LibreOffice-Suite-Draw/C3/Polygons-and-Curves/Nepali
From Script | Spoken-Tutorial
Revision as of 14:52, 21 February 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | लिब्रे अफिस ड्र को Creating Curves and Polygons स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी ड्र मा पोलिगन र कर्भ मा काम गर्न सिक्ने छौं |
00:14 | यो ट्युटोरियलको लागि तपाईसँग लिब्रे अफिस ड्र को ज्ञान हुनुपर्छ, यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि यो वेबसाइटमा हेर्नुहोस् |
00:25 | यहाँ हामी प्रयोग गर्दैछौं:
उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ |
00:34 | पोलिगनहरु के हुन्? poly को मतलब धेरै हो, एक भन्दा बढि भुजा भएको चित्रलाई पोलिगन भनिन्छ |
00:43 | हामी यो स्लाइडमा देखाए झैँ एउटा नक्सा कसरी कोर्ने सिक्ने छौं, यो नक्साले घर देखि स्कुल सम्मको बाटो देखाउँछ |
00:53 | यो ट्युटोरियलको अन्त्यमा तपाई आफैं यस्तै चित्र कोर्न सक्नुहुन्छ |
01:00 | अब ड्र मा जाऊ, मैले यो फाइललाई 'RouteMap' नाम दिएको छुँ र यसलाई डेस्कटपमा सेभ गरेको छुँ |
01:09 | सर्वप्रथम, Grid view इनेबल गरौँ, यसो गर्न View मा क्लिक गरौँ, Grid छानौं र Display Grid छानौं |
01:19 | चित्र कोर्न सुरु गर्नुपूर्व Page margin र Page orientation सेट गरौँ |
01:26 | Draw पेजमा कर्सर राखौं र Context menu को लागि राइट क्लिक गरौँ |
01:33 | Page छानौं र Page Setup मा क्लिक गरौँ |
01:36 | Page Setup डाइलग बक्स देखापर्छ |
01:40 | Format ड्रप-डाउनमा क्लिक गरौँ र A4 छानौं, Orientation as Portrait छानौं |
01:49 | Left, Right, Top र Bottom मार्जिनहरु 1 मा सेट छन्, OK मा क्लिक गरौँ |
01:57 | डिफल्ट फन्ट साइजलाई 24 मा सेट गरौँ |
02:02 | Main मेनुमा Format अनि र Character छानौं |
02:06 | Character डाइलग-बक्स देखापर्छ |
02:10 | Fonts ट्याबमा क्लिक गरौँ र Size फिल्डमा स्क्रोल गरी 24 छानौं र OK क्लिक गरौँ |
02:18 | यसले हामीले आकारहरु भित्र टाइप गरेको टेक्स्ट प्रष्ट देखिने पक्का हुन्छ |
02:24 | अब, घर कोर्न सुरु गरौँ |
02:28 | घर देखाउन एउटा वर्ग इन्सर्ट गरौँ र यसभित्र "Home" टाइप गरौँ |
02:37 | अर्को, घरको दायाँ एउटा पार्क कोरौं |
02:42 | पार्क एउटा odd-shaped आयत हो, बायाँ पट्टिको चौडाई दायाँको भन्दा बढि छ |
02:51 | यसलाई जनाउन एउटा पोलिगन प्रयोग गरौँ, एउटा पोलिगन कोर्न, Drawing टूलबारमा जाऊ |
02:58 | Curve मा क्लिक गरौँ अनि आइकन सँगैको सानो कालो एरोमा क्लिक गरौँ |
03:04 | अब, Polygon filled छानौं |
03:08 | कर्सर Draw पेजमा राखौं र लेफ्ट माउस बटन थिची राखौं र कर्सर तल तानौं, माउस बटन छोडौं |
03:18 | हामीले एउटा सिधा रेखा कोरेका छौं, एउटा राइट ट्रायएंगल को आकार नबनेसम्म माउस लाई दायाँ तानौं |
03:26 | लेफ्ट माउस बटन क्लिक गरौँ र माउस माथितिर तानौं, लेफ्ट माउस बटन दुईपटक क्लिक गरौँ |
03:35 | हामीले एउटा पोलिगन कोरेका छौं, यसभित्र "Park" टाइप गरौँ |
03:41 | Park सँगै त्यहाँ एउटा Commercial Complex छ, यो पनि एउटा odd-shaped पोलिगन हो, अब यो कोरौं |
03:50 | Drawing टूलबारमा जाऊ, Curve आइकन सँगैको सानो कालो आइकनमा क्लिक गरौँ र Polygon filled मा क्लिक गरौँ |
04:00 | कर्सर Draw पेजमा राखौं, लेफ्ट माउस बटन थिची राखौं र यसलाई तल तानौं |
04:07 | अब, माउस बटन छोडौं, तपाई एउटा सिधा लाइन देख्नुहुन्छ, एउटा त्रिकोणको आकार नबने सम्म माउस लाई बायाँ तानौं |
04:19 | लेफ्ट-माउस-बटन क्लिक गरौँ र माउस माथितिर तानौं, Shift कि थिची राखौं र कर्सर भित्र तिर तानौं |
04:31 | लेफ्ट-माउस-बटन क्लिक गरौँ |
04:35 | तपाईले अर्को एउटा पोलिगन कोर्नुभएको छ, यसभित्र "Commercial Complex" टेक्स्ट टाइप गरौँ |
04:45 | अघिल्लो कदमहरु अनुसरण गर्दै Drawing टूलबारबाट एउटा पार्किंग लट कोरौं, Polygon filled छानौं र कर्सर Draw पेजमा राखौं र पोलिगन कोरौं |
05:02 | अब, यो भित्र टेक्स्ट "Parking Lot" टाइप गरौँ |
05:08 | याद गरौँ तपाई आफुले चाहे जतिको भुजा सहितको पोलिगन कोर्न सक्नुहुन्छ |
05:14 | ट्युटोरियल रोकौं र यो कार्य गरौँ, पाँच भुजा, छ भुजा र दश भुजा भएका पोलिगनहरु कोरौं |
05:23 | घर सँगै एउटा Residential Complex छ र यो आयताकारमा छ |
05:30 | Drawing टूलबारबाट, Rectangle छानौं |
05:35 | अनि माउस Draw पेजमा राखौं र एउटा आयत कोर्न तानौं |
05:41 | यसलाई हामी "Residential Complex" नाम दिने छौं |
05:45 | यो क्षेत्रमा एउटा Play Ground पनि छ, यो एकदमै लामो आयतको आकारमा छ |
05:53 | Drawing टूलबारबाट, Polygon 45 degree Filled छानौं |
05:59 | कर्सर Draw पेजमा राखौं, लेफ्ट-माउस-बटन क्लिक गरेर तल तानौं र छोडौं |
06:07 | माउस क्लिक गरौँ र यसलाई बायाँ सारौँ र छोडौं, अब आयत पुरा गर्न माउस क्लिक गरौँ र माथितिर तानौं |
06:17 | लेफ्ट-माउस-बटन दुईपटक क्लिक गरौँ |
06:21 | तपाईले अर्को एउटा पोलिगन कोर्नुभएको छ |
06:25 | यसभित्र "Play Ground" टेक्स्ट टाइप गरौँ |
06:30 | अब, प्लेग्राउण्ड सँगै Lake कोरौं |
06:35 | Drawing टूलबारबाट, Freeform Line filled छानौं |
06:40 | Draw पेजमा, लेफ्ट-माउस-बटन थिचौं र माउस लाई घडीको विपरित दिशामा घुमाऊ, लेफ्ट-माउस-बटन छोडौं |
06:52 | हामीले एउटा ताल कोरेका छौं, यो भित्र "Lake" टाइप गरौँ |
06:58 | यो क्षेत्रको अन्तिम भवन भनेको School' हो, School campus पनि एउटा पोलिगनको रुपमा छ |
07:07 | अब यो हाम्रो नक्सामा कोरौं, पुन: Drawing टूलबारबाट, Polygon 45 degree filled छानौं |
07:17 | अर्को, कर्सर Draw पेजमा राखौं र पोलिगन कोरौं, अन्त्यमा पोलिगन पुरा भएपछि माउस दुईपटक क्लिक गरौँ |
07:28 | यो भित्र "School Campus" टाइप गरौँ |
07:34 | एउटा टेक्स्ट बक्स इन्सर्ट गरौँ र यो भित्र "School Main Gates" टाइप गरौँ |
07:44 | टेक्स्ट बक्स रोटेट गरौँ र यसलाई सहि स्थानमा राखौं |
07:48 | अब, Main मेनुबाट, Modify छानौं र Rotate क्लिक गरौँ |
07:54 | ह्यान्डल को रंग रातो भएको याद गरौँ, यसको मतलब हामी Rotate मोडमा छौं |
08:02 | तपाई दुवै पट्टि भुजामा एउटा सानो आर्क देख्न सक्नुहुन्छ? हामी यो बक्स रोटेट गर्न प्रयोग गर्छौं |
08:09 | टेक्स्ट बक्सको माथिल्लो दायाँ कुनोको अन्तिम ह्यान्डल माथि कर्सर राखौं |
08:17 | Rotation curve देखापर्छ |
08:21 | लेफ्ट-माउस-बटन थिचौं, कर्भ सहि स्थानमा नबसेसम्म यसलाई घडीको दिशामा घुमाऊ |
08:30 | अब, रोटेट मोडबाट निस्कन Draw पेजमा कतै क्लिक गरौँ |
08:36 | स्कूलमा अर्को प्रवेश द्वार पनि देखाऊ |
08:41 | अघिल्लो कदम जस्तै, एउटा टेक्स्ट बक्स कोरौं, यसभित्र "School Side Entrance" टेक्स्ट इन्टर गरौँ |
08:50 | अब, एरोहरु प्रयोग गरी दिशाहरु कोरौं, घर बाट हामीले दायाँ फर्किनु पर्छ |
08:57 | Drawing टूलबार बाट, Line Ends with Arrow छानौं |
09:02 | Draw पेज सारौँ र लाइन कोरौं |
09:08 | अनि Residential Complex काटेर बायाँ जाऊ |
09:14 | यो रुट देखाउन अर्को एउटा लाइन कोरौं |
09:19 | अनि, Play Ground पछि दायाँ लिऊ र तल झरौं |
09:25 | अनि स्कूलको मुख्य द्वार पुग्न पुन: दायाँ मोडौं |
09:32 | हामीले हाम्रो पहिलो रुट कोरेका छौं, तपाईले दुई प्रकारका कर्भ र पोलिगनहरु कोर्न सकिने देख्नुभयो |
09:41 | एउटा Filled विकल्प प्रयोग गरी हो भने अर्को fill विना, तपाईले Filled विकल्प प्रयोग गर्दा कर्भ रंगले भरिएको हुन्छ |
09:52 | तपाईले Curve टूलबारमा भएका प्रत्येक विकल्पहरुको कर्भ कोर्न माउस भिन्नै तरिकाले प्रयोग गरिन्छ |
10:02 | यहाँ तपाईको लागि एउटा कार्य छ, Curve टूलबारमा उपलब्ध सम्पूर्ण विकल्पहरु प्रयोग गरी कर्भ र पोलिगनहरु कोरौं |
10:10 | प्रत्येक कर्भ वा पोलिगनको छनोटमा कर्सर र माउसको आकारहरु कसरी बदलिन्छ याद गरौँ |
10:20 | तपाई Filled विकल्पमा भर्ने रंग बदल्न सक्नुहुन्छ कि जाँच्नुहोस् |
10:25 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
10:31 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10:45 | बिस्तृत जानकरीको लागि कृपया contact@spoken- tutorial dot org मा सम्पर्क गर्नुहोस् |
10:51 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:04 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: Spoken-tutorial. org / NMEICT- Intro |
11:14 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |