LibreOffice-Suite-Base/C4/Design-Refine-Database-Design-and-Normalization-Rules/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो टूयूटोरियल अघिल्लो टूयूटोरियल डाटाबेस डिजाइनको क्रमशः भाग हो
00:11 र हामी यहाँ यी कुराहरु सिक्नेछौं
00:15 ७.डाटाबेस डिजाइन परिष्कृत पार्न
00:18 ८. नर्मलाईजेसनको नियमहरु लागु गर्न
00:21 ९. डाटाबेस डिजाइन जाँच गर्न
00:25 अघिल्लो टूयूटोरियालमा, हामीले टेबल सम्बन्धहरु स्थापित गर्न कसरी प्राइमरी कि र फरेन कि राख्ने सिक्यौ
00:34 अब हामी डाटाबेस डिजाइनको प्रक्रिया संगै अघि बढौं
00:38 सुरुमा हामी हाम्रो डाटाबेस डिजाइन परिष्कृत बनाउछौं
00:42 अब हामीसंग प्रारम्भिक डिजाइन छ, हामी टेबलहरुमा डाटाको नमुना रचना गर्न र भर्न सक्छौं
00:50 हामी नमुना क्वेरी, फर्म र रिपोर्टहरु बनाउन सक्छौं र हाम्रो सुरुको प्रश्नहरु उत्तरित भएको छ/छैन् हेरौं
00:59 हामीलाई नचाहेको दोहरिएको कुराहरु हेरौं र डिजाइनलाई बदली यसलाई हटाउन सक्छौं
01:06 हामीले बिर्सेको कोलमहरु थप्न सक्छौं
01:10 र हामी बिजनेस नियमहरु लाइब्रेरी डाटाबेसमा समेटी डाटाबेस इन्टिग्रीटिलाई कायम गर्न सक्छौं
01:19 उदाहरण,बुक्स टेबलको प्राइस कोलम अंकमा हुनुपर्छ
01:24 अर्को बिजनेस नियम यो हुन सक्छ: रिटर्न डेट, एउटा किताब जारी गरेको मितिको एक महिना पछि हुनुपर्छ
01:32 वा जब निश्चित कार्य हुन्छ, तब त्यो कार्य सुरु गर्नुपर्छ
01:39 त्यसैले यदि किताब फिर्ता गर्ने मिति नाघिसकेको छ भने हामी डाटाबेसमा कार्य मिलाएर सदस्यलाई इमेलबाट पठाई याद गराउछौं
01:50 त्यसैले हामी पुन डिजाइन गर्छौं, हामी नयाँ टेबल, कोलम, नियम वा अड्चनहरुको परिचय गराउछौं
01:58 र हाम्रो डाटा इन्टिग्रीटि नहराएको पक्का गर्न हामी अघिल्लो कदममा जान्छौं
02:07 अर्को हामी नर्मलाईजेसनका नियमहरु अपनाउन सक्छौं
02:13 यी सब यसको लागि गरिन्छ, हाम्रो टेबलको
02:17 क)संरचना सहि भएको/नभएको हेर्न
02:20 ख)पहिले देखा परेको सम्पूर्ण मोडीफिकेसन एनोमोलीहरु बाट मुक्त हुन
02:25 डाटाबेस डिजाइनमा नियमहरु वा नर्मल फर्महरु लागु गराउने प्रक्रियालाई नर्मलाईजेसन भनिन्छ
02:33 हामी हाम्रो टूयूटोरियलमा सुरुको तीन नर्मल फर्म हेर्छौं
02:38 सुरुमा हामी फर्स्ट नर्मल फर्म हेरौं फर्स्ट नर्मल फर्म वा 1NF ले सबै कोलम मानहरु परमाणविक हुनुपर्छ भन्दछ
02:51 उदाहरण, बुक्स टेबलको प्राइस कोलमको प्रत्येक सेलमा एक मात्र मान हुनुपर्छ
02:59 मतलब, कोलममा त्यो बूकको मात्र मूल्य हुनुपर्छ र अन्य केहि हुनुहुदैन
03:07 त्यसैगरी, अथर्स टेबलको प्रत्येक फर्स्ट नेम सेलमा एक मात्र लेखकको सुरुको नाम हुनुपर्छ
03:16 फर्स्ट नर्मल फर्मले त्यहाँ कोलमहरुको समूहहरु दोहोरिदैन भन्छ
03:23 जस्तै उदाहरणमा, हामी एउटा पब्लिशर ले ३ किताबहरु प्रकाशन गरेको मान्छौं
03:29 र पब्लिशर टेबल संरचनामा यी कोलमहरु छन्:
03:34 Publisher Id, Publisher, Book1, Author 1, Book 2, Author 2, Book 3, Author 3
03:47 दोहोरिएको समूह याद गरौँ: बुक र अथर तीन पटक
03:52 यदि यस्तो दोहरिएको समूहहरु देखा परेमा हामी डिजाइन पुन हेर्नेछौं
03:58 अब यदि प्रकाशकले अझै दस किताबहरु प्रकाशन गर्छ भने हामी टेबलको संरचनामा २० कोलमहरु थपी बदल्न बाध्य हुनेछौं
04:08 त्यसैले हामी टेबल डिजाइन डाटा परिवर्तनसँग स्थिर नभएको देख्छौं
04:14 किताब र लेखक अनुसार टेबलमा खोजी गर्न र क्रममा राख्न गार्हो हुनेछ
04:23 त्यसैले हामी यो समस्या, टेबललाई दुई वा तीन टेबलहरुमा टुक्राएर समाधान गर्छौं
04:30 हाम्रो उदाहरणमा, हामी स्क्रीनमा देखाएको ईमेज जस्तै माथिको टेबललाई पब्लिशर्स, बुक्स र अथर्समा बाड्नेछौं
04:41 यो डिजाइनले टेबललाई फर्स्ट नर्मल फर्ममा ल्याउँछ
04:47 र प्रकाशक र किताबहरुको डाटा बदलिरहदा टेबल संरचनालाई स्थिर राख्छ
04:56 अब हामी सेकन्ड नर्मल फर्म हेरौं
05:00 एउटा टेबल 1NF मा छ भने यसलाई सेकन्ड नर्मल फर्म वा 2NF भनिन्छ
05:07 र सबै गैर-कि कोलम सम्पूर्ण प्राइमरी कि मा निर्भर गर्छन
05:14 जब प्राइमरी कि मा एक भन्दा बढि कोलम हुन्छ, हामी यो नियम लागू गर्छौं
05:22 उदाहरणको लागि, यी कोलमहरु सहितका BooksIssued टेबल मानौं
05:29 BookId,

MemberId, BookTitle, र IssueDate, साथै BookId र memberId ले टेबलको प्राइमरी कि बनाउछ

05:42 अब BookTitle कोलम याद गरौँ
05:45 हामी बुक्स टेबलको BookId मा हेर्दा BookTitle पाउन सक्छौं
05:52 अर्को शब्दमा भन्दा BookTitle, Book ID मा मात्र निर्भर हुन्छ, तर Member ID मा हुदैन
06:00 त्यसैले यो सम्पूर्ण प्राइमरी कि मा निर्भर गर्दैन
06:06 यो टेबललाई Second Normal Form मा ल्याउन, हामीले यो टेबलबाट BookTitle हटाउनू पर्छ
06:14 र त्यस्तो कोलमहरु मात्र राखौं जुन पूर्ण रुपमा दुबै प्राइमरी कि र कोलमहरुमा निर्भर गर्छन्
06:23 IssueDate कोलम यहाँ रहनेछ, किनकि यो दुबै प्राइमरी कि फिल्डहरुमा निर्भर गर्छ
06:31 अब हामी Third Normal Form के हो हेरौं
06:35 यदि टेबल 2NF मा छ भने यसलाई Third Normal Form (3NF) भनिन्छ
06:42 र यदि सबै गैर-कि कोलमहरु एक अर्कामा निभर छैनन भने
06:48 उदाहरणको लागि, BooksIssued टेबलमा तलका कोलमहरु रहेको मानौं
06:54 BooksIssueId (प्राइमरी कि को रुपमा काम गर्ने),

BookTitle, Member, IssueDate, र ReturnDate

07:03 र लाइब्रेरीको नीति अनुसार Book Issue Date को एक महिनामा फिर्ता गर्ने मिति हुन्छ
07:11 अब, बेसले IssueDate कोलम प्रयोग गरि Return Date हिसाब गर्न सक्छ र यो एउटा गैर-कि कोलम हो
07:19 मतलब, ReturnDate खाली IssueDate कोलममा मात्र निर्भर गर्छ र अन्य कोलममा होइन
07:26 यदि हामीले भिन्न मिति Return Date फिल्डमा इन्टर गर्यौं भने यसले लाइब्रेरीको नीति बिगार्छ
07:37 त्यसैले Third Normal Form मा टेबल राख्न, हामी टेबलबाट ReturnDate कोलम हटाउनेछौँ
07:44 अब हामीलाई सुरुको तीन नर्मल फर्म लागु गर्ने ज्ञान छ
07:49 धेरैजसो, हाम्रो डाटाबेस डिजाइन 3NF रोकिन सक्छ
07:55 नर्मल फर्महरु र डाटाबेस डिजाइनको थप जानकारीको लागि, स्क्रीनमा देखाएको वेबसाइटहरु हेर्न सक्नुहुन्छ
08:05 अन्त्यमा हामी हाम्रो डाटाबेस डिजाइन जाचँ गर्छौं, किनभने हामी डाटाबेस डिजाइन प्रक्रिया पूरा गरेका छौं
08:12 हामी डाटाबेसको संरचना बनाउन सक्छौं
08:16 यहाँ हामी टेबल, सम्बन्ध, नियम वा अड्चन, फर्म, क्वेरी र रिपोर्टहरु बनाउनेछौं
08:24 र हामी डाटाबेसलाई हालको वास्तविक डाटा र युजरहरु सहित जाच्न सक्छौं
08:29 फर्महरु डाटाबेसमा डाटा थप्न, अपडेट गर्न वा मेट्न प्रयोग गर्न सकिन्छ
08:36 रिपोर्टको नतिजा सहि र मिलेको छ/छैन हेर्नको लागि रिपोर्ट रन गरौँ
08:42 जब डाटाबेस प्रयोग गर्न तयार हुन्छ, हामी गतिको आधारमा यसको प्रदर्शन जाच्न सक्छौं
08:50 हामी डाटा छिटो झिक्नको लागि टेबलमा इन्डेक्सहरु राख्न सक्छौं
08:55 र हामी हाम्रो डाटाबेस एप्लिकेसन सफलतापुर्वक चलाउन समय समयमा डाटाबेस सम्भार गर्ने गर्छौं,
09:03 अहिले हाम्रो काम सकियो, यहाँ तपाईहरुको लागि एक कार्य रहेको छ:
09:08 लाइब्रेरी डाटाबेस डिजाइनमा Media नामक नयाँ वस्तु थपौं
09:14 Media मा DVD र CD हरु रहेको मानौं र तिनीहरु अडियो वा भिडियो जे पनि हुन सक्छ
09:21 किताबहरु जस्तै, DVD र CD हरु पनि लाइब्रेरी सदस्यहरुलाई जारी गर्न सकिन्छ
09:28 डाटाबेस डिजाइन प्रक्रियालाई अनुसरण गरौँ
09:31 र सुरुको तीन नर्मल फर्महरु हाम्रो डिजाइनमा लागु गरौँ
09:37 यसरी हामी लिब्रे अफिस बेसको डाटाबेस डिजाइन ट्युटोरियलको तेस्रो भागको अन्त्यमा आइपुगेका छौं
09:45 संक्षेपमा हेर्दा, हामीले यी कुराहरु डाटाबेस डिजाइनमा सिक्यौं:
09:50 ७. डाटाबेस डिजाइन परिष्कृत बनाउन
09:52 ८. नर्मलाईजेसन नियमहरु लागु गर्न
09:55 ९. डाटाबेस डिजाइन जाँच गर्न
09:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:10 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
10:15 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:20 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble