Digital-Divide/C2/Newborn-Child-Care/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:02 | Neonatal Childcare स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्न छौं:- |
00:09 | एउटा नवजात शिशुको कसरी स्याहार गर्ने |
00:12 | एउटा नव आमाले भोग्ने साधारण समस्याहरु र |
00:15 | ती समस्याहरु कसरी समाधान गर्ने |
00:18 | डा. अन्जली अनिताको घरमा पस्छिन र उनको नवजात शिशुको लागि खुशी व्यक्त गर्छिन् |
00:25 | डा.अन्जलीले अनिताले आफ्नो बच्चा गलत तरिकाले बोकेको देख्छिन |
00:30 | उनले अनितालाई बच्चा बोक्दा होशियार हुन भन्छिन् |
00:35 | डा. अन्जलीले बच्चाको टाउकोमा कसरी आड दिने र कसरी सुरक्षितपूर्वक गर्ने देखाउछिन |
00:41 | बच्चालाई ठाडो पारी बोक्दा वा |
00:43 | सुताएर बोक्दा |
00:45 | डाक्टरले अनितालाई बच्चा बोक्दा हेलचेक्र्याइँ गर्न नहुने सल्लाह दिन्छिन् |
00:51 | अनिताले डाक्टरलाई उनलाई यी सबै कुरा नयाँ भएको बताउछिन |
00:55 | र उनको नवजात शिशुको राम्रो स्याहार गर्ने सल्लाह माग्छिन |
01:02 | डा. अन्जली खुशी हुदै त्यसबारे भन्छिन् |
01:04 | उनले पहिलो र महत्वपूर्ण कुरा औलाउछिन - |
01:09 | जुन नवजात शिशुलाई छुनु पहिले आफ्नो हात |
01:13 | साबुन वा कोइलाको खरानीले धुने हो |
01:15 | कलिला बच्चाहरुमा एउटा बलियो प्रतिरक्षा प्रणाली बनिसकेको हुदैन |
01:19 | त्यसैले तिनीहरुलाई सजिलै संक्रमण हुन सक्छ |
01:24 | अनिताले डाक्टरलाई सोध्छिन, “मैले मेरो बच्चालाई कतिपटक खुवाउनुपर्छ?” |
01:28 | डाक्टरले अनितालाई एउटा नवजात शिशुलाई प्रत्येक २ देखि ३ घण्टामा खुवाउनुपर्ने बताउँछिन |
01:37 | उनले बच्चाको स्वास्थ्यमा स्तनपान सबैभन्दा महत्वपूर्ण भएको चर्चा गर्छिन्- |
01:43 | बच्चाको प्रतिरक्षा प्रणाली विकासको लागि |
01:46 | साथै तपाई स्तनपान गराउदै हुनुहुन्छ भने तपाईको बच्चालाई प्रत्येक स्तनमा १०-१५ मिनेट स्तनपान गर्न दिनुपर्छ |
01:56 | अनि, अनिताले डाक्टरसँग बच्चालाई खुवाउने तरिका सोध्छिन |
02:00 | डाक्टरले यस्तो बताउछिन |
02:02 | यदि तपाई तेस्तै गरि खुवाउन चाहनुहुन्छ भने दूधका विकल्पहरु खुवाउनुहोस् |
02:08 | अनि, यो प्रत्येक पटक खुवाउदा ६०-९० ग्राम प्रयोग गर्नुहोस् |
02:14 | अनिताले कहिले र कसरी बच्चालाई नुहाउने सोध्छिन |
02:21 | डाक्टरले पहिलो केहि हप्तासम्म बच्चा एकदमै कोमल हुन्छ भन्छिन् |
02:28 | उनले बच्चालाई यतिन्जेल स्पन्ज बाथ मात्र दिनुपर्ने बताउछिन |
02:33 | (क) गर्भानाल नझरेसम्म |
02:37 | (ख)घाउ निको नभएसम्म |
02:39 | (ग) नाभी पूर्ण रुपमा निको नभएसम्म |
02:43 | डाक्टरले सुरुवाती दिनहरु पछि नरम साबुनले हप्तामा २-३ चोटी नुहाए बच्चालाई प्रयाप्त हुन्छ |
02:53 | यो बच्चा एक बर्ष हुन्जेलसम्म गर्न सकिन्छ |
02:56 | लगातार नुहाउदा बच्चाको छाला रुखो हुन सक्छ |
03:01 | डा. अन्जलीले बच्चाको जिऊमा केहि डाबरहरु देखाउछिन् |
03:06 | अनिता डराउछिन् |
03:08 | उनले डाक्टरसँग डाबरहरु कसरी निको पार्ने सोध्छिन |
03:13 | डाक्टरले डाबरहरु चिसो डायपरले गर्दा भएको चर्चा गर्छिन् |
03:19 | उनले बच्चाको डायपर नियमित रुपमा र दिसा गरेपछि सकेसम्म छिटो बदल्नुपर्ने बताउछिन् |
03:29 | नरम साबुन र पानीले दिसा धोइदिए पछि बच्चालाई पुछेर सुख्खा बनाउनुपर्छ |
03:34 | अनि ओसिलो हुन नदिन अलिकति बेबी पाउडर लगाउनुपर्छ |
03:39 | डाक्टरले कपडाको डायपर प्रयोग गरेमा त्यसलाई तातो पानीमा डेटोल राखेर धुनुपर्ने बताउछिन् |
03:49 | बच्चालाई दिनमा केहि समय विना डायपर राख्नु पनि राम्रो विचार हो |
03:55 | अनिताले डाक्टरलाई सल्लाहको लागि धन्यवाद दिदैँ उनका कुराहरु ध्यान दिने बताउछिन् |
04:02 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
04:05 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
04:09 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
04:12 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
04:18 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
04:25 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
04:29 | बिस्तृत जानकारीको लागि कृपया: contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
04:39 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
04:44 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
04:53 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
05:09 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ साथै चित्रहरुमा सौरभ गाद्गिलको योगदान रहेको छ |
05:16 | म मन्दिरा बिदा हुदैछुँ, |
05:19 | सहभागिताको लागि धन्यवाद, नमस्कार |