GIMP/C2/Using-Layers-Healing-Cloning-Tools/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:21 Meet The GIMP स्पोकन टुटोरियलमा स्वागत छ
00:25 अघिल्लो टुटोरियलमा मैले यो इमेज छोडेकी थिएँ
00:30 म यो जहाजलाई अलि गाढा बनाउन चाहन्छु
00:34 र यसो गर्न सहि तरिका भनेको लेयरमा काम गर्ने हो
00:40 त्यसैल म पहिले यो जहाज भएको ठाउमा जूम गर्छु
00:52 र म एउटा नयाँ लेयर थप्ने विकल्पमा क्लिक गर्छु र साधारण तरिकाले एउटा नयाँ लेयर थपौं
01:01 म यो लेयरलाई Ship नाम दिन्छु र लेयर फिल टाइपमा transparency छान्छु
01:11 अब अर्को कदम भनेको सबै तीन कलर च्यानलहरुको luminosity घटाउने हो र यसो गर्न मैले मल्टिप्लाई मोड प्रयोग गर्न पर्छ र यो पटक
01:22 म ग्रे रंग अरु रंगहरुसँग गुणा गर्न छान्छु किनभने यसले इमेजमा जहाजलाई अझ गाढा बनाउछ
01:34 कलर सेलेक्सन मोडको अप्सनमा जाउँ र स्लाइडर तलतिर तानी ग्रे रंगको मान तबसम्म घटाऊ जबसम्म उता राम्रो ग्रे रंगको छायाँ देखिदैन
01:52 र अब खाली ग्रे रंग इमेजमा तान्नुहोस र तपाईले एउटा गाढा जहाज सहितको इमेज पाउनुहुनेछ
02:02 लेयर डाइलगमा फर्किदा, म ग्रे रंगको इन्टेनसिटि opacity slider को सहयोगले गर्न सक्छु र ग्रे लेयरलाई अन र अफ गरेर पनि गर्न सक्छु
02:18 तर लेयरको असर सबै इमेजमा लागु हुनेछ र म यो असर खाली जहाजको क्षेत्रमा मात्र चाहन्छु
02:28 यसको लागि म लेयर मास्क प्रयोग गर्छु
02:31 लेयर मास्कले कहाँ लेयर देखिनुपर्ने र नदेखिनुपर्ने हो परिभाषित गर्छ
02:38 म ship नामको लेयरमा जान्छु र त्यो लेयरमा राइट क्लिक गर्छु, अनि अप्सन एड लेयर मास्क छान्छु र

Initialize Layer Mask मा ब्ल्याक छान्छु किनकि यसले सबै लेयर लुकाउन मद्दत गर्छ र सेतोले सबै लेयरहरु देखाउन मद्दत गर्छ

02:58 र यी अन्य विकल्पहरु म पछिका टुटोरियलहरुमा वर्णन गर्नेछु, Add मा क्लिक गरौँ
03:08 तपाई देख्न सक्नुहुन्छ लेयरको कुनै असर छैन
03:11 म लेयर अन र अफ गर्न सक्छु तर लेयर मास्क थपेपछि यसको कुनै असर हुदैन
03:18 तर म लेयर मास्क रंगाउन सक्छु र अन्य एडिट टूल प्रयोग गर्न सक्छु
03:24 र जब म पेन्ट गर्छु वा टूलहरु प्रयोग गर्छु, असर इमेजमा देखिनेछ
03:31 लेयरमा पेन्ट गर्न मैले सेतो अग्रभूमिको रंग र कालो पृष्ठभूमिको रंग प्रयोग गर्नेछु
03:41 म ब्रस टूलमा क्लिक गर्नेछु, dialog अप्सन मा जान्छु र वृतमा 19 पिक्सल भएको ब्रस छान्छु
03:54 र म फेरि लेयर डाइलगमा जान्छु र लेयर मास्क छानिएको छ/छैन जाच्नेछु किनभने मैले लेयर हैन लेयर मास्क पेन्ट गर्नुपर्छ
04:06 म तपाईलाई असर देखाउदैछु
04:09 मैले लेयर मोडलाई नर्मल लेयर मोडमा बदलें र तपाईले इमेजको अघिल्लो लेयर नदेखिने भएको देख्नुहुन्छ
04:18 मैले यहाँ एउटा ब्रस छाने र जहाजको भागमा रंगाउन थाल्छु र तपाई ग्रे रंग देख्नुहुन्छ
04:30 अब जब मैले लेयर नै छान्छु र पेन्ट गर्छु, तपाई लेयर सेतो मा रंगेको देख्न सक्नुहुन्छ, ग्रे मा होइन
04:41 मैले लेयर मास्क फेरि छाने र अग्रभूमिको रंग कालो र पृष्ठभूमिको रंग सेतो मा बदल्न ‘x’ कि थिचे
04:51 र सेतो रंगले मेरो लेयर मास्कमा रंगाउन थालें
04:55 र कालो रंगको कारणले इमेज छोपिएको छ
05:04 म नचाहिदा असरहरु खाली ctrl + z मात्र थिचेर मेट्न सक्छु र यहाँ हामी फेरि जहाजको लेयर मास्क पेन्ट गर्न फर्केका छौं
05:14 अब, म पृष्ठभूमिको रंग कालोमा बदल्छु र अग्रभूमिको रंग सेतोमा र जहाजको फर्म भर्न सुरु गर्छु
05:29 मलाई लाग्छ नर्मल मोडमा पेन्ट गर्न अझ सजिलो हुन्छ
05:34 हामीले नर्मल मोडमा पेन्ट गरेपछि ग्रे जहाज पाउछौं, पृष्ठभूमिमा भन्दा Multiply लेयर मोडमा छुट्ट्याउन सक्छौं
05:55 जहाजको धारहरुमा पेन्ट गर्न म ब्रसको साइज घटाउनेछुँ
06:01 तपाई सानो ब्रस तीन बिभिन्न तरिकाले छान्न सक्नुहुन्छ
06:06 पहिलो ब्रसको साइज घटाउन स्केल प्रयोग गर्ने हो
06:12 दोस्रो यहाँ सानो निलो त्रिकोण क्लिक गर्ने र कुनै पनि साइजको ब्रस छान्ने वा तपाई स्क्वार ब्राकेट टाइप गरि यसो गर्न सक्नुहुन्छ
06:27 खुल्ने स्क्वार ब्राकेटले साइज घटाउने छ र बन्द स्क्वार ब्राकेटले ब्रसको साइज बढाउनेछ
06:40 म बिस्तृत रुपको लागि सानो ब्रस प्रयोग गर्न चाहन्छु त्यसैले म खुल्ने ब्राकेट थिच्नेछु
06:47 तर तपाई मैले यहाँ के गर्नुपर्छ सोच्न सक्नुहुन्छ र सबै जहाज रंगाउन तपाई म माथि भरपर्नु पर्दैन
07:00 अब मैले एउटा ग्रे लेयरले सबै जहाज रंगाएकी छुँ
07:05 र मैले बढि पेन्ट गरेको धारको क्षेत्रहरु हेर्नुपर्नेछ
07:11 त्यसैले मैले लेयर मोडलाई मल्टिप्लाई मोडमा बदले र opacity slider अलिकति घटाए
07:19 opacity slider यसरी मिलाउ कि हामीले इमेजमा एउटा गाढा जहाज पाउनेछौं
07:26 र मैले निकै राम्रो काम गरेकी छुँ
07:30 तर म जहाज अगाडिको नदीको सतह देखेर खुशी छैन
07:37 र मैले यसलाई अलि उज्ज्यालो बनाउनु पर्छ
07:42 त्यसैले, मैले x कि थिचेर अग्रभूमिको रंग कालोमा बदल्छु र जहाज अगाडिको नदीको सतहलाई जहाज भन्दा गाढा बनाउन कालो रंग भर्न सुरु गर्छु
08:04 मैले यसको असर यो इमेजमा काम गर्न सकेपछि जाच्नुपर्छ र आवश्यकता अनुसार बदल्न सकिन्छ
08:13 अब मैले गरेको काम हेरौं
08:17 म इमेजमा जूम मोड प्रयोग गरि जूम गर्नेछु र म जहाजलाई अझ गाढा वा उज्ज्यालो खाली opacity slider प्रयोग गरि गर्न सक्छु
08:29 मलाई लाग्छ यो राम्रो देखिन्छ र मैले लेयर मास्क प्रयोग गरेर राम्रो गरेँ
08:38 तर मलाई लाग्छ जहाजको रंग अलि अधेरो देखिएको छ र यो जहाजको लेयर कलर करेक्सन लेयर भन्दा माथि भएकोले हुनसक्छ र तिनीहरु जहाज अगाडी काम गर्दै छन् त्यसैले मैले शिप लेयर कलर करेक्सन लेयर भन्दा तल झारें
08:59 र तपाई बदलाव देख्नुहुन्छ, जहाजको रंग अहिले तटस्थ देखिन्छ
09:06 अब म पुरै इमेजमा हेर्नेछु र सर्टकट कि Shift+ Ctrl +E हो
09:14 र पृष्ठभूमिको रंग, चराहरु र जहाजमा राम्रो सन्तुलन छ, सायद मैले मेरो जहाजको प्रगाढता अलि कम गरेको भए हुन्थ्यो
09:28 र अहिले यो अझ राम्रो देखिन्छ
09:38 मलाई लाग्छ यो उत्कृष्ट छ
09:45 जब मैले गाढा नपारिकन र जहाजको लेयर, चराहरु र जहाज अलि गाढा गरि इमेज तुलना गर्छु, मलाई लाग्छ मैले लेयर मास्क प्रयोग गरि राम्रो काम गरें
10:00 हामी कुनै पनि समय सबै लेयर टूलहरु प्रयोग गरि असरहरु बदल्न सक्छौं
10:08 मैले झन्डै लेयर मास्कमा एउटा तिखो धारसहित बनाएको कुरो बिर्से र जब मैले इमेजमा जूम गर्छु, तपाई देख्न सक्नुहुन्छ यहाँ एउटा गाढा बोर्डर छ, म यसलाई अझ सम्म भएको चाहन्छु
10:27 किनकि यो अलि कृतिम देखिन सक्छ अझ कुइरो देखिएको समयमा
10:36 यसको लागि म एडिट गर्न लेयर मास्क छान्छु र टूलबारबाट फिल्टर छान्छु र ब्लर छान्छु
10:49 ब्लरमा मैले gaussian blur छाने र जहाजको कुनै खण्डमा जाउँ र मैले Horizontal radius को मान 4 मा झारें र ok मा क्लिक गरौँ र लेयर मास्क ब्लर गरौँ र तपाई जहाजको कडा भाग गएको देख्नुहुनेछ र यो अहिले रामो देखिन्छ
11:16 अब म इमेजमा केहि सुधार गर्न तयार छुँ
11:22 जब तपाई इमेजमा हेर्नुहुन्छ, तपाई यो पानीमा थोरै उड देख्न सक्नुहुन्छ र बायाँपट्टि एउटा आधा चरा छ जो धारमा काटिएको छ, म तिनीहरुलाई क्लोन गर्न चाहन्छु
11:40 त्यसैले, म फेरि जूम टूल छान्छु र उड भएको खण्डमा जूम गर्नेछु र म healing tool प्रयोग गर्ने छुँ
11:51 Healing tool अलि क्लोन टूल जस्तै छ तर यसले यो अवस्थामा यहाँ अझ राम्रो काम गर्छ
12:00 जब मैले healing tool छाने म माउस पोइन्ट सहितको वृत पाउनेछु तर म इमेजमा क्लिक गर्न सक्दिन र त्यहाँ माउस पोइन्टमा फर्बिडन चिन्ह छ
12:12 मैले heal स्रोत नछानेकोले फर्बिडन चिन्ह आएको हो र म यसो कन्ट्रोल र क्लिकले गर्न सक्छु
12:22 मैले एउटा रामो heal स्रोत छान्नुपर्छ र मैले कन्ट्रोल थिचेर क्लिक गर्नुपर्छ र मलाई लाग्छ यो हिल स्रोतको राम्रो ठाउँ हो र अब उड खण्डमा क्लिक गरौँ
12:38 यहाँ एउटा समस्या छ
12:40 र यहाँ समस्या के छ भने म गलत लेयरमा काम गर्दै छुँ
12:45 र मलाई ब्याकग्राउण्ड लेयरमा काम गर्नुपर्छ र म लेयर मास्कमा सम्पादन गर्दै थिए
12:51 अवश्य मैले एउटा ब्याकग्राउण्ड लेयर छान्नुपर्छ र त्यो लेयरको कपि गर्नुपर्छ किनकि म मूल ब्याकग्राउण्ड लेयर बदल्न चाहन्न
13:01 अब हिलिंग टूल हेरौं
13:05 र अब मैले अर्को गल्ति गरें
13:09 मेरो स्रोत यो माथिको ग्रे लेयर हो
13:13 र पक्कै म यो अंडू गर्नेछु र यहाँ नयाँ स्रोत छान्छु र यसलाई यहाँ सारौँ र यो गएको छ
13:25 यो खण्डको लागि म यसलाई स्रोत छान्छु र क्लिक गरौँ र तपाई यो गएको देख्नुहुन्छ
13:36 यो इमेजलाई 100% मोडमा हेरौं
13:40 यो अलि राम्रो देखिन्छ, सायद मैले यसलाई अलि ठुलो ब्रसले गरेको भए हुन्थ्यो किनकि यो डटहरु अहिले सम्म छन
13:53 ल फेरि म हिलिंग टूल छान्छु र स्रोत छानी त्यो डटहरुमा क्लिक गर्छु
14:05 मलाई लाग्छ यसले काम गर्यो
14:09 अब मैले यो आधा काटिएको चरा हटाउनु पर्छ
14:15 यसको लागि म यो इमेजमा यहाँ जूम गर्छु र क्लोन टूल छान्छु
14:23 क्लोनिंग टूल हिलिंग टूल जस्तो जटिल छैन र मलाई पनि यसको प्रयोग गर्ने राम्रो अनुभव छैन किनकि यो GIMP मा नयाँ हो
14:36 त्यसैले मैले सोहि प्रक्रिया अपनाउनुपर्छ जस्तै हिलिंग टूल, यहाँ मैले स्रोतको रुपमा क्लिक गरें, यहाँ चरामा क्लिक गरौँ र मलाई लाग्छ यसले काम गर्छ
14:49 फेरि 100% मा, राम्रो, चरा गएको छ
14:55 मलाई लाग्छ इमेज अहिले तयार भएको छ
15:00 पहिले म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु तर म चाहन्छु म यसलाई एउटा अन्तिम कदमको रुपमा गर्नेछु र यसले अहिले भएको तरिकाले काम गर्छ
15:13 र म यो इमेजलाई यसको पोस्टर प्रिन्ट गर्न दिन चाहन्छु
15:19 र प्रिन्टरले aspect ratio 3:2 प्रयोग गर्छ र यो इमेजको aspect ratio 2:1 छ, त्यसैले मैले अब त्यो बदल्नुपर्छ
15:33 म यो इमेज टूलबारमा रहेको क्यानभास साइजको सहयोगले गर्नेछु
15:40 मैले क्यानभास साइज छाने र इमेजको पिक्सल चौडाई 1868 र उचाई 945 छ र अनुपात निकाल्न म क्यालकुलेटर प्रयोग गर्छु
15:58 ल, म 1868 लाई 3 ले भाग गर्छु, अनि 2 ले गुणा गर्दा 1245 दिन्छ
16:15 मैले यसलाई यहाँ unchain गर्नुपर्छ नत्रभने चौडाई पनि बदलिनेछ र हाइटमा 1245 टाइप गरौँ
16:27 अब इमेज ठिक छ
16:30 यो माथि ठिक्क हुन्छ र तल एउटा सेतो स्ट्रिप देखिन्छ र मैले लेयरहरु रिसाइज गरिन, खाली ok क्लिक गरे र अब मसँग एउटा इमेज छ जसमा तल केहि पनि छैन
16:46 मैले तलको भाग भर्नुपर्छ र त्यसको लागि मैले लेयर फिल टाइप सहितको एउटा नयाँ लेयर छाने र यसलाई सबैभन्दा तलको लेयरको रुपमा प्रयोग गरे
17:06 यो तलको सेतो क्षेत्र पछि हट्नेछ
17:10 तर म यसलाई प्रिन्टर क्ल्यु को रुपमा प्रयोग गर्न सक्छु
17:15 प्रिन्टर एउटा प्रिन्ट इन्जिन र त्यसलाई चलाउने केहि क्ल्यु सहितको एउटा कम्प्युटर हो
17:25 यो इमेज यहाँ अलि ठिक देखिदैन, यो लगभग श्यामस्वेत छ र यसमा धेरै कनट्रास्ट पनि छैन
17:36 म यो इमेज माथि एउटा आयत छान्छु, ब्लेंड टूल छानौं, gradient filled with, gradient लाई कालो बाट सेतो मा छानौं
17:52 र म यो यहाँ gradient ले भर्दै छुँ
17:57 खाली क्लिक गरौ र एउटा रेखा कोरौं, अब म सँग कालो बाट सेतो तिरको पुरै रंगको क्रम छ
18:08 यहाँ मसँग कालो बाट पुरै सेतो भाग छ
18:13 म फेरि एकपटक दोहोराउछु
18:24 यहाँ ब्लेंड टूल छानौं र यो पटक म full saturation नामक बिशेष gradient प्रयोग गर्दैछुँ, यसमा सबै रंगको रेन्ज छ
18:42 र फेरि यो gradient भरौं, अब म सँग प्रिन्टरको लागि हिन्ट छ, कसरी इमेज जोगाउने र यदि कलर अफ छ भने मलाई जहिले पनि यो थाहा हुन्छ की यो रातो हो र यो हरियो हो
19:02 मलाई लाग्छ आजलाई यति नै
19:06 थप जानकारीको लागि info@ meet the gimp.org मा सम्पर्क गर्नुहोस् वा meet the gimp.org ब्लगमा प्रतिक्रिया छोड्नुहोस वा tips from the top floor को फोरममा सहभागी हुनुहोस
19:26 तपाइलाई के मनपर्यो, के अझ राम्रो हुनसक्थ्यो र भविष्यमा के हेर्न चाहनुहुन्छ हामीलाई बताउनुहोस
19:33 स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana