GIMP/C2/Two-Minutes-Edit/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:23 Meet The GIMP मा स्वागत छ
00:25 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:31 यहाँ, यो इमेजमा के समस्या छ त?
00:35 यो बोर्डमा के छ भनेर केहि प्रष्ट छैन
00:39 त्यसैले म यो लेखन यहाँ देखाउन चाहन्छु
00:44 म आकाश जस्ताको तस्तै राख्न चाहन्छु त्यसैले म यो लेयर दोब्बर बनाउछु र म कर्भ्स टूल छान्छु
00:56 र इमेजको यो भागमा हेरौं
01:02 म कर्भलाई हल्का बनाउन माथि तान्छु
01:10 यो अलि राम्रो देखिन्छ र म यहाँ अलि गाढा पाउन यो पछाडीको बिन्दुलाई अझ तान्दै छुँ
01:19 मलाई लाग्छ यसले काम गर्नुपर्छ
01:25 अब म यो साइन बोर्डको लेखन इमेजको तल चाहन्छु
01:32 त्यसैले म एउटा लेयर मास्क छान्छु र लेयर मास्कलाई कालोले भर्छु
01:43 अब म मेरो पुरानो इमेजमा फर्कन्छु र एउटा सेतो बोर्डर भएको लेयर मास्कमा काम गरौँ
01:54 अब म यहाँ पेन्ट टूल छान्नेछुँ
02:00 र म अग्रभूमि रंग सेतो छान्छु
02:05 म एउटा ब्रस छान्छु र यसलाई ठूलो पार्छु
02:12 र अब म लेयर मास्कमा पेन्ट गर्दैछुँ
02:18 र सायद मैले इमेजमा जुम गर्नुपर्छ
02:25 यो राम्रो देखिन्छ
02:27 त्यो राम्रो छ
02:31 तपाइ मेरो इन्डिकेटर मा थिचेको कीहरु देख्न सक्नुहुन्छ
02:37 यो अलि राम्रो देखिन्छ
02:40 अब, म यो लेयर पुन दोब्बर गर्छु र ओभरले मोड छान्छु र पृष्ठभूमि थप राम्रो देखाउन ओप्यासिटि अलि तल सारौँ
03:03 मलाई लाग्छ यो राम्रो देखिन्छ
03:07 अब, म यो इमेज सेभ गर्न सक्छु
03:12 म यहाँ कपिहरुमा काम गर्दैछुँ त्यसैले म सेभ मा क्लिक मात्र गर्न सक्छु वा Ctrl + S थिच्न सक्छु र म यी सबै लेयरहरु सेभ गर्न पनि चाहन्न र म यसलाई Jpeg इमेजको रुपमा सेभ गर्दै छुँ
03:32 यो इमेजलाई वेबमा अपलोड गर्न यसलाई रिसाइज गर्नुपर्छ, त्यसैले Image मा जाउँ, Scale Image र म यसको चौडाई 600 मा घटाउदै छुँ
03:58 अब मैले यसलाई अलि तेजिलो पार्नुपर्छ, त्यसैले Filters, Enhance, Sharpen मा जाउँ
04:20 म इमेजमा कलात्मक इफेक्टहरु चाहन्छु र यहाँ तपाई केहि प्रकाश पनि देख्न सक्नुहुन्छ
04:38 अब म यसलाई एउटा कपि को रुपमा सेभ गर्दैछुँ
04:44 म यसलाई small नाम दिन्छु र सेभ गर्छु
04:50 र मैले यो इमेजमा काम सकेँ
04:53 तपाईले सम्पादन गर्दा जहिले दुई कुराको याद गर्नुपर्छ
04:58 पहिलो भनेको इमेजको एउटा खण्डमा परिवर्तन गर्ने र बाँकी यथावत राख्ने हो, अनि त्यो लेयरको कपि बनाउने र त्यसमा परिवर्तनहरु गर्ने र त्यसमा लेयर मास्क राख्ने हो
05:15 कालोले त्यहाँको सामग्रीहरु छोप्छ भने सेतोले देखाउँछ
05:22 दोस्रो कुरो, यदि तपाईले यसमा ओभरले मोडमा यसमा दोस्रो लेयर राख्नुभयो भने इमेजमा कन्ट्रास्ट र रंगहरु अझ राम्रो हुनेछन्
05:33 यी छिटो सम्पादन गर्ने दुई उपायहरु हुन्
05:41 यो इमेजमा तपाईले कम्तिमा दुई समस्याहरु पाउनुहुनेछ
05:46 पहिलो मैले यी मानिसहरुको खुट्टा काटेछुँ, त्यो भएको भए राम्रो हुन्थ्यो
05:55 र दोस्रो समस्या भनेको यी भवनहरु इमेजमा ढल्न लागेको जस्तो देखिन्छन् किनकि मैले क्यामरा माथि फर्काएको थिएँ
06:08 म पर्सपेक्टिभ टूल छान्छु
06:15 म डिरेक्सन डाइलगमा corrective backward छान्छु र म प्रिभ्युमा ग्रिड छान्छु
06:23 म एउटा आउटलाइन वा इमेज छान्न सक्छु तर म ग्रिड छान्छु
06:30 र जब म इमेजमा क्लिक गर्छु, म त्यति उपयोगी नहुने जानकारी सहितको एउटा इन्फो विन्डो पाउँछु
06:38 त्यसैले, म यसलाई यहाँबाट हटाउछु र अब मसँग यहाँ ग्रिड छ र मैले गर्नपर्ने भनेको यो ग्रिड लाइनहरु इमेजको यी भर्टिकलहरुमा एलाइन गर्ने हो
06:52 यी ग्रिडलाइनहरु आउटपुट इमेजमा ठाडो वा तेर्सो हुन्छन् र यो माथिको लाइन इमेजमा माथि हुनेछ
07:02 त्यसैले म यसलाई यहाँ माथि तान्दैछुँ
07:07 इमेजको वरिपरी हेर्दा मलाई यो इमेज ठिकै लाग्छ
07:41 र अब म transform थिच्छु
07:45 र हामीले यो ट्रांस्फर्म नभएसम्म कुर्नुपर्छ
07:51 र यो यहाँ छ
07:55 अब तपाई यहाँ दोस्रो समस्या देख्नुहुन्छ
08:00 यी जमिनहरु त्यति राम्रो देखिदैनन्
08:03 त्यसैले मैले यो इमेज क्रप गर्नुपर्छ
08:16 म मेरो क्रप टूलमा जान्छु
08:19 र म क्रपमा छेऊको भवन हटाउन चाहन्छु र त्यहाँ यो मात्र राख्न चाहन्छु
08:28 यो एउटा वर्ग जस्तो देखिन्छ त्यसैले म fixed aspect ratio मा क्लिक गर्छु र यसलाई 1 by 1 बनाउछु
08:40 अब मसँग वर्ग क्रप छ
08:45 जसमा मानिसहरु छन्
08:51 मलाई लाग्छ यो क्रपले काम गर्नुपर्छ
08:56 यसमा क्लिक गरौँ, र यो यहाँ छ
09:00 अब म Curves Tool छान्छु
09:04 त्यसमा अझ कन्ट्रास्ट बढाउन उच्च लाइनहरु अलि माथि तानौं
09:19 अब यो इमेज पनि तयार भयो
09:24 यो अर्को इमेज हो
09:27 अब यो इमेजमा के गर्ने त?
09:37 म रोटेट टूल छान्छु र 1 थिचेर इमेजमा जुम गर्छु
09:49 यहाँ, म इमेजको बीचमा रामो ठाडो खण्ड खोज्दैछुँ र डिरेक्सनमा म करेक्टिभ ब्याकवार्ड रोटेसन छान्छु
10:04 म cubic interpolation छान्छु र प्रिभ्युमा म ग्रिड छान्छु
10:12 अब म ग्रिडलाइन पाउन इमेजमा क्लिक गर्छु र अब म यी ग्रिडलाइनहरुलाई घरको ठाडो संरचनासँग एलाइन गर्छु
10:24 र यो भएजस्तो लाग्छ
10:28 यहाँ मेरो सानो झ्याल खुला छ जसले 2.90 डिग्री देखाउँछ र अन्तिम नतिजाको लागि कुरौं
10:40 ल भयो
10:44 यो राम्रो देखिन्छ
10:48 यहाँ तपाई धेरै विकृतिहरु देख्न सक्नुहुन्छ र मैले तिनीहरु सच्याउनुपर्छ तर म यो इमेज क्रप गर्दैछुँ
11:07 यो ठिक भयो जस्तो लाग्छ
11:13 मलाई लाग्छ मैले इमेज सहि तरिकाले रोटेट गरिन
11:23 अँ, मैले पर्याप्त रोटेट गरेको छैन र मैले सहि ठाउँ छानेको छैन
11:34 यसलाई फेरि गरौँ
11:39 म कार्यहरु Ctrl + Z ले अंडू गर्छु
12:00 म पुन रोटेट टूल छान्छु
12:10 म पहिले छानेको सेटिंगहरु परिवर्तन गर्दिनँ, र अब म इमेजको केन्द्र यहाँ टिभी टावर मा राख्दै छुँ
12:34 र अब यसलाई एउटा TV टावरमा एलाइन गरौँ
12:41 इमेजमा TV टावर मुख्य भाग हो र यदि यो सिधा भएन भने इमेज पनि बांगो देखिन्छ
12:59 यो राम्रो देखिन्छ
13:01 र अब म क्रप टूल छान्छु र यसमा थप ठाउँ नराखिकन एउटा क्रप छान्छु
13:26 अब अन्त्यमा इमेजमा थप कन्ट्रास्ट थप्न कर्भमा काम गरौँ
13:44 यो भयो, अब मेरो यो इमेजमा काम सकियो
13:50 यो इमेज पोट्रेट मोडमा हुनुपर्छ त्यसैले मैले यो बदल्नुपर्छ
13:59 म Image मा जान्छु, Transform, र Rotate 90 degree anti clockwise छानौं
14:08 अब मेरो इमेज रोटेट भएको छ
14:11 जब म मेरो इमेज ९० डिग्री रोटेट गर्छु, यसमा गुणस्तरमा सम्झौता गरिएको छैन जुन jpeg इमेजहरुको लागि महत्वपूर्ण छ
14:28 अब यो इमेजमा अलि कन्ट्रास्ट थपौं र यसो गर्न म कर्भ टूल थप्छु
14:37 तपाई levels tool वा अन्य पनि प्रयोग गर्न सक्नुहुन्छ तर मलाई कर्भ्स टूल नै सजिलो लाग्छ
14:44 एउटा ‘S’ कर्भ यसमा राखौं र मलाई लाग्छ यो सकियो, त्यसैले म यो इमेज सेभ गर्छु
14:59 अब, अर्को इमेज
15:01 यो सबै एकैपटक तान्न, केहि छिटो सम्पादन गर्न, तपाईलाई आधारभूत टूलहरु चाहिन्छ
15:10 पहिलो रोटेट टूल
15:13 करेक्टिभ मोड प्रयोग गरौँ र प्रिभ्युमा ग्रिड र ग्रिडलाई ठाडो वा तेर्सोसँग एलाइन गरौँ
15:24 अनि लाइनहरु ढल्काउन हामीलाई पर्स्पेक्टिभ टूल छान्नुपर्छ
15:31 पुन करेक्टिभ मोड प्रयोग गरौँ र ग्रिडलाई यो ठाडो र तेर्सो लाइनहरुसँग एलाइन गरौँ
15:48 इमेजको कन्ट्रास्ट र चम्किलोपना सहि बनाउन, कर्भ्स टूल छानौं र एउटा ‘S’ कर्भ एप्लाई गरौँ, प्राय अवस्थाहरुमा यो उपयोगी हुन्छ, कुनै अवस्थाहरुमा यदि तपाई अझ सफ्ट इमेज चाहनुनुहुन्छ भने उल्टो ‘S’ कर्भ र तपाई यहाँ बाहिर वास्तविक तुवाँलो देख्न सक्नुहुन्छ
16:23 र Image, अनि Transform मेनुमा जाउँ जहाँ तपाई इमेज रोटेट गर्न र आउटपुट साइज स्केल गर्न सक्नुहुन्छ
16:37 अन्तमा, छिटो सम्पादन गर्न filters महत्वपूर्ण हुन्छ
16:43 Enhance मा जाउँ र Sharpen मा जाउँ
16:47 धेरै टूलहरु लागु गरेपछि, उदाहरणको लागि rotating वा transformation tool, perspective tool वा resizing, इमेज राम्रो हुनेछ
17:02 र sharpening ले तपाई यो पुन गर्न सक्नुहुन्छ
17:08 तपाई लेयरहरु सँग परिचित हुनुपर्छ
17:15 पहिले लेयर दोब्बर गरौँ र उदाहरणको लागि ओभरले मोड र अन्य मोडमा के हुन्छ हेरौं
17:26 त्यहाँ हेर्नुपर्ने धेरै छन्, म तिनीहरुको पछि चर्चा गर्नेछु
17:33 तपाई मैले प्रत्येक पटक लेयर मोड बदल्दा पूर्ण रुपमा भिन्न इमेज पाउनुहुन्छ
17:41 र यदि तपाई इमेजको एक भाग मात्र बदल्न चाहनुहुन्छ भने एउटा लेयर मास्क थप्नुहोस र तपाईले देख्न चाहेको इमेजको खण्डलाई सेतोले भरौं
17:58 र तपाईले देख्न नचाहेको खण्डमा कालो भरौं
18:05 ग्रे आंशिक रुपमा देखिन्छ र पारदर्शी हुन्छ
18:12 मलाई लाग्छ यो ट्युटोरियलको लागि यति नै
18:17 र म तपाईलाई अर्को साता भेट्ने आशा गर्छु,
18:25 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana