GIMP/C2/Two-Minutes-Edit/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00.23 | Meet The GIMP मा स्वागत छ |
| 00.25 | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
| 00.31 | यहाँ, यो इमेजमा के समस्या छ त? |
| 00.35 | यो बोर्डमा के छ भनेर केहि प्रष्ट छैन |
| 00.39 | त्यसैले म यो लेखन यहाँ देखाउन चाहन्छु |
| 00.44 | म आकाश जस्ताको तस्तै राख्न चाहन्छु त्यसैले म यो लेयर दोब्बर बनाउछु र म कर्भ्स टूल छान्छु |
| 00.56 | र इमेजको यो भागमा हेरौं |
| 01.02 | म कर्भलाई हल्का बनाउन माथि तान्छु |
| 01.10 | यो अलि राम्रो देखिन्छ र म यहाँ अलि गाढा पाउन यो पछाडीको बिन्दुलाई अझ तान्दै छुँ |
| 01.19 | मलाई लाग्छ यसले काम गर्नुपर्छ |
| 01.25 | अब म यो साइन बोर्डको लेखन इमेजको तल चाहन्छु |
| 01.32 | त्यसैले म एउटा लेयर मास्क छान्छु र लेयर मास्कलाई कालोले भर्छु |
| 01.43 | अब म मेरो पुरानो इमेजमा फर्कन्छु र एउटा सेतो बोर्डर भएको लेयर मास्कमा काम गरौँ |
| 01.54 | अब म यहाँ पेन्ट टूल छान्नेछुँ |
| 02.00 | र म अग्रभूमि रंग सेतो छान्छु |
| 02.05 | म एउटा ब्रस छान्छु र यसलाई ठूलो पार्छु |
| 02.12 | र अब म लेयर मास्कमा पेन्ट गर्दैछुँ |
| 02.18 | र सायद मैले इमेजमा जुम गर्नुपर्छ |
| 02.25 | यो राम्रो देखिन्छ |
| 02.27 | त्यो राम्रो छ |
| 02.31 | तपाइ मेरो इन्डिकेटर मा थिचेको कीहरु देख्न सक्नुहुन्छ |
| 02.37 | यो अलि राम्रो देखिन्छ |
| 02.40 | अब, म यो लेयर पुन दोब्बर गर्छु र ओभरले मोड छान्छु र पृष्ठभूमि थप राम्रो देखाउन ओप्यासिटि अलि तल सारौँ |
| 03.03 | मलाई लाग्छ यो राम्रो देखिन्छ |
| 03.07 | अब, म यो इमेज सेभ गर्न सक्छु |
| 03.12 | म यहाँ कपिहरुमा काम गर्दैछुँ त्यसैले म सेभ मा क्लिक मात्र गर्न सक्छु वा Ctrl + S थिच्न सक्छु र म यी सबै लेयरहरु सेभ गर्न पनि चाहन्न र म यसलाई Jpeg इमेजको रुपमा सेभ गर्दै छुँ |
| 03.32 | यो इमेजलाई वेबमा अपलोड गर्न यसलाई रिसाइज गर्नुपर्छ, त्यसैले Image मा जाउँ, Scale Image र म यसको चौडाई 600 मा घटाउदै छुँ |
| 03.58 | अब मैले यसलाई अलि तेजिलो पार्नुपर्छ, त्यसैले Filters, Enhance, Sharpen मा जाउँ |
| 04.20 | म इमेजमा कलात्मक इफेक्टहरु चाहन्छु र यहाँ तपाई केहि प्रकाश पनि देख्न सक्नुहुन्छ |
| 04.38 | अब म यसलाई एउटा कपि को रुपमा सेभ गर्दैछुँ |
| 04.44 | म यसलाई small नाम दिन्छु र सेभ गर्छु |
| 04.50 | र मैले यो इमेजमा काम सकेँ |
| 04.53 | तपाईले सम्पादन गर्दा जहिले दुई कुराको याद गर्नुपर्छ |
| 04.58 | पहिलो भनेको इमेजको एउटा खण्डमा परिवर्तन गर्ने र बाँकी यथावत राख्ने हो, अनि त्यो लेयरको कपि बनाउने र त्यसमा परिवर्तनहरु गर्ने र त्यसमा लेयर मास्क राख्ने हो |
| 05.15 | कालोले त्यहाँको सामग्रीहरु छोप्छ भने सेतोले देखाउँछ |
| 05.22 | दोस्रो कुरो, यदि तपाईले यसमा ओभरले मोडमा यसमा दोस्रो लेयर राख्नुभयो भने इमेजमा कन्ट्रास्ट र रंगहरु अझ राम्रो हुनेछन् |
| 05.33 | यी छिटो सम्पादन गर्ने दुई उपायहरु हुन् |
| 05.41 | यो इमेजमा तपाईले कम्तिमा दुई समस्याहरु पाउनुहुनेछ |
| 05.46 | पहिलो मैले यी मानिसहरुको खुट्टा काटेछुँ, त्यो भएको भए राम्रो हुन्थ्यो |
| 05.55 | र दोस्रो समस्या भनेको यी भवनहरु इमेजमा ढल्न लागेको जस्तो देखिन्छन् किनकि मैले क्यामरा माथि फर्काएको थिएँ |
| 06.08 | म पर्सपेक्टिभ टूल छान्छु |
| 06.15 | म डिरेक्सन डाइलगमा corrective backward छान्छु र म प्रिभ्युमा ग्रिड छान्छु |
| 06.23 | म एउटा आउटलाइन वा इमेज छान्न सक्छु तर म ग्रिड छान्छु |
| 06.30 | र जब म इमेजमा क्लिक गर्छु, म त्यति उपयोगी नहुने जानकारी सहितको एउटा इन्फो विन्डो पाउँछु |
| 06.38 | त्यसैले, म यसलाई यहाँबाट हटाउछु र अब मसँग यहाँ ग्रिड छ र मैले गर्नपर्ने भनेको यो ग्रिड लाइनहरु इमेजको यी भर्टिकलहरुमा एलाइन गर्ने हो |
| 06.52 | यी ग्रिडलाइनहरु आउटपुट इमेजमा ठाडो वा तेर्सो हुन्छन् र यो माथिको लाइन इमेजमा माथि हुनेछ |
| 07.02 | त्यसैले म यसलाई यहाँ माथि तान्दैछुँ |
| 07.07 | इमेजको वरिपरी हेर्दा मलाई यो इमेज ठिकै लाग्छ |
| 07.41 | र अब म transform थिच्छु |
| 07.45 | र हामीले यो ट्रांस्फर्म नभएसम्म कुर्नुपर्छ |
| 07.51 | र यो यहाँ छ |
| 07.55 | अब तपाई यहाँ दोस्रो समस्या देख्नुहुन्छ |
| 08.00 | यी जमिनहरु त्यति राम्रो देखिदैनन् |
| 08.03 | त्यसैले मैले यो इमेज क्रप गर्नुपर्छ |
| 08.16 | म मेरो क्रप टूलमा जान्छु |
| 08.19 | र म क्रपमा छेऊको भवन हटाउन चाहन्छु र त्यहाँ यो मात्र राख्न चाहन्छु |
| 08.28 | यो एउटा वर्ग जस्तो देखिन्छ त्यसैले म fixed aspect ratio मा क्लिक गर्छु र यसलाई 1 by 1 बनाउछु |
| 08.40 | अब मसँग वर्ग क्रप छ |
| 08.45 | जसमा मानिसहरु छन् |
| 08.51 | मलाई लाग्छ यो क्रपले काम गर्नुपर्छ |
| 08.56 | यसमा क्लिक गरौँ, र यो यहाँ छ |
| 09.00 | अब म Curves Tool छान्छु |
| 09.04 | त्यसमा अझ कन्ट्रास्ट बढाउन उच्च लाइनहरु अलि माथि तानौं |
| 09.19 | अब यो इमेज पनि तयार भयो |
| 09.24 | यो अर्को इमेज हो |
| 09.27 | अब यो इमेजमा के गर्ने त? |
| 09.37 | म रोटेट टूल छान्छु र 1 थिचेर इमेजमा जुम गर्छु |
| 09.49 | यहाँ, म इमेजको बीचमा रामो ठाडो खण्ड खोज्दैछुँ र डिरेक्सनमा म करेक्टिभ ब्याकवार्ड रोटेसन छान्छु |
| 10.04 | म cubic interpolation छान्छु र प्रिभ्युमा म ग्रिड छान्छु |
| 10.12 | अब म ग्रिडलाइन पाउन इमेजमा क्लिक गर्छु र अब म यी ग्रिडलाइनहरुलाई घरको ठाडो संरचनासँग एलाइन गर्छु |
| 10.24 | र यो भएजस्तो लाग्छ |
| 10.28 | यहाँ मेरो सानो झ्याल खुला छ जसले 2.90 डिग्री देखाउँछ र अन्तिम नतिजाको लागि कुरौं |
| 10.40 | ल भयो |
| 10.44 | यो राम्रो देखिन्छ |
| 10.48 | यहाँ तपाई धेरै विकृतिहरु देख्न सक्नुहुन्छ र मैले तिनीहरु सच्याउनुपर्छ तर म यो इमेज क्रप गर्दैछुँ |
| 11.07 | यो ठिक भयो जस्तो लाग्छ |
| 11.13 | मलाई लाग्छ मैले इमेज सहि तरिकाले रोटेट गरिन |
| 11.23 | अँ, मैले पर्याप्त रोटेट गरेको छैन र मैले सहि ठाउँ छानेको छैन |
| 11.34 | यसलाई फेरि गरौँ |
| 11.39 | म कार्यहरु Ctrl + Z ले अंडू गर्छु |
| 12.00 | म पुन रोटेट टूल छान्छु |
| 12.10 | म पहिले छानेको सेटिंगहरु परिवर्तन गर्दिनँ, र अब म इमेजको केन्द्र यहाँ टिभी टावर मा राख्दै छुँ |
| 12.34 | र अब यसलाई एउटा TV टावरमा एलाइन गरौँ |
| 12.41 | इमेजमा TV टावर मुख्य भाग हो र यदि यो सिधा भएन भने इमेज पनि बांगो देखिन्छ |
| 12.59 | यो राम्रो देखिन्छ |
| 13.01 | र अब म क्रप टूल छान्छु र यसमा थप ठाउँ नराखिकन एउटा क्रप छान्छु |
| 13.26 | अब अन्त्यमा इमेजमा थप कन्ट्रास्ट थप्न कर्भमा काम गरौँ |
| 13.44 | यो भयो, अब मेरो यो इमेजमा काम सकियो |
| 13.50 | यो इमेज पोट्रेट मोडमा हुनुपर्छ त्यसैले मैले यो बदल्नुपर्छ |
| 13.59 | म Image मा जान्छु, Transform, र Rotate 90 degree anti clockwise छानौं |
| 14.08 | अब मेरो इमेज रोटेट भएको छ |
| 14.11 | जब म मेरो इमेज ९० डिग्री रोटेट गर्छु, यसमा गुणस्तरमा सम्झौता गरिएको छैन जुन jpeg इमेजहरुको लागि महत्वपूर्ण छ |
| 14.28 | अब यो इमेजमा अलि कन्ट्रास्ट थपौं र यसो गर्न म कर्भ टूल थप्छु |
| 14.37 | तपाई levels tool वा अन्य पनि प्रयोग गर्न सक्नुहुन्छ तर मलाई कर्भ्स टूल नै सजिलो लाग्छ |
| 14.44 | एउटा ‘S’ कर्भ यसमा राखौं र मलाई लाग्छ यो सकियो, त्यसैले म यो इमेज सेभ गर्छु |
| 14.59 | अब, अर्को इमेज |
| 15.01 | यो सबै एकैपटक तान्न, केहि छिटो सम्पादन गर्न, तपाईलाई आधारभूत टूलहरु चाहिन्छ |
| 15.10 | पहिलो रोटेट टूल |
| 15.13 | करेक्टिभ मोड प्रयोग गरौँ र प्रिभ्युमा ग्रिड र ग्रिडलाई ठाडो वा तेर्सोसँग एलाइन गरौँ |
| 15.24 | अनि लाइनहरु ढल्काउन हामीलाई पर्स्पेक्टिभ टूल छान्नुपर्छ |
| 15.31 | पुन करेक्टिभ मोड प्रयोग गरौँ र ग्रिडलाई यो ठाडो र तेर्सो लाइनहरुसँग एलाइन गरौँ |
| 15.48 | इमेजको कन्ट्रास्ट र चम्किलोपना सहि बनाउन, कर्भ्स टूल छानौं र एउटा ‘S’ कर्भ एप्लाई गरौँ, प्राय अवस्थाहरुमा यो उपयोगी हुन्छ, कुनै अवस्थाहरुमा यदि तपाई अझ सफ्ट इमेज चाहनुनुहुन्छ भने उल्टो ‘S’ कर्भ र तपाई यहाँ बाहिर वास्तविक तुवाँलो देख्न सक्नुहुन्छ |
| 16.23 | र Image, अनि Transform मेनुमा जाउँ जहाँ तपाई इमेज रोटेट गर्न र आउटपुट साइज स्केल गर्न सक्नुहुन्छ |
| 16.37 | अन्तमा, छिटो सम्पादन गर्न filters महत्वपूर्ण हुन्छ |
| 16.43 | Enhance मा जाउँ र Sharpen मा जाउँ |
| 16.47 | धेरै टूलहरु लागु गरेपछि, उदाहरणको लागि rotating वा transformation tool, perspective tool
वा resizing, इमेज राम्रो हुनेछ |
| 17.02 | र sharpening ले तपाई यो पुन गर्न सक्नुहुन्छ |
| 17.08 | तपाई लेयरहरु सँग परिचित हुनुपर्छ |
| 17.15 | पहिले लेयर दोब्बर गरौँ र उदाहरणको लागि ओभरले मोड र अन्य मोडमा के हुन्छ हेरौं |
| 17.26 | त्यहाँ हेर्नुपर्ने धेरै छन्, म तिनीहरुको पछि चर्चा गर्नेछु |
| 17.33 | तपाई मैले प्रत्येक पटक लेयर मोड बदल्दा पूर्ण रुपमा भिन्न इमेज पाउनुहुन्छ |
| 17.41 | र यदि तपाई इमेजको एक भाग मात्र बदल्न चाहनुहुन्छ भने एउटा लेयर मास्क थप्नुहोस र तपाईले देख्न चाहेको इमेजको खण्डलाई सेतोले भरौं |
| 17.58 | र तपाईले देख्न नचाहेको खण्डमा कालो भरौं |
| 18.05 | ग्रे आंशिक रुपमा देखिन्छ र पारदर्शी हुन्छ |
| 18.12 | मलाई लाग्छ यो ट्युटोरियलको लागि यति नै |
| 18.17 | र म तपाईलाई अर्को साता भेट्ने आशा गर्छु, |
| 18.25 | स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार |