Blender/C2/Types-of-Windows-Properties-Part-1/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:05 ब्लेंडर ट्युटोरीअल हरुको शृंखला मा स्वागत छ
00:09 यो ट्युटोरीअल ब्लेंडर २.५९ विन्डो प्रोपर्टीजको बारेमा रहेको छ
00:16 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
00:29 यो ट्युटोरीअल हेरेपछि, तपाई प्रोपर्टीज विन्डो के हो भनि जान्नुहुनेछ;
00:35 प्रोपर्टीज विन्डोमा रेंडर प्यानल के हो;
00:39 प्रोपर्टीज विन्डोको रेंडर प्यानलमा रहेका विभिन्न सेटिंगहरु के हुन्
00:45 म यो मान्दछु कि तपाइलाई ब्लेंडरको आधारभूत ज्ञान छ
00:50 यदि छैन भने हाम्रो पहिलेको – Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
00:58 प्रोपरटिज विन्डो मा विभिन्न प्यानलहरु रहेका हुन्छन, यो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको हुन्छ
01:08 प्रोपर्टीज विन्डोको माथि, आइकनहरुको पंक्ति छ
01:14 यी आइकन हरुले प्रोपर्टीज मा भएका विभिन्न प्यानल हरुलाई जनाउछ
01:21 'रेंडर, सिन, वर्ल्ड, अब्जेक्ट,आदि
01:30 यो प्यानलमा ति सेटिंगहरु रहेका छन जुन ब्लेंडरमा काम गर्दा धेरै उपयोगी हुन्छन
01:37 हामीले राम्रोसंग बुझ्न र हेर्न को लागि प्रोपर्टीज विन्डोलाई ठुलो पार्न पर्छ
01:43 प्रोपर्टीज विन्डोको बायाँ धारमा लेफ्ट क्लिक गरि त्यसलाई बायाँ तिर सार्नुहोस
01:52 अब हामी प्रोपर्टीज विन्डो अझ राम्ररी देख्न सक्छौं
01:59 कसरि ब्लेंडर विन्डो ठुलो सानो पर्ने जान्न, हाम्रो ट्युटोरीअल - How to Change Window Types in Blender हेर्नुहोला
02:12 Render,प्रोपर्टीज विन्डो को पहिलो प्यानल हो
02:16 यो डिफल्टमा हामीले जहिले ब्लेंडर खोले पनि यो ब्लेंडर इन्टरफेसमा देखापर्छ
02:23 प्यानलमा रहेका सेटिंगहरु प्रयोग गरि अन्त्यमा आउटपुट एनिमेसन बनाइन्छ
02:31 Image एक्टिभ क्यामेरा भ्युको एउटा फ्रेम इमेजलाई रेंडर गर्न पयोग गरिन्छ
02:39 image मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्ड सर्टकट को लागि F12 थिच्नुहोस
02:48 एक्टिभ क्यामेरा भ्यू एउटा फ्रेम इमेज को रुपमा रेंडर हुन्छ
02:55 3D भ्युमा फर्कन किबोर्डबाट ESC थिच्नुहोस
03:03 Animation एउटा पुरै फेमको शृंखलाहरु वा इमेज शृंखला रेंडर गर्न र एउटा मुभी फायल बनाउन प्रयोग गरिन्छ
03:13 डिफल्टको टाइमलाइनमा फ्रेम रेन्ज 1 to 250 हुन्छ
03:22 Animationमा लेफ्ट क्लिक गर्नुहोस, सबै फ्रेम रेन्जफ्रेम 1 देखि फ्रेम 250 रेंडर भैरहेको छ
03:39 रेंडर प्रकृया रोक्न Esc थिच्नुहोस
03:43 3D भ्यू मा फर्कन Esc थिच्नुहोस
03:48 रेंडर प्यानलको Displayमा जानुहोस
03:52 डिस्प्लेले हामीलाई कसरि स्क्रिनमा रेंडर को प्रगति हेर्ने छान्न सहयोग गर्छ
03:58 डिफल्टमा डिस्प्ले इमेज एडिटर मोड मा रहेको छ , म यो देखाउदैछु
04:05 एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12थिच्नुहोस
04:09 रेंडर डिस्प्ले UV/Image Editor को रुपमा देखापर्छ
04:15 3D भ्यू हरेक पटक हामीले एक्टिभ क्यामेरा भ्यू रेंडर गर्दा UV/Image Editor मा बदल्छ
04:22 UV/Image Editor को बारेमा जान्न, हाम्रो Types of windows - UV/Image Editor, ट्युटोरीअल ह्रेनुहोला
04:31 3D भ्युमा फर्कन Esc थिच्नुहोस
04:36 रेंडर प्यानलको डिस्प्ले मा गएर इमेज एडिटरमा लेफ्ट क्लिक गर्नुहोस
04:44 यो ड्रपडाउन मेनुले रेंडर डिस्प्लेको बिकल्पहरु देखाउछ
04:51 select Full Screenमा लेफ्ट क्लिक गर्नुहोस
04:55 एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस
05:01 अब, पुरै ब्लेंडर स्क्रिन UV/Image एडिटर मा बदल्छ
05:09 फुलस्क्रिन रेंडर मोड बाट निस्कन Escथिच्नुहोस र ब्लेंडर वर्कस्पेसमा फर्कनुहोस
05:16 रेंडर प्यानलको Displayमा जानुहोस, Full screenमा लेफ्ट क्लिक गर्नुहोस, सुचिबाट New window छान्नुहोस्
05:28 एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस
05:31 अब, ब्लेंडर वर्कस्पेसमा रेंडर डिस्प्ले नयाँ विन्डो को रुपमा देखापर्छ
05:39 तपाइको एनिमेसनको प्रिभ्यु रेंडर गर्दा यो तपाइले अझ उपयोगी पाउनुहुनेछ
05:44 यो कसरी गर्ने हामी पछिको ट्युटोरीअल मा हेर्नेछौं
05:50 रेंडर डिस्प्ले विन्डो बन्द गर्नुहोस
05:55 रेंडर प्यानलको Displayमा जानुहोस, New Windowमा लेफ्ट क्लिक गनुहोस
06:01 Image editor modeछान्न लेफ्ट क्लिक गर्नुहोस, डिस्प्ले Image Editor modeमा छ
06:08 हामीले हेर्ने अर्को सेटिंग Dimensions हो, यहाँ हामी आउटपुट को आवश्यकता अनुसार विभिन्न रेंडर प्रिसेटहरु मिलाउन सक्छौं
06:20 Render Presetsगर्नुहोस, एउटा ड्रप डाउन मेनु देखापर्छ
06:27 यहाँ मुख्य रेंडर प्रिसेट को सूची रहेको छ, DVCPRO, HDTV, NTSC, PAL आदि
06:41 अहिले हामी यसलाई छोडी Render Dimension सेटिंगमा अघि बढ्छौं
06:49 रिजोलुसन रेंडर डिस्प्ले र एक्टिभ क्यामेरा भ्यूको चौडाई र उचाई हो
06:56 डिफल्टमा ब्लेंडर २.५९को,रिजोलुसन 1920 by 1080 pixelsहुन्छ
07:09 50% रेंडर रिजोलुसन को प्रतिशत हो
07:14 यसको मतलब मुख्य रिजोलुसनको खाली ५०% मात्र रेन्डर हुनेछ, म यो बर्णन गर्नेछु
07:22 एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस, यो डिफल्टरेंडर रिजोलुसन हो
07:29 यो मुख्य रिजोलुसनको खाली आधा वा ५०% हो
07:35 रेंडर डिस्प्ले भ्यू बन्द गर्नुहोस
07:40 रेंडर प्यानलको रिजोलुसनको मुनि 50% मा लेफ्ट क्लिक गरि थिची राखी दायाँतिर तान्नुहोस
07:50 प्रतिशत अब 100%मा बदलिन्छ, प्रतिशत बदल्ने अर्को तरिका-
08:00 100%ल्व्फ्त क्लिक गर्नुहोस, अब किबोर्डबाट 100 टाइप गर्नुहोस र enter थिच्नुहोस
08:12 एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस
08:18 यहाँ 1920 by 1080 pixelsको शतप्रतिशत रिजोलुसन रेन्डर भएको छ
08:27 रेंडर डिस्प्ले विन्डो बन्द गर्नुहोस, अब, रिजोलुसन 720 by 576 पिक्सलमा बदल्दैछु
08:38 1920मा लेफ्ट क्लिक गर्नुहोस,किबोर्डबाट 720 टाइप गरि enter थिच्नुहोस
08:49 फेरी, 1080मा लेफ्ट क्लिक गर्नुहोस,किबोर्डबाट 576 टाइप गरि enter थिच्नुहोस
09:00 एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस
09:07 यहाँ 720 by 576 pixelsको शतप्रतिशत रिजोलुसन रेन्डर भएको छ
09:16 रेंडर डिस्प्ले विन्डो बन्द गर्नुहोस
09:21 रेंडर प्यानलको डाइमेन्सन मुनिको Frame rangeमा जानुहोस
09:26 Frame Rangeले रेंडर गर्न लायक तपाइको मुभीको लम्बाई दिन्छ
09:33 मैले भने जस्तै, डिफल्टमा फ्रेम रेन्ज १ देखि २५०हुन्छ
09:39 Start 1मा लेफ्ट क्लिक गरि किबोर्डबाट 0 इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस
09:51 यो हाम्रो एनिमेसनको पहिलो फ्रेम हो
09:57 End 250मा लेफ्ट क्लिक गर्नुहोस,किबोर्डबाट 100टाइप गरि इन्टर थिच्नुहोस
10:08 यो हाम्रो एनिमेसनको अन्तिम फ्रेम हो
10:16 अब हामीसंग एनिमेसनको नया फ्रेम रेन्ज छ
10:22 3D भ्युको तल, टाइमलाइनमा जानुहोस,
10:26 याद गर्नुहोस कि कसरि टाइमलाइन विन्डो बदलिएको छ किनकि हामीले रेंडर प्यानलको फ्रेम रेन्ज बदलेका छौं
10:35 टाइमलाइन विन्डोको बारेमा जान्न, Types of Windows – Timeline ट्युटोरीअल हेर्नुहोला
10:45 रेंडर प्यानलको डाइमेन्सन मुनिको Aspect Ratio मा जानुहोस
10:53 याद राख्नुहोस कि हामीले रिजोलुसन, aspect ratio पनि बदलेका छौं
11:01 फ्रेम रेटले हाम्रो मुभीमा एक सेकन्डमा एनिमेट गर्ने फ्रेमको नम्बर दिन्छ
11:09 डिफल्टमा 24 fps वा फ्रेम प्रति सेकन्ड हुन्छ
11:16 24 fps गर्दा एउटा ड्रप-डाउन मेनु देखापर्छ
11:25 यसमा एउटा एनिमेसन मुभी बनाउदा प्रयोग गरिने मुख्य frame rates को सूची छ
11:31 तपाई आफ्नो आवश्यकता अनुसार कुनै पनि छान्न सक्नुहुन्छ
11:37 FPS 24मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 15 टाइप गरि enter थिच्नुहोस
11:48 अब, हाम्रो फ्रेम रेट १५ फ्रेम प्रति सेकन्डमा बदलिएको छ
11:55 अर्को आउटपुट, तपाइ tmp लेखिएको तेर्सो बार बायाँमा र एउटा file browser आइकन दायाँमा देख्दै हुनुहुन्छ?
12:07 यहाँ हामी हाम्रो रेंडर फायलको लागि फोल्डर छान्न सक्छौं
12:13 file browser आइकनमा लेफ्ट क्लिक गर्नुहोस
12:18 फायल ब्राउजरको बारेमा जान्न, Types of Windows - File Browser and Info Panel ट्युटोरीअल हेर्नुहोला
12:28 तपाइको आउटपुट फोल्डर छान्नुहोस्, म My Documents छान्दैछु
12:35 Create new directoryमा लेफ्ट क्लिक गर्नुहोस, OUTPUT टाइप गर्नुहोस र enter थिच्नुहोस
12:46 फोल्डर खोल्न Output मा लेफ्ट क्लिक गर्नुहोस
12:51 Acceptमा लेफ्ट क्लिक गर्नुहोस, अब हाम्रो सबै रेंडर फायलहरु आउटपुट फोल्डर, My Documents मा सेभ हुन्छन
13:03 आउटपुट फोल्डर मुनि इमेज फर्म्याट मेनु हुन्छ
13:08 यहाँ हामी, हाम्रो इमेज र मुभी फायलहरुको आउटपुट फर्म्याट छान्न सक्छौं
13:13 PNGमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ ब्लेंडरमा मान्य सबै फर्म्याटका सूची रहेका छन
13:20 हामीसंग इमेज फर्म्याटमुभी फर्म्याट छन
13:25 हामी हाम्रो आवश्यकता अनुसार कुनै पनि छान्न सक्छौं
13:30 PNGमुनि ब्लेंडर मा प्रयोग गरिने तिन रंगको मोड छ, BW ग्रेस्केल मोड हो
13:38 RGB डिफल्टमा छानिएको हुन्छ, RGB रंगको मोड हो जसले RGB डाटा सहित रेंडर फायल सेभ गर्छ
13:48 RGBAले थप अल्फा च्यानल नामक डाटा सहित रेंडर फायल सेभ गर्छ
13:54 यसले खाली केहि अल्फा च्यानल रेंडर गर्ने इमेज फर्म्याटमा मात्र काम गर्छ
14:01 ल, यो render panelको बारेमा रहेको छ
14:05 यो ट्युटोरीअलमा हामीले प्रोपर्टीज विन्डो भित्रको रेंडर प्यानलको बारेमा जानेउ
14:11 बाकी प्यानलहरु, अर्को ट्युटोरीअलमा चर्चा गरिनेछ
14:17 अब, एउटा नयाँ ब्लेंडर फायल बनाउनुहोस, रेंडर डिस्प्लेल न्यू विन्डोमा बदल्नुहोस
14:25 रिजोलुसन, 720 by 576 100%मा बदल्नुहोस, फ्रेम रेन्ज ० देखि १०० सम्म बदल्नुहोस
14:38 फ्रेम रेट 15 fpsमा बदल्नुहोस, रेंडर फायलहरुको लागि एउटा आउटपुट फोल्डर बनाउनुहोस
14:47 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
14:57 यो सम्बन्धि थप जानकारी तलका लिंकहरुमा उपलब्ध रहेको छ

oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro

15:17 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
15:19 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
15:23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ
15:28 बिस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस
15:34 सहभागिताको लागि धन्यबाद
15:36 र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, Ranjana