Linux/C2/File-System/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 0:00 | लिनक्स फाईल सिस्टमको स्पोकन टिउटोरियलमा स्वागत छ । |
| 0:04 | म उबुन्टु .04 प्रयोग गर्छु । |
| 0:07 | हामी तपाईलाई लिनक्स अपरेटिङ सिस्टम र कमान्डहरुको बारेमा ज्ञान छ भनि मान्छौ । |
| 0:13 | यदि ईच्छा भएमा http://spoken-tutorial.org मा अर्को स्पोकन टिउटोरियल उपलब्ध छ । |
| 0:25 | यो पनि याद गर्नुहोस् कि लिनक्स केस सेन्सेटिभ हुन्छ । |
| 0:28 | नभनिए सम्म यस टिउटोरियलमा प्रयोग गरिएको कमान्डहरु सानो अक्षरमा छन् । |
| 0:36 | लिनक्समा लगभग सबै कुरा फाईल हो । |
| 0:39 | फाईल भनेको के हो त ? फाईल भनेको डकुमेन्टस् र कागजहरु साचेर राख्ने ठाउँ हो । |
| 0:47 | लिनक्समा फाईल भनेको जानकारी साचेर राख्ने भाडो हो । |
| 0:53 | डिरेक्टरी भनेको के हो ? |
| 0:56 | डिरेक्टरी भनेको फाईलहरु र अरु सब- डिरेक्टरीहरुको संग्रह हो । |
| 1:02 | डिरेक्टरीले हाम्रो फाईलहरुलाई व्यवस्थित बनाएर राख्न मद्त्त गर्दछ । |
| 1:08 | यो विन्डोजको फोल्डर जस्तै हो । |
| 1:12 | यसले हरेक युजरहरुलाई आफ्नै फाईलहरु भएको डिरेक्टरी राख्न दिन्छ जुन अरुले हेर्न वा बदल्न सक्दैन । |
| 1:20 | यदि डिरेक्टरीहरु न हुने हो भने सिस्टममा भएको सबै फाईलहरुको छुट्टाछुट्टै नाम हुनुपर्छ जुन गर्न अत्यन्त गाह्रो हुन्छ । |
| 1:31 | फाईल र डिरेक्टरीहरुको परिभाषाहरुले केही बताएतापनि ति सबै सटिक छैनन् । |
| 1:42 | फाईलको नाम तथा प्रोपर्टीज वा एडमिनिस्ट्रेटिभ ईन्फरमेशन हुन्छ जस्तै फाईल जन्मेको वा परिवर्तन गरेको मिति र यसको प्रर्मिशन। |
| 1:55 | यी प्रोपर्टीहरु फाईलको ईनोड जुन फाईल सिस्टमको विषेश डाटा हो। यसमा फाईलको लम्बाई र फाईल डिस्कको कुन भागमा छ आदि जानकारी हुन्छ । |
| 2:08 | सिस्टमले फाईल ईनोडको नम्बर प्रयोग गर्दछ । डायरेक्टरी संरचनाले फाईलको नाम राख्छ किनकि हामीलाई ठूलो संख्या भन्दा नाम सम्झन सजिलो हुन्छ । |
| 2:23 | साधारण परिभाषा विपरित डायरेक्टरीले अरु फाईल साचेर राख्दैन। यो आफै एउटा फाईल हो जसले अरु फाईलको ईनोड संख्या र नाम साचेर राख्छ । |
| 2:37 | वास्तवमा लिनक्समा तीन प्रकारका फाईलहरु हुन्छन् । |
| 2:41 | 1 रेगुलर फाईलहरु वा अर्डिनेरि फाईलहरु : यसमा डाटा वा अक्षरहरुको स्टिर्म हुन्छ । |
| 2:48 | 2 डिरेक्टरीज : पहिलेको स्लाईडमा हेरे जस्तै । |
| 2:52 | 3 डिभाईस फाईल : लिनक्समा सबै हार्डवेयर डिभाईस र पेरिफेरल्स् फाईलहरुको रुपमा हुन्छ । |
| 2:59 | लिनक्समा CD, हार्डडिस्क, युएसबि स्टिक सबै फाईल हुन्छन् । यो किन यस्तो हो त ? किनकि यसले साधारण फाईलहरु जस्तै यी उपकरणहरुलाई पढ्न र लेख्न दिन्छ । |
| 3:15 | लिनक्समा सबै फाईलहरु एउटा परिवार जस्तै एकअर्का संग सम्बन्धित हुन्छन् । |
| 3:22 | केही फाईल र सबडिरेक्टरीको डिरेक्टरीसंग आमाबुबा - बच्चा सम्बन्ध हुन्छ । यसले लिनक्स फाईल सिस्टम ट्री लाई जन्म दिन्छ । |
| 3:34 | सबैभन्दा माथि root(frontslash / ले जनाउने) हुन्छ । यसमा अरु सबै फाईलहरु र डिरेक्टरीहरु हुन्छन् । |
| 3:42 | यसले हामीलाई सहि पाथ थाहा भएको खण्डमा, एउटा फाईल वा डिरेक्टरीबाट अर्कोमा जान सजिलो बनाउँछ । |
| 3:51 | हामी लिनक्स फाईल सिस्टममा काम गर्दै जादाँ यहि ट्री संग लागिराखेको हुन्छौ । |
| 3:56 | एउटा कमान्डले हामी एउटा ठाउँबाट अर्कोमा जान सक्छौ । |
| 4:01 | रमाईलो सुनिन्छ!! हामी देख्छौ यो यस्तै छ । |
| 4:05 | जब हामी लिनक्स सिस्टममा लगईन गर्दछौ, तब डिफ्ल्टले नै होम डिरेक्टरी पुग्छौ । |
| 4:11 | टर्मिनलमा जानुहोस् । |
| 4:13 | उबुन्टुमा Ctrl+alt+T ले टर्मिनल खोल्न मदत्त गर्छ । |
| 4:17 | यो कमान्ड सबै unix सिस्टममा काम नगर्न सक्छ । टर्मिनल खोल्ने साधारण तरिका अर्को स्पोकन टिउटोरियलमा देखाइएको छ । |
| होम डिरेक्टरीमा जान कमान्ड प्रोम्पटमा टाइप गर्नुहोस् | |
| "echo space dollar H-O-M-E in capital" र इन्टर थिच्नुहोस् । | |
| 4:40 | यसले हाम्रो होम डिरेक्टरीको पाथनेम दिन्छ । |
| 4:44 | हामी एउटाबाट अर्को डिरेक्टरीमा जान सक्छौ । |
| 4:47 | तर एक समयमा हामी एउटा डिरेक्टरी मात्र हुन्छौ जसलाई करेन्ट डिरेक्टरी वा वर्किङ डिरेक्टरी भनिन्छ । अब स्लाईड्समा जानुहोस् । |
| 4:56 | pwd कमान्डले करेन्ट डिरेक्टरी देखाउछ । pwd भनेको present working directory हो । |
| 5:03 | कमान्ड प्रोम्पटमा "pwd" टाईप गरि इन्टर थिच्नुहोस् । यो हाम्रो present working directory हो । |
| 5:13 | हामीले भनेका थियौ कि हामी एउटाबाट अर्को डिरेक्टरीमा जान सक्छौ । |
| 5:17 | तर यो कसरी गर्ने ? यसको लागि हामी संग cd कमान्ड छ । |
| 5:22 | यसका लागि कमान्ड cd, त्यसपछि जान लागेको डिरेक्टरीको पाथनेम टाइप गर्नुहोस् । |
| 5:28 | फेरि हाम्रो करेन्ट डिरेक्टरी हेर्न कमान्ड प्रोम्पटमा pwd टाइप गरि इन्टर थिच्नुहोस् । |
| 5:37 | अब हामी यो डिरेक्टरीमा छौ । |
| अब भनौ हामीलाई स्लयास usr डिरेक्टरीमा जानपर्यो । टाइप | |
| "cd space slash usr" याद गर्नुहोस् लिनक्समा slash भनेको front slash हो । इन्टर थिच्नुहोस् । | |
| 5:56 | अब हाम्रो करेन्ट डिरेक्टरी हेरौ । pwd टाइप गरि इन्टर थिच्नुहोस् । |
| 6:03 | हामी slash usr directory मा पुगि सक्यौ । |
| 6:08 | यहाँ समस्या के छ भने पाथनेमहरु धेरै लामो हुन्छ किनकि यिनीहरु एबसुलुट पाथनेम हुन् जसले रुट डिरेक्टरीबाट शुरु पुरै पाथ देखाउछ । |
| 6:18 | यसको साटो हामी रिलेटिभ पाथनेमहरु प्रयोग गर्न सक्छौ जुन करेन्ट डिरेक्टरीबाट शुरु हुन्छ । |
| हामीलाई दुईवटा स्पेशल क्यारेक्टर्स थाहा हुनुपर्छ | |
| डट जसले करेन्ट डिरेक्टरी देखाउछ र डट डट जसले हालको डिरेक्टरीको प्यारेन्ट डिरेक्टरी। | |
| 6:36 | अब cd कमान्डको बारेमा छोटो छलफल गरौ । |
| 6:40 | कुनै आर्गुमेन्ट नराखेको cd कमान्डले होम डिरेक्टरीमा पुर्याउछ । |
| 6:46 | कमान्ड प्रोम्पटमा "cd" टाइप गरि इन्टर थिच्नुहोस् । |
| 6:51 | pwd कमान्ड राखि करेन्ट डिरेक्टरी जाचँ गर्नुहोस् । |
| अब हामी होम डिरेक्टरीमा छौ । |
| /home/gnuhata [ narration- slash home slash gnuhata ] | |
| 7:01 | अब म्युजिक डिरेक्टरीमा जाउँ । कमान्ड प्रोम्पटमा "cd space Music(M in capital) slash" टाइप गरि इन्टर गर्नुहोस् । |
| 7:13 | pwd कमान्ड प्रयोग गरेर करेन्ट डिरेक्टरी हेर्नुहोस्। pwd र इन्टर थिच्नुहोस् । हेर्नुस् हामी /home/gnuhata/Music मा छौ । |
| 7:26 | अब म्युजिकबाट प्यारेन्ट डिरेक्टरीमा जाउँ । यसकालागि cd कमान्ड संग डट डट प्रयोग गर्नुहोस् । |
| 7:33 | कमान्ड प्रोम्पटमा cd स्पेस डट डट टाईप गरि इन्टर थिच्नुहोस् । |
| 7:40 | अब pwd टाइपगरि हालको डिरेक्टरी हेर्नुहोस् । हामी फेरी /home/gnuhata मा छौ । |
| 7:51 | अब फेरि डट प्रयोग गरि करेन्ट डिरेक्टरीको सब-डिरेक्टरीमा जाउँ । |
| 7:58 | कमान्ड प्रोम्पटमा cd स्पेस dot slash डकुमेन्टस् (D in capital) slash टाइप गरि इन्टर गर्नुहोस् । |
| 8:09 | pwd टाइप गरि करेन्ट डिरेक्टरी हेर्नुहोस् । हामी /home/gnuhata/Documents मा छौ । |
| 8:19 | control L थिचेर म स्क्रिन सफा गर्छु । तपाई सफा देख्न सक्नु हुन्छ । |
| cd कमान्ड प्रयोग गरेर होम डिरेक्टरीमा फिर्ता जानुहोस् । | |
| cd टाइप गरि इन्टर गर्नुहोस् । | |
| 8:32 | pwd कमान्ड प्रयोग गरि हालको डिरेक्टरी हेर्नुहोस् । हामी /home/gnuhata मा छौ । |
| 8:41 | रिलेटिभ पाथमा हामी जति पनि [narration - dot dot] ले छुट्टाएको / [narration- slash] प्रयोग गर्न सक्छौ । |
| 8:47 | यस स्लाईडमा हामी फाईल सिस्टम हाइआर्कि देख्न सक्छौ । रुट वा / सबैभन्दा माथि हुन्छ । त्यसपछि root मुनि होम र बिन सब-डिरेक्टरी हुन्छ । यहाँ gnuhata नाम गरेको डिरेक्टरी होमको सब-डिरेक्टरी हो । |
| 9:05 | अब हामी /home/gnuhata मा छौ । तर बिन डिरेक्टरीमा कसरी जाने ? |
| कमान्ड प्रोम्पटमा टाईप गर्नुहोस् । | |
| "cd space dot dot slash dot dot slash bin" र इन्टर थिच्नुहोस् । | |
| pwd कमान्ड प्रयोग गरेर करेन्ट डिरेक्टरी हेर्नुहोस् । | |
| हामी /bin [narration - slash bin]मा छौ । |
| 9:30 | पहिलो [narration-dot dot] ले /home/gnuhata [narration - slash home slash gnuhata] बाट /home [narration - slash home] मा लग्छ । । ९:३७ । अर्को ले /home to root मा लग्दछ । |
| 9:43 | अब / or root बाट हामी /bin directory मा पुग्छौ । |
| 9:48 | सीडि कमान्ड प्रयोग गरि होम डिरेक्टरीमा फर्ता जानुहोस् । |
| 9:52 | नयाँ डिरेक्टरी बनाउन mkdir कमान्ड प्रयोग गर्नुहोस् । |
| 9:56 | तपाईले कमान्ड र बनाउनु पर्ने डिरेक्टरीको नाम टाईप गर्नुपर्छ। करेन्ट डिरेक्टरी मुनि नयाँ डिरेक्टरी बन्छ । |
| 10:04 | testdir नाम गरेको डिरेक्टरी बनाउन " mkdir space testdir" कमान्ड टाईप गरि इन्टर गर्नुहोस् । |
| 10:15 | यसले testdir डिरेक्टरी बनाउछ । |
| 10:19 | याद गर्नुहोस् कि डायरेक्टरी बनाएको वा हटाएको कुनै सुचना आउदैन । |
| 10:25 | यदि कुनै ईरर् म्यासेज आएनभने सफलता साथ काम भएको बुझिन्छ । |
| 10:30 | हामी रिलेटिभ वा एबसुलुट पाथनेम प्रयोग गरि ट्री को जहाँपनि डिरेक्टरी बनाउन सकिन्छ । यसका लागि हामी संग पर्मिसन हुनुपर्छ र त्यो नामको अरु फाईल हुनुहुदैन । |
| 10:43 | यो तरिकाबाट थुप्रै डिरेक्टरीहरु वा डिरेक्टरीको हाईआर्कि बनाउन सकिन्छ । |
| 10:49 | "mkdir space test1 space test2 टाईप गरि इन्टर थिच्नुहोस्। यसले हालको डिरेक्टरीको मुनि test1 र test2 नाम गरेको दुईवटा डिरेक्टरी बनाईदिन्छ । |
| 11:06 | "mkdir space testtree space testtree slash test3" टाईप गर्नुहोस् । |
| 11:20 | यसले testtree नाम गरेको डिरेक्टरी र यस्को मुनि test3 नाम गरेको सब-डिरेक्टरी बनाईदिन्छ । |
| 11:28 | हामीले testdir,test1,test2 र testtree नाम गरेको चारवटा डिरेक्टरीरु बनाई सकेका छौ। यी मध्ये शुरुको तीनवटा खालि छन् भने अन्तिमकोमा test3 नाम गरेको सब-डिरेक्टरी छ । |
| 11:47 | mkdir जस्तै mkdir कमान्डले एउटा वा धेरै डिरेक्टरीहरु हटाउन प्रयोग गरिन्छ । |
| 11:56 | "rmdir space test1" कमान्डले test1 डिरेक्टरीलाई हटाइदिन्छ । |
| 12:09 | तपाई ओनर भएमात्र directory लाई हटाउन मिल्छ। अहिलेको डिरेक्टरी क्रम अनुसार हटाउन लागिएको डिरेक्टरी माथि छ र डिरेक्टरी खाली छ । |
| अब कमान्ड प्रोम्पटमा टाईप गर्नुहोस् । | |
| "cd space testtree slash test3" |
| 12:35 | अब हामी test3 डिरेक्टरीमा छौ जुन testtree को सब-डिरेक्टरी हो । |
| 12:42 | testdir डिरेक्टरीलाई हटाउन "rmdir space testdir ' टाईप गरि इन्टर गर्नुहोस् । |
| 12:55 | हामी हेर्छे कि यो गर्न सकिन्न किनभने हालको डिरेक्टरी हटाउन लागेको डिरेक्टरीको माथि छैन । |
| 13:02 | त्यसैले हामी टेस्टडिर डिरेक्टरीको माथिको डिरेक्टरीमा जानुपर्छ । |
| 13:08 | " cd space dot dot " टाईप गरि इन्टर थिच्नुहोस् । |
| 13:14 | " cd space dot dot " कमान्ड टाईप गरि प्यारेन्ट डिरिक्टरीमा जानुहोस् । |
| 13:20 | फेरी अघिको कमान्ड प्रयोग गर्नुहोस् । |
| 13:24 | "rmdir space testdir" टाईप गरि इन्टर थिच्नुहोस् । |
| 13:30 | testdir डिरेक्टरी सफलताका साथ हट्यो । याद गर्नुहोस् कि testdir डिरेक्टरीपनि खालि थियो । |
| 13:38 | एकै पल्ट धेरै डिरेक्टरीहरु वा डिरेक्टरीहरुको अनुक्रमलाई हटाउन सकिन्छ । अब testtree डिरेक्टरी संगै test3 सब-डिरेक्टरीलाई पनि हटाउने प्रयास गर्नुहोस् । |
| कमान्ड प्रोम्पटमा टाईप गर्नुहोस् । | |
| "rmdir space testtree space testtree slash test3" इन्टर थिच्नुहोस् । | |
| 14:02 | हेर्नुस्, यसले 'testree' डिरेक्टरी हटाउन नमानि ईरर् म्यासेज देखाउछ किनभने testtree खाली छैन । |
| 14:11 | तर याद गर्नुहोस् testtree/test3 चाहिं खाली भएको कारणले हट्यो । |
| 14:19 | त्यो जाचँ गर्न कमान्ड प्रोम्पटमा " cd space testtree " टाईप गरि इन्टर गर्नुहोस् । |
| 14:27 | अब "ls" टाईपगरि इन्टर थिच्नुहोस् । डाईरेक्टरीमा केही पनि छैन । test3 हटिसक्यो । |
| 14:36 | यस लिनक्स टिउटोरियलमा हामीले लिनक्स फाईलहरु र डिरेक्टरीहरु, लिनक्स डिरेक्टरीहरु संग काम गर्न सिक्यौ । फाईल र डिरेक्टरी हेर्न, अगाडी-पछाडि जाने, तिनलाई हटाउने आदि पनि सिक्यौ । |
| 14:49 | यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । स्पोकन टिउटोरियलस नेशनल मिशन अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो । |
| 15:03 | अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस। |
| 15:08 | यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् । |