LibreOffice-Suite-Base/C4/Design-Refine-Database-Design-and-Normalization-Rules/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:06, 28 July 2014 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:02 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो टूयूटोरियल अघिल्लो टूयूटोरियल डाटाबेस डिजाइनको क्रमशः भाग हो |
00:11 | र हामी यहाँ यी कुराहरु सिक्नेछौं |
00:15 | ७.डाटाबेस डिजाइन परिष्कृत पार्न |
00:18 | ८. नर्मलाईजेसनको नियमहरु लागु गर्न |
00:21 | ९. डाटाबेस डिजाइन जाँच गर्न |
00:25 | अघिल्लो टूयूटोरियालमा, हामीले टेबल सम्बन्धहरु स्थापित गर्न कसरी प्राइमरी कि र फरेन कि राख्ने सिक्यौ |
00:34 | अब हामी डाटाबेस डिजाइनको प्रक्रिया संगै अघि बढौं |
00:38 | सुरुमा हामी हाम्रो डाटाबेस डिजाइन परिष्कृत बनाउछौं |
00:42 | अब हामीसंग प्रारम्भिक डिजाइन छ, हामी टेबलहरुमा डाटाको नमुना रचना गर्न र भर्न सक्छौं |
00:50 | हामी नमुना क्वेरी, फर्म र रिपोर्टहरु बनाउन सक्छौं र हाम्रो सुरुको प्रश्नहरु उत्तरित भएको छ/छैन् हेरौं |
00:59 | हामीलाई नचाहेको दोहरिएको कुराहरु हेरौं र डिजाइनलाई बदली यसलाई हटाउन सक्छौं |
01:06 | हामीले बिर्सेको कोलमहरु थप्न सक्छौं |
01:10 | र हामी बिजनेस नियमहरु लाइब्रेरी डाटाबेसमा समेटी डाटाबेस इन्टिग्रीटिलाई कायम गर्न सक्छौं |
01:19 | उदाहरण,बुक्स टेबलको प्राइस कोलम अंकमा हुनुपर्छ |
01:24 | अर्को बिजनेस नियम यो हुन सक्छ: रिटर्न डेट, एउटा किताब जारी गरेको मितिको एक महिना पछि हुनुपर्छ |
01:32 | वा जब निश्चित कार्य हुन्छ, तब त्यो कार्य सुरु गर्नुपर्छ |
01:39 | त्यसैले यदि किताब फिर्ता गर्ने मिति नाघिसकेको छ भने हामी डाटाबेसमा कार्य मिलाएर सदस्यलाई इमेलबाट पठाई याद गराउछौं |
01:50 | त्यसैले हामी पुन डिजाइन गर्छौं, हामी नयाँ टेबल, कोलम, नियम वा अड्चनहरुको परिचय गराउछौं |
01:58 | र हाम्रो डाटा इन्टिग्रीटि नहराएको पक्का गर्न हामी अघिल्लो कदममा जान्छौं |
02:07 | अर्को हामी नर्मलाईजेसनका नियमहरु अपनाउन सक्छौं |
02:13 | यी सब यसको लागि गरिन्छ, हाम्रो टेबलको |
02:17 | क)संरचना सहि भएको/नभएको हेर्न |
02:20 | ख)पहिले देखा परेको सम्पूर्ण मोडीफिकेसन एनोमोलीहरु बाट मुक्त हुन |
02:25 | डाटाबेस डिजाइनमा नियमहरु वा नर्मल फर्महरु लागु गराउने प्रक्रियालाई नर्मलाईजेसन भनिन्छ |
02:33 | हामी हाम्रो टूयूटोरियलमा सुरुको तीन नर्मल फर्म हेर्छौं |
02:38 | सुरुमा हामी फर्स्ट नर्मल फर्म हेरौं
फर्स्ट नर्मल फर्म वा 1NF ले सबै कोलम मानहरु परमाणविक हुनुपर्छ भन्दछ |
02:51 | उदाहरण, बुक्स टेबलको प्राइस कोलमको प्रत्येक सेलमा एक मात्र मान हुनुपर्छ |
02:59 | मतलब, कोलममा त्यो बूकको मात्र मूल्य हुनुपर्छ र अन्य केहि हुनुहुदैन |
03:07 | त्यसैगरी, अथर्स टेबलको प्रत्येक फर्स्ट नेम सेलमा एक मात्र लेखकको सुरुको नाम हुनुपर्छ |
03:16 | फर्स्ट नर्मल फर्मले त्यहाँ कोलमहरुको समूहहरु दोहोरिदैन भन्छ |
03:23 | जस्तै उदाहरणमा, हामी एउटा पब्लिशर ले ३ किताबहरु प्रकाशन गरेको मान्छौं |
03:29 | र पब्लिशर टेबल संरचनामा यी कोलमहरु छन्: |
03:34 | Publisher Id, Publisher, Book1, Author 1, Book 2, Author 2, Book 3, Author 3 |
03:47 | दोहोरिएको समूह याद गरौँ: बुक र अथर तीन पटक |
03:52 | यदि यस्तो दोहरिएको समूहहरु देखा परेमा हामी डिजाइन पुन हेर्नेछौं |
03:58 | अब यदि प्रकाशकले अझै दस किताबहरु प्रकाशन गर्छ भने हामी टेबलको संरचनामा २० कोलमहरु थपी बदल्न बाध्य हुनेछौं |
04:08 | त्यसैले हामी टेबल डिजाइन डाटा परिवर्तनसँग स्थिर नभएको देख्छौं |
04:14 | किताब र लेखक अनुसार टेबलमा खोजी गर्न र क्रममा राख्न गार्हो हुनेछ |
04:23 | त्यसैले हामी यो समस्या, टेबललाई दुई वा तीन टेबलहरुमा टुक्राएर समाधान गर्छौं |
04:30 | हाम्रो उदाहरणमा, हामी स्क्रीनमा देखाएको ईमेज जस्तै माथिको टेबललाई पब्लिशर्स, बुक्स र अथर्समा बाड्नेछौं |
04:41 | यो डिजाइनले टेबललाई फर्स्ट नर्मल फर्ममा ल्याउँछ |
04:47 | र प्रकाशक र किताबहरुको डाटा बदलिरहदा टेबल संरचनालाई स्थिर राख्छ |
04:56 | अब हामी सेकन्ड नर्मल फर्म हेरौं |
05:00 | एउटा टेबल 1NF मा छ भने यसलाई सेकन्ड नर्मल फर्म वा 2NF भनिन्छ |
05:07 | र सबै गैर-कि कोलम सम्पूर्ण प्राइमरी कि मा निर्भर गर्छन |
05:14 | जब प्राइमरी कि मा एक भन्दा बढि कोलम हुन्छ, हामी यो नियम लागू गर्छौं |
05:22 | उदाहरणको लागि, यी कोलमहरु सहितका BooksIssued टेबल मानौं |
05:29 | BookId,
MemberId, BookTitle, र IssueDate, साथै BookId र memberId ले टेबलको प्राइमरी कि बनाउछ |
05:42 | अब BookTitle कोलम याद गरौँ |
05:45 | हामी बुक्स टेबलको BookId मा हेर्दा BookTitle पाउन सक्छौं |
05:52 | अर्को शब्दमा भन्दा BookTitle, Book ID मा मात्र निर्भर हुन्छ, तर Member ID मा हुदैन |
06:00 | त्यसैले यो सम्पूर्ण प्राइमरी कि मा निर्भर गर्दैन |
06:06 | यो टेबललाई Second Normal Form मा ल्याउन, हामीले यो टेबलबाट BookTitle हटाउनू पर्छ |
06:14 | र त्यस्तो कोलमहरु मात्र राखौं जुन पूर्ण रुपमा दुबै प्राइमरी कि र कोलमहरुमा निर्भर गर्छन् |
06:23 | IssueDate कोलम यहाँ रहनेछ, किनकि यो दुबै प्राइमरी कि फिल्डहरुमा निर्भर गर्छ |
06:31 | अब हामी Third Normal Form के हो हेरौं |
06:35 | यदि टेबल 2NF मा छ भने यसलाई Third Normal Form (3NF) भनिन्छ |
06:42 | र यदि सबै गैर-कि कोलमहरु एक अर्कामा निभर छैनन भने |
06:48 | उदाहरणको लागि, BooksIssued टेबलमा तलका कोलमहरु रहेको मानौं |
06:54 | BooksIssueId (प्राइमरी कि को रुपमा काम गर्ने),
BookTitle, Member, IssueDate, र ReturnDate |
07:03 | र लाइब्रेरीको नीति अनुसार Book Issue Date को एक महिनामा फिर्ता गर्ने मिति हुन्छ |
07:11 | अब, बेसले IssueDate कोलम प्रयोग गरि Return Date हिसाब गर्न सक्छ र यो एउटा गैर-कि कोलम हो |
07:19 | मतलब, ReturnDate खाली IssueDate कोलममा मात्र निर्भर गर्छ र अन्य कोलममा होइन |
07:26 | यदि हामीले भिन्न मिति Return Date फिल्डमा इन्टर गर्यौं भने यसले लाइब्रेरीको नीति बिगार्छ |
07:37 | त्यसैले Third Normal Form मा टेबल राख्न, हामी टेबलबाट ReturnDate कोलम हटाउनेछौँ |
07:44 | अब हामीलाई सुरुको तीन नर्मल फर्म लागु गर्ने ज्ञान छ |
07:49 | धेरैजसो, हाम्रो डाटाबेस डिजाइन 3NF रोकिन सक्छ |
07:55 | नर्मल फर्महरु र डाटाबेस डिजाइनको थप जानकारीको लागि, स्क्रीनमा देखाएको वेबसाइटहरु हेर्न सक्नुहुन्छ |
08:05 | अन्त्यमा हामी हाम्रो डाटाबेस डिजाइन जाचँ गर्छौं, किनभने हामी डाटाबेस डिजाइन प्रक्रिया पूरा गरेका छौं |
08:12 | हामी डाटाबेसको संरचना बनाउन सक्छौं |
08:16 | यहाँ हामी टेबल, सम्बन्ध, नियम वा अड्चन, फर्म, क्वेरी र रिपोर्टहरु बनाउनेछौं |
08:24 | र हामी डाटाबेसलाई हालको वास्तविक डाटा र युजरहरु सहित जाच्न सक्छौं |
08:29 | फर्महरु डाटाबेसमा डाटा थप्न, अपडेट गर्न वा मेट्न प्रयोग गर्न सकिन्छ |
08:36 | रिपोर्टको नतिजा सहि र मिलेको छ/छैन हेर्नको लागि रिपोर्ट रन गरौँ |
08:42 | जब डाटाबेस प्रयोग गर्न तयार हुन्छ, हामी गतिको आधारमा यसको प्रदर्शन जाच्न सक्छौं |
08:50 | हामी डाटा छिटो झिक्नको लागि टेबलमा इन्डेक्सहरु राख्न सक्छौं |
08:55 | र हामी हाम्रो डाटाबेस एप्लिकेसन सफलतापुर्वक चलाउन समय समयमा डाटाबेस सम्भार गर्ने गर्छौं, |
09:03 | अहिले हाम्रो काम सकियो, यहाँ तपाईहरुको लागि एक कार्य रहेको छ: |
09:08 | लाइब्रेरी डाटाबेस डिजाइनमा Media नामक नयाँ वस्तु थपौं |
09:14 | Media मा DVD र CD हरु रहेको मानौं र तिनीहरु अडियो वा भिडियो जे पनि हुन सक्छ |
09:21 | किताबहरु जस्तै, DVD र CD हरु पनि लाइब्रेरी सदस्यहरुलाई जारी गर्न सकिन्छ |
09:28 | डाटाबेस डिजाइन प्रक्रियालाई अनुसरण गरौँ |
09:31 | र सुरुको तीन नर्मल फर्महरु हाम्रो डिजाइनमा लागु गरौँ |
09:37 | यसरी हामी लिब्रे अफिस बेसको डाटाबेस डिजाइन ट्युटोरियलको तेस्रो भागको अन्त्यमा आइपुगेका छौं |
09:45 | संक्षेपमा हेर्दा, हामीले यी कुराहरु डाटाबेस डिजाइनमा सिक्यौं: |
09:50 | ७. डाटाबेस डिजाइन परिष्कृत बनाउन |
09:52 | ८. नर्मलाईजेसन नियमहरु लागु गर्न |
09:55 | ९. डाटाबेस डिजाइन जाँच गर्न |
09:58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:10 | यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ |
10:15 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
10:20 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |