GIMP/C2/Comics/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:18 Meet The GIMP स्पोकन ट्युटोरियलमा स्वागत छ
00:21 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:27 सुरुमा म एउटा काम गर्नेछुँ जुन म प्राय उल्लेख गर्न बिर्सन्छु
00:34 म सधै एउटा इमेजमा केहि गर्नु पूर्व यसलाई सेभ गर्न बिर्सन्छु
00:45 त्यसैले म File, Save as र यसलाई
01:05 comic.xcf मा सेभ गर्छु
01:12 ‘xcf’ गिम्पको आफ्नो फाइल फर्म्याट हो र यसले सम्पूर्ण लेयर जानकारीहरु फाइलमा राख्छ
01:22 गिम्पमा केहि कुरामा पछि काम गर्न चाहनुहुन्छ भने कहिल्यै पनि JPEG वा tif वा त्यस्तै अन्यमा सेभ नगरौं
01:30 तपाई त्यहाँ बाट आफुले चाहेको हरेक फर्म्याटमा एक्सपोर्ट गर्न सक्नुहुन्छ तर तपाईले पछि काम गर्न चाहेको कुनै पनि कुरालाई XCF प्रयोग गर्नुहोस
01:45 त्यसो भए के गर्ने त? पहिलो कुरो, मैले यो इमेज अलि प्रष्ट पार्नुपर्छ
01:59 त्यहाँ दुई समस्याहरु छन्, पहिलो मेरो पछाडीको मान्छे
02:15 र दोस्रो यहाँ तल यो अस्तव्यस्त हो
02:21 यो मुर्ति यहाँ एकदमै राम्रो सँग राखिएको छ र मलाई लाग्छ यो इमेजको एउटा मुख्य बिन्दु हो
02:31 त्यसैले पहिले म यी सामग्रीहरु हटाउने छुँ
02:36 ल, म इमेजमा जूम गर्छु र Brush Tool छान्छु
02:50 यो Cloning Tool ले राम्रो सँग गरिन्छ र मैले यहाँ बिस्तृत रुपमा काम गर्नुपर्दैन किनभने यी साना बस्तुहरु अन्तिम इमेजमा हराउने छन्
03:05 त्यसैले म क्लोन टूल छान्छु र Brushको साइज बदल्छु
03:13 अब म Ctrl थिच्छु र एउटा सुरुवातको बिन्दु पाउन क्लिक गर्छु र अब मैले पेन्ट गर्न खाली सुरु गर्नुपर्छ
03:24 तर त्यो सुरु गर्नु पहिले म ओभर ले मोडलाई नर्मल मोडमा बदल्छु र ओप्यासिटि 100 मा र अब पेन्ट गर्न सुरु गरौँ
03:42 इमेजमा अलि बादल जस्तो देखिन्छ त्यसैले म पेन्ट गर्न अर्को ब्रस छान्छु
03:57 र अब म बोर्डरमा जान्छु र पेन्ट गर्छु
04:37 त्यसैले मानिस मेटिएको छ
04:41 यसले यहाँ अलि अब्यबस्थित बनाउछ
04:44 म फूलदानी यहाँ राख्न चाहन्छु तर यहाँ को बस्तु मेट्नुपर्छ
05:03 म केहि छिनमा यो फूलदानीको बोर्डरमा काम गर्नेछु
05:24 यदि मैले यो इमेज यसरी राखें भने तपाई क्लोनिंगको चिन्हहरु देख्नुहुनेछ तर तिनीहरु म कमिक मोडमा गएपछि हराउने छन्
05:43 ल, यहाँ फूलदानी मा केहि काम गरौँ
06:06 मलाई लाग्छ मैले यो बिन्दुबाट क्लोन गर्नुपर्छ
06:26 यो जूम गर्दा त्यति सहज नदेखिएँ पनि मलाई लाग्छ यसले काम गर्नेछ
06:34 कमिक इमेजमा मूलतः तीन खण्डहरु छन्
06:39 पहिले त्यहाँ निरंगी काला वा गाढा धब्बाहरु छन्, जसले इमेजको ढाँचा दिन्छ
06:50 अनि त्यहाँ फर्म परिभाषित गर्ने लाइनहरु र इमेजमा बस्तुहरु छन्
06:57 अनि त्यहाँ रंग छ र हामी ट्युटोरियलमा धब्बाहरु बाट सुरु गर्छौं
07:04 र त्यसको लागि
07:15 म यो लेयर दोब्बर गर्छु र यसलाई इंक भनौं
07:25 म थ्रेसहोल्ड टूल छान्छु र इमेजमा क्लिक गर्छु र इन्फो विन्डोलाई इमेजमा तान्छु
07:37 तपाई यहाँ इमेज कालो र सेतो देख्नुहुन्छ
07:43 यो टूलले इमेजलाई कालो र सेतोमा विभाजित गर्छ
07:48 यदि पिक्सल कुनै समयमा 82 भन्दा उज्यालो भएमा रातो, हरियो र निलोको औसत मानको संयोजन सेतो हुन्छ
08:02 र यदि लेभल 82 भन्दा कम भएमा यो कालो हुन्छ
08:14 अब हामीले यहाँ हाम्रो पहिलो समस्या पाउछौं
08:19 जब म यो स्लाइडर यताउति तान्छु धेरै गाढा इफेक्ट पाउछु
08:26 यहाँ यो 129 मान मेरो अनुहारको दाहिने भाग, कुम र मुर्तिको लागि सुहाउँदो हुनेछ
08:40 यो यहाँ आँखाको लागि पनि राम्रो देखिनेछ
08:48 र यो अर्को आँखाको लागि
08:53 अब मैले यो लेयरको लागि बिभिन्न इंक लेयर प्रयोग गर्नुपर्छ
09:01 त्यसैले उज्यालो तर्फबाट सुरु गरौँ, यहाँ यो जस्तै र इमेजमा 100% मा फर्कौं
09:14 म यहाँ यो दोब्बर पार्छु र थ्रेसहोल्ड टूल छान्छु
09:29 तर त्यो भन्दा पहिले मैले माथिको लेयर अदृश्य बनाउनुपर्छ
09:46 मलाई लाग्छ यो मान अनुहारको यो भागमा राम्रो देखिन्छ
09:56 म यो लेयरको एउटा कपि बनाउदै छुँ र यसलाई देखिने बनाउछु र अब म यो लेयरमा काम गर्दै छुँ
10:08 मैले यहाँ मध्यम सामग्रीहरु हेर्नुपर्छ
10:13 अनुहारको यो भाग, मलाई लाग्छ यसले एकदमै राम्रो काम गर्छ, त्यसैले म इमेजमा हेर्छु
10:23 मुर्ति पनि निखारिएको छ
10:26 यहाँ यो इमेज एकदमै प्रष्ट छ र मेरो हात नजिक लाइन अदृश्य छ र यसलाई अप्टिकल इल्युजन भनिन्छ
10:41 मलाई लाग्छ यो ठिक छ र यो इमेजमा हुनुपर्छ
10:49 अब म थ्रेसहोल्ड टूल छान्छु र लाइन देखिने बनाउछु र केहि प्रस्ट पार्न उज्यालो खण्डहरुमा हेरौ र माथि स्लाइड गरौँ
11:08 यो अझ राम्रो देखिन्छ
11:12 अब मसँग मेरो इंक लेयरको ३ कपिहरु छन्
11:17 पहिलो इंक लाइट
11:28 माथिको लेयर इंक डार्क
11:34 र बीचको लेयरलाई इंक मात्र भनौं
11:40 अब ३ लेयरहरुमा हेरौं र कुन धेरै प्रयोग गर्ने निर्णय गरौ
11:49 मलाई लाग्छ इंक लेयर राम्रो बेस हो किनभने यो एकदमै हल्का छ र यो एकदमै गाढा छ
12:01 त्यसैले म यो लेयर तल राख्छु र गाढा र हल्का लेयरमा एउटा लेयर मास्क थप्छु
12:12 म कालोमा लेयर मास्क थप्छु जुन पूर्ण पारदर्शी छ
12:18 ल, यहाँ भएको सबै अदृश्य हुन्छन्
12:26 जब म यो हल्का लेयरको लेयर मास्कमा सेतो कोर्छु, यसमा इमेज देखिनेछ
12:45 त्यसैले म यहाँ नर्मल मोडमा ओप्यासीटि 100सहित ब्रस छान्छु
12:55 मलाई लाग्छ मैले एउटा हार्ड ब्रस प्रयोग गर्नुपर्छ र प्रेसर सेन्सीटिभीटि चाहिँ साइज हुनुपर्छ, जसले गर्दा मैले सतहमा Brush थिच्दा डट ठूलो हुनेछ
13:20 मेरो अग्रभूमि रंग सेतो छ
13:24 ल सुरु गरौ
13:28 मलाई लाग्छ अनुहारको दाहिने भाग अलि उज्यालो हुनुपर्छ
13:34 म इमेज जूम गर्न 1 थिच्छु
13:39 मलाई लाग्छ ब्रस धेरै सानो छ, त्यसैले म यसलाई अलि ठूलो पार्छु
13:53 त्यो राम्रो देखिन्छ
14:00 तर सायद यो अलि उज्यालो छ
14:05 यो कालो वा सेतो हुनुपर्छ
14:47 त्यसैले म ‘X’ की ले रंगहरु बदल्छु र यहाँ पुन यो इमेज माथि पेन्ट गर्छु
14:57 तर, मलाई लाग्छ म यसलाई यहाँ छोड्न सक्छु र अर्को लेयर त्यो माथि राख्न सक्छु
15:14 अब हामी क्षेत्रहरु हेर्न अझ उत्सुक छौं र संरचनामा पनि, त्यसैले मैले लाइनहरु बिर्सनुपर्छ र यहाँ संरचनामा मात्र ध्यान दिनुपर्छ
15:30 यसलाई यसै छोडौं
15:34 म सजिलै लेयर थप्न सक्छु र अब म गाढा भागको लागि सेतो रंगले पेन्ट गर्छु
15:44 मैले यहाँ केहि देखाउन सक्छु की हेरौं
15:51 मलाई लाग्छ यो एकदमै धेरै भयो
15:56 म अनुहार अलि गाढा बनाउन चाहन्छु
16:08 र कान पनि
16:19 र मलाई लाग्छ यो अलि गाढा भयो
16:31 यहाँ अझै केहि भाग गाढा बनाउनु पर्नेछ तर म अहिलेलाई यति नै गर्छु, म यसलाई अर्को कदमको लाइनको काम सकिएपछि हेर्नुछु र म यहाँ मिलाउन सक्छु
16:46 यो अलि उज्यालो हुनपर्छ
16:49 त्यसैले हामी त्यहाँ सम्पादन गर्छौं
16:53 यो कदममा मैले केहि लाइनहरु थप्नुपर्छ र यो ब्याकग्राउण्ड लेयर डबल गरेर गर्न सकिन्छ र यसलाई माथि राखेर लाइन्स नाम दिउँ
17:08 लाइनहरु बिभिन्न रंगहरु बीचको धार हुन्
17:15 त्यसैले म Filters मा जान्छु, edge-detect र यहाँ मसँग Difference of Gaussians edge detect छ
17:33 Radius सान्दर्भिक स्लाइडर हो र यदि तपाईले नम्बर घटाउनु भयो भने लाइनहरु मसिनो हुन्छन्
17:45 यदि तपाईले नम्बर बढाउनु भयो भने लाइन चौडा हुन्छ र तपाईमा इमेजमा थप विवरण पाउनुहुन्छ
17:56 म 10 जति चाहन्छु तर म 30 सम्म जान सक्छु र मैले ठ्याक्कै कहाँ रोक्नुपर्ने निर्णय गर्नुपर्छ
18:10 जब म 30 प्रयोग गर्छु मैले धार होइन क्षेत्र पाउँछु तर 12 ले यस्तो दिन्छ
18:27 र मलाई लाग्छ म 10 प्रयोग गर्छु
18:37 म यो लेयरको मोड मल्टिप्लाई मा बदल्छु र रंगको लागि मैले इमेजमा पछि सेतोलाई घटाउनु पर्छ
18:50 अब हामीले अहिले सम्म गरेको काम जाचौं
18:56 त्यसैले म लेयर अन र अफ गर्छु र तपाई यहाँ लाइन लेयर अन भएको समयमा केहि प्रष्ट देख्न सक्नुहुन्छ
19:08 र अब म डार्क इंक लेयर डी-सेलेक्ट गर्छु र लाइट इंक लेयर राख्छु
19:20 मैले मेरो डार्क लेयरमा चाहेको ढाँचा लाइन्स लेयरमा देख्न सकिन्छ
19:30 त्यसैले म डार्क इंक लेयर अफ नै छोड्ने छुँ
19:42 मलाई लाग्दैन की यहाँ यी लेयरहरु जोड्नु पर्छ
19:50 म केहि बदल्न सकूँ भनेर यसलाई यसै छोड्छु र यो अन्तिम इमेज हुनेछ
20:09 अर्को कदम मैले पहिले भने अनुसार सेतो च्यानल घटाउने हो र यो लेभल टूलले गर्न सकिन्छ र म लेभल 240 सम्म घटाउछु
20:28 मैले यो लेयर अफ गर्दा तपाई मेरो पृष्ठभूमि ग्रे भएको देख्नुहुन्छ र यहाँ केहि रंगको जानकारी छ
20:40 इमेजमा रंग पाउन म ब्याकग्राउण्ड लेयर कपि गर्छु र यसलाई Colour नाम दिन्छु, यसलाई माथि राख्छु र लेयर मोड Colour मा बदल्छु
21:00 तर यो राम्रो देखिदैन त्यसैले मैले मोड बदल्नुपर्छ
21:07 इमेजमा यहाँ थोरै रंग छ
21:12 तर म बढि स्याचुरेसन चाहन्छु त्यसैले म पुन ब्याकग्राउण्ड लेयरको कपि बनाउछु र यसलाई Saturation नाम दिन्छु
21:24 म लेयर मोड Saturation मा सेट गर्छु
21:29 मलाई लाग्छ यो स्याचुरेसनले पहिले नै काम गर्छ र इफेक्ट एकदमै राम्रो छ
21:38 त्यहाँ रंग अलि फ्ल्याट हुनुपर्थ्यो र हात कमिक देखिएको छैन
21:47 म यो कहाँबाट आयो हेर्छु
21:51 ल, म अब यो स्लाइडरमा काम गर्न सक्छु
21:58 स्याचुरेसनमा तल जादाँ अलि चौडा हुन्छ र बढि पानी रंगहरु जस्तो देखिन्छ, त्यसैले यो अनौठो इफेक्ट हो
22:19 अब म यहाँ लेयरहरु मा काम गर्न सक्छु
22:26 ल, म लाइन्स लेयर अफ गर्छु र तपाई यो इफेक्ट लाइन्सको नभएर कलर्स र स्याचुरेसनको भएको देख्नुहुन्छ
22:39 यहाँ मसँग अझै लेयर हरु भएको ले म केहि मिलाउन सक्छु
22:47 म अनुहार चम्किलो बनाउन चाहन्छु त्यसैले म मेरो इंक लाइट लेयर छान्छु, सेतो अग्रभूमि रंग सहितको एउटा ब्रस छान्छु
23:12 म इमेज जूम गर्छु
23:18 ब्रसको साइज घटाउ र यसलाई अलिकति स्केल गरौँ र यहाँ म आँखा पेन्ट गर्न सुरु गर्छु
23:34 त्यो अलि बढि भयो
23:50 यो राम्रो देखिन्छ
23:54 अब म यो भागमा पेन्ट गर्छु
24:00 यो पनि बढि देखिन्छ
24:03 तपाई यहाँ यी क्षेत्रहरु बदलेर इमेजमा गर्न सकिने धेरै हेरफेरहरु कल्पना गर्न सक्नुहुन्छ
24:47 यो ठिक छ
24:51 तपाई यहाँ धेरै परिवर्तनहरु गर्न सक्नुहुन्छ, मलाई थाहा छैन की म सही छुँ
25:01 तर मलाई अहिले सम्मको काम मनपरेको छ
25:06 अब हामी थप के गर्न सक्छौं हेरौं
25:10 पहिलो कुरो भनेको हामी लाइन्स बाहेक अर्को भिन्न लेयर प्रयोग गर्न सक्छौं
25:18 त्यसैले म लाइन्स लेयर अफ गर्छु र एकदमै नौलो रंग पाउछु किनकि मसँग अहिले पुन एउटा सेतो पृष्ठभूमि छ
25:31 त्यसैले यहाँ अर्को लेयर थपौं र यसलाई सेतो मा सेट गरौँ र मल्टिप्लाई मोड प्रयोग गरौँ र यसलाई 240 ग्रे ले भरौं
25:52 अब मैले मेरो लाइन्स सँग पाएको जस्तै इमेज पाएँ
25:59 म तिनीहरुलाई अन गर्छु
26:03 यहाँ लाइन्सको जानकारी छ तर त्यहाँ यो कमिक इफेक्ट अझै छ र म के राम्रो छ हेर्न सक्छु
26:21 केहि भिन्नै उपाय गरेर हेरौं
26:30 म कलर र स्याचुरेसन लेयर डबल गर्छु र तिनीहरुमा केहि काम गर्छु
26:39 यहाँ मैले खाली इमेजको विवरणहरु पाउने प्रयास गर्दै छुँ
26:45 त्यसैले Filters, Blur र Gaussian blur मा जाउँ
26:53 र यहाँ एउटा राम्रो इफेक्ट दिने मान छान्छु
27:08 तपाई रंग अझ निखारिएको देख्नुहुन्छ
27:18 त्यसैले यो स्याचुरेसन कपि मा पनि गरौँ
27:24 Filters, मा जाउँ Guassian Blur दोहोराउँ
27:29 र अब मसँग एकदमै फ्ल्याट रंग सहितको फ्ल्याट इमेज छ
27:36 त्यसैले मूल रंगमा जान्छु र यहाँ एउटा नौलो इफेक्ट देखिन्छ
27:44 यी लेयरहरुलाई saturation blurred र colour blurred नाम दिउँ
28:04 यदि मैले ब्लर्ड स्याचुरेसन ब्लर नगरेको कलर मिलाएमा म यहाँ केहि अनौठो रंगहरु पाउछु
28:16 यदि यो यहाँ नाकमा नभएको भए मलाई यो ठिक लाग्थ्यो
28:22 त्यसैले यसलाई पुन अन गरौँ र मसँग यहाँ यो इफेक्ट छ
28:29 तपाई कल्पना गर्न सक्नुहुन्छ यदि मैले ब्लर घटाएमा तपाईले बिस्तृत निखारपन पाउनुहुन्छ
28:37 यो वास्तविक क्रिडास्थल हो
28:40 यहाँ तपाईसँग धेरै सम्भावनाहरु छन् जस्तै यो कसरी गर्ने, के गर्ने, के सँग टिंकर गर्ने आदि
28:50 साच्चै नै यो गर्न रमाइलो हुन्छ
29:09 मूल ट्युटोरियलको रचयताले एकदमै राम्रो काम गरेका छन्
29:24 मलाई इमेजको दुवै संस्करणहरु त्यति मन परेनन्
29:31 मलाई यहाँको संरचना, फूल, मुर्ति र फूलदानी मनपर्यो
29:40 मलाई हात नजिकको कामहरु मन परेंन र अनुहारमा यो अझ फ्ल्याट हुनसक्थ्यो
29:49 ब्लर्ड मा मलाई अनुहार र हात नजिकको विवरणहरु मनपर्यो तर मलाई फूल मन परेन जुन पुरै ब्लर भएको छ
30:04 ल, अब म यी दुई इमेजहरु जोड्न सक्छु र म कलर ब्लर्डबाट सुरु गर्नेछु किनकि मलाई स्याचुरेसन ब्लर्ड भन्दा यो समग्र आकृति मन पर्यो
30:20 तर म सम्पूर्ण लेयरहरु अन गर्छु र स्याचुरेसन ब्लर्ड र कलर ब्लर्ड लेयर मास्क थप्छु र म पूर्ण ओप्यासिटिको एउटा ब्ल्याक लेयर मास्क थप्छु
30:37 र अब म स्याचुरेसन लेयर मास्कमा काम सुरु गर्नेछु त्यसैले म मेरो अग्रभूमि रंगमा सेतो छान्छु र यहाँ पेन्ट ब्रस छान्छु
30:51 अब म पेन्ट गर्न सुरु गर्छु
30:55 म खाली इमेजमा थप फ्ल्याट चाहेको खण्डहरुमा पेन्ट गर्छु
31:04 यो अलि अनौठो हुनेछ किनकि अहिले मेरो कलर लेयर अन छ
31:46 त्यसैले अब म सम्पूर्ण कुरा Shift+ctrl+A थिचेर छान्छु र Ctrl + C ले कपि गर्छु, इमेजमा जाउँ र Ctrl + V थिचौं र यो Floating Selection मा क्लिक गरौँ र Ctrl + H वा एंकर लेयर ले म मेरो कपि पाउछु
32:20 तपाई यी लेयर मास्क पनि कपि गर्न सक्नुहुन्छ र मलाई लाग्छ म यो इमेज यहाँ छोड्ने छुँ
32:32 मलाई लाग्छ यो एकदमै राम्रो उदाहरण हो, अन्त्यमा म यो स्लाइडरमा काम गर्नेछु
32:54 यसको पुनर्कथन गरौँ
32:57 पहिले इमेज लेयर कपि गरौँ र थ्रेसहोल्ड टूल ले एउटा inked इमेज बनाऊ
33:05 तपाईले कालो वा धेरै गाढा चाहेको क्षेत्रहरु छानौं
33:10 अनि पुन बेस इमेज कपि गरौँ र edge detect filter ले एउटा लाइन लेयर बनाऊ अनि लेयर मोडलाई मल्टिप्लाईमा सेट गरौँ
33:29 यो लेयरमा तपाई लेभल्स टूलले सेतोलाई ग्रे मा करिब 240 सम्म घटाउनुहुन्छ
33:42 हामी पुन बेस इमेज कपि गर्छौं र एउटा कलर लेयर बनाउछौं
33:49 कलर मोडलाई कलरमा सेट गर्नुहोस
33:56 र अन्त्यमा बेस लेयर अन्तिम पटक कपि गर्नुहोस र एउटा स्याचुरेसन लेयर बनाउनुहोस र यहाँ तपाई लेयर स्याचुरेसनमा सेट गर्न सक्नुहुन्छ र अब तपाई यहाँ बिभिन्न लेयरहरुको ओप्यासीटि वा केहि लेयरहरुमा काम गर्न सक्नुहुन्छ
34:20 गरेर हेरौं, परिणाम मिश्रित हुनेछ तर त्यहाँ केहि उत्साहजनक परिणामहरु पनि हुनेछन्
34:32 थप जानकारी को लागि http://meetthegimp.org मा जानुहोस् र प्रतिक्रिया पठाउन कृपया info@meetthegimp.org मा लेख्नुहोस्
34:49 स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana