Firefox/C2/Introduction/Nepali
From Script | Spoken-Tutorial
Revision as of 12:05, 11 July 2014 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:00 | मोजिल्ला फायरफक्सको परिचयात्मक स्पोकन टिउटोरियलमा स्वागत छ |
00:05 | यो टिउटोरियलमा निम्न शीर्षक हेरिने छ : |
00:10 | मोजिल्ला फायरफक्स के हो त? |
00:12 | किन फायरफक्स? |
00:14 | फायरफक्सको संस्करण, सिस्टमको आवश्यकता,डाउनलोड र इन्स्टलको लागि वेबसाइटमा हेर्नुहोला |
00:21 | मोजिल्ला फायरफक्स एउटा खुला श्रोत वेब ब्राउजर हो |
00:27 | यो उबुन्टु लिनक्सको डिफल्ट वेब ब्राउजर हो जसले इन्टरनेटको लागि विन्डोको काम गर्छ |
00:33 | यसले इन्टरनेट वेबपेजहरु हेर्न र वेबपेजहरुमा आउन-जान दिन्छ |
00:39 | यसले गुगल,याहु सर्च वा बिंग जस्ता ईन्जिन प्रयोग गरी वेबपेजहरु खोज्न दिन्छ |
00:47 | फायरफक्स, मोजिल्ला फाउन्डेसन नामक नाफा नलिने संस्थाका स्वयंसेवक प्रोग्रामरहरुले विकास गरेका हुन |
00:54 | मोजिल्ला सम्बन्धि विस्तृत जानकारीको लागि mozilla.org हेर्नुहोस् |
00:59 | फायरफक्सले विन्डोज,म्याक OSX, र लिनक्स अपरेटिंग सिस्टम सबैमा काम गर्छ |
01:05 | उबुन्टुमा केहि चर्चित वेब ब्राउजरहरु Konqueror, Google Chrome र Operaआदि हुन् |
01:12 | यो ट्युटोरीअल, हामी उबुन्टुमा १०.०४मा फायरफक्स ७.० संस्करण प्रयोग गर्नेछौं |
01:20 | फायरफक्सले गति, गोपनियता र नयाँ प्रबिधि सहित ब्राउजिंग राम्रो बनाउछ |
01:27 | यसमा बिभिन्न विशेषता जस्तै tabbed windows,built-in spell checking,pop-up blocker,integrated web search,Phishing protection आदि छन |
01:39 | फायरफक्सले छिटो ग्राफिक्स रेंडर र छिटो पेज लोडिंग गरि वेब ब्राउजिंग छिटो बनाउछ |
01:45 | यसमा नक्कली वेबसाइट, स्पाइवेर र भाइरस, ट्रोजन आदिको बिरुद्ध विभिन्न सुरक्षा र गोपनीयताको बिकल्पहरु छन |
01:56 | यसले add-ons र हजारौं सजिलै राख्न सकिने र युजरहरुले बनाएका थिमहरु प्रयोग गरी कस्टमाईजेसन गर्नदिन्छ |
02:06 | Linux OS जस्तै -Fedora, Ubuntu,Red Hat,Debian र SUSE मा Firefox चलाउनका लागि चाहिने सिस्टम आवश्यकताहरू यस्ता छन् |
02:16 | तपाईंलाई Ubuntu १०.०४मा Firefox चलाउन निम्नलिखित लाईब्रेरीहरु वा प्याकेजहरु आवश्यक पर्नेछ |
02:24 | GTK+ 2.10 वा माथिको |
02:29 | GLib 2.12 वा माथिको |
02:32 | libstdc++ 4.3 वा माथिको |
02:37 | Pango 1.14 वा माथिको |
02:40 | X.Org 1.7वा माथिको |
02:44 | र आवश्यक हार्डवेयर Pentium 4 वा माथि 512MB RAM, 200MB, hard drive को खाली ठाउँ |
02:55 | सिस्टमको आवश्यकता सम्बन्धि पुर्ण जानकारीको लागि स्क्रिनमा देखाइएको Firefox को वेबसाईटमा हेर्नुहोस् |
03:32 | अब स्क्रिनमा देखाइएको अफिसियल वेबसाईट mozilla.com बाट Mozilla Firefox डाउनलोड गरि ईन्सटल गरौं । |
03:11 | यहाँ हामी Firefox को सबैभन्दा नयाँ संस्करण सधैं पाउँन सक्छौं । |
03:15 | अथवा हामी हरियो एरिया मुनिको ‘All Systems and Languages” लिन्कमा क्लिक गरी अरु विकल्प हेर्न सक्छौं । |
03:23 | याद गर्नुहोस् कि Mozilla ले Firefox ७० वटा भाषाहरुमा दिन्छ । |
03:28 | यहाँ हामी हिन्दी वा बङ्गाली जस्ता स्थानिय संस्करण डाउनलोड गर्नसक्छौं |
03:33 | हामी विभिन्न आइकनमा क्लिक गरी Windows, Mac वा Linux जस्ता अपरेटिङ सिस्टम छान्न सक्छौं |
03:42 | Ubuntu Linux मा पहिले फाईल सेभ गर्न ठाउँ छान्नुहोस्। (डिफ्ल्टले तपाईंको होम फोल्डरमा डाउनलोडस् directory चुनिनेछ) |
03:51 | अब तपाईं “Save File” अप्सन छानी पप्अप विन्डोमा देखिको “Ok” बटनमा क्लिक गर्न सक्नुहुन्छ |
03:58 | यसले Home directory भित्र Downloads directory मा Firefox आर्काईभमा लाई सेभ गरिदिन्छ |
04:06 | Terminal विन्डो खोलेर कमान्ड :cd ~/Downloads टाईप गरी आफ्नो Downloads directory मा जानुहोस् |
04:17 | अब इन्टर कि थिच्नुहोस् |
04:19 | tar xjf firefox-7.0.1.tar.bz2 कमान्ड टाईप गरी डाउनलोडेड् फाईलको सामग्रीहरू निकाल्नुहोस् |
04:35 | अब इन्टर कि थिच्नुहोस् |
04:38 | यसले Firefox 7.0 को चाहिने फाईलहरुलाई निकाल्न थाल्छ |
04:44 | Terminal विन्डोमा cd firefox कमान्ड टाईप गरी Firefox directory मा जानुहोस् |
04:52 | अब इन्टर कि थिच्नुहोस् |
04:54 | यसले तपाईंलाई Firefox directory मा लिएर जान्छ |
04:58 | Firefox ब्राउजर छोड्नुको लागि ./firefox कमान्ड टाईप गरी इन्टर कि थिच्नुहोला । |
05:06 | विकल्पमा, जब तपाईंको करेन्ट directory home directory हुदैन दिएको कमान्ड प्रयोग गरी Firefox शुरु गर्न सक्नुहुन्छ |
05:15 | तबसम्म Downloads/firefox/firefox |
05:21 | हामी डिफल्ट होमपेज कसरी निर्धारण गर्ने भनि पछि हेर्नेछौं |
05:25 | उदहारणको लागि हामी Rediff.com को वेबसाइट जाउँ जहा नयाँ जानकारी र समाचारहरु हुन्छन् |
05:33 | मेनु बार तल भएको Address bar मा www.rediff.com टाईप गर्नुहोस् |
05:40 | Rediff.com वेबसाइटको होमपेजमा उपलब्ध सामग्री देखाईएको छ |
05:47 | अब, यो पेजबाट हामी विभिन्न लिन्कहरुमा जाँदै ती पेजहरुमा भएको सामग्री हेर्न सक्छौं |
05:53 | Headlines tab मुनिको पहिलो link लाई हामी क्लिक गरौं |
05:58 | यसरी हामी Firefox प्रयोग गरी वेबसाईटहरुमा गएर विभिन्न पेजहरुमा जान सक्छौं |
06:05 | पछिको टिउटोरियलहरुमा, हामी Firefox interface र अरु विभिन्न विशेषताहरुको बारेमा धेरै सिक्नेछौं |
06:12 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
06:16 | यसले स्पोकन टिउटोरियल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ |
06:19 | यदि तपाईंसंग राम्रो ब्याडविथ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
06:24 | स्पोकन टिउटोरियल प्रोजेक्ट टीम, स्पोकन टिउटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
06:29 | अनलाईल टेस्ट पास गर्नेलाई प्रमाणपत्रहरू प्रदान गर्छ |
06:33 | बिस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
06:39 | स्पोकन टिउटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको भाग हो |
06:44 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको हो |
06:51 | यस मिशन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा पाउन सकिन्छ |
07:02 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद |