Blender/C2/Types-of-Windows-Properties-Part-1/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:05 | ब्लेंडर ट्युटोरीअल हरुको शृंखला मा स्वागत छ |
00:09 | यो ट्युटोरीअल ब्लेंडर २.५९ विन्डो प्रोपर्टीजको बारेमा रहेको छ |
00:16 | यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ |
00:29 | यो ट्युटोरीअल हेरेपछि, तपाई प्रोपर्टीज विन्डो के हो भनि जान्नुहुनेछ; |
00:35 | प्रोपर्टीज विन्डोमा रेंडर प्यानल के हो; |
00:39 | प्रोपर्टीज विन्डोको रेंडर प्यानलमा रहेका विभिन्न सेटिंगहरु के हुन् |
00:45 | म यो मान्दछु कि तपाइलाई ब्लेंडरको आधारभूत ज्ञान छ |
00:50 | यदि छैन भने हाम्रो पहिलेको – Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला |
00:58 | प्रोपरटिज विन्डो मा विभिन्न प्यानलहरु रहेका हुन्छन, यो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको हुन्छ |
01:08 | प्रोपर्टीज विन्डोको माथि, आइकनहरुको पंक्ति छ |
01:14 | यी आइकन हरुले प्रोपर्टीज मा भएका विभिन्न प्यानल हरुलाई जनाउछ |
01:21 | 'रेंडर, सिन, वर्ल्ड, अब्जेक्ट,आदि |
01:30 | यो प्यानलमा ति सेटिंगहरु रहेका छन जुन ब्लेंडरमा काम गर्दा धेरै उपयोगी हुन्छन |
01:37 | हामीले राम्रोसंग बुझ्न र हेर्न को लागि प्रोपर्टीज विन्डोलाई ठुलो पार्न पर्छ |
01:43 | प्रोपर्टीज विन्डोको बायाँ धारमा लेफ्ट क्लिक गरि त्यसलाई बायाँ तिर सार्नुहोस |
01:52 | अब हामी प्रोपर्टीज विन्डो अझ राम्ररी देख्न सक्छौं |
01:59 | कसरि ब्लेंडर विन्डो ठुलो सानो पर्ने जान्न, हाम्रो ट्युटोरीअल - How to Change Window Types in Blender हेर्नुहोला |
02:12 | Render,प्रोपर्टीज विन्डो को पहिलो प्यानल हो |
02:16 | यो डिफल्टमा हामीले जहिले ब्लेंडर खोले पनि यो ब्लेंडर इन्टरफेसमा देखापर्छ |
02:23 | प्यानलमा रहेका सेटिंगहरु प्रयोग गरि अन्त्यमा आउटपुट एनिमेसन बनाइन्छ |
02:31 | Image एक्टिभ क्यामेरा भ्युको एउटा फ्रेम इमेजलाई रेंडर गर्न पयोग गरिन्छ |
02:39 | image मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्ड सर्टकट को लागि F12 थिच्नुहोस |
02:48 | एक्टिभ क्यामेरा भ्यू एउटा फ्रेम इमेज को रुपमा रेंडर हुन्छ |
02:55 | 3D भ्युमा फर्कन किबोर्डबाट ESC थिच्नुहोस |
03:03 | Animation एउटा पुरै फेमको शृंखलाहरु वा इमेज शृंखला रेंडर गर्न र एउटा मुभी फायल बनाउन प्रयोग गरिन्छ |
03:13 | डिफल्टको टाइमलाइनमा फ्रेम रेन्ज 1 to 250 हुन्छ |
03:22 | Animationमा लेफ्ट क्लिक गर्नुहोस, सबै फ्रेम रेन्जफ्रेम 1 देखि फ्रेम 250 रेंडर भैरहेको छ |
03:39 | रेंडर प्रकृया रोक्न Esc थिच्नुहोस |
03:43 | 3D भ्यू मा फर्कन Esc थिच्नुहोस |
03:48 | रेंडर प्यानलको Displayमा जानुहोस |
03:52 | डिस्प्लेले हामीलाई कसरि स्क्रिनमा रेंडर को प्रगति हेर्ने छान्न सहयोग गर्छ |
03:58 | डिफल्टमा डिस्प्ले इमेज एडिटर मोड मा रहेको छ , म यो देखाउदैछु |
04:05 | एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12थिच्नुहोस |
04:09 | रेंडर डिस्प्ले UV/Image Editor को रुपमा देखापर्छ |
04:15 | 3D भ्यू हरेक पटक हामीले एक्टिभ क्यामेरा भ्यू रेंडर गर्दा UV/Image Editor मा बदल्छ |
04:22 | UV/Image Editor को बारेमा जान्न, हाम्रो Types of windows - UV/Image Editor, ट्युटोरीअल ह्रेनुहोला |
04:31 | 3D भ्युमा फर्कन Esc थिच्नुहोस |
04:36 | रेंडर प्यानलको डिस्प्ले मा गएर इमेज एडिटरमा लेफ्ट क्लिक गर्नुहोस |
04:44 | यो ड्रपडाउन मेनुले रेंडर डिस्प्लेको बिकल्पहरु देखाउछ |
04:51 | select Full Screenमा लेफ्ट क्लिक गर्नुहोस |
04:55 | एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस |
05:01 | अब, पुरै ब्लेंडर स्क्रिन UV/Image एडिटर मा बदल्छ |
05:09 | फुलस्क्रिन रेंडर मोड बाट निस्कन Escथिच्नुहोस र ब्लेंडर वर्कस्पेसमा फर्कनुहोस |
05:16 | रेंडर प्यानलको Displayमा जानुहोस, Full screenमा लेफ्ट क्लिक गर्नुहोस, सुचिबाट New window छान्नुहोस् |
05:28 | एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस |
05:31 | अब, ब्लेंडर वर्कस्पेसमा रेंडर डिस्प्ले नयाँ विन्डो को रुपमा देखापर्छ |
05:39 | तपाइको एनिमेसनको प्रिभ्यु रेंडर गर्दा यो तपाइले अझ उपयोगी पाउनुहुनेछ |
05:44 | यो कसरी गर्ने हामी पछिको ट्युटोरीअल मा हेर्नेछौं |
05:50 | रेंडर डिस्प्ले विन्डो बन्द गर्नुहोस |
05:55 | रेंडर प्यानलको Displayमा जानुहोस, New Windowमा लेफ्ट क्लिक गनुहोस |
06:01 | Image editor modeछान्न लेफ्ट क्लिक गर्नुहोस, डिस्प्ले Image Editor modeमा छ |
06:08 | हामीले हेर्ने अर्को सेटिंग Dimensions हो, यहाँ हामी आउटपुट को आवश्यकता अनुसार विभिन्न रेंडर प्रिसेटहरु मिलाउन सक्छौं |
06:20 | Render Presetsगर्नुहोस, एउटा ड्रप डाउन मेनु देखापर्छ |
06:27 | यहाँ मुख्य रेंडर प्रिसेट को सूची रहेको छ, DVCPRO, HDTV, NTSC, PAL आदि |
06:41 | अहिले हामी यसलाई छोडी Render Dimension सेटिंगमा अघि बढ्छौं |
06:49 | रिजोलुसन रेंडर डिस्प्ले र एक्टिभ क्यामेरा भ्यूको चौडाई र उचाई हो |
06:56 | डिफल्टमा ब्लेंडर २.५९को,रिजोलुसन 1920 by 1080 pixelsहुन्छ |
07:09 | 50% रेंडर रिजोलुसन को प्रतिशत हो |
07:14 | यसको मतलब मुख्य रिजोलुसनको खाली ५०% मात्र रेन्डर हुनेछ, म यो बर्णन गर्नेछु |
07:22 | एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस, यो डिफल्टरेंडर रिजोलुसन हो |
07:29 | यो मुख्य रिजोलुसनको खाली आधा वा ५०% हो |
07:35 | रेंडर डिस्प्ले भ्यू बन्द गर्नुहोस |
07:40 | रेंडर प्यानलको रिजोलुसनको मुनि 50% मा लेफ्ट क्लिक गरि थिची राखी दायाँतिर तान्नुहोस |
07:50 | प्रतिशत अब 100%मा बदलिन्छ, प्रतिशत बदल्ने अर्को तरिका- |
08:00 | 100%ल्व्फ्त क्लिक गर्नुहोस, अब किबोर्डबाट 100 टाइप गर्नुहोस र enter थिच्नुहोस |
08:12 | एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस |
08:18 | यहाँ 1920 by 1080 pixelsको शतप्रतिशत रिजोलुसन रेन्डर भएको छ |
08:27 | रेंडर डिस्प्ले विन्डो बन्द गर्नुहोस, अब, रिजोलुसन 720 by 576 पिक्सलमा बदल्दैछु |
08:38 | 1920मा लेफ्ट क्लिक गर्नुहोस,किबोर्डबाट 720 टाइप गरि enter थिच्नुहोस |
08:49 | फेरी, 1080मा लेफ्ट क्लिक गर्नुहोस,किबोर्डबाट 576 टाइप गरि enter थिच्नुहोस |
09:00 | एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस |
09:07 | यहाँ 720 by 576 pixelsको शतप्रतिशत रिजोलुसन रेन्डर भएको छ |
09:16 | रेंडर डिस्प्ले विन्डो बन्द गर्नुहोस |
09:21 | रेंडर प्यानलको डाइमेन्सन मुनिको Frame rangeमा जानुहोस |
09:26 | Frame Rangeले रेंडर गर्न लायक तपाइको मुभीको लम्बाई दिन्छ |
09:33 | मैले भने जस्तै, डिफल्टमा फ्रेम रेन्ज १ देखि २५०हुन्छ |
09:39 | Start 1मा लेफ्ट क्लिक गरि किबोर्डबाट 0 इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस |
09:51 | यो हाम्रो एनिमेसनको पहिलो फ्रेम हो |
09:57 | End 250मा लेफ्ट क्लिक गर्नुहोस,किबोर्डबाट 100टाइप गरि इन्टर थिच्नुहोस |
10:08 | यो हाम्रो एनिमेसनको अन्तिम फ्रेम हो |
10:16 | अब हामीसंग एनिमेसनको नया फ्रेम रेन्ज छ |
10:22 | 3D भ्युको तल, टाइमलाइनमा जानुहोस, |
10:26 | याद गर्नुहोस कि कसरि टाइमलाइन विन्डो बदलिएको छ किनकि हामीले रेंडर प्यानलको फ्रेम रेन्ज बदलेका छौं |
10:35 | टाइमलाइन विन्डोको बारेमा जान्न, Types of Windows – Timeline ट्युटोरीअल हेर्नुहोला |
10:45 | रेंडर प्यानलको डाइमेन्सन मुनिको Aspect Ratio मा जानुहोस |
10:53 | याद राख्नुहोस कि हामीले रिजोलुसन, aspect ratio पनि बदलेका छौं |
11:01 | फ्रेम रेटले हाम्रो मुभीमा एक सेकन्डमा एनिमेट गर्ने फ्रेमको नम्बर दिन्छ |
11:09 | डिफल्टमा 24 fps वा फ्रेम प्रति सेकन्ड हुन्छ |
11:16 | 24 fps गर्दा एउटा ड्रप-डाउन मेनु देखापर्छ |
11:25 | यसमा एउटा एनिमेसन मुभी बनाउदा प्रयोग गरिने मुख्य frame rates को सूची छ |
11:31 | तपाई आफ्नो आवश्यकता अनुसार कुनै पनि छान्न सक्नुहुन्छ |
11:37 | FPS 24मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 15 टाइप गरि enter थिच्नुहोस |
11:48 | अब, हाम्रो फ्रेम रेट १५ फ्रेम प्रति सेकन्डमा बदलिएको छ |
11:55 | अर्को आउटपुट, तपाइ tmp लेखिएको तेर्सो बार बायाँमा र एउटा file browser आइकन दायाँमा देख्दै हुनुहुन्छ? |
12:07 | यहाँ हामी हाम्रो रेंडर फायलको लागि फोल्डर छान्न सक्छौं |
12:13 | file browser आइकनमा लेफ्ट क्लिक गर्नुहोस |
12:18 | फायल ब्राउजरको बारेमा जान्न, Types of Windows - File Browser and Info Panel ट्युटोरीअल हेर्नुहोला |
12:28 | तपाइको आउटपुट फोल्डर छान्नुहोस्, म My Documents छान्दैछु |
12:35 | Create new directoryमा लेफ्ट क्लिक गर्नुहोस, OUTPUT टाइप गर्नुहोस र enter थिच्नुहोस |
12:46 | फोल्डर खोल्न Output मा लेफ्ट क्लिक गर्नुहोस |
12:51 | Acceptमा लेफ्ट क्लिक गर्नुहोस, अब हाम्रो सबै रेंडर फायलहरु आउटपुट फोल्डर, My Documents मा सेभ हुन्छन |
13:03 | आउटपुट फोल्डर मुनि इमेज फर्म्याट मेनु हुन्छ |
13:08 | यहाँ हामी, हाम्रो इमेज र मुभी फायलहरुको आउटपुट फर्म्याट छान्न सक्छौं |
13:13 | PNGमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ ब्लेंडरमा मान्य सबै फर्म्याटका सूची रहेका छन |
13:20 | हामीसंग इमेज फर्म्याट र मुभी फर्म्याट छन |
13:25 | हामी हाम्रो आवश्यकता अनुसार कुनै पनि छान्न सक्छौं |
13:30 | PNGमुनि ब्लेंडर मा प्रयोग गरिने तिन रंगको मोड छ, BW ग्रेस्केल मोड हो |
13:38 | RGB डिफल्टमा छानिएको हुन्छ, RGB रंगको मोड हो जसले RGB डाटा सहित रेंडर फायल सेभ गर्छ |
13:48 | RGBAले थप अल्फा च्यानल नामक डाटा सहित रेंडर फायल सेभ गर्छ |
13:54 | यसले खाली केहि अल्फा च्यानल रेंडर गर्ने इमेज फर्म्याटमा मात्र काम गर्छ |
14:01 | ल, यो render panelको बारेमा रहेको छ |
14:05 | यो ट्युटोरीअलमा हामीले प्रोपर्टीज विन्डो भित्रको रेंडर प्यानलको बारेमा जानेउ |
14:11 | बाकी प्यानलहरु, अर्को ट्युटोरीअलमा चर्चा गरिनेछ |
14:17 | अब, एउटा नयाँ ब्लेंडर फायल बनाउनुहोस, रेंडर डिस्प्लेल न्यू विन्डोमा बदल्नुहोस |
14:25 | रिजोलुसन, 720 by 576 100%मा बदल्नुहोस, फ्रेम रेन्ज ० देखि १०० सम्म बदल्नुहोस |
14:38 | फ्रेम रेट 15 fpsमा बदल्नुहोस, रेंडर फायलहरुको लागि एउटा आउटपुट फोल्डर बनाउनुहोस |
14:47 | यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ |
14:57 | यो सम्बन्धि थप जानकारी तलका लिंकहरुमा उपलब्ध रहेको छ
oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro |
15:17 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट |
15:19 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
15:23 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ |
15:28 | बिस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस |
15:34 | सहभागिताको लागि धन्यबाद |
15:36 | र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार |