GIMP/C2/Comics/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:18 | Meet The GIMP स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:21 | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00:27 | सुरुमा म एउटा काम गर्नेछुँ जुन म प्राय उल्लेख गर्न बिर्सन्छु |
00:34 | म सधै एउटा इमेजमा केहि गर्नु पूर्व यसलाई सेभ गर्न बिर्सन्छु |
00:45 | त्यसैले म File, Save as र यसलाई |
01:05 | comic.xcf मा सेभ गर्छु |
01:12 | ‘xcf’ गिम्पको आफ्नो फाइल फर्म्याट हो र यसले सम्पूर्ण लेयर जानकारीहरु फाइलमा राख्छ |
01:22 | गिम्पमा केहि कुरामा पछि काम गर्न चाहनुहुन्छ भने कहिल्यै पनि JPEG वा tif वा त्यस्तै अन्यमा सेभ नगरौं |
01:30 | तपाई त्यहाँ बाट आफुले चाहेको हरेक फर्म्याटमा एक्सपोर्ट गर्न सक्नुहुन्छ तर तपाईले पछि काम गर्न चाहेको कुनै पनि कुरालाई XCF प्रयोग गर्नुहोस |
01:45 | त्यसो भए के गर्ने त? पहिलो कुरो, मैले यो इमेज अलि प्रष्ट पार्नुपर्छ |
01:59 | त्यहाँ दुई समस्याहरु छन्, पहिलो मेरो पछाडीको मान्छे |
02:15 | र दोस्रो यहाँ तल यो अस्तव्यस्त हो |
02:21 | यो मुर्ति यहाँ एकदमै राम्रो सँग राखिएको छ र मलाई लाग्छ यो इमेजको एउटा मुख्य बिन्दु हो |
02:31 | त्यसैले पहिले म यी सामग्रीहरु हटाउने छुँ |
02:36 | ल, म इमेजमा जूम गर्छु र Pen Tool छान्छु |
02:50 | यो Cloning Tool ले राम्रो सँग गरिन्छ र मैले यहाँ बिस्तृत रुपमा काम गर्नुपर्दैन किनभने यी साना बस्तुहरु अन्तिम इमेजमा हराउने छन् |
03:05 | त्यसैले म क्लोन टूल छान्छु र पेनको साइज बदल्छु |
03:13 | अब म Ctrl थिच्छु र एउटा सुरुवातको बिन्दु पाउन क्लिक गर्छु र अब मैले पेन्ट गर्न खाली सुरु गर्नुपर्छ |
03:24 | तर त्यो सुरु गर्नु पहिले म ओभर ले मोडलाई नर्मल मोडमा बदल्छु र ओप्यासिटि 100 मा र अब पेन्ट गर्न सुरु गरौँ |
03:42 | इमेजमा अलि बादल जस्तो देखिन्छ त्यसैले म पेन्ट गर्न अर्को ब्रस छान्छु |
03:57 | र अब म बोर्डरमा जान्छु र पेन्ट गर्छु |
04:37 | त्यसैले मानिस मेटिएको छ |
04:41 | यसले यहाँ अलि अब्यबस्थित बनाउछ |
04:44 | म फूलदानी यहाँ राख्न चाहन्छु तर यहाँ को बस्तु मेट्नुपर्छ |
05:03 | म केहि छिनमा यो फूलदानीको बोर्डरमा काम गर्नेछु |
05:24 | यदि मैले यो इमेज यसरी राखें भने तपाई क्लोनिंगको चिन्हहरु देख्नुहुनेछ तर तिनीहरु म कमिक मोडमा गएपछि हराउने छन् |
05:43 | ल, यहाँ फूलदानी मा केहि काम गरौँ |
06:06 | मलाई लाग्छ मैले यो बिन्दुबाट क्लोन गर्नुपर्छ |
06:26 | यो जूम गर्दा त्यति सहज नदेखिएँ पनि मलाई लाग्छ यसले काम गर्नेछ |
06:34 | कमिक इमेजमा मूलतः तीन खण्डहरु छन् |
06:39 | पहिले त्यहाँ निरंगी काला वा गाढा धब्बाहरु छन्, जसले इमेजको ढाँचा दिन्छ |
06:50 | अनि त्यहाँ फर्म परिभाषित गर्ने लाइनहरु र इमेजमा बस्तुहरु छन् |
06:57 | अनि त्यहाँ रंग छ र हामी ट्युटोरियलमा धब्बाहरु बाट सुरु गर्छौं |
07:04 | र त्यसको लागि |
07:15 | म यो लेयर दोब्बर गर्छु र यसलाई इंक भनौं |
07:25 | म थ्रेसहोल्ड टूल छान्छु र इमेजमा क्लिक गर्छु र इन्फो विन्डोलाई इमेजमा तान्छु |
07:37 | तपाई यहाँ इमेज कालो र सेतो देख्नुहुन्छ |
07:43 | यो टूलले इमेजलाई कालो र सेतोमा विभाजित गर्छ |
07:48 | यदि पिक्सल कुनै समयमा 82 भन्दा उज्यालो भएमा रातो, हरियो र निलोको औसत मानको संयोजन सेतो हुन्छ |
08:02 | र यदि लेभल 82 भन्दा कम भएमा यो कालो हुन्छ |
08:14 | अब हामीले यहाँ हाम्रो पहिलो समस्या पाउछौं |
08:19 | जब म यो स्लाइडर यताउति तान्छु धेरै गाढा इफेक्ट पाउछु |
08:26 | यहाँ यो 129 मान मेरो अनुहारको दाहिने भाग, कुम र मुर्तिको लागि सुहाउँदो हुनेछ |
08:40 | यो यहाँ आँखाको लागि पनि राम्रो देखिनेछ |
08:48 | र यो अर्को आँखाको लागि |
08:53 | अब मैले यो लेयरको लागि बिभिन्न इंक लेयर प्रयोग गर्नुपर्छ |
09:01 | त्यसैले उज्यालो तर्फबाट सुरु गरौँ, यहाँ यो जस्तै र इमेजमा 100% मा फर्कौं |
09:14 | म यहाँ यो दोब्बर पार्छु र थ्रेसहोल्ड टूल छान्छु |
09:29 | तर त्यो भन्दा पहिले मैले माथिको लेयर अदृश्य बनाउनुपर्छ |
09:46 | मलाई लाग्छ यो मान अनुहारको यो भागमा राम्रो देखिन्छ |
09:56 | म यो लेयरको एउटा कपि बनाउदै छुँ र यसलाई देखिने बनाउछु र अब म यो लेयरमा काम गर्दै छुँ |
10:08 | मैले यहाँ मध्यम सामग्रीहरु हेर्नुपर्छ |
10:13 | अनुहारको यो भाग, मलाई लाग्छ यसले एकदमै राम्रो काम गर्छ, त्यसैले म इमेजमा हेर्छु |
10:23 | मुर्ति पनि निखारिएको छ |
10:26 | यहाँ यो इमेज एकदमै प्रष्ट छ र मेरो हात नजिक लाइन अदृश्य छ र यसलाई अप्टिकल इल्युजन भनिन्छ |
10:41 | मलाई लाग्छ यो ठिक छ र यो इमेजमा हुनुपर्छ |
10:49 | अब म थ्रेसहोल्ड टूल छान्छु र लाइन देखिने बनाउछु र केहि प्रस्ट पार्न उज्यालो खण्डहरुमा हेरौ र माथि स्लाइड गरौँ |
11:08 | यो अझ राम्रो देखिन्छ |
11:12 | अब मसँग मेरो इंक लेयरको ३ कपिहरु छन् |
11:17 | पहिलो इंक लाइट |
11:28 | माथिको लेयर इंक डार्क |
11:34 | र बीचको लेयरलाई इंक मात्र भनौं |
11:40 | अब ३ लेयरहरुमा हेरौं र कुन धेरै प्रयोग गर्ने निर्णय गरौ |
11:49 | मलाई लाग्छ इंक लेयर राम्रो बेस हो किनभने यो एकदमै हल्का छ र यो एकदमै गाढा छ |
12:01 | त्यसैले म यो लेयर तल राख्छु र गाढा र हल्का लेयरमा एउटा लेयर मास्क थप्छु |
12:12 | म कालोमा लेयर मास्क थप्छु जुन पूर्ण पारदर्शी छ |
12:18 | ल, यहाँ भएको सबै अदृश्य हुन्छन् |
12:26 | जब म यो हल्का लेयरको लेयर मास्कमा सेतो कोर्छु, यसमा इमेज देखिनेछ |
12:45 | त्यसैले म यहाँ नर्मल मोडमा ओप्यासीटि 100सहित ब्रस छान्छु |
12:55 | मलाई लाग्छ मैले एउटा हार्ड ब्रस प्रयोग गर्नुपर्छ र प्रेसर सेन्सीटिभीटि चाहिँ साइज हुनुपर्छ, जसले गर्दा मैले सतहमा पेन थिच्दा डट ठूलो हुनेछ |
13:20 | मेरो अग्रभूमि रंग सेतो छ |
13:24 | ल सुरु गरौ |
13:28 | मलाई लाग्छ अनुहारको दाहिने भाग अलि उज्यालो हुनुपर्छ |
13:34 | म इमेज जूम गर्न 1 थिच्छु |
13:39 | मलाई लाग्छ ब्रस धेरै सानो छ, त्यसैले म यसलाई अलि ठूलो पार्छु |
13:53 | त्यो राम्रो देखिन्छ |
14:00 | तर सायद यो अलि उज्यालो छ |
14:05 | यो कालो वा सेतो हुनुपर्छ |
14:47 | त्यसैले म ‘X’ की ले रंगहरु बदल्छु र यहाँ पुन यो इमेज माथि पेन्ट गर्छु |
14:57 | तर, मलाई लाग्छ म यसलाई यहाँ छोड्न सक्छु र अर्को लेयर त्यो माथि राख्न सक्छु |
15:14 | अब हामी क्षेत्रहरु हेर्न अझ उत्सुक छौं र संरचनामा पनि, त्यसैले मैले लाइनहरु बिर्सनुपर्छ र यहाँ संरचनामा मात्र ध्यान दिनुपर्छ |
15:30 | यसलाई यसै छोडौं |
15:34 | म सजिलै लेयर थप्न सक्छु र अब म गाढा भागको लागि सेतो रंगले पेन्ट गर्छु |
15:44 | मैले यहाँ केहि देखाउन सक्छु की हेरौं |
15:51 | मलाई लाग्छ यो एकदमै धेरै भयो |
15:56 | म अनुहार अलि गाढा बनाउन चाहन्छु |
16:08 | र कान पनि |
16:19 | र मलाई लाग्छ यो अलि गाढा भयो |
16:31 | यहाँ अझै केहि भाग गाढा बनाउनु पर्नेछ तर म अहिलेलाई यति नै गर्छु, म यसलाई अर्को कदमको लाइनको काम सकिएपछि हेर्नुछु र म यहाँ मिलाउन सक्छु |
16:46 | यो अलि उज्यालो हुनपर्छ |
16:49 | त्यसैले हामी त्यहाँ सम्पादन गर्छौं |
16:53 | यो कदममा मैले केहि लाइनहरु थप्नुपर्छ र यो ब्याकग्राउण्ड लेयर डबल गरेर गर्न सकिन्छ र यसलाई माथि राखेर लाइन्स नाम दिउँ |
17:08 | लाइनहरु बिभिन्न रंगहरु बीचको धार हुन् |
17:15 | त्यसैले म Filters मा जान्छु, edge-detect र यहाँ मसँग Difference of Gaussians edge detect छ |
17:33 | Radius सान्दर्भिक स्लाइडर हो र यदि तपाईले नम्बर घटाउनु भयो भने लाइनहरु मसिनो हुन्छन् |
17:45 | यदि तपाईले नम्बर बढाउनु भयो भने लाइन चौडा हुन्छ र तपाईमा इमेजमा थप विवरण पाउनुहुन्छ |
17:56 | म 10 जति चाहन्छु तर म 30 सम्म जान सक्छु र मैले ठ्याक्कै कहाँ रोक्नुपर्ने निर्णय गर्नुपर्छ |
18:10 | जब म 30 प्रयोग गर्छु मैले धार होइन क्षेत्र पाउँछु तर 12 ले यस्तो दिन्छ |
18:27 | र मलाई लाग्छ म 10 प्रयोग गर्छु |
18:37 | म यो लेयरको मोड मल्टिप्लाई मा बदल्छु र रंगको लागि मैले इमेजमा पछि सेतोलाई घटाउनु पर्छ |
18:50 | अब हामीले अहिले सम्म गरेको काम जाचौं |
18:56 | त्यसैले म लेयर अन र अफ गर्छु र तपाई यहाँ लाइन लेयर अन भएको समयमा केहि प्रष्ट देख्न सक्नुहुन्छ |
19:08 | र अब म डार्क इंक लेयर डी-सेलेक्ट गर्छु र लाइट इंक लेयर राख्छु |
19:20 | मैले मेरो डार्क लेयरमा चाहेको ढाँचा लाइन्स लेयरमा देख्न सकिन्छ |
19:30 | त्यसैले म डार्क इंक लेयर अफ नै छोड्ने छुँ |
19:42 | मलाई लाग्दैन की यहाँ यी लेयरहरु जोड्नु पर्छ |
19:50 | म केहि बदल्न सकूँ भनेर यसलाई यसै छोड्छु र यो अन्तिम इमेज हुनेछ |
20:09 | अर्को कदम मैले पहिले भने अनुसार सेतो च्यानल घटाउने हो र यो लेभल टूलले गर्न सकिन्छ र म लेभल 240 सम्म घटाउछु |
20:28 | मैले यो लेयर अफ गर्दा तपाई मेरो पृष्ठभूमि ग्रे भएको देख्नुहुन्छ र यहाँ केहि रंगको जानकारी छ |
20:40 | इमेजमा रंग पाउन म ब्याकग्राउण्ड लेयर कपि गर्छु र यसलाई Colour नाम दिन्छु, यसलाई माथि राख्छु र लेयर मोड Colour मा बदल्छु |
21:00 | तर यो राम्रो देखिदैन त्यसैले मैले मोड बदल्नुपर्छ |
21:07 | इमेजमा यहाँ थोरै रंग छ |
21:12 | तर म बढि स्याचुरेसन चाहन्छु त्यसैले म पुन ब्याकग्राउण्ड लेयरको कपि बनाउछु र यसलाई Saturation नाम दिन्छु |
21:24 | म लेयर मोड Saturation मा सेट गर्छु |
21:29 | मलाई लाग्छ यो स्याचुरेसनले पहिले नै काम गर्छ र इफेक्ट एकदमै राम्रो छ |
21:38 | त्यहाँ रंग अलि फ्ल्याट हुनुपर्थ्यो र हात कमिक देखिएको छैन |
21:47 | म यो कहाँबाट आयो हेर्छु |
21:51 | ल, म अब यो स्लाइडरमा काम गर्न सक्छु |
21:58 | स्याचुरेसनमा तल जादाँ अलि चौडा हुन्छ र बढि पानी रंगहरु जस्तो देखिन्छ, त्यसैले यो अनौठो इफेक्ट हो |
22:19 | अब म यहाँ लेयरहरु मा काम गर्न सक्छु |
22:26 | ल, म लाइन्स लेयर अफ गर्छु र तपाई यो इफेक्ट लाइन्सको नभएर कलर्स र स्याचुरेसनको भएको देख्नुहुन्छ |
22:39 | यहाँ मसँग अझै लेयर हरु भएको ले म केहि मिलाउन सक्छु |
22:47 | म अनुहार चम्किलो बनाउन चाहन्छु त्यसैले म मेरो इंक लाइट लेयर छान्छु, सेतो अग्रभूमि रंग सहितको एउटा ब्रस छान्छु |
23:12 | म इमेज जूम गर्छु |
23:18 | ब्रसको साइज घटाउ र यसलाई अलिकति स्केल गरौँ र यहाँ म आँखा पेन्ट गर्न सुरु गर्छु |
23:34 | त्यो अलि बढि भयो |
23:50 | यो राम्रो देखिन्छ |
23:54 | अब म यो भागमा पेन्ट गर्छु |
24:00 | यो पनि बढि देखिन्छ |
24:03 | तपाई यहाँ यी क्षेत्रहरु बदलेर इमेजमा गर्न सकिने धेरै हेरफेरहरु कल्पना गर्न सक्नुहुन्छ |
24:47 | यो ठिक छ |
24:51 | तपाई यहाँ धेरै परिवर्तनहरु गर्न सक्नुहुन्छ, मलाई थाहा छैन की म सही छुँ |
25:01 | तर मलाई अहिले सम्मको काम मनपरेको छ |
25:06 | अब हामी थप के गर्न सक्छौं हेरौं |
25:10 | पहिलो कुरो भनेको हामी लाइन्स बाहेक अर्को भिन्न लेयर प्रयोग गर्न सक्छौं |
25:18 | त्यसैले म लाइन्स लेयर अफ गर्छु र एकदमै नौलो रंग पाउछु किनकि मसँग अहिले पुन एउटा सेतो पृष्ठभूमि छ |
25:31 | त्यसैले यहाँ अर्को लेयर थपौं र यसलाई सेतो मा सेट गरौँ र मल्टिप्लाई मोड प्रयोग गरौँ र यसलाई 240 ग्रे ले भरौं |
25:52 | अब मैले मेरो लाइन्स सँग पाएको जस्तै इमेज पाएँ |
25:59 | म तिनीहरुलाई अन गर्छु |
26:03 | यहाँ लाइन्सको जानकारी छ तर त्यहाँ यो कमिक इफेक्ट अझै छ र म के राम्रो छ हेर्न सक्छु |
26:21 | केहि भिन्नै उपाय गरेर हेरौं |
26:30 | म कलर र स्याचुरेसन लेयर डबल गर्छु र तिनीहरुमा केहि काम गर्छु |
26:39 | यहाँ मैले खाली इमेजको विवरणहरु पाउने प्रयास गर्दै छुँ |
26:45 | त्यसैले Filters, Blur र Gaussian blur मा जाउँ |
26:53 | र यहाँ एउटा राम्रो इफेक्ट दिने मान छान्छु |
27:08 | तपाई रंग अझ निखारिएको देख्नुहुन्छ |
27:18 | त्यसैले यो स्याचुरेसन कपि मा पनि गरौँ |
27:24 | Filters, मा जाउँ Guassian Blur दोहोराउँ |
27:29 | र अब मसँग एकदमै फ्ल्याट रंग सहितको फ्ल्याट इमेज छ |
27:36 | त्यसैले मूल रंगमा जान्छु र यहाँ एउटा नौलो इफेक्ट देखिन्छ |
27:44 | यी लेयरहरुलाई saturation blurred र colour blurred नाम दिउँ |
28:04 | यदि मैले ब्लर्ड स्याचुरेसन ब्लर नगरेको कलर मिलाएमा म यहाँ केहि अनौठो रंगहरु पाउछु |
28:16 | यदि यो यहाँ नाकमा नभएको भए मलाई यो ठिक लाग्थ्यो |
28:22 | त्यसैले यसलाई पुन अन गरौँ र मसँग यहाँ यो इफेक्ट छ |
28:29 | तपाई कल्पना गर्न सक्नुहुन्छ यदि मैले ब्लर घटाएमा तपाईले बिस्तृत निखारपन पाउनुहुन्छ |
28:37 | यो वास्तविक क्रिडास्थल हो |
28:40 | यहाँ तपाईसँग धेरै सम्भावनाहरु छन् जस्तै यो कसरी गर्ने, के गर्ने, के सँग टिंकर गर्ने आदि |
28:50 | साच्चै नै यो गर्न रमाइलो हुन्छ |
29:09 | मूल ट्युटोरियलको रचयताले एकदमै राम्रो काम गरेका छन् |
29:24 | मलाई इमेजको दुवै संस्करणहरु त्यति मन परेनन् |
29:31 | मलाई यहाँको संरचना, फूल, मुर्ति र फूलदानी मनपर्यो |
29:40 | मलाई हात नजिकको कामहरु मन परेंन र अनुहारमा यो अझ फ्ल्याट हुनसक्थ्यो |
29:49 | ब्लर्ड मा मलाई अनुहार र हात नजिकको विवरणहरु मनपर्यो तर मलाई फूल मन परेन जुन पुरै ब्लर भएको छ |
30:04 | ल, अब म यी दुई इमेजहरु जोड्न सक्छु र म कलर ब्लर्डबाट सुरु गर्नेछु किनकि मलाई स्याचुरेसन ब्लर्ड भन्दा यो समग्र आकृति मन पर्यो |
30:20 | तर म सम्पूर्ण लेयरहरु अन गर्छु र स्याचुरेसन ब्लर्ड र कलर ब्लर्ड लेयर मास्क थप्छु र म पूर्ण ओप्यासिटिको एउटा ब्ल्याक लेयर मास्क थप्छु |
30:37 | र अब म स्याचुरेसन लेयर मास्कमा काम सुरु गर्नेछु त्यसैले म मेरो अग्रभूमि रंगमा सेतो छान्छु र यहाँ पेन्ट ब्रस छान्छु |
30:51 | अब म पेन्ट गर्न सुरु गर्छु |
30:55 | म खाली इमेजमा थप फ्ल्याट चाहेको खण्डहरुमा पेन्ट गर्छु |
31:04 | यो अलि अनौठो हुनेछ किनकि अहिले मेरो कलर लेयर अन छ |
31:46 | त्यसैले अब म सम्पूर्ण कुरा Shift+ctrl+A थिचेर छान्छु र Ctrl + C ले कपि गर्छु, इमेजमा जाउँ र Ctrl + V थिचौं र यो Floating Selection मा क्लिक गरौँ र Ctrl + H वा एंकर लेयर ले म मेरो कपि पाउछु |
32:20 | तपाई यी लेयर मास्क पनि कपि गर्न सक्नुहुन्छ र मलाई लाग्छ म यो इमेज यहाँ छोड्ने छुँ |
32:32 | मलाई लाग्छ यो एकदमै राम्रो उदाहरण हो, अन्त्यमा म यो स्लाइडरमा काम गर्नेछु |
32:54 | यसको पुनर्कथन गरौँ |
32:57 | पहिले इमेज लेयर कपि गरौँ र थ्रेसहोल्ड टूल ले एउटा inked इमेज बनाऊ |
33:05 | तपाईले कालो वा धेरै गाढा चाहेको क्षेत्रहरु छानौं |
33:10 | अनि पुन बेस इमेज कपि गरौँ र edge detect filter ले एउटा लाइन लेयर बनाऊ अनि लेयर मोडलाई मल्टिप्लाईमा सेट गरौँ |
33:29 | यो लेयरमा तपाई लेभल्स टूलले सेतोलाई ग्रे मा करिब 240 सम्म घटाउनुहुन्छ |
33:42 | हामी पुन बेस इमेज कपि गर्छौं र एउटा कलर लेयर बनाउछौं |
33:49 | कलर मोडलाई कलरमा सेट गर्नुहोस |
33:56 | र अन्त्यमा बेस लेयर अन्तिम पटक कपि गर्नुहोस र एउटा स्याचुरेसन लेयर बनाउनुहोस र यहाँ तपाई लेयर स्याचुरेसनमा सेट गर्न सक्नुहुन्छ र अब तपाई यहाँ बिभिन्न लेयरहरुको ओप्यासीटि वा केहि लेयरहरुमा काम गर्न सक्नुहुन्छ |
34:20 | गरेर हेरौं, परिणाम मिश्रित हुनेछ तर त्यहाँ केहि उत्साहजनक परिणामहरु पनि हुनेछन् |
34:32 | थप जानकारी को लागि http://meetthegimp.org मा जानुहोस् र प्रतिक्रिया पठाउन कृपया info@meetthegimp.org मा लेख्नुहोस् |
34:49 | स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |