Firefox/C2/Setting-General-Privacy-Options/Nepali
From Script | Spoken-Tutorial
Revision as of 12:06, 11 July 2014 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:00 | मोजिल्ला फायरफक्सको यस ट्युटोरीअलमा स्वागत छ |
00:04 | यो ट्युटोरीअलमा, हामी कसरी सामान्य प्राथमिकता र गोपनीयताको प्राथमिकता सेट गर्ने भनि जान्नेछों |
00:11 | यो ट्युटोरीअलमा हामी उबुन्टु १०.०४ मा फायरफक्स ७.० संस्करण प्रयोग गर्नेछौं |
00:18 | प्राथमिकताहरुले मोजिल्ला फायरफक्समा तपाइको बारम्बार गर्न पर्ने कार्यहरु सजिलो बनाउछ |
00:24 | विन्डो प्रयोगकर्ताको लागि यो विशेषतालाई अप्सन्स भनिन्छ |
00:29 | मानौं कि हामी हाम्रो होमपेजलाई ईमेल लगिन पेजमा सेट गर्न चाहन्छौं |
00:33 | त्यसैले हामी एडिट र प्रेफेरेंसेसमा क्लिक गर्नेछौं |
00:37 | विन्डो पयोगकर्ताले टूल्स र अप्सन्समा क्लिक गर्नुहोस |
00:42 | प्रेफेरेंसेस वा अप्सन्स डायलग बक्स खुल्छ, डायलग बक्सको माथि एउटा नम्बरहरुको ट्याब छ |
00:50 | हरेकको भिन्न कार्य छ |
00:53 | जेनरल प्यानलमा धेरै प्रयोग गरिने प्राथमिकताका सेटिंग रहेका छन, जस्तै फायरफक्स होमपेज सेटिंग , फायल डाउनलोड गर्ने स्थान |
01:04 | अब कसरी जिमेललाई हाम्रो डिफल्ट होमपेज बनाउने सिकौं |
01:08 | स्टार्ट अप भित्र, ‘When Firefox starts’ ड्रप डाउन मनुको ‘Show my home page’ छान्नुहोस् |
01:16 | डिफल्टमा ‘होम पेज’ ‘Mozilla Firefox Start Page’हुन्छ |
01:22 | ‘Home Page’ फिल्डमा क्लिक गर्नुहोस र ‘www.gmail.com’टाइप गर्नुहोस |
01:29 | डायलग बक्स बन्द गर्न Close बटनमा क्लिक गर्नुहोस |
01:33 | हाम्रो सेटिंग आफै सेभ हुन्छ |
01:36 | अब, यो फायरफक्स विन्डो बन्द गर्नुहोस |
01:40 | र एउटा नयाँ फायरफक्स विन्डो खोल्नुहोस् |
01:42 | तपाइले जिमेल लगिन पेज होमपेज भएको पाउनुहुनेछ |
01:46 | अर्को, अब मोजिल्ला फायरफक्सले कसरि डाउनलोड सम्हाल्छ हेरौं |
01:51 | एडिट अनि प्रिफेरेंसेसमा क्लिक गर्नुहोस |
01:54 | पहिले जस्तै विन्डो प्रयोगकर्ताहरु टूल्स र अप्सन्समा क्लिक गर्नुहोस |
01:58 | ‘General’ ट्याबमा क्लिक गर्नुहोस |
02:02 | ‘Downloads’बिकल्पमा ‘Show the Downloads window when downloading a file’ चेक बक्समा ठिक गर्नुहोस |
02:09 | अब, ‘Save files to’ बटनमा क्लिक गर्नुहोस |
02:12 | ब्राउज बटनमा क्लिक गर्नुहोस र डिफल्ट फोल्डरलाई डेस्कटपमा बदल्नुहोस |
02:18 | डायलग बक्स बन्द गर्न क्लोज बटनमा क्लिक गर्नुहोस |
02:24 | पहिले जस्तै हाम्रो सेटिंग आफै सेभ हुनेछ |
02:28 | ब्राउजरको सर्च बारमा ‘flowers’ टाइप गर्नुहोस र दायाँको ठूलो पार्ने लेन्समा क्लिक गर्नुहोस |
02:34 | पहिलो देखापर्ने सर्चको नतिजामा क्लिक गर्नुहोस |
02:38 | र ‘Save Link As’मा क्लिक गर्नुहोस |
02:40 | तपाई देख्नुहुनेछ कि डिफल्टमा लिंक तपाईको डेस्कटपमा डाउनलोड हुनेछ |
02:46 | ‘Save’मा क्लिक गर्नुहोस, फायल डेस्कटपमा सेभ हुनेछ |
02:51 | ट्याब प्यानलमा ट्याबड ब्राउजिंग बिशेषता संग सम्बन्धित प्राथमिकता हुन्छन |
02:56 | कन्टेन्ट प्यानलमा कसरी वेबसाइट देखाउने भन्ने प्राथमिकता रहेका छन |
03:02 | एप्लिकेसन प्यानलले तपाईलाई मोजिल्लाले विविध फायलहरु कसरी सम्हाल्ने भनि छान्न दिन्छ |
03:11 | यो एउटा PDF डकुमेन्ट वा एउटा अडियो फायल हुनसक्छ |
03:13 | कार्यको रुपमा त्यहाँ भएका ट्याब र विकल्पहरु बारेमा पत्ता लगाउनुहोस |
03:19 | प्राइभेसी प्यानलमा तपाइको वेब-गोपनियता सम्बन्धि प्राथमिकता रहेको हुन्छ |
03:25 | ट्रयाकिंग भित्र ‘Tell web sites I do not want to be tracked’मा चेक गर्नुहोस |
03:30 | यो विकल्प छानेमा तपाइको ब्राउजरले तपाइको ब्राउजिंग गतिबिधिको जानकारी भण्डार गर्दैन |
03:37 | Historyमा धेरै बिकल्प रहेका छन |
03:41 | ‘Firefox will’ फिल्डमा, ‘Never remember history’छान्नुहोस् |
03:45 | यो बिकल्प सुचारु गर्नुको मतलब तपाइको पुराना ब्राउजिंगहरु तपाइको कम्प्युटरमा रहदैन |
03:53 | यदि हामीले ‘Clear all current history’ मा क्लिक गर्यौ भने तपाइको कम्प्युटरको सबै पुराना ब्राउजिंग गतिबिधि मेटिनेछ |
04:01 | लोकेसन बार तलतिर जादाँ |
04:04 | ‘When using the location bar, suggest:’ फिल्डमा हामी ड्रपडाउन मेनु क्लिक गरि ‘Nothing’छान्छौँ |
04:11 | यसो गरेपछि तपाईले नयाँ URL एड्रेसबारमा इन्टर गर्दा सल्लाह हरु देखाइने छैन |
04:19 | डायलग बक्स बन्द गर्न क्लोजमा क्लिक गर्नुहोस |
04:23 | तपाइको गोपनियता अब पुरै सुरक्षित छ |
04:26 | सेक्युरिटी प्यानलमा तपाइको वेब ब्राउजिंगलाई सुरक्षित बनाउने प्राथमिकता रहेका छन |
04:32 | Sync प्यानलले तपाइको “Firefox Sync” एकाउन्ट बनाउन र ब्यबस्थित गर्न दिन्छ |
04:36 | Firefox Sync ले बिभिन्न यन्त्रहरुमा हाम्रो पुराना गतिबिधि, बुकमार्क र पासवर्ड प्रयोग गर्न दिन्छ |
04:45 | एडभान्स्ड प्यानल सेटिंगमा केहि महत्वपूर्ण फायरफक्स सेटिंग रहेका छन |
04:49 | यसमा ब्राउजिंग र सिस्टमको डिफल्ट सेटिंग रहेको छ जसले फायरफक्सको गतिबिधि नियन्त्रण गर्छ |
04:57 | हामी नेटवर्क बिकल्प प्रयोग गरि फायरफक्सले इन्टरनेट संग जोडिने तरिका पनि बदल्न सक्छौं |
05:03 | नेटवर्क ट्याबमा कनेक्सन भित्र सेटिंग बटनमा क्लिक गर्नुहोस |
05:09 | यी ओपन अप कनेक्सन सेटिंग डायलग बक्स हुन् |
05:11 | यहाँ तपाई Proxies मिलाउन सक्नुहुन्छ |
05:15 | प्रोक्सिसहरु कार्य सुधार गर्न र अझ सुरक्षा पाउन प्रयोग गरिन्छ |
05:21 | डिफल्टमा, ‘Use system proxy settings’ रेडियो बटन छानिएको छ |
05:26 | यो विकल्पले तपाइको अपरेटिंग सिस्टमको लागि बनाईएको सेटिंग प्रयोग गर्छ |
05:31 | प्रोक्सी सेटिंग आफै मिलाउन,Manual proxy configuration रेडियो बटनमा क्लिक गर्नुहोस |
05:38 | तपाई यहाँ यी फिल्डहरुमा प्रोक्सी सेटिंग इन्टर गर्न सक्नुहुन्छ |
05:42 | कनेक्सन सेटिंग डायलग बक्स बन्द गर्न क्लोज बटनमा क्लिक गर्नुहोस |
05:49 | फेरी क्लोज बटन क्लिक गरि प्रेफेरेंसेस वा अप्सन्स डायलग बक्स बन्द गर्नुहोस |
05:55 | तपाइको सेटिंग आफै सेभ हुनेछ |
05:58 | अन्त्यमा, हामीAdvanced प्यानलमा रहेको अपडेट ट्याब प्रयोग गरि फायरफक्स अपडेट गर्न सक्छौं |
06:05 | हामी यस ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं |
06:08 | यो ट्युटोरीअलमा हामीले कसरी सामान्य प्राथमिकता र गोपनियताको प्राथमिकता सेट गर्ने सिक्यौं |
06:15 | यो बोध कार्य गर्नुहोस |
06:19 | एउटा नयाँ ब्राउजर विन्डो खोल्नुहोस् |
06:21 | तपाइको होमपेजलाई ‘spoken-tutorial.org’मा बदल्नुहोस |
06:28 | डिफल्ट डाउनलोड स्थानलाई ‘Home Folder’मा बदल्नुहोस र |
06:30 | तपाइको ‘When using the location bar, suggest:’ लाई History र Bookmarksसेटिंगमा बदल्नुहोस |
06:38 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
http://spoken-tutorial.org/What is a Spoken Tutorial |
06:41 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ |
06:45 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
06:48 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम, |
06:50 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
06:54 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
06:58 | बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला |
07:04 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
07:07 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ |
07:12 | यस मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Introमा उपलब्ध रहेको छ |
07:27 | यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ
सहभागिताको लागि धन्यवाद |