Advanced-Cpp/C2/Friend-Function/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | friend फंक्सन in C++ स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं, |
00:08 | Friend फंक्सन |
00:10 | यसको लागि हामी एउटा उदाहरण प्रयोग गर्ने छौं |
00:13 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ |
00:15 | Ubuntu अपरेटिंग सिस्टम संस्करण ११.१० |
00:19 | g++ compiler संस्करण ४.६.१ |
00:24 | अब फ्रेन्ड फंक्सनको परिचयबाट सुरु गरौँ |
00:27 | हामीलाई प्राइभेट डाटा क्लास बाहिर प्रयोग गर्न सकिदैन भन्ने थाहा छ |
00:33 | प्राइभेट डाटा उपयोग गर्न हामी friend फंक्सन प्रयोग गर्छौं |
00:37 | एउटा फ्रेन्ड फंक्सन क्लासको मेम्बर फंक्सन हुदैन |
00:42 | फ्रेन्ड फंक्सन एउटा अब्जेक्ट प्रयोग नगरी कल गर्न सकिन्छ |
00:46 | फ्रेन्ड फंक्सनमा पठाइएका आर्गुमेंटहरु यसको अब्जेक्टको रुपमा प्रयोग गर्न सकिन्छ |
00:51 | अब एउटा फ्रेन्ड फंक्सनको घोषणा गरौँ |
00:55 | एउटा फ्रेन्ड फंक्सन घोषणा गर्न friend किवर्ड प्रयोग गरिन्छ |
00:59 | अनि हामी रिटर्न टाइप दिनेछौं |
01:02 | फंक्सन_नेम फंक्सनको नाम हो |
01:05 | अनि हामी आर्गुमेंटहरु क्लासको नाम र क्लासको अब्जेक्टको रुपमा पठाउने छौं |
01:11 | एउटा उदाहरणमा हेरौं |
01:13 | मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छुँ |
01:16 | म यसलाई खोल्ने छुँ |
01:18 | यो प्रोग्राममा हामी जोड गर्ने छौं |
01:22 | हाम्रो फाइलको नाम frnd.cpp छ |
01:27 | अब म कोड वर्णन गर्छु |
01:30 | यो हाम्रो header file iostream हो |
01:34 | यहाँ हामी std namespace प्रयोग गर्दै छौं |
01:37 | अनि हामीले एउटा क्लास frnd घोषणा गरेका छौं |
01:41 | यसमा हामीले भेरिएबलहरु a र b लाई प्राइभेट घोषणा गरेका छौं |
01:46 | यहाँ हामीले एउटा फंक्सन input' public घोषणा गरेका छौं |
01:52 | यसमा हामी इनपुट युजरबाट लिनेछौं |
01:55 | यो हाम्रो फ्रेन्ड फंक्सन ' compute' हो |
01:58 | यहाँ हामीले आर्गुमेंटहरु क्लास_नेम frnd र क्लास f1 को अब्जेक्ट पठाएका छौं |
02:06 | अनि हामी क्लास बन्द गर्छौं |
02:08 | अब friend फंक्सन प्रयोग गरि क्लास frnd को प्राइभेट मेम्बरहरु प्रयोग गर्न सक्छौं |
02:16 | यहाँ हामीले कम्प्युट फंक्सन प्रयोग गरेका छौं |
02:19 | यसमा हामी जोड कार्य गर्छौं |
02:23 | हामी भेरिएबलहरु a र b जोड्नेछौं |
02:26 | र मान फर्काउने छौं |
02:28 | यहाँ हामी अब्जेक्ट f1 प्रयोग गरि मेम्बर बाहेकका फंक्सनमा प्राइभेट भेरिएबलहरु प्रयोग गर्ने छौं |
02:35 | यो हाम्रो main फंक्सन हो |
02:38 | हामी क्लास frnd को एउटा अब्जेक्ट f सिर्जना गर्नेछौं |
02:44 | अनि हामी अब्जेक्ट f प्रयोग गरि फंक्सन input कल गर्ने छौं |
02:48 | र यहाँ हामी फंक्सन compute कल गर्ने छौं र आर्गुमेंट f पठाउने छौं |
02:54 | तपाई हामीले फंक्सन compute मा आर्गुमेंट f पठाएको देख्न सक्नुहुन्छ |
02:58 | यो pass by value तरिकाले गरिन्छ |
03:03 | f f1 को मानमा पठाइन्छ |
03:06 | र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो |
03:09 | अब प्रोग्राम एक्जिक्युट गरौँ |
03:11 | तपाईको किबोर्डमा Ctrl, Alt र T किहरु एकैपटक थिची टर्मिनल विन्डो खोलौं |
03:20 | अब टाइप गरौँ: |
03:21 | g++ space frnd dot cpp space hyphen o space frnd इन्टर थिचौं |
03:32 | टाइप गरौँ:
डट स्ल्याश frnd |
03:36 | इन्टर थिचौं |
03:38 | यहाँ यो यस्तो देखिन्छ:
Enter the value of a and b |
03:41 | म 8 र 4 इन्टर गर्ने छुँ |
03:46 | आउटपुट यस्तो देखिन्छ: |
03:48 | The result is: 12 |
03:51 | यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
03:54 | अब हाम्रो स्लाइडमा फर्कौं |
03:56 | संक्षेपमा हेर्दा: |
03:57 | यो ट्युटोरियलमा हामीले सिक्यौं
Friend फंक्सन उदाहरण friend int compute क्लास name frnd र अब्जेक्ट f1 |
04:08 | कार्यमा,
एउटा नम्बरको स्क्वेर र क्युब गणना गर्ने एउटा प्रोग्राम लेख्नुहोस् |
04:14 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
04:17 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
04:20 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
04:24 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
04:30 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
04:33 | विस्तृत जानकारीको लागि, कृपया contact@spoken-ट्युटोरियल.org मा लेख्नुहोस् |
04:40 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
04:43 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
04:51 | यो मिशन सम्बन्धि थप जानकारी तल देखिएको लिंकमा उपलब्ध छ |
04:56 | म मन्दिरा थापा बिदा हुदैछुँ,
सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार |