Drupal/C2/Overview-of-Drupal/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 “Overview of Drupal” स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं: कन्टेन्ट म्यानेजमेन्ट सिस्टम, ड्रुपल
00:13 ड्रुपल का महत्वपूर्ण विशेषताहरु र यो शृंखलाको संक्षिप्त जानकारी
00:19 पहिले, ड्रुपल के हो बुझौं, ड्रुपल एउटा ओपन सोर्स कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (CMS) हो
00:30 CMS के हो?

अहिले पहिले जस्तो धेरै html फाइलहरु एकै सर्भरमा अपलोड गरिदैन

00:40 पहिले प्रत्येक वेबसाइटको आफ्नै html फाइल हुन्थ्यो
00:47 अहिले त्यो धेरै फरक छ प्रत्येक पेज विभिन्न सामग्रीहरु प्रयोग गरी निर्माण गरिन्छ
00:55 प्रत्येक सामग्री भिन्नै स्थानबाट लिन सकिन्छ
01:00 यी सामग्रीहरुलाई केहि प्रोग्रामिंग लजिक प्रयोग गरी एउटा फ्लाईमा जोडिन्छ
01:06 त्यसैले हामीले हेर्नको लागि प्रयोग गर्ने साधन जस्तै डेस्कटप वा एउटा मोबाइल अनुसार यो भिन्न देखिन सक्छ
01:14 यो कसले कहाँबाट हेरिरहेको छ भन्नेमा पनि भर पर्न सक्छ

तपाई इन्डियाबाट हेरिरहनुभएको एउटा बिद्ध्यार्थी हुन सक्नुहुन्छ

01:23 वा सिंगापुरबाट केहि खरिद गर्ने ग्राहक पनि हुन सक्नुहुन्छ

तपाईहरु प्रत्येकले भिन्नै पेज देख्नुहुनेछ

01:32 यस्तो प्रस्तुतीकरण गर्ने लजिक भएको प्रोग्राम नै CMS हो
01:37 यसले विभिन्न प्रोग्रामिंगका तरिका प्रयोग गर्छ जस्तै PHP, Ajax, Javascript आदि
01:47 सबै CMS ले कुनै फर्म्याटिंग नगरी सूचना भण्डार गर्न प्राय एउटा डेटाबेस प्रयोग गर्छ
01:55 सामग्रीको फर्म्याटिंग भिन्नै गरिन्छ
02:00 CMS ले अप्राविधिक प्रयोगकर्तालाई पनि सजिलै एउटा वेबसाइट व्यबस्थापन गर्न सघाउँछ
02:07 ड्रुपल त्यस्तै एउटा ओपन सोर्स CMS हो जसको कोड निशुल्क पाउन सकिन्छ
02:15 जो कसैले यसलाई डाउनलोड गरी परिवर्तन गर्न सक्छन्
02:18 ड्रुपल सन् २०००मा Dries Buytaert ले आफ्नो बिद्ध्यार्थी कालमा आविष्कार गरेका हुन्
02:24 यो एउटा ओपन सोर्स भएकोले हजारौं मानिसहरुले यसलाई संशोधन गर्न सघाएका छन्
02:32 अनि उनीहरुले यसलाई केहि सुधार गरी समुदायमा फर्काउने छन्
02:37 ड्रुपल समुदाय एउटा सबैभन्दा ठूलो र धेरै सक्रिय ओपन सोर्स समुदाय हो
02:43 ड्रुपल लाई आजको अवस्थामा ल्याई पुर्याउन यसका डेभलपर, साइट बिल्डर र स्वयंसेवकहरुका हात रहेको छ
02:51 ड्रुपल मा “कोडको लागि आऔं र समुदायमा रहौं” चर्चित छ
02:58 सायद तपाई पनि सोहि कारणले समुदायमा सक्रिय रहनुहुनेछ
03:02 अब म ड्रुपल का उत्कृष्ट दश विशेषताहरु सुचिकृत गर्ने छुँ
03:06 १ नम्बर:

ड्रुपल एउटा निशुल्क र सम्पूर्ण रुपमा ओपन सोर्स हो

03:11 जो कोहिले सोर्स कोड डाउनलोड गरी संशोधन गर्न सक्छ
03:15 यदि तपाई डेभलपर हुनुहुन्छ भने पनि ड्रुपल धेरै उपयोगी हुनेछ
03:20 २ नम्बर:

ड्रुपल लचिलो छ

03:24 ड्रुपल हाल उपलब्ध सिस्टमहरु मध्ये सबैभन्दा अनुकुल सिस्टम हो
03:28 ड्रुपल ले धेरै कस्टम डेटा स्ट्रक्चरहरु चाहिने जटिल वेबसाइटहरुमा पनि राम्रो सँग काम गर्छ
03:35 डेभलपरहरुले यसलाई CMS र एउटा फराकिलो वेब डेभलपमेन्ट प्लेटफर्म को रुपमा पनि प्रयोग गर्छन्
03:42 ३ नम्बर:

ड्रुपल मोबाइलमा पनि प्रयोग गर्न सकिन्छ

03:46 हामी मोबाइल प्रयोग गरेर हाम्रो ड्रुपल साइटको कुनै पनि पेज हेर्न र परिवर्तन गर्न सक्छौं
03:54 ४ नम्बर:

ड्रुपल ठुला प्रोजेक्टहरुमा धेरै उपयोगी हुन्छ

04:00 ड्रुपलले कुनै पनि प्रोजेक्टहरु चलाउन सक्छ जस्तै whitehouse.gov देखि weather.com Dallas Cowboys
04:08 ड्रुपल धेरै जटिल वेबसाइटहरुमा अझै सफल साबित हुन्छ
04:12 यो धेरै बिशेषताहरु सहितको वेबसाइट बनाउने चाहने व्यक्तिहरुको लागि उत्कृष्ट रोजाई हो
04:19 र यो ठुला व्यवसायहरुको लागि पनि उपयुक्त छ
04:24 ५ नम्बर:

ड्रुपल मैत्रीपूर्ण, सामाजिक र खोज्न सकिने छ

04:29 ड्रुपल ले अन्य व्यक्तिहरुलाई मेरो साइट र सामग्रीहरु पत्ता लगाउन सघाउँछ
04:34 साथै,ड्रुपल ले साइट एडिटरहरुलाई ट्याग, व्याख्या, किवर्ड र मैत्रीपूर्ण URL हरु थप्न दिन्छ
04:45 ६ नम्बर:

ड्रुपल सुरक्षित छ

04:50 ड्रुपल ले हाम्रो साइट सुरक्षित राख्न नियमित रुपमा सुरक्षा अपडेटहरु जाँच गर्ने, पासवर्ड बदल्ने,
04:57 पर्मिसन परिवर्तन हुदाँ बदलिने सेसन आइडी हरु
05:01 युजर इन्पुट निर्धारण गर्ने टेक्स्ट फर्म्याट पर्मिसनहरु र अन्य धेरै तरिकाले सघाउँछ
05:07 ड्रुपल ले सुरक्षामा विशेष जोड दिन्छ
05:11 ७ नम्बर:

हामी हाम्रो ड्रुपल साइटहरुमा हजारौ मोड्युलहरु थपेर ड्रुपल साइटमा थप विशेषताहरु थप्न सक्छौं

05:18 कुनै पनि विशेषता सोचौं, कसैले यसको मोड्युल बनाएर यसलाई यहाँ निशुल्क उपलब्ध गराईसकेका हुन्छन्
05:27 हामी एकै साइटमा एकभन्दा बढि Themes वा एउटा Theme को संस्करणहरु राख्न सक्छौं

र पनि हामी हाम्रो वेबसाइटको डेटाको दृश्य प्रस्तुतिकरण पूर्ण रुपमा नियन्त्रण गर्न सक्छौं

05:40 ८ नम्बर:

यदि तपाईलाई कुनै सहयोग चाहिएमा, ड्रुपल को सहयोगी समुदाय छ र यो एकदमै ठूलो छ

05:48 विश्वभर ड्रुपल का कार्यक्रमहरु भैरहेका हुन्छन्
05:52 स्थानीय कार्यक्रमहरुलाई ड्रुपल क्याम्प भनिन्छ
05:55 र हरेक वर्ष विश्वभर DrupalCons आयोजना हुन्छ
06:01 ड्रुपल मा सहयोग गर्न समर्पित अति सक्रिय Forums, User GroupsIRC chat हरु छन्
06:08 ९ नम्बर:
ड्रुपल मा अनुभब भएका केहि ठूला कम्पनीहरु पनि छन्
06:15 यो शृंखलामा साझेदार रहेको Acquia सबैभन्दा ठूलो ड्रुपल कम्पनी हो
06:21 भारतमा मात्रै साठी भन्दा बढि ड्रुपल का सेवा दिने कम्पनीहरु छन्, Drupal मा काम गर्ने सयौं फ्रिलेंसरहरु पनि छन्
06:32 नम्बर १०:

ड्रुपल सर्बत्र उपलब्ध छ, अहिले सम्म ड्रुपलमा १२ लाख वेबसाइटहरु रहेका छन्

06:40 सम्पूर्ण वेबको ३ प्रतिशत र उत्कृष्ट दश हजार वेबसाइटको १५ प्रतिशत ड्रुपल मा चल्छ
06:50 ड्रुपल सरकारी कार्यालयहरु, शिक्षा क्षेत्र र अन्य ठूला व्यवसायहरु मा लोकप्रिय छ
06:58 यो ट्युटोरियल शृंखलामा हामी तलका विषयहरुको चर्चा गर्ने छौं-

ड्रुपल कसरी इन्स्टल गर्ने

07:04 हामी ड्रुपल र अन्य सम्बन्धित सफ्टवेयरहरु कसरी इन्स्टल गर्ने देखाउने छौं
07:10 यसको लागि तपाई लिनक्स वा विन्डोज मा निपुण हुनुपर्दैन, यसलाई प्राय सबैले गर्न सक्छन्
07:18 सामग्री को कार्यबहाव -

यहाँ हामी ड्रुपल मा एउटा वेबसाइटका आधारभूत सामग्रीहरु कसरी व्यबस्थापन गर्ने सिक्ने छौं

07:26 हामी एउटा वर्ड प्रोसेसर प्रयोग गरी एउटा सामान्य वेबसाइट पनि सिर्जना गर्ने छौं
07:34 अनि हामी ड्रुपल मा रहेका केहि उत्कृष्ट विशेषताहरु हेर्ने छौं
07:40 तिनीहरुमा सामग्रीहरु बिचको सम्बन्ध, विभिन्न सामग्रीहरुमा प्रोग्राम मार्फत गरिने फर्म्याटिंग आदि पर्छन्
07:49 ड्रुपल लाई कसरी विस्तार गर्ने-

ड्रुपल को दोस्रो शक्तिशाली विशेषता भनेको मोड्युल वा एक्सटेन्सन हरु हुन्

07:56 पहिले उल्लेख गरे अनुसार, तपाईलाई आवश्यक पर्ने प्रत्येक विशेषताको लागि एउटा एप जस्तै मोड्युल रहेको छ
08:05 हामीसँग दश हजार मोड्युलहरु छन् भने हामी आफूलाई आवश्यक मोड्युल कसरी छान्ने हेर्ने छौं
08:13 यो साइट कसरी लेआउट गर्ने -

जब आधारभूत सामग्री र विशेषताहरु तयार हुन्छन्, हामीले यसको एउटा सुन्दर डिस्प्ले बनाउनु पर्छ

08:24 लेआउट खण्डमा, हामी वेबसाइटको रंगरुप बदल्न कति सजिलो छ सिक्ने छौं
08:31 मोड्युलहरु जस्तै लेआउट वा Themes पनि समुदायको योगदानको रुपमा उपलब्ध छन्
08:38 समुदाय कसरी व्यबस्थापन गर्ने-
08:40 अन्य एकल युजर केन्द्रित CMS जस्तै WordPress जस्तो नभई ड्रुपल वेबसाइटमा विभिन्न युजरहरु विभिन्न कार्यहरु गर्न प्राय प्रयोग गरिन्छ
08:53 people व्यबस्थापन खण्डमा, हामी कसरी विभिन्न भूमिकाहरु सेट गर्ने र तिनीहरुलै भिन्नै पर्मिसनहरु कसरी दिने सिक्ने छौं
09:01 साइट कसरी राम्ररी व्यबस्थापन गर्ने; अन्ततः, अन्तिम खण्डमा, हामी ड्रुपल को कोड कसरी व्यबस्थापन गर्ने सिक्ने छौं
09:11 सुरक्षा र स्थिरताको लागि साइट अपडेट हुन जरुरी छ
09:17 * यो साइट थप युजर मैत्रीपूर्ण बनाउन नयाँ विशेषताहरु थप्न पनि उपयोगी छ
09:24 यो सँगै, हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
09:28 संक्षेपमा हेरौं

यो ट्युटोरियलमा हामीले सिक्यौं: ड्रुपल को परिचय, ड्रुपल का महत्वपूर्ण विशेषताहरु र यो ड्रुपल शृंखलाको संक्षिप्त जानकारी

09:41 यो भिडियो Acquia OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बेले संशोधन गरेको हो
09:51 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यसलाई डाउनलोड गरी हेर्न सक्नुहुन्छ
09:59 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरु संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
10:11 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानब संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको अनुदान रहेको छ
10:24 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya