GIMP/C2/Using-Layers-Healing-Cloning-Tools/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:49, 8 May 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.21 Meet The GIMP स्पोकन टुटोरियलमा स्वागत छ
00.25 अघिल्लो टुटोरियलमा मैले यो इमेज छोडेकी थिएँ
00.30 म यो जहाजलाई अलि गाढा बनाउन चाहन्छु
00.34 र यसो गर्न सहि तरिका भनेको लेयरमा काम गर्ने हो
00.40 त्यसैल म पहिले यो जहाज भएको ठाउमा जूम गर्छु
00.52 र म एउटा नयाँ लेयर थप्ने विकल्पमा क्लिक गर्छु र साधारण तरिकाले एउटा नयाँ लेयर थपौं
01.01 म यो लेयरलाई Ship नाम दिन्छु र लेयर फिल टाइपमा transparency छान्छु
01.11 अब अर्को कदम भनेको सबै तीन कलर च्यानलहरुको luminosity घटाउने हो र यसो गर्न मैले मल्टिप्लाई मोड प्रयोग गर्न पर्छ र यो पटक
01.22 म ग्रे रंग अरु रंगहरुसँग गुणा गर्न छान्छु किनभने यसले इमेजमा जहाजलाई अझ गाढा बनाउछ
01.34 कलर सेलेक्सन मोडको अप्सनमा जाउँ र स्लाइडर तलतिर तानी ग्रे रंगको मान तबसम्म घटाऊ जबसम्म उता राम्रो ग्रे रंगको छायाँ देखिदैन
01.52 र अब खाली ग्रे रंग इमेजमा तान्नुहोस र तपाईले एउटा गाढा जहाज सहितको इमेज पाउनुहुनेछ
02.02 लेयर डाइलगमा फर्किदा, म ग्रे रंगको intensity opacity slider को सहयोगले गर्न सक्छु र ग्रे लेयरलाई अन र अफ गरेर पनि गर्न सक्छु
02.18 तर लेयरको असर सबै इमेजमा लागु हुनेछ र म यो असर खाली जहाजको क्षेत्रमा मात्र चाहन्छु
02.28 यसको लागि म लेयर मास्क प्रयोग गर्छु
02.31 लेयर मास्कले कहाँ लेयर देखिनुपर्ने र नदेखिनुपर्ने हो परिभाषित गर्छ
02.38 म ship नामको लेयरमा जान्छु र त्यो लेयरमा राइट क्लिक गर्छु, अनि अप्सन एड लेयर मास्क छान्छु र

Initialize Layer Mask मा ब्ल्याक छान्छु किनकि यसले सबै लेयर लुकाउन मद्दत गर्छ र सेतोले सबै लेयरहरु देखाउन मद्दत गर्छ

02.58 र यी अन्य विकल्पहरु म पछिका टुटोरियलहरुमा वर्णन गर्नेछु, Add मा क्लिक गरौँ
03.08 तपाई देख्न सक्नुहुन्छ लेयरको कुनै असर छैन
03.11 म लेयर अन र अफ गर्न सक्छु तर लेयर मास्क थपेपछि यसको कुनै असर हुदैन
03.18 तर म लेयर मास्क रंगाउन सक्छु र अन्य एडिट टूल प्रयोग गर्न सक्छु
03.24 र जब म पेन्ट गर्छु वा टूलहरु प्रयोग गर्छु, असर इमेजमा देखिनेछ
03.31 लेयरमा पेन्ट गर्न मैले सेतो अग्रभूमिको रंग र कालो पृष्ठभूमिको रंग प्रयोग गर्नेछु
03.41 म ब्रस टूलमा क्लिक गर्नेछु, dialog अप्सन मा जान्छु र वृतमा 19 पिक्सल भएको ब्रस छान्छु
03.54 र म फेरि लेयर डाइलगमा जान्छु र लेयर मास्क छानिएको छ/छैन जाच्नेछु किनभने मैले लेयर हैन लेयर मास्क पेन्ट गर्नुपर्छ
04.06 म तपाईलाई असर देखाउदैछु
04.09 मैले लेयर मोडलाई नर्मल लेयर मोडमा बदलें र तपाईले इमेजको अघिल्लो लेयर नदेखिने भएको देख्नुहुन्छ
04.18 मैले यहाँ एउटा ब्रस छाने र जहाजको भागमा रंगाउन थाल्छु र तपाई ग्रे रंग देख्नुहुन्छ
04.30 अब जब मैले लेयर नै छान्छु र पेन्ट गर्छु, तपाई लेयर सेतो मा रंगेको देख्न सक्नुहुन्छ, ग्रे मा होइन
04.41 मैले लेयर मास्क फेरि छाने र अग्रभूमिको रंग कालो र पृष्ठभूमिको रंग सेतो मा बदल्न ‘x’ कि थिचे
04.51 र सेतो रंगले मेरो लेयर मास्कमा रंगाउन थालें
04.55 र कालो रंगको कारणले इमेज छोपिएको छ
05.04 म नचाहिदा असरहरु खाली ctrl + z मात्र थिचेर मेट्न सक्छु र यहाँ हामी फेरि जहाजको लेयर मास्क पेन्ट गर्न फर्केका छौं
05.14 अब, म पृष्ठभूमिको रंग कालोमा बदल्छु र अग्रभूमिको रंग सेतोमा र जहाजको फर्म भर्न सुरु गर्छु
05.29 मलाई लाग्छ नर्मल मोडमा पेन्ट गर्न अझ सजिलो हुन्छ
05.34 हामीले नर्मल मोडमा पेन्ट गरेपछि ग्रे जहाज पाउछौं, पृष्ठभूमिमा भन्दा Multiply लेयर मोडमा छुट्ट्याउन सक्छौं
05.55 जहाजको धारहरुमा पेन्ट गर्न म ब्रसको साइज घटाउनेछुँ
06.01 तपाई सानो ब्रस तीन बिभिन्न तरिकाले छान्न सक्नुहुन्छ
06.06 पहिलो ब्रसको साइज घटाउन स्केल प्रयोग गर्ने हो
06.12 दोस्रो यहाँ सानो निलो त्रिकोण क्लिक गर्ने र कुनै पनि साइजको ब्रस छान्ने वा तपाई स्क्वार ब्राकेट टाइप गरि यसो गर्न सक्नुहुन्छ
06.27 खुल्ने स्क्वार ब्राकेटले साइज घटाउने छ र बन्द स्क्वार ब्राकेटले ब्रसको साइज बढाउनेछ
06.40 म बिस्तृत रुपको लागि सानो ब्रस प्रयोग गर्न चाहन्छु त्यसैले म खुल्ने ब्राकेट थिच्नेछु
06.47 तर तपाई मैले यहाँ के गर्नुपर्छ सोच्न सक्नुहुन्छ र सबै जहाज रंगाउन तपाई म माथि भरपर्नु पर्दैन
07.00 अब मैले एउटा ग्रे लेयरले सबै जहाज रंगाएकी छुँ
07.05 र मैले बढि पेन्ट गरेको धारको क्षेत्रहरु हेर्नुपर्नेछ
07.11 त्यसैले मैले लेयर मोडलाई मल्टिप्लाई मोडमा बदले र opacity slider अलिकति घटाए
07.19 opacity slider यसरी मिलाउ कि हामीले इमेजमा एउटा गाढा जहाज पाउनेछौं
07.26 र मैले निकै राम्रो काम गरेकी छुँ
07.30 तर म जहाज अगाडिको नदीको सतह देखेर खुशी छैन
07.37 र मैले यसलाई अलि उज्ज्यालो बनाउनु पर्छ
07.42 त्यसैले, मैले x कि थिचेर अग्रभूमिको रंग कालोमा बदल्छु र जहाज अगाडिको नदीको सतहलाई जहाज भन्दा गाढा बनाउन कालो रंग भर्न सुरु गर्छु
08.04 मैले यसको असर यो इमेजमा काम गर्न सकेपछि जाच्नुपर्छ र आवश्यकता अनुसार बदल्न सकिन्छ
08.13 अब मैले गरेको काम हेरौं
08.17 म इमेजमा जूम मोड प्रयोग गरि जूम गर्नेछु र म जहाजलाई अझ गाढा वा उज्ज्यालो खाली opacity slider प्रयोग गरि गर्न सक्छु
08.29 मलाई लाग्छ यो राम्रो देखिन्छ र मैले लेयर मास्क प्रयोग गरेर राम्रो गरेँ
08.38 तर मलाई लाग्छ जहाजको रंग अलि अधेरो देखिएको छ र यो जहाजको लेयर कलर करेक्सन लेयर भन्दा माथि भएकोले हुनसक्छ र तिनीहरु जहाज अगाडी काम गर्दै छन् त्यसैले मैले शिप लेयर कलर करेक्सन लेयर भन्दा तल झारें
08.59 र तपाई बदलाव देख्नुहुन्छ, जहाजको रंग अहिले तटस्थ देखिन्छ
09.06 अब म पुरै इमेजमा हेर्नेछु र सर्टकट कि Shift+ Ctrl +E हो
09.14 र पृष्ठभूमिको रंग, चराहरु र जहाजमा राम्रो सन्तुलन छ, सायद मैले मेरो जहाजको प्रगाढता अलि कम गरेको भए हुन्थ्यो
09.28 र अहिले यो अझ राम्रो देखिन्छ
09.38 मलाई लाग्छ यो उत्कृष्ट छ
09.45 जब मैले गाढा नपारिकन र जहाजको लेयर, चराहरु र जहाज अलि गाढा गरि इमेज तुलना गर्छु, मलाई लाग्छ मैले लेयर मास्क प्रयोग गरि राम्रो काम गरें
10.00 हामी कुनै पनि समय सबै लेयर टूलहरु प्रयोग गरि असरहरु बदल्न सक्छौं
10.08 मैले झन्डै लेयर मास्कमा एउटा तिखो धारसहित बनाएको कुरो बिर्से र जब मैले इमेजमा जूम गर्छु, तपाई देख्न सक्नुहुन्छ यहाँ एउटा गाढा बोर्डर छ, म यसलाई अझ सम्म भएको चाहन्छु
10.27 किनकि यो अलि कृतिम देखिन सक्छ अझ कुइरो देखिएको समयमा
10.36 यसको लागि म एडिट गर्न लेयर मास्क छान्छु र टूलबारबाट फिल्टर छान्छु र ब्लर छान्छु
10.49 ब्लरमा मैले gaussian blur छाने र जहाजको कुनै खण्डमा जाउँ र मैले Horizontal radius को मान 4 मा झारें र ok मा क्लिक गरौँ र लेयर मास्क ब्लर गरौँ र तपाई जहाजको कडा भाग गएको देख्नुहुनेछ र यो अहिले रामो देखिन्छ
11.16 अब म इमेजमा केहि सुधार गर्न तयार छुँ
11.22 जब तपाई इमेजमा हेर्नुहुन्छ, तपाई यो पानीमा थोरै उड देख्न सक्नुहुन्छ र बायाँपट्टि एउटा आधा चरा छ जो धारमा काटिएको छ, म तिनीहरुलाई क्लोन गर्न चाहन्छु
11.40 त्यसैले, म फेरि जूम टूल छान्छु र उडको भएको खण्डमा जूम गर्नेछु र म healing tool प्रयोग गर्ने छुँ
11.51 Healing tool अलि क्लोन टूल जस्तै छ तर यसले यो अवस्थामा यहाँ अझ राम्रो काम गर्छ
12.00 जब मैले healing tool छाने म माउस पोइन्ट सहितको वृत पाउनेछु तर म इमेजमा क्लिक गर्न सक्दिन र त्यहाँ माउस पोइन्टमा फर्बिडन चिन्ह छ
12.12 मैले heal स्रोत नछानेकोले फर्बिडन चिन्ह आएको हो र म यसो कन्ट्रोल र क्लिकले गर्न सक्छु
12.22 मैले एउटा रामो heal स्रोत छान्नुपर्छ र मैले कन्ट्रोल थिचेर क्लिक गर्नुपर्छ र मलाई लाग्छ यो हिल स्रोतको राम्रो ठाउँ हो र अब उड खण्डमा क्लिक गरौँ
12.38 यहाँ एउटा समस्या छ
12.40 र यहाँ समस्या के छ भने म गलत लेयरमा काम गर्दै छुँ
12.45 र मलाई ब्याकग्राउण्ड लेयरमा काम गर्नुपर्छ र म लेयर मास्कमा सम्पादन गर्दै थिए
12.51 अवश्य मैले एउटा ब्याकग्राउण्ड लेयर छान्नुपर्छ र त्यो लेयरको कपि गर्नुपर्छ किनकि म मूल ब्याकग्राउण्ड लेयर बदल्न चाहन्न
13.01 अब हिलिंग टूल हेरौं
13.05 र अब मैले अर्को गल्ति गरें
13.09 मेरो स्रोत यो माथिको ग्रे लेयर हो
13.13 र पक्कै म यो अंडू गर्नेछु र यहाँ नयाँ स्रोत छान्छु र त्यसलाई यहाँ सारौँ र यो गएको छ
13.25 यो खण्डको लागि म यसलाई स्रोत छान्छु र क्लिक गरौँ र तपाई यो गएको देख्नुहुन्छ
13.36 यो इमेजलाई 100% मोडमा हेरौं
13.40 यो अलि राम्रो देखिन्छ, सायद मैले यसलाई अलि ठुलो ब्रसले गरेको भए हुन्थ्यो किनकि यो डटहरु अहिले सम्म छन
13.53 ल फेरि म हिलिंग टूल छान्छु र स्रोत छानी त्यो डटहरुमा क्लिक गर्छु
14.05 मलाई लाग्छ यसले काम गर्यो
14.09 अब मैले यो आधा काटिएको चरा हटाउनु पर्छ
14.15 यसको लागि म यो इमेजमा यहाँ जूम गर्छु र क्लोन टूल छान्छु
14.23 क्लोनिंग टूल हिलिंग टूल जस्तो जटिल छैन र मलाई पनि यसको प्रयोग गर्ने राम्रो अनुभव छैन किनकि यो

GIMP मा नयाँ हो

14.36 त्यसैले मैले सोहि प्रक्रिया अपनाउनुपर्छ जस्तै हिलिंग टूल, यहाँ मैले स्रोतको रुपमा क्लिक गरें, यहाँ चरामा क्लिक गरौँ र मलाई लाग्छ यसले काम गर्छ
14.49 फेरि 100% मा, राम्रो, चरा गएको छ
14.55 मलाई लाग्छ इमेज अहिले तयार भएको छ
15.00 पहिले म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु तर म चाहन्छु म यसलाई एउटा अन्तिम कदमको रुपमा गर्नेछु र यसले अहिले भएको तरिकाले काम गर्छ
15.13 र म यो इमेजलाई यसको पोस्टर प्रिन्ट गर्न दिन चाहन्छु
15.19 र प्रिन्टरले aspect ratio 3:2 प्रयोग गर्छ र यो इमेजको aspect ratio 2:1 छ, त्यसैले मैले अब त्यो बदल्नुपर्छ
15.33 म यो इमेज टूलबारमा रहेको क्यानभास साइजको सहयोगले गर्नेछु
15.40 मैले क्यानभास साइज छाने र इमेजको पिक्सल चौडाई 1868 र उचाई 945 छ र अनुपात निकाल्न म क्यालकुलेटर प्रयोग गर्छु
15.58 ल, म 1868 लाई 3 ले भाग गर्छु र अनि 2 ले गुणा गर्दा 1245 दिन्छ
16.15 मैले यसलाई यहाँ unchain गर्नुपर्छ नत्रभने चौडाई पनि बदलिनेछ र हाइटमा 1245 टाइप गरौँ
16.27 अब इमेज ठिक छ
16.30 यो माथि ठिक्क हुन्छ र तल एउटा सेतो स्ट्रिप देखिन्छ र मैले लेयरहरु रिसाइज गरिन, खाली ok क्लिक गरे र अब मसँग एउटा इमेज छ जसमा तल केहि पनि छैन
16.46 मैले तलको भाग भर्नुपर्छ र त्यसको लागि मैले लेयर फिल टाइप सहितको एउटा नयाँ लेयर छाने र यसलाई सबैभन्दा तलको लेयरको रुपमा प्रयोग गरे
17.06 यो तलको सेतो क्षेत्र पछि हट्नेछ
17.10 तर म यसलाई प्रिन्टर क्ल्यु को रुपमा प्रयोग गर्न सक्छु
17.15 प्रिन्टर एउटा प्रिन्ट इन्जिन र त्यसलाई चलाउने केहि क्ल्यु सहितको एउटा कम्प्युटर हो
17.25 यो इमेज यहाँ अलि ठिक देखिदैन, यो लगभग श्यामस्वेत छ र यसमा धेरै कनट्रास्ट पनि छैन
17.36 म यो इमेज माथि एउटा आयत छान्छु, ब्लेंड टूल छानौं, gradient filled with, gradient लाई कालो बाट सेतो मा छानौं
17.52 र म यो यहाँ gradient ले भर्दै छुँ
17.57 खाली क्लिक गरौ र एउटा रेखा कोरौं र अब म सँग कालो बाट सेतो तिरको पुरै रंगको क्रम छ
18.08 यहाँ मसँग कालो बाट पुरै सेतो भाग छ
18.13 म फेरि एकपटक दोहोराउछु
18.24 यहाँ ब्लेंड टूल छानौं र यो पटक म full saturation नामक बिशेष gradient प्रयोग गर्दैछुँ, यसमा सबै रंगको रेन्ज छ
18.42 र फेरि यो gradient भरौं, अब म सँग प्रिन्टरको लागि हिन्ट छ, कसरी इमेज जोगाउने र यदि कलर अफ छ भने मलाई जहिले पनि यो थाहा हुन्छ की यो रातो हो र यो हरियो हो
19.02 मलाई लाग्छ आजलाई यति नै हो
19.06 थप जानकारीको लागि info@ meet the gimp.org मा सम्पर्क गर्नुहोस् वा meet the gimp.org ब्लगमा प्रतिक्रिया छोड्नुहोस वा tips from the top floor को फोरममा सहभागी हुनुहोस
19.26 तपाइलाई के मनपर्यो, के अझ राम्रो हुनसक्थ्यो र भविष्यमा के हेर्न चाहनुहुन्छ हामीलाई बताउनुहोस
19.33 स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana