Drupal/C2/Overview-of-Drupal/Nepali
Time | Narration | |
00:01 | “Overview of Drupal” स्पोकन ट्युटोरियल मा स्वागत छ | |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं:
| |
00:13 | * ड्रुपल का महत्वपूर्ण विशेषताहरु र
| |
00:19 | पहिले, ड्रुपल के हो बुझौं, ड्रुपल एउटा ओपन सोर्स कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (CMS) हो | |
00:30 | CMS के हो?
अहिले पहिले जस्तो धेरै html फाइलहरु एकै सर्भरमा अपलोड गरिदैन | |
00:40 | पहिले प्रत्येक वेबसाइटको आफ्नै फाइल हुन्थ्यो | |
00:47 | अहिले त्यो धेरै फरक छ
प्रत्येक पेज विभिन्न सामग्रीहरु प्रयोग गरी निर्माण गरिन्छ | |
00:55 | प्रत्येक सामग्री भिन्नै स्थानबाट लिन सकिन्छ | |
01:00 | यी सामग्रीहरुलाई केहि प्रोग्रामिंग लजिक प्रयोग गरी एउटा फ्लाईमा जोडिन्छ | |
01:06 | त्यसैले हामीले हेर्नको लागि प्रयोग गर्ने साधन जस्तै डेस्कटप वा एउटा मोबाइल अनुसार यो भिन्न देखिन सक्छ | |
01:14 | यो कसले कहाँबाट हेरिरहेको छ भन्नेमा पनि भर पर्न सक्छ
तपाई इन्डियाबाट हेरिरहनुभएको एउटा बिद्ध्यार्थी हुन सक्नुहुन्छ | |
01:23 | वा सिंगापुरबाट केहि खरिद गर्ने ग्राहक पनि हुन सक्नुहुन्छ
तपाईहरु प्रत्येकले भिन्नै पेज देख्नुहुनेछ | |
01:32 | यस्तो प्रस्तुतीकरण गर्ने लजिक भएको प्रोग्राम नै CMS हो | |
01:37 | यसले विभिन्न प्रोग्रामिंगका तरिका प्रयोग गर्छ जस्तै PHP, Ajax, Javascript आदि | |
01:47 | सबै CMS ले कुनै फर्म्याटिंग नगरी सूचना भण्डार गर्न प्राय एउटा डेटाबेस प्रयोग गर्छ | |
01:55 | सामग्रीको फर्म्याटिंग भिन्नै गरिन्छ | |
02:00 | CMS ले अप्राविधिक प्रयोगकर्तालाई पनि सजिलै एउटा वेबसाइट व्यबस्थापन गर्न सघाउँछ | |
02:07 | ड्रुपल त्यस्तै एउटा ओपन सोर्स CMS हो जसको कोड निशुल्क पाउन सकिन्छ | |
02:15 | जो कसैले यसलाई डाउनलोड गरी परिवर्तन गर्न सक्छन् | |
02:18 | ड्रुपल सन् २०००मा Dries Buytaert ले आफ्नो बिद्ध्यार्थी कालमा आविष्कार गरेका हुन् | |
02:24 | यो एउटा ओपन सोर्स भएकोले हजारौं मानिसहरुले यसलाई संशोधन गर्न सघाएका छन् | |
02:32 | अनि उनीहरुले यसलाई केहि सुधार गरी समुदायमा फर्काउने छन् | |
02:37 | ड्रुपल समुदाय एउटा सबैभन्दा ठूलो र धेरै सक्रिय ओपन सोर्स समुदाय हो | |
02:43 | ड्रुपल लाई आजको अवस्थामा ल्याई पुर्याउन यसका डेभलपर, साइट बिल्डर र स्वयंसेवकहरुका हात रहेको छ | |
02:51 | ड्रुपल मा “कोडको लागि आऔं र समुदायमा रहौं” चर्चित छ | |
02:58 | सायद तपाई पनि सोहि कारणले समुदायमा सक्रिय रहनुहुनेछ | |
03:02 | अब म ड्रुपल का उत्कृष्ट दश विशेषताहरु सुचिकृत गर्ने छुँ | |
03:06 | १ नम्बर:
ड्रुपल एउटा निशुल्क र सम्पूर्ण रुपमा ओपन सोर्स हो | |
03:11 | जो कोहिले सोर्स कोड डाउनलोड गरी संशोधन गर्न सक्छ | |
03:15 | यदि तपाई डेभलपर हुनुहुन्छ भने पनि ड्रुपल धेरै उपयोगी हुनेछ | |
03:20 | २ नम्बर:
ड्रुपल लचिलो छ | |
03:24 | ड्रुपल हाल उपलब्ध सिस्टमहरु मध्ये सबैभन्दा अनुकुल सिस्टम हो | |
03:28 | ड्रुपल ले धेरै कस्टम डेटा स्ट्रक्चरहरु चाहिने जटिल वेबसाइटहरुमा पनि राम्रो सँग काम गर्छ | |
03:35 | डेभलपरहरुले यसलाई CMS र एउटा फराकिलो वेब डेभलपमेन्ट प्लेटफर्म को रुपमा पनि प्रयोग गर्छन् | |
03:42 | ३ नम्बर:
ड्रुपल मोबाइलमा पनि प्रयोग गर्न सकिन्छ | |
03:46 | हामी मोबाइल प्रयोग गरेर हाम्रो ड्रुपल साइटको कुनै पनि पेज हेर्न र परिवर्तन गर्न सक्छौं | |
03:54 | ४ नम्बर:
ड्रुपल ठुला प्रोजेक्टहरुमा धेरै उपयोगी हुन्छ | |
04:00 | ड्रुपलले कुनै पनि प्रोजेक्टहरु चलाउन सक्छ जस्तै whitehouse.gov देखि weather.com र Dallas Cowboys | |
04:08 | ड्रुपल धेरै जटिल वेबसाइटहरुमा अझै सफल साबित हुन्छ | |
04:12 | यो धेरै बिशेषताहरु सहितको वेबसाइट बनाउने चाहने व्यक्तिहरुको लागि उत्कृष्ट रोजाई हो | |
04:19 | र यो ठुला व्यवसायहरुको लागि पनि उपयुक्त छ | |
04:24 | ५ नम्बर:
ड्रुपल मैत्रीपूर्ण, सामाजिक र खोज्न सकिने छ | |
04:29 | ड्रुपल ले अन्य व्यक्तिहरुलाई मेरो साइट र सामग्रीहरु पत्ता लगाउन सघाउँछ | |
04:34 | साथै,ड्रुपल ले साइट एडिटरहरुलाई ट्याग, व्याख्या, किवर्ड र मैत्रीपूर्ण URL हरु थप्न दिन्छ | |
04:45 | ६ नम्बर:
ड्रुपल सुरक्षित छ | |
04:50 | ड्रुपल ले हाम्रो साइट सुरक्षित राख्न नियमित रुपमा सुरक्षा अपडेटहरु जाँच गर्ने, पासवर्ड बदल्ने, | |
04:57 | पर्मिसन परिवर्तन हुदाँ बदलिने सेसन आइडी हरु | |
05:01 | युजर इन्पुट निर्धारण गर्ने टेक्स्ट फर्म्याट पर्मिसनहरु र अन्य धेरै तरिकाले सघाउँछ | |
05:07 | ड्रुपल ले सुरक्षामा विशेष जोड दिन्छ | |
05:11 | ७ नम्बर: | हामी हाम्रो ड्रुपल साइटहरुमा हजारौ मोड्युलहरु थपेर ड्रुपल साइटमा थप विशेषताहरु थप्न सक्छौं |
05:18 | कुनै पनि विशेषता सोचौं, कसैले यसको मोड्युल बनाएर यसलाई यहाँ निशुल्क उपलब्ध गराईसकेका हुन्छन् | |
05:27 | हामी एकै साइटमा एकभन्दा बढि Themes वा एउटा Theme को संस्करणहरु राख्न सक्छौं
र पनि हामी हाम्रो वेबसाइटको डेटाको दृश्य प्रस्तुतिकरण पूर्ण रुपमा नियन्त्रण गर्न सक्छौं | |
05:40 | ८ नम्बर:
यदि तपाईलाई कुनै सहयोग चाहिएमा, ड्रुपल को सहयोगी समुदाय छ र यो एकदमै ठूलो छ | |
05:48 | विश्वभर ड्रुपल का कार्यक्रमहरु भैरहेका हुन्छन् | |
05:52 | स्थानीय कार्यक्रमहरुलाई ड्रुपल क्याम्प भनिन्छ | |
05:55 | र हरेक वर्ष विश्वभर DrupalCons आयोजना हुन्छ | |
06:01 | ड्रुपल मा सहयोग गर्न समर्पित अति सक्रिय Forums, User Groups र IRC chat हरु छन् | |
06:08 | ९ नम्बर: | ड्रुपल मा अनुभब भएका केहि ठूला कम्पनीहरु पनि छन् |
06:15 | यो शृंखलामा साझेदार रहेको Acquia सबैभन्दा ठूलो ड्रुपल कम्पनी हो | |
06:21 | भारतमा मात्रै साठी भन्दा बढि ड्रुपल का सेवा दिने कम्पनीहरु छन्, Drupal मा काम गर्ने सयौं फ्रिलेंसरहरु पनि छन् | |
06:32 | नम्बर १०: | ड्रुपल सर्बत्र उपलब्ध छ, अहिले सम्म ड्रुपलमा १२ लाख वेबसाइटहरु रहेका छन् |
06:40 | सम्पूर्ण वेबको ३ प्रतिशत र उत्कृष्ट दश हजार वेबसाइटको १५ प्रतिशत ड्रुपल मा चल्छ | |
06:50 | ड्रुपल सरकारी कार्यालयहरु, शिक्षा क्षेत्र र अन्य ठूला व्यवसायहरु मा लोकप्रिय छ | |
06:58 | यो ट्युटोरियल शृंखलामा हामी तलका विषयहरुको चर्चा गर्ने छौं-
ड्रुपल कसरी इन्स्टल गर्ने | |
07:04 | हामी ड्रुपल र अन्य सम्बन्धित सफ्टवेयरहरु कसरी इन्स्टल गर्ने देखाउने छौं | |
07:10 | यसको लागि तपाई लिनक्स वा विन्डोज मा निपुण हुनुपर्दैन, यसलाई प्राय सबैले गर्न सक्छन् | |
07:18 | सामग्री को कार्यबहाव -
यहाँ हामी ड्रुपल मा एउटा वेबसाइटका आधारभूत सामग्रीहरु कसरी व्यबस्थापन गर्ने सिक्ने छौं | |
07:26 | हामी एउटा वर्ड प्रोसेसर प्रयोग गरी एउटा सामान्य वेबसाइट पनि सिर्जना गर्ने छौं | |
07:34 | अनि हामी ड्रुपल मा रहेका केहि उत्कृष्ट विशेषताहरु हेर्ने छौं | |
07:40 | तिनीहरुमा सामग्रीहरु बिचको सम्बन्ध, विभिन्न सामग्रीहरुमा प्रोग्राम मार्फत गरिने फर्म्याटिंग आदि पर्छन् | |
07:49 | ड्रुपल लाई कसरी विस्तार गर्ने-
ड्रुपल को दोस्रो शक्तिशाली विशेषता भनेको मोड्युल वा एक्सटेन्सन हरु हुन् | |
07:56 | पहिले उल्लेख गरे अनुसार, तपाईलाई आवश्यक पर्ने प्रत्येक विशेषताको लागि एउटा एप जस्तै मोड्युल रहेको छ | |
08:05 | हामीसँग दश हजार मोड्युलहरु छन् भने हामी आफूलाई आवश्यक मोड्युल कसरी छान्ने हेर्ने छौं | |
08:13 | यो साइट कसरी लेआउट गर्ने -
जब आधारभूत सामग्री र विशेषताहरु तयार हुन्छन्, हामीले यसको एउटा सुन्दर डिस्प्ले बनाउनु पर्छ | |
08:24 | लेआउट खण्डमा, हामी वेबसाइटको रंगरुप बदल्न कति सजिलो छ सिक्ने छौं | |
08:31 | मोड्युलहरु जस्तै लेआउट वा Themes पनि समुदायको योगदानको रुपमा उपलब्ध छन् | |
08:38 | समुदाय कसरी व्यबस्थापन गर्ने- | |
08:40 | अन्य एकल युजर केन्द्रित CMS जस्तै WordPress जस्तो नभई ड्रुपल वेबसाइटमा विभिन्न युजरहरु विभिन्न कार्यहरु गर्न प्राय प्रयोग गरिन्छ | |
08:53
people व्यबस्थापन खण्डमा, हामी कसरी विभिन्न भूमिकाहरु सेट गर्ने र तिनीहरुलै भिन्नै पर्मिसनहरु कसरी दिने सिक्ने छौं | ||
09:01 | साइट कसरी राम्ररी व्यबस्थापन गर्ने; अन्ततः, अन्तिम खण्डमा, हामी ड्रुपल को कोड कसरी व्यबस्थापन गर्ने सिक्ने छौं | |
09:11 | सुरक्षा र स्थिरताको लागि साइट अपडेट हुन जरुरी छ | |
09:17 | * यो साइट थप युजर मैत्रीपूर्ण बनाउन नयाँ विशेषताहरु थप्न पनि उपयोगी छ | |
09:24 | यो सँगै, हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं | |
09:28 | संक्षेपमा हेरौं
यो ट्युटोरियलमा हामीले सिक्यौं:
| |
09:41 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बेले संशोधन गरेको हो | |
09:51 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यसलाई डाउनलोड गरी हेर्न सक्नुहुन्छ | |
09:59 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरु संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् | |
10:11 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानब संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको अनुदान रहेको छ | |
10:24 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |