LibreOffice-Suite-Draw/C3/Polygons-and-Curves/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 लिब्रे अफिस ड्र को Creating Curves and Polygons स्पोकन ट्युटोरियल मा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी ड्र मा पोलिगनकर्भ मा काम गर्न सिक्ने छौं
00:14 यो ट्युटोरियलको लागि तपाईसँग लिब्रे अफिस ड्र को ज्ञान हुनुपर्छ, यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि यो वेबसाइटमा हेर्नुहोस्
00:25 यहाँ हामी प्रयोग गर्दैछौं:

उबुन्टु लिनक्स संस्करण १०.०४लिब्रे अफिस सुइट संस्करण ३.३.४

00:34 पोलिगनहरु के हुन्? poly को मतलब धेरै हो, एक भन्दा बढि भुजा भएको चित्रलाई पोलिगन भनिन्छ
00:43 हामी यो स्लाइडमा देखाए झैँ एउटा नक्सा कसरी कोर्ने सिक्ने छौं, यो नक्साले घर देखि स्कुल सम्मको बाटो देखाउँछ
00:53 यो ट्युटोरियलको अन्त्यमा तपाई आफैं यस्तै चित्र कोर्न सक्नुहुन्छ
01:00 अब ड्र मा जाऊ, मैले यो फाइललाई 'RouteMap' नाम दिएको छुँ र यसलाई डेस्कटपमा सेभ गरेको छुँ
01:09 सर्वप्रथम, Grid view इनेबल गरौँ, यसो गर्न View मा क्लिक गरौँ, Grid छानौं र Display Grid छानौं
01:19 चित्र कोर्न सुरु गर्नुपूर्व Page marginPage orientation सेट गरौँ
01:26 Draw पेजमा कर्सर राखौं र Context menu को लागि राइट क्लिक गरौँ
01:33 Page छानौं र Page Setup मा क्लिक गरौँ
01:36 Page Setup डाइलग बक्स देखापर्छ
01:40 Format ड्रप-डाउनमा क्लिक गरौँ र A4 छानौं, Orientation as Portrait छानौं
01:49 Left, Right, TopBottom मार्जिनहरु 1 मा सेट छन्, OK मा क्लिक गरौँ
01:57 डिफल्ट फन्ट साइजलाई 24 मा सेट गरौँ
02:02 Main मेनुमा Format अनि र Character छानौं
02:06 Character डाइलग-बक्स देखापर्छ
02:10 Fonts ट्याबमा क्लिक गरौँ र Size फिल्डमा स्क्रोल गरी 24 छानौं र OK क्लिक गरौँ
02:18 यसले हामीले आकारहरु भित्र टाइप गरेको टेक्स्ट प्रष्ट देखिने पक्का हुन्छ
02:24 अब, घर कोर्न सुरु गरौँ
02:28 घर देखाउन एउटा वर्ग इन्सर्ट गरौँ र यसभित्र "Home" टाइप गरौँ
02:37 अर्को, घरको दायाँ एउटा पार्क कोरौं
02:42 पार्क एउटा odd-shaped आयत हो, बायाँ पट्टिको चौडाई दायाँको भन्दा बढि छ
02:51 यसलाई जनाउन एउटा पोलिगन प्रयोग गरौँ, एउटा पोलिगन कोर्न, Drawing टूलबारमा जाऊ
02:58 Curve मा क्लिक गरौँ अनि आइकन सँगैको सानो कालो एरोमा क्लिक गरौँ
03:04 अब, Polygon filled छानौं
03:08 कर्सर Draw पेजमा राखौं र लेफ्ट माउस बटन थिची राखौं र कर्सर तल तानौं, माउस बटन छोडौं
03:18 हामीले एउटा सिधा रेखा कोरेका छौं, एउटा राइट ट्रायएंगल को आकार नबनेसम्म माउस लाई दायाँ तानौं
03:26 लेफ्ट माउस बटन क्लिक गरौँ र माउस माथितिर तानौं, लेफ्ट माउस बटन दुईपटक क्लिक गरौँ
03:35 हामीले एउटा पोलिगन कोरेका छौं, यसभित्र "Park" टाइप गरौँ
03:41 Park सँगै त्यहाँ एउटा Commercial Complex छ, यो पनि एउटा odd-shaped पोलिगन हो, अब यो कोरौं
03:50 Drawing टूलबारमा जाऊ, Curve आइकन सँगैको सानो कालो आइकनमा क्लिक गरौँ र Polygon filled मा क्लिक गरौँ
04:00 कर्सर Draw पेजमा राखौं, लेफ्ट माउस बटन थिची राखौं र यसलाई तल तानौं
04:07 अब, माउस बटन छोडौं, तपाई एउटा सिधा लाइन देख्नुहुन्छ, एउटा त्रिकोणको आकार नबने सम्म माउस लाई बायाँ तानौं
04:19 लेफ्ट-माउस-बटन क्लिक गरौँ र माउस माथितिर तानौं, Shift कि थिची राखौं र कर्सर भित्र तिर तानौं
04:31 लेफ्ट-माउस-बटन क्लिक गरौँ
04:35 तपाईले अर्को एउटा पोलिगन कोर्नुभएको छ, यसभित्र "Commercial Complex" टेक्स्ट टाइप गरौँ
04:45 अघिल्लो कदमहरु अनुसरण गर्दै Drawing टूलबारबाट एउटा पार्किंग लट कोरौं, Polygon filled छानौं र कर्सर Draw पेजमा राखौं र पोलिगन कोरौं
05:02 अब, यो भित्र टेक्स्ट "Parking Lot" टाइप गरौँ
05:08 याद गरौँ तपाई आफुले चाहे जतिको भुजा सहितको पोलिगन कोर्न सक्नुहुन्छ
05:14 ट्युटोरियल रोकौं र यो कार्य गरौँ, पाँच भुजा, छ भुजा र दश भुजा भएका पोलिगनहरु कोरौं
05:23 घर सँगै एउटा Residential Complex छ र यो आयताकारमा छ
05:30 Drawing टूलबारबाट, Rectangle छानौं
05:35 अनि माउस Draw पेजमा राखौं र एउटा आयत कोर्न तानौं
05:41 यसलाई हामी "Residential Complex" नाम दिने छौं
05:45 यो क्षेत्रमा एउटा Play Ground पनि छ, यो एकदमै लामो आयतको आकारमा छ
05:53 Drawing टूलबारबाट, Polygon 45 degree Filled छानौं
05:59 कर्सर Draw पेजमा राखौं, लेफ्ट-माउस-बटन क्लिक गरेर तल तानौं र छोडौं
06:07 माउस क्लिक गरौँ र यसलाई बायाँ सारौँ र छोडौं, अब आयत पुरा गर्न माउस क्लिक गरौँ र माथितिर तानौं
06:17 लेफ्ट-माउस-बटन दुईपटक क्लिक गरौँ
06:21 तपाईले अर्को एउटा पोलिगन कोर्नुभएको छ
06:25 यसभित्र "Play Ground" टेक्स्ट टाइप गरौँ
06:30 अब, प्लेग्राउण्ड सँगै Lake कोरौं
06:35 Drawing टूलबारबाट, Freeform Line filled छानौं
06:40 Draw पेजमा, लेफ्ट-माउस-बटन थिचौं र माउस लाई घडीको विपरित दिशामा घुमाऊ, लेफ्ट-माउस-बटन छोडौं
06:52 हामीले एउटा ताल कोरेका छौं, यो भित्र "Lake" टाइप गरौँ
06:58 यो क्षेत्रको अन्तिम भवन भनेको School' हो, School campus पनि एउटा पोलिगनको रुपमा छ
07:07 अब यो हाम्रो नक्सामा कोरौं, पुन: Drawing टूलबारबाट, Polygon 45 degree filled छानौं
07:17 अर्को, कर्सर Draw पेजमा राखौं र पोलिगन कोरौं, अन्त्यमा पोलिगन पुरा भएपछि माउस दुईपटक क्लिक गरौँ
07:28 यो भित्र "School Campus" टाइप गरौँ
07:34 एउटा टेक्स्ट बक्स इन्सर्ट गरौँ र यो भित्र "School Main Gates" टाइप गरौँ
07:44 टेक्स्ट बक्स रोटेट गरौँ र यसलाई सहि स्थानमा राखौं
07:48 अब, Main मेनुबाट, Modify छानौं र Rotate क्लिक गरौँ
07:54 ह्यान्डल को रंग रातो भएको याद गरौँ, यसको मतलब हामी Rotate मोडमा छौं
08:02 तपाई दुवै पट्टि भुजामा एउटा सानो आर्क देख्न सक्नुहुन्छ? हामी यो बक्स रोटेट गर्न प्रयोग गर्छौं
08:09 टेक्स्ट बक्सको माथिल्लो दायाँ कुनोको अन्तिम ह्यान्डल माथि कर्सर राखौं
08:17 Rotation curve देखापर्छ
08:21 लेफ्ट-माउस-बटन थिचौं, कर्भ सहि स्थानमा नबसेसम्म यसलाई घडीको दिशामा घुमाऊ
08:30 अब, रोटेट मोडबाट निस्कन Draw पेजमा कतै क्लिक गरौँ
08:36 स्कूलमा अर्को प्रवेश द्वार पनि देखाऊ
08:41 अघिल्लो कदम जस्तै, एउटा टेक्स्ट बक्स कोरौं, यसभित्र "School Side Entrance" टेक्स्ट इन्टर गरौँ
08:50 अब, एरोहरु प्रयोग गरी दिशाहरु कोरौं, घर बाट हामीले दायाँ फर्किनु पर्छ
08:57 Drawing टूलबार बाट, Line Ends with Arrow छानौं
09:02 Draw पेज सारौँ र लाइन कोरौं
09:08 अनि Residential Complex काटेर बायाँ जाऊ
09:14 यो रुट देखाउन अर्को एउटा लाइन कोरौं
09:19 अनि, Play Ground पछि दायाँ लिऊ र तल झरौं
09:25 अनि स्कूलको मुख्य द्वार पुग्न पुन: दायाँ मोडौं
09:32 हामीले हाम्रो पहिलो रुट कोरेका छौं, तपाईले दुई प्रकारका कर्भ र पोलिगनहरु कोर्न सकिने देख्नुभयो
09:41 एउटा Filled विकल्प प्रयोग गरी हो भने अर्को fill विना, तपाईले Filled विकल्प प्रयोग गर्दा कर्भ रंगले भरिएको हुन्छ
09:52 तपाईले Curve टूलबारमा भएका प्रत्येक विकल्पहरुको कर्भ कोर्न माउस भिन्नै तरिकाले प्रयोग गरिन्छ
10:02 यहाँ तपाईको लागि एउटा कार्य छ, Curve टूलबारमा उपलब्ध सम्पूर्ण विकल्पहरु प्रयोग गरी कर्भ र पोलिगनहरु कोरौं
10:10 प्रत्येक कर्भ वा पोलिगनको छनोटमा कर्सर र माउसको आकारहरु कसरी बदलिन्छ याद गरौँ
10:20 तपाई Filled विकल्पमा भर्ने रंग बदल्न सक्नुहुन्छ कि जाँच्नुहोस्
10:25 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:31 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:45 बिस्तृत जानकरीको लागि कृपया contact@spoken- tutorial dot org मा सम्पर्क गर्नुहोस्
10:51 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:04 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: Spoken-tutorial. org / NMEICT- Intro
11:14 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya