Digital-Divide/C2/Newborn-Child-Care/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:12, 6 February 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:02 Neonatal Childcare स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्न छौं:-
00:09 एउटा नवजात शिशुको कसरी स्याहार गर्ने
00:12 एउटा नव आमाले भोग्ने साधारण समस्याहरु र
00:15 ती समस्याहरु कसरी समाधान गर्ने
00:18 डा. अन्जली अनिताको घरमा पस्छिन र उनको नवजात शिशुको लागि खुशी व्यक्त गर्छिन्
00:25 डा.अन्जलीले अनिताले आफ्नो बच्चा गलत तरिकाले बोकेको देख्छिन
00:30 उनले अनितालाई बच्चा बोक्दा होशियार हुन भन्छिन्
00:35 डा. अन्जलीले बच्चाको टाउकोमा कसरी आड दिने र कसरी सुरक्षितपूर्वक गर्ने देखाउछिन
00:41 बच्चालाई ठाडो पारी बोक्दा वा
00:43 सुताएर बोक्दा
00:45 डाक्टरले अनितालाई बच्चा बोक्दा हेलचेक्र्याइँ गर्न नहुने सल्लाह दिन्छिन्
00:51 अनिताले डाक्टरलाई उनलाई यी सबै कुरा नयाँ भएको बताउछिन
00:55 र उनको नवजात शिशुको राम्रो स्याहार गर्ने सल्लाह माग्छिन
01:02 डा. अन्जली खुशी हुदै त्यसबारे भन्छिन्
01:04 उनले पहिलो र महत्वपूर्ण कुरा औलाउछिन -
01:09 जुन नवजात शिशुलाई छुनु पहिले आफ्नो हात
01:13 साबुन वा कोइलाको खरानीले धुने हो
01:15 कलिला बच्चाहरुमा एउटा बलियो प्रतिरक्षा प्रणाली बनिसकेको हुदैन
01:19 त्यसैले तिनीहरुलाई सजिलै संक्रमण हुन सक्छ
01:24 अनिताले डाक्टरलाई सोध्छिन, “मैले मेरो बच्चालाई कतिपटक खुवाउनुपर्छ?”
01:28 डाक्टरले अनितालाई एउटा नवजात शिशुलाई प्रत्येक २ देखि ३ घण्टामा खुवाउनुपर्ने बताउँछिन
01:37 उनले बच्चाको स्वास्थ्यमा स्तनपान सबैभन्दा महत्वपूर्ण भएको चर्चा गर्छिन्-
01:43 बच्चाको प्रतिरक्षा प्रणाली विकासको लागि
01:46 साथै तपाई स्तनपान गराउदै हुनुहुन्छ भने तपाईको बच्चालाई प्रत्येक स्तनमा १०-१५ मिनेट स्तनपान गर्न दिनुपर्छ
01:56 अनि, अनिताले डाक्टरसँग बच्चालाई खुवाउने तरिका सोध्छिन
02:00 डाक्टरले यस्तो बताउछिन
02:02 यदि तपाई तेस्तै गरि खुवाउन चाहनुहुन्छ भने दूधका विकल्पहरु खुवाउनुहोस्
02:08 अनि, यो प्रत्येक पटक खुवाउदा ६०-९० ग्राम प्रयोग गर्नुहोस्
02:14 अनिताले कहिले र कसरी बच्चालाई नुहाउने सोध्छिन
02:21 डाक्टरले पहिलो केहि हप्तासम्म बच्चा एकदमै कोमल हुन्छ भन्छिन्
02:28 उनले बच्चालाई यतिन्जेल स्पन्ज बाथ मात्र दिनुपर्ने बताउछिन
02:33 (क) गर्भानाल नझरेसम्म
02:37 (ख)घाउ निको नभएसम्म
02:39 (ग) नाभी पूर्ण रुपमा निको नभएसम्म
02:43 डाक्टरले सुरुवाती दिनहरु पछि नरम साबुनले हप्तामा २-३ चोटी नुहाए बच्चालाई प्रयाप्त हुन्छ
02:53 यो बच्चा एक बर्ष हुन्जेलसम्म गर्न सकिन्छ
02:56 लगातार नुहाउदा बच्चाको छाला रुखो हुन सक्छ
03:01 डा. अन्जलीले बच्चाको जिऊमा केहि डाबरहरु देखाउछिन्
03:06 अनिता डराउछिन्
03:08 उनले डाक्टरसँग डाबरहरु कसरी निको पार्ने सोध्छिन
03:13 डाक्टरले डाबरहरु चिसो डायपरले गर्दा भएको चर्चा गर्छिन्
03:19 उनले बच्चाको डायपर नियमित रुपमा र दिसा गरेपछि सकेसम्म छिटो बदल्नुपर्ने बताउछिन्
03:29 नरम साबुन र पानीले दिसा धोइदिए पछि बच्चालाई पुछेर सुख्खा बनाउनुपर्छ
03:34 अनि ओसिलो हुन नदिन अलिकति बेबी पाउडर लगाउनुपर्छ
03:39 डाक्टरले कपडाको डायपर प्रयोग गरेमा त्यसलाई तातो पानीमा डेटोल राखेर धुनुपर्ने बताउछिन्
03:49 बच्चालाई दिनमा केहि समय विना डायपर राख्नु पनि राम्रो विचार हो
03:55 अनिताले डाक्टरलाई सल्लाहको लागि धन्यवाद दिदैँ उनका कुराहरु ध्यान दिने बताउछिन्
04:02 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
04:05 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
04:09 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
04:12 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
04:18 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
04:25 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
04:29 बिस्तृत जानकारीको लागि कृपया: contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
04:39 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
04:44 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
04:53 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
05:09 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ साथै चित्रहरुमा सौरभ गाद्गिलको योगदान रहेको छ
05:16 म मन्दिरा बिदा हुदैछुँ,
05:19 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira