Drupal/C2/Content-Management-in-Admin-Interface/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Content Management in Admin Interface स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा ड्रुपल इन्टरफेस को बारेमा जान्ने छौं
00:13 हामी केहि मेनुका सामग्रीहरुको बारेमा पनि जान्ने छौं जस्तै Content, StructureAppearance
00:23 यो ट्युटोरियल रेकर्ड म प्रयोग गर्दैछु:

उबुन्टु अपरेटिंग सिस्टम ड्रुपल ८फायरफक्स वेब ब्राउजर

00:34 तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:39 हामीले पहिले नै सृजना गरेको वेबसाइट खोलौं
00:44 ड्रुपल इन्टरफेस मा बिस्तृत रुपमा चर्चा गर्नु अघि म केहि महत्वपूर्ण सामग्रीहरुको बारेमा बताउन चाहन्छु
00:53 याद गरौ -हामीले आफैं हाम्रो ड्रुपल साइट सेटअप गरेको हुनाले हामी युजर नम्बर वान वा सुपर युजर हौँ
01:02 सुपर युजर अन्य सम्पूर्ण युजरहरु भन्दा माथि रहन्छ, हामी सम्पूर्ण पर्मिसन हरु सहितका केहि अन्य एड्मिनिस्ट्रेरहरु पनि राख्न सक्छौं
01:13 तर ती अधिकारहरु सुपरयुजर ले खारेज गर्न र व्यबस्थापन गर्न सक्छ
01:20 सुपर युजर’ का अधिकारहरु कहिल्यै पनि खारेज गर्न सकिन्न
01:24 अर्को शब्दमा भन्दा, सुपर युजर ड्रुपल साइट को कुनै पनि क्षेत्रमा जना सक्छ
01:30 याद गरौँ, कुनै पनि ड्रुपलसाइटमा युजर नम्बर वान भनेको सुपर युजर हुने छ
01:36 यो एड्मिनिस्ट्रेटिभ टूलबार हो
01:40 हामीले Manage मा क्लिक गर्दा सब-मेनुमा पुग्ने छौं, यहाँ हामी Content, Structure, Appearance आदि देख्न सक्छौं र हामी तिनीहरुको बारेमा केहि क्षणमा चर्चा गर्ने छौं
01:55 यदि हामीले Shortcuts मा क्लिक गरेमा यहाँ एउटा सर्टकट्स टूलबार रहेको छ, हामी यसको बारेमा पनि केहिबेरमा चर्चा गर्ने छौं
02:06 यदि हामीले admin मा क्लिक गरेमा हाम्रो आफ्नै प्रोफाइल वा Log out को लिंक देख्न सक्छौं
02:13 यसलाई टूलबारमा "admin" भनिन्छ किनभने त्यो मैले राखेको युजरनेम हो. तपाईको भिन्न हुन सक्ने छ
02:23 फेरि पनि यो एड्मिनिस्ट्रेसन टूलबार हो र यो ड्रुपलको एड्मिनिस्ट्रेसन कार्यको लागि महत्वपूर्ण रहेको छ
02:33 Shortcut बार मा केहि थप्न निकै सरल छ
02:38 उदाहरणको लागि म Manage, Content >> Add Content मा छुँ
02:45 र मेरो वेबसाइटमा एउटा आर्टिकल थप्न चाहन्छु, याद गरौ, यहाँ एउटा खाली स्टार रहेको छ
02:55 स्टार मा क्लिक गरेर म यसलाई Shortcuts मा थप्न सक्छु
03:01 अब, यदि हामीले Shortcuts मा क्लिक गरेमा हामी Shortcuts भित्रको एउटा Create Article मेनु सामग्री देख्न सक्छौं
03:10 र हामी आर्टिकल सकिएपछि सजिलै हटाउन सक्छौं
03:15 यो हाम्रो ड्रुपल साइट मा कुनै पनि एड्मिनिस्ट्रेसन स्क्रिन बाट गर्न सकिन्छ, Shortcuts ले हामीलाई काम गर्न निकै सजिलो बनाउँछ
03:25 अब म Appearance मा क्लिक गर्ने छुँ, याद गरौ, त्यहाँ ट्याबहरु रहेका छन् र यस्ता ट्याबहरु साइट मा जताततै देख्न सकिन्छ
03:36 यी ट्याबहरु महत्वपूर्ण छन् र यिनीहरुलाई सेक्सन ट्याब भनिन्छ
03:41 यिनीहरुले हामीले काम गरिरहेको कुनैपनि स्क्रिनको विभिन्न सेक्सनहरुमा नजर राख्ने छन्
03:47 कहिलेकाहीँ यी सेक्सनहरुमा अहिले हामीले देखिरहेको जस्तै सब-सेक्सन बटनहरु हुन्छन्
03:54 Global settings, Bartik, Classy Seven Settingsट्याबका सब सेक्सन बटनहरु रहेका छन्
04:02 अन्त्यमा, प्रत्येक ड्रुपल कन्टेन्ट सामग्रीलाई एउटा नोड भनिन्छ
04:08 अहिलेसम्म हाम्रो साइट मा कुनै पनि कन्टेन्ट नोड छैन
04:13 हामी तिनीहरुlai आगामी ट्युटोरियलमा सृजना गर्ने छौं
04:17 एड्मिनिस्ट्रेसन् टूलबार, सब-मेनु, सेक्सन ट्याबहरुसब-सेक्सन बटनहरु
04:23 ड्रुपल इन्टरफेस मा अघि बढ्नु पहिले हामीले जान्नुपर्ने केहि कुराहरु हुन्
04:30 टूलबारको Content लिंकमा हेरौं
04:35 हामीले Content मा क्लिक गरेपछि हामी एउटा ड्यासबोर्ड मा पुग्ने छौं, ड्यासबोर्डमा साइट का सम्पूर्ण सामग्रीहरु रहन्छन्
04:45 हामी Published वा Unpublished अनुसार फिल्टर गर्न सक्छौं, हामी Content Type ले पनि फिल्टर गर्न वा Title ले पनि सर्च गर्न र कुनै पनि Language छान्न सक्छौं
04:57 अहिले हामीसँग कुनै सामग्री नभएकोले यो पेज सिमित छ
05:03 यदि हामीले यहाँ सब-ट्याबमा क्लिक गरेमा हामी अहिलेसम्म कुनैपनि प्रतिक्रिया नरहेको देख्न सक्छौं
05:10 यदि हामीले Files मा क्लिक गरेमा अहिलेसम्म अपलोड भएका फाइलहरुको सूची प्राप्त गर्ने छौं
05:18 यिनीहरु एउटा इमेज वा कुनै फाइल हुनसक्छन्, हामी यिनीहरुको बारेमा पछि हेर्ने छौं
05:25 Add content मा क्लिक गरौँ , हाम्रो होमपेज मा स्वागतार्थ एउटा लेख थपौ
05:32 Article मा क्लिक गरौ, टाइप गरौ,“Welcome to Drupalville.”
05:40 हाम्रो साइट को नाम “Drupalville” रहेको छ, यसले Drupal को बारेमा सम्पूर्ण जानकारी दिनेछ
05:49 हामी body मा केहि टेक्स्ट टाइप गर्ने छौं -

“Welcome to our site! We are so glad you stopped by!”.

05:57 अब हामी फिल्ड हरुमा जाने छैनौ, हामी त्यो आगामी ट्युटोरियलहरुमा चर्चा गर्ने छौं
06:06 Tags मा भने हामी "welcome, Drupal" टाइप गर्ने छौं
06:11 यसले हामीले यी ट्याग दिएका सम्पूर्ण आर्टिकलहरु को लिंक दिने छ
06:18 हामी यहाँ एउटा इमेजअपलोड गर्न नि सक्छौं
06:22 मैले पहिले नै मेरो कम्प्युटरमा Drupal 8 लोगो डाउनलोड गरी सेभ गरेको छुँ
06:29 तपाईको सहजताको लागि Drupal 8 लोगो यो ट्युटोरियलको वेबपेजको Code Files लिंक मा उपलब्ध गराईएको छ
06:39 कृपया यो डाउनलोड गरी प्रयोग गरौँ
06:41 Browse क्लिक गरौ र सेभ गरेको इमेज निकालौं, याद गरौ, हामीले यसलाई अपलोड गर्ने बित्तिक्कै ड्रुपल ले एउटा आवश्यक Alternative text माग्ने छ
06:54 सानो रातो एस्टरिस्कले यो अनिवार्य रहेको जनाउँछ
07:00 Alternative text स्क्रिन रिडरले देख्ने, अन्धा व्यक्तिहरुले सुन्ने र गुगल ले हाम्रो साइट हेर्दा पाउने टेक्स्ट हो
07:09 टाइप गरौ: "this is the Drupal 8 logo", अब Save and publish क्लिक गरौ
07:17 हामीले नयाँ ड्रुपल साइट मा हाम्रो पहिलो नोड सृजना गरेका छौं
07:23 जब, हामीले Content, मा क्लिक गर्छौं, नोड सुचिकृत हुनेछ, Title, Content Type, कसले सृजना गरेको नोड को Status, अन्तिम पटक अपडेट गरेको समय
07:37 अनि हामीले गर्न सक्ने केहि कार्यहरु जस्तै Edit, Delete आदि, हामी तिनीहरुको बारेमा छिटै सिक्ने छौं
07:47 त्यो हाम्रो एड्मिनिस्ट्रेटिभ टूलबार को कन्टेन्ट थियो
07:52 एड्मिनिस्ट्रेटिभ टूलबार को अर्को लिंक Structure हो, त्यसमा क्लिक गरौँ
07:58 Structure मा हामी ड्रुपल को साइट विल्ड गर्छौं, , यसलाई साइट बिल्डिंग भनिन्छ
08:07 यहाँ धेरै सामग्रीहरु रहेका छन् -Block layout, Comment types, Contact forms, Content types, Display modes, Menus, Taxonomy, Views
08:21 यी विकल्पहरुले प्राय साइट बिल्डिंग StructureContent मेनु आइटमहरुमा हुने जनाउँछन्
08:30 अहिलेको लागि, Block layout मा क्लिक गरौँ
08:34 हामी ब्लकहरु Theme अनुसार हाम्रो साइटको विभिन्न क्षेत्रहरुमा राख्न सक्छौं, हामी यी कुराहरु बिस्तृत रुपमा पछि चर्चा गर्ने छौं
08:45 Custom block library मा क्लिक गरौ र एउटा वेलकम ब्लक थपौं
08:50 Add Custom block मा क्लिक गरौँ र यसलाई "Welcome to Drupalville" भनौं
08:57 Body मा टाइप गरौँ - "Welcome to Drupalville. This is where you’ll learn all about Drupal!"
09:06 याद गरौँ – यो कन्टेन्ट होइन, ब्लकहरु अलि भिन्न र साइडबार जस्तै हुन्छन
09:15 अब, Save मा क्लिक गरौँ
09:18 हामीसंग हाम्रो ब्लक छ र हामी यसलाई कहाँ राख्ने निर्णय गर्न सक्छौं
09:22 पुन: Block layout मा क्लिक गरौँ, Sidebar first मा क्लिक गरौँ र Place block मा क्लिक गरौँ
09:33 हाम्रो ड्रुपल साइट मा राख्न मिल्ने सम्पूर्ण ब्लकहरु सहितको एउटा पप-अप विन्डो देखापर्छ
09:41 हामीले सिर्जना गरेको Custom ब्लक - "Welcome to Drupalville" खोजौं, अनि Place block मा क्लिक गरौँ
09:49 यिनीहरु सिमित रुपमा उपलब्ध छन जुन हामी अर्को ट्युटोरियल मा चर्चा गर्ने छौं, अहिलेको लागि Save block मा क्लिक गरौँ
09:59 Homepage मा जाऊ, हामी "Welcome to Drupalville" देख्ने छौं
10:04 यो हामीले चाहेको क्रमानुसार वा स्थानमा नहुन सक्छ, तर यसले खासै फरक पर्दैन
10:13 यो Structure मेनु आइटममा साइट बिल्डिंग को एउटा भाग हो
10:19 हाम्रो एड्मिनिस्टे्रसन टूलबार को अर्को आइटम मतलब Appearance मा क्लिक गरौँ
10:26 यसले ड्रुपल साइट मा उपलब्ध सम्पूर्ण Themes को संक्षिप्त जानकारी दिन्छ, यसले अपडेट हरु जाच्न र ग्लोबल सेटिंग गर्न पनि दिन्छ
10:38 अहिले Bartik को लागि, Settings मा क्लिक गरौँ
10:44 यहाँ हामी हाम्रो Theme अनुसार 'साइट को रुपरंग व्यबस्थापन गर्ने छौं
10:52 यहाँ हामी Bartik को colour scheme छान्न सक्छौं वा हामी आफैं कुनै आफ्नै रंग छान्न पनि सक्छौं
11:03 यसले हामीलाई प्रिभ्यु देखाउँछ, हामी यिनीहरु मध्ये केहिका लागि डिस्प्ले टगल गर्न सक्छौं
11:12 माथि स्र्कोल गरौँ र ग्लोबल सेटिंग क्लिक गरौँ, यहाँ हामी हाम्रो साइटको लोगो पनि परिवर्तन गर्न सक्छौं, यसलाई एउटा कस्टम पाथ दिऊ वा नयाँ अपलोड गरौँ
11:26 यदि हामीले नयाँ अपलोड नगरी Save क्लिक गरेमा के हुन्छ?
11:31 हाम्रो साइटमा फर्कौ, हामी लोगो नरहेको देख्न सक्छौं
11:36 यसलाई पुन: फर्काउन Appearance मा क्लिक गरौँ अनि SettingsGlobal settings मा जाऊ, Use the default logo अनि Save configuration क्लिक गरौ
11:50 अब, हाम्रो साइटमा जतिसुकै पेजहरु भए पनि सम्पूर्ण पेजहरुमा लोगो देखापर्ने छ
11:58 यो हामीले ड्रुपल साइट को Themes व्यबस्थापन गर्न प्रयोग गर्ने Appearance ट्याबको कार्य हो

यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं

12:08 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले ड्रुपल इन्टरफेस प्रयोग गर्न सिक्यौं
12:15 हामीले मेनु आइटमहरुका बारेमा पनि सिक्यौं -

Content StructureAppearance

12:33 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटि बम्बेले संशोधन गरेको हो
12:44 तलको लिंकमा रहेको भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
12:52 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारी हामीलाई सम्पर्क गर्नुहोस्
13:02 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानब संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको सहयोग रहेको छ
13:17 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira