Introduction-to-Computers/C2/Google-Drive-Options/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Google Drive options स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी Google Drive मा उपलब्ध विकल्पहरुको बारेमा सिक्ने छौं:
00:12 एउटा डकुमेन्ट, स्प्रेडसिट वा एउटा प्रिजेन्टेसन सृजना गर्न
00:17 फाइल र फोल्डरहरु अपलोड गर्न र
00:20 शेयर गर्ने विकल्पहरु
00:22 यो ट्युटोरियलको लागि इन्टरनेट जडानको साथै एउटा वेब ब्राउजर चाहिन्छ
00:29 Firefox वेब ब्राउजर प्रयोग गर्ने छुँ
00:33 यसको लागि तपाईसँग जिमेल को आधारभूत ज्ञान हुनुपर्छ
00:38 यदि छैन भने हाम्रो वेबसाइटको सान्दर्भिक जिमेल ट्युटोरियल हेर्नुहोस्
00:43 सुरु गरौँ
00:45 वेब ब्राउजर खोलौं र तपाईको जिमेल एकाउन्टमा लगिन गरौँ
00:49 मैले यो पहिले नै गरेको छुँ
00:51 माथिको दायाँ, हाम्रो नामसँगै एउटा ग्रिड आइकन
00:56 हामीले यसको माथि माउस चलाउँदा, हेल्प टेक्स्टमा Apps देखिन्छ, यसमा क्लिक गरौं
01:02 यसले हामीलाई केहि गूगल एप्स देखाउँछ जस्तै:

google plus Search YouTube Maps PlayStore News Mail Drive CalendarMore

01:18 यदि हामीले तिनीहरुमा क्लिक गरेमा हामी त्यो गूगल एप मा जानेछौं
01:24 हामी एप्स आइकन अन्य स्थानमा तानेर आफ्नो प्राथमिकता अनुसार यो सूची मिलाउन सक्छौं
01:32 यो ट्युटोरियलमा हामी Drive को बारेमा सिक्नेछौं
01:35 अब Drive मा क्लिक गरौँ
01:39 यसले एउटा नयाँ ट्याब मा Google Drive पेज खोल्ने छ
01:43 पेजको माथि एउटा Search बार देख्न सकिन्छ
01:47 बायाँ केहि मेनु हरु छन्
01:51 र माथि दायाँ, त्यहाँ केहि आइकनहरु छन्
01:55 बिचमा, हामी दुई फाइलहरु देख्न सक्छौं
01:59 पहिलो हामीसँग एकाउन्ट सृजना गर्ने क्रममा गूगल टिमले शेयर गरेको हो
02:05 दोस्रो हामीले आफैं अघि अपलोड गरेको फाइल हो
02:10 अब, बायाँपट्टीको मेनुहरु हेरौं
02:14 हामीसँग तलका मेनुहरु छन्:

New My Drive Shared with me Google Photos Recent StarredTrash

02:27 डिफल्टमा, “My Drive” मेनु छानिने छ र यसको सामग्री बिचमा देखाइने छ
02:34 सम्पूर्ण फाइल र फोल्डरहरु बिच भागमा देखाइने छ
02:38 त्यसैले हामीले अघिल्लो ट्युटोरियलमा अपलोड गरेको PDFZIP फाइल देख्न सक्छौं
02:47 हामीले सृजना वा अपलोड गरेको फाइलहरु “My Drive” भित्र सेभ हुन्छन्
02:53 अर्को मेनु Shared with me” हो, यसमा क्लिक गरौँ
02:58 यदि कसैले मसँग फाइल शेयर गरेमा यो मेनुमा देखापर्ने छ
03:03 अहिलेको लागि मसँग कसैले कुनै फाइल शेयर नगरेको हुनाले यो खाली छ
03:09 भर्खरै गूगल ले ड्राइभ भित्रको Google Photos हरु प्रयोग गर्न एउटा सर्टकट लिंक सृजना गरेको छ
03:15 हामी यो ट्युटोरियलमा यो विकल्प छोड्ने छौं
03:19 Recent” मेनुले हालै खोलेका फाइल वा डकुमेन्टहरुको सूची देखाउने छ
03:25 यसले दुवै “My Drive” र “Shared with me” का सामग्रीहरु देखाउने छ
03:30 त्यसैले यहाँ हामीले पहिले अपलोड गरेको pdfzip फाइलहरु देख्न सक्छौं किनभने हामीले पहिले ती खोलेका थियौं
03:37 Starred- यदि हामीले कुनै फाइल वा डकुमेन्टलाई Important अंकित गरेका छौं भने त्यो फाइल यो मेनु भित्र देखिन्छ
03:45 My Drive मेनुमा जाऊ र हाम्रो pdf फाइलमा क्लिक गरौं
03:51 अब, Add Star विकल्प छानौं
03:55 अर्को, Starred मेनुमा क्लिक गरौँ, यहाँ हाम्रो फाइल छ
04:00 म यो फाइलको कपि बनाउदैछुँ
04:03 पुन: एकपटक फाइलमा राइट क्लिक गरौँ र Make a copy छानौं
04:10 अब हामीसँग दुई फाइलहरु छन्
04:13 अब तीमध्ये एक मेटौं, फाइल छानौं र किबोर्डको Delete कि थिचौं
04:20 मेटेका फाइल वा डकुमेन्टहरु Trash मेनुमा देखिने छन्
04:25 मेट्ने कार्य अस्थायी हुन्छ तथापि
04:28 हामीले Trash मेनुको “Empty Trash” बिकल्प छानेमा फाइलहरु स्थायी रुपले मेट्न सकिन्छ
04:36 Trash” मेनुका सम्पूर्ण फाइलहरु ३० दिनपछि google server बाट स्थायी रुपमा मेटिने छन्
04:44 अब, फाइल र फोल्डरहरु कसरी सृजनाअपलोड गर्ने हेरौं
04:49 यसो गर्ने ४ तरिकाहरु रहेका छन्:पहिलो तरिका भनेको बायाँ रहेको रातो रंगको “New” बटनमा क्लिक गर्ने हो
04:56 दोस्रो तरिका: “My Drive” विकल्पमा राइट क्लिक गर्ने हो
05:00 अब My Drive मा जाऊ “My Drive” विकल्पमा हामी बिच भागमा राइट क्लिक गर्न सक्छौं
05:09 अन्त्यमा, माथिको “My Drive” ड्रपडाउन मेनुमा क्लिक गरौँ
05:14 अब “New” विकल्प हेरौं, New बटनमा क्लिक गरौँ
05:19 यसले केहि विकल्पहरु देखाउँछ जस्तै:Folder File Upload Google Docs, Sheets, SlidesMore
05:28 हामी प्रत्येक विकल्प एकएक गरी हेर्नेछौं
05:31 हामी “Folder” विकल्प प्रयोग गरी फोल्डर सृजना गर्न सक्छौं
05:34 यसमा क्लिक गरौं, यसले तुरुन्त एउटा नाम माग्ने छ
05:40 म फोल्डरलाई “Spoken Tutorial” नाम दिनेछुँ र Create बटनमा क्लिक गरौँ
05:48 डिफल्टमा, यो फोल्डर “My drive” भित्र रहने छ
05:52 हामी यसलाई यहाँ बिच भागमा देख्न सक्छौं
05:56 फोल्डरहरुले हाम्रो फाइलहरु राम्रोसँग संगठित गर्छ
06:00 त्यसैले, हामी भिन्न फोल्डरहरु सृजना गर्न सक्छौं, उदाहरणको लागि - personal, work आदि
06:07 कुनै फाइल अपलोड गर्न पहिले “New” बटनमा क्लिक गरौँ अनि “File Upload” बटनमा क्लिक गरौँ
06:13 यसले एउटा फाइल ब्राउजर विन्डो खोल्ने छ
06:16 तपाईले अपलोड गर्न चाहेको फाइल ब्राउज गरौँ र छानौं
06:19 डेस्कटप को “xyz.odt” फाइल खोलौं र Open बटनमा क्लिक गरौँ
06:26 तल दायाँ, हामी अपलोड को प्रगति देख्न सक्छौं
06:30 यसले तपाईको फाइलको साइज र इन्टरनेटको गति अनुसार केहि समय लिनेछ
06:35 पुरा भएपछि, अपलोड भएको फाइल बिच भागमा देखिने छ
06:41 अब तलको प्रोग्रेस विन्डो बन्द गरौँ
06:45 यसैगरी, हामी Folder Upload विकल्प प्रयोग गरी Drive मा एउटा फोल्डर अपलोड गर्न सक्छौं
06:52 यो सुबिधा निश्चित ब्राउजरहरुमा मात्रै उपलब्ध हुनसक्छ, उदाहरणको लागि Google Chrome
06:59 हामी अपलोड गरेको फाइल कसरी हाम्रो Spoken Tutorial फोल्डरमा सार्न सक्छौं?
07:04 खाली त्यसलाई यसरी तानेर फोल्डरमा छोड्नुहोस्
07:09 अब, बायाँपट्टी My Drive विकल्प राम्रोसँग हेरौं
07:14 यसको बायाँ एउटा सानो त्रिकोण याद गरौँ
07:18 यसमा क्लिक गर्नाले “My Drive” भित्रको सब फोल्डरहरु देखाउने छ
07:22 यहाँ हाम्रो “Spoken Tutorial” फोल्डर छ र यहाँ भित्र xyz.odt फाइल छ
07:31 हामी दिनहुँ काममा, डकुमेन्ट, स्प्रेडसिटप्रिजेन्टेसन हरु प्रयोग गर्छौं
07:36 के तिनीहरुलाई Drive मा सृजना गर्न र व्यवस्थित गर्न सकिन्छ?
07:39 हो, यसो गर्न सकिन्छ, Google Drive मा कुनै पनि Office Suite मा जस्तै हामी डकुमेन्ट, स्प्रेडसिट र प्रिजेन्टेसनहरु सृजना गर्न सक्छौं
07:50 त्यसैले हामीसँग डकुमेन्टहरु सृजना गर्न Google Docs
07:54 स्प्रेडसिटहरु सृजना गर्न Google Sheets
07:57 र प्रिजेन्टेसनहरु सृजना गर्न Google Slides
08:01 अहिलेको लागि, म Google Docs प्रयोग गरी एउटा डकुमेन्ट कसरी सृजना गर्ने देखाउने छुँ
08:08 एउटा नयाँ डकुमेन्ट सृजना गर्न, New बटनमा क्लिक गरौं र Google Docs विकल्पमा क्लिक गरौँ
08:14 यसले एउटा नयाँ ट्याबमा एउटा खाली डकुमेन्ट खोल्ने छ
08:19 हामी अन्य Office Suite मा जस्तै मेनु र फर्म्याटिंग विकल्पहरु देख्न सक्छौं
08:26 माथि, डकुमेन्टको शिर्षक “Untitled document” छ
08:31 यसलाई सम्पादन गर्न सकिन्छ, यसलाई रिनेम गर्न टेक्स्टमा क्लिक गरौँ
08:38 Rename document” विन्डो खुल्छ
08:41 यहाँ, हामी हाम्रो डकुमेन्ट सुहाउँदो शिर्षक टाइप गर्न सक्छौं
08:46 म टाइप गर्छु, “My first google doc” र OK मा क्लिक गरौँ
08:53 शिर्षकमा भएको परिवर्तन याद गरौँ
08:56 अर्को, म यहाँ सामग्री टाइप गर्ने छुँ, मानौं- “Welcome to Google Docs”
09:02 यो डकुमेन्टमा गरिने कुनैपनि थप संशोधन वा मेट्ने कार्य स्वत: सेभ हुनेछ
09:08 माथिको हेल्प मेनुसँगै रहेको “All changes saved in Drive” संदेश याद गरौँ
09:14 यदि हामीले त्यसमा क्लिक गरेमा दायाँ “Revision History” देख्न सक्छौं
09:19 यसमा अन्तिम पटक संशोधन गरेको मिति र समय छ र यसले कसले संशोधन गरेको पनि देखाउँछ
09:26 अहिले यो डकुमेन्ट कसैसँग शेयर गरिएको छैन
09:30 त्यसैले, हामी Today को मिति र समयमा एउटा युजर “Rebecca Raymond” मात्र देख्न सक्छौं
09:37 याद गरौँ, google doc एकभन्दा बढि व्यक्तिसँग शेयर गरेमा, revision history ले प्रत्येक युजरको भिन्न रंगमा उसले गरेको सम्पूर्ण परिवर्तनहरु सुचिकृत गर्नेछ
09:48 हामी यो बिशेषता यो ट्युटोरियलमा अगाडी हेर्नेछौं
09:53 Revision History” बन्द गरौँ
09:56 म यो ट्याब बन्द गर्दैछुँ, google doc ले यो स्वत: सेभ गर्नेछ
10:02 पुन: एकपटक हामी My Drive मा छौं र यहाँ हाम्रो फाइल देख्न सक्छौं
10:07 यसलाई खोल्न यसमा दुईपटक क्लिक गरौँ
10:10 अब, हामी “Welcome to Google Docs” टेक्स्ट दुइपटक copy-paste गर्ने छौं र ट्याब बन्द गर्नेछौं
10:17 यसलाई खोल्न पुन: यसमा दुइपटक क्लिक गरौँ
10:20 पुन: एकपटक “Welcome to Google Docs” कपि-पेस्ट गरौँ
10:26 अब, “Revision History” मा क्लिक गरौं, हामी सबै फाइलहरुको मिति-समय र युजरको जानकारी देख्न सक्छौं
10:36 यदि एकभन्दा बढि रिभिजन नदेखिएमा तलको “Show more detailed revisions” बटन क्लिक गरौँ
10:44 रिभिजनहरु समय क्रमानुसार हुनेछन जसमा अन्तिम रिभिजन माथि हुनेछ
10:50 प्रत्येक रिभिजनमा हेरौं र यसले कसरी काम गर्छ हेरौं
10:55 यो डकुमेन्ट अर्को दुई युजरहरु सँग शेयर गरौँ
10:59 यसको लागि माथि दायाँको Share बटनमा क्लिक गरौँ
11:03 Share with others डायलग बक्स देखापर्छ
11:07 People टेक्स्ट बक्समा, हामीले यो डकुमेन्ट शेयर गर्न चाहेको व्यक्तिहरुको ईमेल-आइडी दिनुपर्छ
11:15 टाइप गरौँ: 0808iambecky@gmail.com
11:23 हामीले पहिले नै ईमेल पठाएकाहरुको लागि यहाँ auto-fill सुबिधा उपलब्ध छ
11:31 हामीले तीन मोडहरुमा डकुमेन्ट अरुसँग शेयर गर्न सक्छौं
11:36 यी तीन मोडहरु हेर्न यहाँ बटनमा क्लिक गरौँ: Can edit Can comment Can view
11:44 Can edit विकल्पले अन्य युजरलाई डकुमेन्टमा परिवर्तन गर्ने अनुमति दिन्छ
11:51 Can comment विकल्पले अन्य युजरहरुलाई सुझाव दिने अनुमति दिन्छ
11:56 Can view विकल्पले अन्य युजरलाई हेर्ने मात्र अनुमति दिन्छ
12:00 तिनीहरुले कुनै परिवर्तन गर्न वा सुझाव दिन सक्दैनन्
12:04 Can edit विकल्पमा 0808iambecky दिउँ
12:09 stlibreoffice@gmail.com पनि थप्ने छुँ
12:16 दुई ईमेल आइडीहरुलाई एउटा कमाले छुट्टयाउन सम्झौं
12:21 हामीले ईमेल आइडी इन्टर गर्ने बितिक्कै, यो विन्डोमा एउटा परिवर्तन देखिन्छ
12:25 हामी “Add a note” टेक्स्ट एरिया प्राप्त गर्छौं
12:28 यदि हामी अन्य युजरसँग यो डकुमेन्टको बारेमा थप जानकारी बाड्न चाहन्छौं भने हामी त्यो यहाँ टाइप गर्न सक्छौं
12:36 टाइप गरौँ, “Please find attached a document for testing purpose. Kindly modify or suggest as per the permission given to you.

Thanks Ray.Becky”

12:47 अन्त्यमा, शेयर प्रक्रिया पुरा गर्न Send बटनमा क्लिक गरौँ
12:52 यसले हाम्रो संदेश सहित एउटा ईमेल नोटिफिकेसन र अन्य युजरहरुसँग शेयर गरेको डकुमेन्टको लिंक पठाउने छ
12:59 पुन: एकपटक Share बटनमा क्लिक गरौँ
13:02 अनि Advanced मा क्लिक गरौँ
13:05 अब, stlibreoffice युजरको लागि हामी शेयर मोडलाई Can comment मा बदल्ने छौं
13:12 अन्त्यमा, Save changes बटनमा क्लिक गरौँ र Done मा क्लिक गरौँ
13:18 यो डकुमेन्ट बन्द गरौँ
13:21 अब, दुवै युजरहरुले शेयर गरेको डकुमेन्टमा केहि संशोधनहरु गरेको मानौं
13:27 हामीले केहि समय पछि पुन: डकुमेन्ट खोल्दा, हामी अन्य शेयर युजरले गरेको परिवर्तनहरु देख्न सक्छौं
13:34 stlibreoffice@gmail.com सँग सुझाव दिने अनुमति मात्र भएकोले, हामीले त्यो युजरले दिएको सुझाव देख्न सक्छौं
13:43 चेक र क्रसमार्क माथि रहेको सजेसन बक्स तिर माउस सारौँ
13:49 चेक मार्कले Accept suggestion र क्रस मार्कले Reject suggestion भन्छ
13:56 म एउटा सुझाव स्वीकारेर अर्को अस्विकार गर्छुं
14:02 यहाँ हामी 0808iambecky' को प्रतिक्रिया देख्न सक्छौं
14:07 र यहाँ, हामी एउटा Resolve बटन देख्न सक्छौं
14:11 Can edit विकल्प सहितको युजरले कमेन्ट टेक्स्टमा क्लिक गरेमा त्यो कमेन्टमा प्रत्युत्तर दिन सक्छ
14:18 कमेन्ट थ्रेड हटाउन, Resolve बटनमा क्लिक गरौँ
14:22 हामी 0808iambecky डकुमेन्टमा गरेको कुनै परिवर्तन देख्दैनौं
14:29 याद गरौँ, यो युजरसँग डकुमेन्ट एडिट गर्ने अनुमति छ
14:34 त्यसैले हामी त्यो युजरले गरेको परिवर्तन कसरी पत्ता लगाउन सक्छौं?
14:39 त्यसको लागि, हामी हाम्रो Revision History हेर्न सक्छौं
14:43 यसलाई खोल्न, हामी File मा अनि See revision history मा क्लिक गर्ने छौं
14:50 हामी 0808iambecky ले गरेको केहि परिवर्तनहरु देख्न सक्छौं र यो भिन्नै रंगमा देखिन्छ
14:58 हामी stlibreoffice@gmail.com दिएको सुझाव अर्को भिन्नै रंगमा देख्न सक्छौं
15:05 साथै हामी यसको सर्जक भएको हुनाले हामी हाम्रो कार्य पनि एउटा भिन्न रंगमा देख्छौं
15:11 अहिलेलाई Revision History विन्डो बन्द गरौँ
15:14 एउटा डकुमेन्ट शेयर गर्ने अर्को पनि तरिका छ, Share बटनमा क्लिक गरौँ
15:20 Share with others विन्डोमा माथि दायाँ कुनामा हामी Get shareable link टेक्स्ट देख्न सक्छौं, यसमा क्लिक गरौँ
15:29 यसले “Anyone with the link can view” भन्छ
15:32 यसले यो डकुमेन्टको एउटा लिकं सृजना गर्छ
15:35 अब हामी यो लिंक कुनै पनि ईमेल आइडीमा पठाउन सक्छौं र जसले पनि डकुमेन्ट हेर्न सक्छ
15:44 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
15:47 संक्षेपमा हेरौं
15:49 यो ट्युटोरियलमा हामीले सिक्यौं:

“Google Drive” प्रयोग गर्न फाइलहरु सृजना र अपलोड गर्न गूगल डक्स सृजना गर्न र यसको शेयर गर्ने विकल्पहरु प्रयोग गर्न

16:00 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
16:07 हामी कार्यशालाहरु संचालन गर्छौं र हाम्रो अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छौं, बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
16:16 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
16:27 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल टिमको योगदान रहेको छ, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya