Firefox/C2/Setting-General-Privacy-Options/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 मोजिल्ला फायरफक्सको यस ट्युटोरीअलमा स्वागत छ
00:04 यो ट्युटोरीअलमा, हामी कसरी सामान्य प्राथमिकता र गोपनीयताको प्राथमिकता सेट गर्ने भनि जान्नेछों
00:11 यो ट्युटोरीअलमा हामी उबुन्टु १०.०४ मा फायरफक्स ७.० संस्करण प्रयोग गर्नेछौं
00:18 प्राथमिकताहरुले मोजिल्ला फायरफक्समा तपाइको बारम्बार गर्न पर्ने कार्यहरु सजिलो बनाउछ
00:24 विन्डो प्रयोगकर्ताको लागि यो विशेषतालाई अप्सन्स भनिन्छ
00:29 मानौं कि हामी हाम्रो होमपेजलाई ईमेल लगिन पेजमा सेट गर्न चाहन्छौं
00:33 त्यसैले हामी एडिट र प्रेफेरेंसेसमा क्लिक गर्नेछौं
00:37 विन्डो पयोगकर्ताले टूल्स र अप्सन्समा क्लिक गर्नुहोस
00:42 प्रेफेरेंसेस वा अप्सन्स डायलग बक्स खुल्छ, डायलग बक्सको माथि एउटा नम्बरहरुको ट्याब छ
00:50 हरेकको भिन्न कार्य छ
00:53 जेनरल प्यानलमा धेरै प्रयोग गरिने प्राथमिकताका सेटिंग रहेका छन, जस्तै फायरफक्स होमपेज सेटिंग , फायल डाउनलोड गर्ने स्थान
01:04 अब कसरी जिमेललाई हाम्रो डिफल्ट होमपेज बनाउने सिकौं
01:08 स्टार्ट अप भित्र, ‘When Firefox starts’ ड्रप डाउन मनुको ‘Show my home page’ छान्नुहोस्
01:16 डिफल्टमा ‘होम पेज’ ‘Mozilla Firefox Start Page’हुन्छ
01:22 ‘Home Page’ फिल्डमा क्लिक गर्नुहोस र ‘www.gmail.com’टाइप गर्नुहोस
01:29 डायलग बक्स बन्द गर्न Close बटनमा क्लिक गर्नुहोस
01:33 हाम्रो सेटिंग आफै सेभ हुन्छ
01:36 अब, यो फायरफक्स विन्डो बन्द गर्नुहोस
01:40 र एउटा नयाँ फायरफक्स विन्डो खोल्नुहोस्
01:42 तपाइले जिमेल लगिन पेज होमपेज भएको पाउनुहुनेछ
01:46 अर्को, अब मोजिल्ला फायरफक्सले कसरि डाउनलोड सम्हाल्छ हेरौं
01:51 एडिट अनि प्रिफेरेंसेसमा क्लिक गर्नुहोस
01:54 पहिले जस्तै विन्डो प्रयोगकर्ताहरु टूल्स र अप्सन्समा क्लिक गर्नुहोस
01:58 ‘General’ ट्याबमा क्लिक गर्नुहोस
02:02 ‘Downloads’बिकल्पमा ‘Show the Downloads window when downloading a file’ चेक बक्समा ठिक गर्नुहोस
02:09 अब, ‘Save files to’ बटनमा क्लिक गर्नुहोस
02:12 ब्राउज बटनमा क्लिक गर्नुहोस र डिफल्ट फोल्डरलाई डेस्कटपमा बदल्नुहोस
02:18 डायलग बक्स बन्द गर्न क्लोज बटनमा क्लिक गर्नुहोस
02:24 पहिले जस्तै हाम्रो सेटिंग आफै सेभ हुनेछ
02:28 ब्राउजरको सर्च बारमा ‘flowers’ टाइप गर्नुहोस र दायाँको ठूलो पार्ने लेन्समा क्लिक गर्नुहोस
02:34 पहिलो देखापर्ने सर्चको नतिजामा क्लिक गर्नुहोस
02:38 र ‘Save Link As’मा क्लिक गर्नुहोस
02:40 तपाई देख्नुहुनेछ कि डिफल्टमा लिंक तपाईको डेस्कटपमा डाउनलोड हुनेछ
02:46 ‘Save’मा क्लिक गर्नुहोस, फायल डेस्कटपमा सेभ हुनेछ
02:51 ट्याब प्यानलमा ट्याबड ब्राउजिंग बिशेषता संग सम्बन्धित प्राथमिकता हुन्छन
02:56 कन्टेन्ट प्यानलमा कसरी वेबसाइट देखाउने भन्ने प्राथमिकता रहेका छन
03:02 एप्लिकेसन प्यानलले तपाईलाई मोजिल्लाले विविध फायलहरु कसरी सम्हाल्ने भनि छान्न दिन्छ
03:11 यो एउटा PDF डकुमेन्ट वा एउटा अडियो फायल हुनसक्छ
03:13 कार्यको रुपमा त्यहाँ भएका ट्याब र विकल्पहरु बारेमा पत्ता लगाउनुहोस
03:19 प्राइभेसी प्यानलमा तपाइको वेब-गोपनियता सम्बन्धि प्राथमिकता रहेको हुन्छ
03:25 ट्रयाकिंग भित्र ‘Tell web sites I do not want to be tracked’मा चेक गर्नुहोस
03:30 यो विकल्प छानेमा तपाइको ब्राउजरले तपाइको ब्राउजिंग गतिबिधिको जानकारी भण्डार गर्दैन
03:37 Historyमा धेरै बिकल्प रहेका छन
03:41 ‘Firefox will’ फिल्डमा, ‘Never remember history’छान्नुहोस्
03:45 यो बिकल्प सुचारु गर्नुको मतलब तपाइको पुराना ब्राउजिंगहरु तपाइको कम्प्युटरमा रहदैन
03:53 यदि हामीले ‘Clear all current history’ मा क्लिक गर्यौ भने तपाइको कम्प्युटरको सबै पुराना ब्राउजिंग गतिबिधि मेटिनेछ
04:01 लोकेसन बार तलतिर जादाँ
04:04 ‘When using the location bar, suggest:’ फिल्डमा हामी ड्रपडाउन मेनु क्लिक गरि ‘Nothing’छान्छौँ
04:11 यसो गरेपछि तपाईले नयाँ URL एड्रेसबारमा इन्टर गर्दा सल्लाह हरु देखाइने छैन
04:19 डायलग बक्स बन्द गर्न क्लोजमा क्लिक गर्नुहोस
04:23 तपाइको गोपनियता अब पुरै सुरक्षित छ
04:26 सेक्युरिटी प्यानलमा तपाइको वेब ब्राउजिंगलाई सुरक्षित बनाउने प्राथमिकता रहेका छन
04:32 Sync प्यानलले तपाइको “Firefox Sync” एकाउन्ट बनाउन र ब्यबस्थित गर्न दिन्छ
04:36 Firefox Sync ले बिभिन्न यन्त्रहरुमा हाम्रो पुराना गतिबिधि, बुकमार्क र पासवर्ड प्रयोग गर्न दिन्छ
04:45 एडभान्स्ड प्यानल सेटिंगमा केहि महत्वपूर्ण फायरफक्स सेटिंग रहेका छन
04:49 यसमा ब्राउजिंग र सिस्टमको डिफल्ट सेटिंग रहेको छ जसले फायरफक्सको गतिबिधि नियन्त्रण गर्छ
04:57 हामी नेटवर्क बिकल्प प्रयोग गरि फायरफक्सले इन्टरनेट संग जोडिने तरिका पनि बदल्न सक्छौं
05:03 नेटवर्क ट्याबमा कनेक्सन भित्र सेटिंग बटनमा क्लिक गर्नुहोस
05:09 यी ओपन अप कनेक्सन सेटिंग डायलग बक्स हुन्
05:11 यहाँ तपाई Proxies मिलाउन सक्नुहुन्छ
05:15 प्रोक्सिसहरु कार्य सुधार गर्न र अझ सुरक्षा पाउन प्रयोग गरिन्छ
05:21 डिफल्टमा, ‘Use system proxy settings’ रेडियो बटन छानिएको छ
05:26 यो विकल्पले तपाइको अपरेटिंग सिस्टमको लागि बनाईएको सेटिंग प्रयोग गर्छ
05:31 प्रोक्सी सेटिंग आफै मिलाउन,Manual proxy configuration रेडियो बटनमा क्लिक गर्नुहोस
05:38 तपाई यहाँ यी फिल्डहरुमा प्रोक्सी सेटिंग इन्टर गर्न सक्नुहुन्छ
05:42 कनेक्सन सेटिंग डायलग बक्स बन्द गर्न क्लोज बटनमा क्लिक गर्नुहोस
05:49 फेरी क्लोज बटन क्लिक गरि प्रेफेरेंसेस वा अप्सन्स डायलग बक्स बन्द गर्नुहोस
05:55 तपाइको सेटिंग आफै सेभ हुनेछ
05:58 अन्त्यमा, हामीAdvanced प्यानलमा रहेको अपडेट ट्याब प्रयोग गरि फायरफक्स अपडेट गर्न सक्छौं
06:05 हामी यस ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
06:08 यो ट्युटोरीअलमा हामीले कसरी सामान्य प्राथमिकता र गोपनियताको प्राथमिकता सेट गर्ने सिक्यौं
06:15 यो बोध कार्य गर्नुहोस
06:19 एउटा नयाँ ब्राउजर विन्डो खोल्नुहोस्
06:21 तपाइको होमपेजलाई ‘spoken-tutorial.org’मा बदल्नुहोस
06:28 डिफल्ट डाउनलोड स्थानलाई ‘Home Folder’मा बदल्नुहोस र
06:30 तपाइको ‘When using the location bar, suggest:’ लाई History र Bookmarksसेटिंगमा बदल्नुहोस
06:38 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What is a Spoken Tutorial
06:41 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ
06:45 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
06:48 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम,
06:50 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
06:54 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:58 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
07:04 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
07:07 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
07:12 यस मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Introमा उपलब्ध रहेको छ
07:27 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble