GIMP/C2/Rotating-And-Cropping-An-Image/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:12, 7 May 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.22 Gimp को स्पोकन टुटोरियलमा स्वागत छ
00.24 यो इमेज सुरु गर्नुपूर्व म तपाईलाई वास्तविक फोटोग्राफीको लागि RAW को प्रयोगको बारेमा छोटकरीमा भन्नेछु
00.33 यदि मैले यो इमेज JPEG मा खिचेको भए मैले यसलाई इन्कोड गर्न २५६ कदमहरु पालना गर्नुपर्छ
00.42 तपाई यो देख्न सक्नुहुन्छ यो झन्डै कालो र सेतो छ, अलिकित निलो-हरियो रंग र अलिकति खैरो पनि छ
00.52 र JPEG मा तपाईसँग खैरोको लागि २५६ भिन्न मानहरु छन
01.00 कालोको लागि शुन्य र सेतोको लागि २५५ छ
01.05 र यो इमेजमा यहाँ सेतो छैन र खाली केहि कालो मात्र छ
01.11 त्यसैले यो कोठाको सानो ठाउँमा मात्र प्रयोग हुनेछ
01.16 कति छ म पछि देखाउनेछु
01.19 मैले यो इमेज RAW मा खिच्दैछुँ र मेरो क्यामेराले इमेज १२ बिट फर्म्याटमा भण्डार गर्छ
01.27 यो मैले raw converter बाट केहि मानहरु बढाएपछि पाएको इमेज हो र यहाँ मसँग २५६ भिन्न मानहरु छन् र अब म इमेज एडिट गर्न सुरु गर्न सक्छु
01.42 यो इमेजमा पहिलो इमेजको तुलनामा धेरै विवरणहरु सहित सेभ गरेका छौं
01.47 यो मैले सम्झेको पहिलो इमेज हो र यो मैले कन्भर्सन पछि पाएको हो
01.54 दोस्रो इमेज पोस्ट प्रोसेसिंगको लागि सुहाउने छ जुन एउटा चित्रको रुपमा देखापर्छ जुन पहिलो इमेज जस्तै देखिए पनि राम्रो देखिन्छ
02.06 अब मैले GIMP मा दुई इमेजहरु खोलेकी छुँ, ल, अब हामी यी २ इमेजहरु हिस्टोग्राममा हेर्नेछौ
02.14 हिस्टोग्राम इमेज डाइलगमा लुकेको छ
02.17 तर हामीसँग इमेज डाइलगमा जाने ३ भिन्न तरिकाहरु छन, पहिलो तरिका टूलबारमा छ
02.33 दोस्रो, Access मा क्लिक गरौँ, यहाँ Image Menu र dialogs मा क्लिक गरौँ
02.40 र तेस्रो तरिका भनेको इमेजमा राइट क्लिक गर्ने अनि डाइलग र हिस्टोग्राम
02.48 यहाँ पहिलो इमेजको हिस्टोग्राम छ
02.51 यसलाई अलि ठुलो पारौं र यहाँ तपाई बिभिन्न रंगहरुको भिन्न इमेजमा वितरित पिक्सलहरु देख्न सक्नुहुन्छ
02.59 डिजिटल इमेज भनेको नम्बरहरुले पेंटिंग गरेजस्तै हो
03.03 जब तपाई इमेजमा जूम गर्नुहुनेछ तपाई एकदमै धेरै टाइलहरु देख्नुहुनेछ र हरेकको भिन्न रंगहरु हुन्छ जसलाई एउटा पिक्सल भनिन्छ
03.14 र हरेक रंगलाई एउटा मानले परिभाषित गरिएको हुन्छ र म तपाईलाई यी मानहरु कलर पिकरको सहयोगले देखाउन सक्छु
03.26 जब मैले कलर पिकर प्रयोग गर्छु म रातो, हरियो र निलो रंगको मान पाउछु
03.32 यो इमेजमा रातोको मान हरियो र निलो भन्दा अलि कम छ
03.38 हरियो र निलो लगभग उहिँ छ
03.43 नम्बरले पेन्ट गर्ने डिजिटल फोटोग्राफी हो
03.46 यहाँ यो इमेजमा म सँग ० देखि २५५ सम्मको नम्बरहरु रहेका छन, र यहाँ हामी सँग निकै गाढा भाग छ तर मलाई लाग्दैन कि म यसलाई अन्तिम इमेज बनाउने छुँ
04.00 मलाई राख्छ इमेजको वास्तविक भाग यहाँ छ लगभग ८० तिर र सबैभन्दा चम्किलो भाग २०० तिर छ
04.10 त्यसैले मसँग ० देखि २५६ को लागि ठाउँ छ, तर हामी मात्र १२० प्रयोग गर्नेछौं जुन हामीले प्रयोग गर्ने डाटाको आधा मात्रै हो
04.23 र त्यसको कारणले यहाँ इमेजको धेरै जानकारीहरु हराउँछ
04.29 दोस्रो इमेजको हिस्टोग्राममा हेरौं
04.33 यहाँ हामी देख्न सक्छौं, यो हिस्टोग्राममा पहिलोको तुलनामा धेरै डाटा रहेका छन् तर दुवै उस्तै छन्
04.45 तपाई यी २ हिस्टोग्रामहरु तुलना गर्नुहोस्
04.51 दोस्रो इमेजको विवरणहरु छरिएका छन, त्यसैले मैले यो इमेजलाई पनि पहिलो जस्तै खदिलो बनाउनुपर्छ
05.01 तर यसमा केहि थप विवरणहरु चाहिने छ र यसमा केहि पहिलो इमेजमा भन्दा बढि कनट्रास्ट हुनुपर्छ
05.11 मैले यो इमेजमा काम सुरु गर्नुपूर्व, मैले अन्तिम टुटोरियल रेकर्ड गर्दा गिम्प युजर इन्टरफेसमा पाएको एउटा कुरो देखाउन चाहन्छु
05.23 जब तपाईले इमेज विन्डो ट्याब थिच्नुहुनेछ, यहाँको टूलबक्स हराउनेछ र मलाई इमेज सकेजति ठुलो बनाउन सहयोग गर्नेछ र म आफ्नो आवश्यकता अनुसार टूलबक्स अन र अफ गर्न सक्छु
05.41 ल, म अहिले काम अझ राम्रो देख्न सक्छु र तपाई पनि राम्रोसँग देख्न सक्नुहुन्छ
05.46 मैले इमेज सम्पादन गर्नुपूर्व केहि सेटिंग गर्नुपर्ने छ
05.52 त्यसैले म file मा जानेछु अनि preference र यहाँ म विन्डो म्यानेजमेन्टमा जानेछु र यहाँ अप्सन छान्नेछुँ
06.03 टूल बक्सको लागि माथि राखौं र डक्स को लागि पनि र बाकीलाई यसै छोडौं
06.11 मैले OK थिचे पछि GIMP ले प्रायोजित जस्तो काम गर्छ
06.17 म टूल बक्सबाट टूलहरु छान्न सक्छु र टूलको मैले छानेका सबै विकल्पहरु पाउनेछु
06.25 म फेरि इमेजमा क्लिक गर्न सक्छु र ट्याब प्रयोग गरि टूल बक्स अन वा अफ गर्नसक्छु
06.33 गर्नपर्ने पहिलो काम भनेको इमेजको लेभल जाच्ने हो
06.37 यो इमेजमा मानव निर्मित कुनै संरचनाहरु छैन, त्यसैले म ग्रिड प्रयोग गरि इमेज सिधा छ/छैन जाच्न सक्दिन
06.47 पानीको सतह राम्रो सुराक हुनसक्छ
06.50 तर यहाँ हामी क्षितिज देख्दैनौं र पानीको लहर पनि केहि भ्रामक छ
06.57 यहाँ यो क्षितिज होइन खाली नदिको मोड हो
07.02 त्यसैले मसँग कुनै वास्तविक ज्ञान छैन कि कहाँ रुलर छ र क्षितिज नाप्ने हो
07.08 म खाली मेरो आँखामा भरपर्नु पर्छ जुन मलाई लाग्दैन कि फोटोग्राफीमा गर्ने सबैभन्दा नराम्रो कुरो हो
07.16 अब, म रोटेट टूल छान्नेछुँ र corrective backward को सट्टामा normal forward छान्नेछुँ र मैले प्रिभ्युमा इमेज सेट गर्ने छु, ग्रिड होइन
07.30 इमेजमा क्लिक गरौँ
07.38 यहाँ बीचमा एउटा सेन्टर अफ रोटेसन भन्ने बिन्दु छ र यो बिन्दु वरिपरि इमेज घुम्ने छ
07.46 र यहाँ डाइलग छ जहाँ हामीले घुमाउन चाहेको कोण सेट गर्न सक्छौं
07.52 यहाँ मसँग एउटा स्लाइडर छ जसले मलाई इमेज रोटेट गर्न सघाउछ तर तपाई यो सम्हाल्न गार्हो भएको पाउनुहुनेछ र मलाई लाग्दैन मैले इमेज यति धेरै ढल्काउनु पर्छ
08.05 ल, यहाँ जिरोमा फर्कौं र मैले यहाँ भर्खरै यो इमेज रोटेट गर्नलाई एउटा शैली प्रयोग गरेकी छुँ
08.14 मलाई लाग्छ कि इमेज अलि दायाँ ढल्केको छ त्यसैले मैले इमेज बायाँ ढल्काउनु पर्छ, मतलब काउन्टर क्लकवाइज, त्यसैले मैले यहाँ नेगेटिभ मानहरु पाउनेछुँ
08.29 त्यसैले म इमेज सिधा र सहि नभएसम्म कोण बदलि रहने छुँ
08.36 ल, मैले कोण -0.25° मा सेट गरेकी छुँ
08.43 यो विन्डो पछिल्तिर तानौं र रोटेटमा क्लिक गरौँ र यो कार्यको नतिजा पर्खनुहोस
08.50 अर्को कदम क्रपिंग
08.54 यो इमेजमा मसँग यहाँ जहाज, पानी र चराहरु छन
09.02 र मैले यो इमेजमा नचाहेको भनेको यहाँ घाँस हो, र मलाई पक्का थाहा छैन कि म यो नदिको किनारा मेरो इमेजमा चाहन्छु
09.16 र मलाई लाग्छ म इमेजको यो भाग क्रप गर्नेछु किनकि म अन्तमा यो इमेजको सबैभन्दा गाढा भाग चाहन्छु
09.24 मतलब यहाँ चराहरु, जहाज र रुखहरु अन्त्यमा पानी र आकाश
09.35 र इमेजको यो भाग एकदमै गाढा छ
09.39 म इमेजको यो भागमा जूम गर्न चाहन्छु किनभने म नदीलाई सक्दो समाबेश गर्न चाहन्छु तर किनारको केहि पनि होइन
09.49 त्यसैले म यहाँ इमेजको खण्डमा हट कि Z थिचेर जूम गर्नेछु
10.00 यहाँ अर्को उडिरहेको चारो छ
10.02 त्यसैले म यहाँ बायाँ जानेछु र रुलर किनार नजिक तान्नेछुँ र यसलाई यहाँ छोड्नेछुँ
10.09 र इमेजमा पुन फर्कन Shift + ctrl + E थिचौं
10.15 अब मैले क्रप टूल छान्नुपर्छ र यसमा केहि अप्सन सेट गर्नुपर्छ
10.20 म fixed aspect ratio 2:1 चाहन्छु
10.29 र प्रिभ्युमा म तेस्रो रुल सेट सहयोगको लागि हेर्नेछु
10.37 यहाँ के समाबेश छ हेरौं
10.41 यहाँ एउटा चराको हुल छ र एउटा चरो यहाँ देखापर्छ
10.47 अब हामी रुलर हटाउन सक्छौं
10.51 इमेजको तल्लो भागमा पानी छ तर मलाई लाग्छ यो पर्याप्त छैन र धेरै आकाश देखिएको छ
11.01 म यो एउटा चरो छोड्न सक्छु किनकि यो चराहरुको बथान इमेजमा समाबेश गर्न चाहन्छु
11.09 म यसलाई सामन्य रुपमा तल तान्नेछु र मलाई लाग्छ यो राम्रो देखिन्छ
11.14 मेरो काम जाच्न म thirds नियम प्रयोग गर्नेछुँ
11.19 मेरो आँखा त्यति नराम्रो पनि छैन किनकि मैले इमेजलाई ३ भिन्न भागमा विभाजित गरेकी छुँ, जुन हो पानी, रुखहरु र आकाश
11.30 जहाज मुख्य आकर्षणको केन्द्र हो
11.34 यो चराहरुको बथान अर्को आकर्षणको केन्द्र हो र यो इमेजको १/९ भाग चाहिँ अलि राम्रो छ
11.42 मलाई लाग्छ कि यसले काम गर्छ त्यसैले म क्रप गर्न इमेजमा क्लिक गर्छु
11.49 ट्याब र shift + ctrl +E थिची इमेज ठुलो पारौं
11.55 मलाई लाग्छ हामीले इमेज क्रपिंग गर्ने धेरै राम्रो सुरुवात गरेका छौं र यो इमेजमा अर्को के गर्ने हामी अर्को टुटोरियलमा हेर्नेछौं
12.05 बिदा लिनु पहिले मैले इमेज सेभ गर्नुपर्छ जुन मैले धेरै पहिले नै गर्नुपर्थ्यो
12.12 म इमेज Fog.xcf को रुपमा सेभ गर्छु र ‘xcf’ GIMP को आफ्नै फाइल फर्म्याटको एक्सटेन्सन हो र यसमा लेयर्स र GIMP मा अंडू बारेमा धेरै जानकारी हुन्छ
12.29 म तपाईको प्रतिक्रिया सुन्न चाहन्छु
12.32 तपाइलाई के मनपर्यो, मैले के राम्रो गर्न सक्थे मलाई पत्राचार गरि भन्नुहोला

info@meetthegimp.org

12.42 थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
12.47 स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana