
12:44 | तलको लिंकमा रहेको भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
12:52 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारी हामीलाई सम्पर्क गर्नुहोस् |
13:02 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानब संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको सहयोग रहेको छ |
13:17 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |