Introduction-to-Computers/C2/Google-Drive-Options/Nepali
From Script | Spoken-Tutorial
|
| ||
00:01 | Google Drive options स्पोकन ट्युटोरियल मा स्वागत छ | ||
00:06 | यो ट्युटोरियलमा हामी Google Drive मा उपलब्ध विकल्पहरुको बारेमा सिक्ने छौं: | ||
00:12 | * एउटा डकुमेन्ट, स्प्रेडसिट वा एउटा प्रिजेन्टेसन सृजना गर्न | ||
00:17 | * फाइल र फोल्डरहरु अपलोड गर्न र | ||
00:20 | * शेयर गर्ने विकल्पहरु | ||
00:22 | यो ट्युटोरियलको लागि इन्टरनेट जडानको साथै एउटा वेब ब्राउजर चाहिन्छ | ||
00:29 | म Firefox वेब ब्राउजर प्रयोग गर्ने छुँ | ||
00:33 | यसको लागि तपाईसँग जिमेल को आधारभूत ज्ञान हुनुपर्छ | ||
00:38 | यदि छैन भने हाम्रो वेबसाइटको सान्दर्भिक जिमेल ट्युटोरियल हेर्नुहोस् | ||
00:43 | सुरु गरौँ | ||
00:45 | वेब ब्राउजर खोलौं र तपाईको जिमेल एकाउन्टमा लगिन गरौँ | ||
00:49 | मैले यो पहिले नै गरेको छुँ | ||
00:51 | माथिको दायाँ, हाम्रो नामसँगै एउटा ग्रिड आइकन छ | ||
00:56 | हामीले यसको माथि माउस चलाउँदा, हेल्प टेक्स्टमा Apps देखिन्छ, यसमा क्लिक गरौं | ||
01:02 | यसले हामीलाई केहि गूगल एप्स देखाउँछ जस्तै:
| ||
01:18 | यदि हामीले तिनीहरुमा क्लिक गरेमा हामी त्यो गूगल एप मा जानेछौं | ||
01:24 | हामी एप्स आइकन अन्य स्थानमा तानेर आफ्नो प्राथमिकता अनुसार यो सूची मिलाउन सक्छौं | ||
01:32 | यो ट्युटोरियलमा हामी Drive को बारेमा सिक्नेछौं | ||
01:35 | अब Drive मा क्लिक गरौँ | ||
01:39 | यसले एउटा नयाँ ट्याब मा Google Drive पेज खोल्ने छ | ||
01:43 | पेजको माथि एउटा Search बार देख्न सकिन्छ | ||
01:47 | बायाँ केहि मेनु हरु छन् | ||
01:51 | र माथि दायाँ, त्यहाँ केहि आइकनहरु छन् | ||
01:55 | बिचमा, हामी दुई फाइलहरु देख्न सक्छौं | ||
01:59 | पहिलो हामीसँग एकाउन्ट सृजना गर्ने क्रममा गूगल टिमले शेयर गरेको हो | ||
02:05 | दोस्रो हामीले आफैं अघि अपलोड गरेको फाइल हो | ||
02:10 | अब, बायाँपट्टीको मेनुहरु हेरौं | ||
02:14 | हामीसँग तलका मेनुहरु छन्:
| ||
02:27 | डिफल्टमा, “My Drive” मेनु छानिने छ र यसको सामग्री बिचमा देखाइने छ | ||
02:34 | सम्पूर्ण फाइल र फोल्डरहरु बिच भागमा देखाइने छ | ||
02:38 | त्यसैले हामीले अघिल्लो ट्युटोरियलमा अपलोड गरेको PDF र ZIP फाइल देख्न सक्छौं | ||
02:47 | हामीले सृजना वा अपलोड गरेको फाइलहरु “My Drive” भित्र सेभ हुन्छन् | ||
02:53 | अर्को मेनु Shared with me” हो, यसमा क्लिक गरौँ | ||
02:58 | यदि कसैले मसँग फाइल शेयर गरेमा यो मेनुमा देखापर्ने छ | ||
03:03 | अहिलेको लागि मसँग कसैले कुनै फाइल शेयर नगरेको हुनाले यो खाली छ | ||
03:09 | भर्खरै गूगल ले ड्राइभ भित्रको Google Photos हरु प्रयोग गर्न एउटा सर्टकट लिंक सृजना गरेको छ | ||
03:15 | हामी यो ट्युटोरियलमा यो विकल्प छोड्ने छौं | ||
03:19 | “Recent” मेनुले हालै खोलेका फाइल वा डकुमेन्टहरुको सूची देखाउने छ | ||
03:25 | यसले दुवै “My Drive” र “Shared with me” का सामग्रीहरु देखाउने छ | ||
03:30 | त्यसैले यहाँ हामीले पहिले अपलोड गरेको pdf र zip फाइलहरु देख्न सक्छौं किनभने हामीले पहिले ती खोलेका थियौं | ||
03:37 | Starred- यदि हामीले कुनै फाइल वा डकुमेन्टलाई Important अंकित गरेका छौं भने त्यो फाइल यो मेनु भित्र देखिन्छ | ||
03:45 | My Drive मेनुमा जाऊ र हाम्रो pdf फाइलमा क्लिक गरौं | ||
03:51 | अब, Add Star विकल्प छानौं | ||
03:55 | अर्को, Starred मेनुमा क्लिक गरौँ, यहाँ हाम्रो फाइल छ | ||
04:00 | म यो फाइलको कपि बनाउदैछुँ | ||
04:03 | पुन: एकपटक फाइलमा राइट क्लिक गरौँ र Make a copy छानौं | ||
04:10 | अब हामीसँग दुई फाइलहरु छन् | ||
04:13 | अब तीमध्ये एक मेटौं, फाइल छानौं र किबोर्डको Delete कि थिचौं | ||
04:20 | मेटेका फाइल वा डकुमेन्टहरु Trash मेनुमा देखिने छन् | ||
04:25 | मेट्ने कार्य अस्थायी हुन्छ तथापि | ||
04:28 | हामीले Trash मेनुको “Empty Trash” बिकल्प छानेमा फाइलहरु स्थायी रुपले मेट्न सकिन्छ | ||
04:36 | “Trash” मेनुका सम्पूर्ण फाइलहरु ३० दिनपछि google server बाट स्थायी रुपमा मेटिने छन् | ||
04:44 | अब, फाइल र फोल्डरहरु कसरी सृजना र अपलोड गर्ने हेरौं | ||
04:49 | यसो गर्ने ४ तरिकाहरु रहेका छन्:
पहिलो तरिका भनेको बायाँ रहेको रातो रंगको “New” बटनमा क्लिक गर्ने हो | ||
04:56 | दोस्रो तरिका: “My Drive” विकल्पमा राइट क्लिक गर्ने हो | ||
05:00 | अब My Drive मा जाऊ
“My Drive” विकल्पमा हामी बिच भागमा राइट क्लिक गर्न सक्छौं | ||
05:09 | अन्त्यमा, माथिको “My Drive” ड्रपडाउन मेनुमा क्लिक गरौँ | ||
05:14 | अब “New” विकल्प हेरौं, New बटनमा क्लिक गरौँ | ||
05:19 | यसले केहि विकल्पहरु देखाउँछ जस्तै:
| ||
05:28 | हामी प्रत्येक विकल्प एकएक गरी हेर्नेछौं | ||
05:31 | हामी “Folder” विकल्प प्रयोग गरी फोल्डर सृजना गर्न सक्छौं | ||
05:34 | यसमा क्लिक गरौं, यसले तुरुन्त एउटा नाम माग्ने छ | ||
05:40 | म फोल्डरलाई “Spoken Tutorial” नाम दिनेछुँ र Create बटनमा क्लिक गरौँ | ||
05:48 | डिफल्टमा, यो फोल्डर “My drive” भित्र रहने छ | ||
05:52 | हामी यसलाई यहाँ बिच भागमा देख्न सक्छौं | ||
05:56 | फोल्डरहरुले हाम्रो फाइलहरु राम्रोसँग संगठित गर्छ | ||
06:00 | त्यसैले, हामी भिन्न फोल्डरहरु सृजना गर्न सक्छौं, उदाहरणको लागि - personal, work आदि | ||
06:07 | कुनै फाइल अपलोड गर्न पहिले “New” बटनमा क्लिक गरौँ अनि “File Upload” बटनमा क्लिक गरौँ | ||
06:13 | यसले एउटा फाइल ब्राउजर विन्डो खोल्ने छ | ||
06:16 | तपाईले अपलोड गर्न चाहेको फाइल ब्राउज गरौँ र छानौं | ||
06:19 | डेस्कटप को “xyz.odt” फाइल खोलौं र Open बटनमा क्लिक गरौँ | ||
06:26 | तल दायाँ, हामी अपलोड को प्रगति देख्न सक्छौं | ||
06:30 | यसले तपाईको फाइलको साइज र इन्टरनेटको गति अनुसार केहि समय लिनेछ | ||
06:35 | पुरा भएपछि, अपलोड भएको फाइल बिच भागमा देखिने छ | ||
06:41 | अब तलको प्रोग्रेस विन्डो बन्द गरौँ | ||
06:45 | यसैगरी, हामी Folder Upload विकल्प प्रयोग गरी Drive मा एउटा फोल्डर अपलोड गर्न सक्छौं | ||
06:52 | यो सुबिधा निश्चित ब्राउजरहरुमा मात्रै उपलब्ध हुनसक्छ, उदाहरणको लागि Google Chrome | ||
06:59 | हामी अपलोड गरेको फाइल कसरी हाम्रो Spoken Tutorial फोल्डरमा सार्न सक्छौं? | ||
07:04 | खाली त्यसलाई यसरी तानेर फोल्डरमा छोड्नुहोस् | ||
07:09 | अब, बायाँपट्टी My Drive विकल्प राम्रोसँग हेरौं | ||
07:14 | यसको बायाँ एउटा सानो त्रिकोण याद गरौँ | ||
07:18 | यसमा क्लिक गर्नाले “My Drive” भित्रको सब फोल्डरहरु देखाउने छ | ||
07:22 | यहाँ हाम्रो “Spoken Tutorial” फोल्डर छ र यहाँ भित्र xyz.odt फाइल छ | ||
07:31 | हामी दिनहुँ काममा, डकुमेन्ट, स्प्रेडसिट र प्रिजेन्टेसन हरु प्रयोग गर्छौं | ||
07:36 | के तिनीहरुलाई Drive मा सृजना गर्न र व्यवस्थित गर्न सकिन्छ? | ||
07:39 | हो, यसो गर्न सकिन्छ, Google Drive मा कुनै पनि Office Suite मा जस्तै हामी डकुमेन्ट, स्प्रेडसिट र प्रिजेन्टेसनहरु सृजना गर्न सक्छौं | ||
07:50 | त्यसैले हामीसँग डकुमेन्टहरु सृजना गर्न Google Docs छ | ||
07:54 | स्प्रेडसिटहरु सृजना गर्न Google Sheets | ||
07:57 | र प्रिजेन्टेसनहरु सृजना गर्न Google Slides छ | ||
08:01 | अहिलेको लागि, म Google Docs प्रयोग गरी एउटा डकुमेन्ट कसरी सृजना गर्ने देखाउने छुँ
¬¬|- |
08:08 | एउटा नयाँ डकुमेन्ट सृजना गर्न, New बटनमा क्लिक गरौं र Google Docs विकल्पमा क्लिक गरौँ |
08:14 | यसले एउटा नयाँ ट्याबमा एउटा खाली डकुमेन्ट खोल्ने छ | ||
08:19 | हामी अन्य Office Suite मा जस्तै मेनु र फर्म्याटिंग विकल्पहरु देख्न सक्छौं | ||
08:26 | माथि, डकुमेन्टको शिर्षक “Untitled document” छ | ||
08:31 | यसलाई सम्पादन गर्न सकिन्छ, यसलाई रिनेम गर्न टेक्स्टमा क्लिक गरौँ | ||
08:38 | “Rename document” विन्डो खुल्छ | ||
08:41 | यहाँ, हामी हाम्रो डकुमेन्ट सुहाउँदो शिर्षक टाइप गर्न सक्छौं | ||
08:46 | म टाइप गर्छु, “My first google doc” र OK मा क्लिक गरौँ | ||
08:53 | शिर्षकमा भएको परिवर्तन याद गरौँ | ||
08:56 | अर्को, म यहाँ सामग्री टाइप गर्ने छुँ, मानौं- “Welcome to Google Docs” | ||
09:02 | यो डकुमेन्टमा गरिने कुनैपनि थप संशोधन वा मेट्ने कार्य स्वत: सेभ हुनेछ | ||
09:08 | माथिको हेल्प मेनुसँगै रहेको “All changes saved in Drive” संदेश याद गरौँ | ||
09:14 | यदि हामीले त्यसमा क्लिक गरेमा दायाँ “Revision History” देख्न सक्छौं | ||
09:19 | यसमा अन्तिम पटक संशोधन गरेको मिति र समय छ र यसले कसले संशोधन गरेको पनि देखाउँछ | ||
09:26 | अहिले यो डकुमेन्ट कसैसँग शेयर गरिएको छैन | ||
09:30 | त्यसैले, हामी Today को मिति र समयमा एउटा युजर “Rebecca Raymond” मात्र देख्न सक्छौं | ||
09:37 | याद गरौँ, google doc एकभन्दा बढि व्यक्तिसँग शेयर गरेमा, revision history ले प्रत्येक युजरको भिन्न रंगमा उसले गरेको सम्पूर्ण परिवर्तनहरु सुचिकृत गर्नेछ | ||
09:48 | हामी यो बिशेषता यो ट्युटोरियलमा अगाडी हेर्नेछौं | ||
09:53 | “Revision History” बन्द गरौँ | ||
09:56 | म यो ट्याब बन्द गर्दैछुँ, google doc ले यो स्वत: सेभ गर्नेछ | ||
10:02 | पुन: एकपटक हामी My Drive मा छौं र यहाँ हाम्रो फाइल देख्न सक्छौं | ||
10:07 | यसलाई खोल्न यसमा दुईपटक क्लिक गरौँ | ||
10:10 | अब, हामी “Welcome to Google Docs” टेक्स्ट दुइपटक copy-paste गर्ने छौं र ट्याब बन्द गर्नेछौं | ||
10:17 | यसलाई खोल्न पुन: यसमा दुइपटक क्लिक गरौँ | ||
10:20 | पुन: एकपटक “Welcome to Google Docs” कपि-पेस्ट गरौँ | ||
10:26 | अब, “Revision History” मा क्लिक गरौं, हामी सबै फाइलहरुको मिति-समय र युजरको जानकारी देख्न सक्छौं | ||
10:36 | यदि एकभन्दा बढि रिभिजन नदेखिएमा तलको “Show more detailed revisions” बटन क्लिक गरौँ | ||
10:44 | रिभिजनहरु समय क्रमानुसार हुनेछन जसमा अन्तिम रिभिजन माथि हुनेछ | ||
10:50 | प्रत्येक रिभिजनमा हेरौं र यसले कसरी काम गर्छ हेरौं | ||
10:55 | यो डकुमेन्ट अर्को दुई युजरहरु सँग शेयर गरौँ | ||
10:59 | यसको लागि माथि दायाँको Share बटनमा क्लिक गरौँ | ||
11:03 | Share with others डायलग बक्स देखापर्छ | ||
11:07 | People टेक्स्ट बक्समा, हामीले यो डकुमेन्ट शेयर गर्न चाहेको व्यक्तिहरुको ईमेल-आइडी दिनुपर्छ | ||
11:15 | टाइप गरौँ: 0808iambecky@gmail.com | ||
11:23 | हामीले पहिले नै ईमेल पठाएकाहरुको लागि यहाँ auto-fill सुबिधा उपलब्ध छ | ||
11:31 | हामीले तीन मोडहरुमा डकुमेन्ट अरुसँग शेयर गर्न सक्छौं | ||
11:36 | यी तीन मोडहरु हेर्न यहाँ बटनमा क्लिक गरौँ:
| ||
11:44 | Can edit विकल्पले अन्य युजरलाई डकुमेन्टमा परिवर्तन गर्ने अनुमति दिन्छ | ||
11:51 | Can comment विकल्पले अन्य युजरहरुलाई सुझाव दिने अनुमति दिन्छ | ||
11:56 | Can view विकल्पले अन्य युजरलाई हेर्ने मात्र अनुमति दिन्छ | ||
12:00 | तिनीहरुले कुनै परिवर्तन गर्न वा सुझाव दिन सक्दैनन् | ||
12:04 | Can edit विकल्पमा 0808iambecky दिउँ | ||
12:09 | म stlibreoffice@gmail.com पनि थप्ने छुँ | ||
12:16 | दुई ईमेल आइडीहरुलाई एउटा कमाले छुट्टयाउन सम्झौं | ||
12:21 | हामीले ईमेल आइडी इन्टर गर्ने बितिक्कै, यो विन्डोमा एउटा परिवर्तन देखिन्छ | ||
12:25 | हामी “Add a note” टेक्स्ट एरिया प्राप्त गर्छौं | ||
12:28 | यदि हामी अन्य युजरसँग यो डकुमेन्टको बारेमा थप जानकारी बाड्न चाहन्छौं भने हामी त्यो यहाँ टाइप गर्न सक्छौं | ||
12:36 | टाइप गरौँ, “Please find attached a document for testing purpose. Kindly modify or suggest as per the permission given to you.
Thanks Ray.Becky” | ||
12:47 | अन्त्यमा, शेयर प्रक्रिया पुरा गर्न Send बटनमा क्लिक गरौँ | ||
12:52 | यसले हाम्रो संदेश सहित एउटा ईमेल नोटिफिकेसन र अन्य युजरहरुसँग शेयर गरेको डकुमेन्टको लिंक पठाउने छ | ||
12:59 | पुन: एकपटक Share बटनमा क्लिक गरौँ | ||
13:02 | अनि Advanced मा क्लिक गरौँ | ||
13:05 | अब, stlibreoffice युजरको लागि हामी शेयर मोडलाई Can comment मा बदल्ने छौं | ||
13:12 | अन्त्यमा, Save changes बटनमा क्लिक गरौँ र Done मा क्लिक गरौँ | ||
13:18 | यो डकुमेन्ट बन्द गरौँ | ||
13:21 | अब, दुवै युजरहरुले शेयर गरेको डकुमेन्टमा केहि संशोधनहरु गरेको मानौं | ||
13:27 | हामीले केहि समय पछि पुन: डकुमेन्ट खोल्दा, हामी अन्य शेयर युजरले गरेको परिवर्तनहरु देख्न सक्छौं | ||
13:34 | stlibreoffice@gmail.com सँग सुझाव दिने अनुमति मात्र भएकोले, हामीले त्यो युजरले दिएको सुझाव देख्न सक्छौं | ||
13:43 | चेक र क्रसमार्क माथि रहेको सजेसन बक्स तिर माउस सारौँ | ||
13:49 | चेक मार्कले Accept suggestion र क्रस मार्कले Reject suggestion भन्छ | ||
13:56 | म एउटा सुझाव स्वीकारेर अर्को अस्विकार गर्छुं | ||
14:02 | यहाँ हामी 0808iambecky' को प्रतिक्रिया देख्न सक्छौं | ||
14:07 | र यहाँ, हामी एउटा Resolve बटन देख्न सक्छौं | ||
14:11 | Can edit विकल्प सहितको युजरले कमेन्ट टेक्स्टमा क्लिक गरेमा त्यो कमेन्टमा प्रत्युत्तर दिन सक्छ | ||
14:18 | कमेन्ट थ्रेड हटाउन, Resolve बटनमा क्लिक गरौँ | ||
14:22 | हामी 0808iambecky डकुमेन्टमा गरेको कुनै परिवर्तन देख्दैनौं | ||
14:29 | याद गरौँ, यो युजरसँग डकुमेन्ट एडिट गर्ने अनुमति छ | ||
14:34 | त्यसैले हामी त्यो युजरले गरेको परिवर्तन कसरी पत्ता लगाउन सक्छौं? | ||
14:39 | त्यसको लागि, हामी हाम्रो Revision History हेर्न सक्छौं | ||
14:43 | यसलाई खोल्न, हामी File मा अनि See revision history मा क्लिक गर्ने छौं | ||
14:50 | हामी 0808iambecky ले गरेको केहि परिवर्तनहरु देख्न सक्छौं र यो भिन्नै रंगमा देखिन्छ | ||
14:58 | हामी stlibreoffice@gmail.com दिएको सुझाव अर्को भिन्नै रंगमा देख्न सक्छौं | ||
15:05 | साथै हामी यसको सर्जक भएको हुनाले हामी हाम्रो कार्य पनि एउटा भिन्न रंगमा देख्छौं | ||
15:11 | अहिलेलाई Revision History विन्डो बन्द गरौँ | ||
15:14 | एउटा डकुमेन्ट शेयर गर्ने अर्को पनि तरिका छ, Share बटनमा क्लिक गरौँ | ||
15:20 | Share with others विन्डोमा माथि दायाँ कुनामा हामी Get shareable link टेक्स्ट देख्न सक्छौं, यसमा क्लिक गरौँ | ||
15:29 | यसले “Anyone with the link can view” भन्छ | ||
15:32 | यसले यो डकुमेन्टको एउटा लिकं सृजना गर्छ | ||
15:35 | अब हामी यो लिंक कुनै पनि ईमेल आइडीमा पठाउन सक्छौं र जसले पनि डकुमेन्ट हेर्न सक्छ | ||
15:44 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं | ||
15:47 | संक्षेपमा हेरौं | ||
15:49 | यो ट्युटोरियलमा हामीले सिक्यौं:
| ||
16:00 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् | ||
16:07 | हामी कार्यशालाहरु संचालन गर्छौं र हाम्रो अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छौं, बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् | ||
16:16 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | ||
16:27 | यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल टिमको योगदान रहेको छ, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |