GIMP/C2/Rotating-And-Cropping-An-Image/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:22 Gimp को स्पोकन ट्युटोरियलमा स्वागत छ
00:24 यो इमेज सुरु गर्नुपूर्व म तपाईलाई वास्तविक फोटोग्राफीको लागि RAW को प्रयोगको बारेमा छोटकरीमा भन्नेछु
00:33 यदि मैले यो इमेज JPEG मा खिचेको भए मैले यसलाई इन्कोड गर्न २५६ कदमहरु पालना गर्नुपर्छ
00:42 तपाई यो देख्न सक्नुहुन्छ यो झन्डै कालो र सेतो छ, अलिकित निलो-हरियो रंग र अलिकति खैरो पनि छ
00:52 र JPEG मा तपाईसँग खैरोको लागि २५६ भिन्न मानहरु छन
01:00 कालोको लागि शुन्य र सेतोको लागि २५५ छ
01:05 र यो इमेजमा यहाँ सेतो छैन र खाली केहि कालो मात्र छ
01:11 त्यसैले यो कोठाको सानो ठाउँमा मात्र प्रयोग हुनेछ
01:16 कति छ म पछि देखाउनेछु
01:19 मैले यो इमेज RAW मा खिच्दैछुँ र मेरो क्यामेराले इमेज १२ बिट फर्म्याटमा भण्डार गर्छ
01:27 यो मैले raw converter बाट केहि मानहरु बढाएपछि पाएको इमेज हो र यहाँ मसँग २५६ भिन्न मानहरु छन् र अब म इमेज एडिट गर्न सुरु गर्न सक्छु
01:42 यो इमेजमा पहिलो इमेजको तुलनामा धेरै विवरणहरु सहित सेभ गरेका छौं
01:47 यो मैले सम्झेको पहिलो इमेज हो र यो मैले कन्भर्सन पछि पाएको हो
01:54 दोस्रो इमेज पोस्ट प्रोसेसिंगको लागि सुहाउने छ जुन एउटा चित्रको रुपमा देखापर्छ जुन पहिलो इमेज जस्तै देखिए पनि राम्रो देखिन्छ
02:06 अब मैले GIMP मा दुई इमेजहरु खोलेकी छुँ, ल, अब हामी यी २ इमेजहरुको हिस्टोग्राममा हेर्नेछौ
02:14 हिस्टोग्राम इमेज डाइलगमा लुकेको छ
02:17 तर हामीसँग इमेज डाइलगमा जाने ३ भिन्न तरिकाहरु छन, पहिलो तरिका टूलबारमा छ
02:33 दोस्रो, Access मा क्लिक गरौँ, यहाँ Image Menu र dialogs मा क्लिक गरौँ
02:40 र तेस्रो तरिका भनेको इमेजमा राइट क्लिक गर्ने अनि डाइलग र हिस्टोग्राम
02:48 यहाँ पहिलो इमेजको हिस्टोग्राम छ
02:51 यसलाई अलि ठुलो पारौं र यहाँ तपाई बिभिन्न रंगहरुको भिन्न इमेजमा वितरित पिक्सलहरु देख्न सक्नुहुन्छ
02:59 डिजिटल इमेज भनेको नम्बरहरुले पेंटिंग गरेजस्तै हो
03:03 जब तपाई इमेजमा जूम गर्नुहुनेछ तपाई एकदमै धेरै टाइटलहरु देख्नुहुनेछ र हरेकको भिन्न रंगहरु हुन्छ जसलाई एउटा पिक्सल भनिन्छ
03:14 र हरेक रंगलाई एउटा मानले परिभाषित गरिएको हुन्छ र म तपाईलाई यी मानहरु कलर पिकरको सहयोगले देखाउन सक्छु
03:26 जब मैले कलर पिकर प्रयोग गर्छु म रातो, हरियो र निलो रंगको मान पाउछु
03:32 यो इमेजमा रातोको मान हरियो र निलो भन्दा अलि कम छ
03:38 हरियो र निलो लगभग उहिँ छ
03:43 नम्बरले पेन्ट गर्ने डिजिटल फोटोग्राफी हो
03:46 यहाँ यो इमेजमा म सँग ० देखि २५५ सम्मको नम्बरहरु रहेका छन, र यहाँ हामी सँग निकै गाढा भाग छ तर मलाई लाग्दैन कि म यसलाई अन्तिम इमेज बनाउने छुँ
04:00 मलाई लाग्छ इमेजको वास्तविक भाग यहाँ छ लगभग ८० तिर र सबैभन्दा चम्किलो भाग २०० तिर छ
04:10 त्यसैले मसँग ० देखि २५६ को लागि ठाउँ छ, तर हामी मात्र १२० प्रयोग गर्नेछौं जुन हामीले प्रयोग गर्ने डाटाको आधा मात्रै हो
04:23 र त्यसको कारणले यहाँ इमेजको धेरै जानकारीहरु हराउँछ
04:29 दोस्रो इमेजको हिस्टोग्राममा हेरौं
04:33 यहाँ हामी देख्न सक्छौं, यो हिस्टोग्राममा पहिलोको तुलनामा धेरै डाटा रहेका छन् तर दुवै उस्तै छन्
04:45 तपाई यी २ हिस्टोग्रामहरु तुलना गर्नुहोस्
04:51 दोस्रो इमेजको विवरणहरु छरिएका छन, त्यसैले मैले यो इमेजलाई पनि पहिलो जस्तै खदिलो बनाउनुपर्छ
05:01 तर यसमा केहि थप विवरणहरु चाहिने छ र यसमा केहि पहिलो इमेजमा भन्दा बढि कनट्रास्ट हुनुपर्छ
05:11 मैले यो इमेजमा काम सुरु गर्नुपूर्व, मैले अन्तिम टुटोरियलमा रेकर्ड गर्दा गिम्प युजर इन्टरफेसमा पाएको एउटा कुरो देखाउन चाहन्छु
05:23 जब तपाईले इमेज विन्डो ट्याब थिच्नुहुनेछ, यहाँको टूलबक्स हराउनेछ र मलाई इमेज सकेजति ठुलो बनाउन सहयोग गर्नेछ र म आफ्नो आवश्यकता अनुसार टूलबक्स अन र अफ गर्न सक्छु
05:41 ल, म अहिले काम अझ राम्रो देख्न सक्छु र तपाई पनि राम्रोसँग देख्न सक्नुहुन्छ
05:46 मैले इमेज सम्पादन गर्नुपूर्व केहि सेटिंग गर्नुपर्ने छ
05:52 त्यसैले म file मा जानेछु अनि preference र यहाँ म विन्डो म्यानेजमेन्टमा जानेछु र यहाँ अप्सन छान्नेछुँ
06:03 टूल बक्सको लागि माथि राखौं र डक्स को लागि पनि र बाकीलाई यसै छोडौं
06:11 मैले OK थिचे पछि GIMP ले प्रायोजित जस्तो काम गर्छ
06:17 म टूल बक्सबाट टूलहरु छान्न सक्छु र टूलको मैले छानेका सबै विकल्पहरु पाउनेछु
06:25 म फेरि इमेजमा क्लिक गर्न सक्छु र ट्याब प्रयोग गरि टूल बक्स अन वा अफ गर्नसक्छु
06:33 गर्नपर्ने पहिलो काम भनेको इमेजको लेभल जाच्ने हो
06:37 यो इमेजमा मानव निर्मित कुनै संरचनाहरु छैन, त्यसैले म ग्रिड प्रयोग गरि इमेज सिधा छ/छैन जाच्न सक्दिन
06:47 पानीको सतह राम्रो सुराक हुनसक्छ
06:50 तर यहाँ हामी क्षितिज देख्दैनौं र पानीको लहर पनि केहि भ्रामक छ
06:57 यहाँ यो क्षितिज होइन खाली नदिको मोड हो
07:02 त्यसैले मसँग कुनै वास्तविक ज्ञान छैन कि कहाँ रुलर छ र क्षितिज नाप्ने हो
07:08 म खाली मेरो आँखामा भरपर्नु पर्छ जुन मलाई लाग्दैन कि फोटोग्राफी गर्ने सबैभन्दा नराम्रो कुरो हो
07:16 अब, म रोटेट टूल छान्नेछुँ र corrective backward को सट्टामा normal forward छान्नेछुँ र मैले प्रिभ्युमा इमेज सेट गर्ने छु, ग्रिड होइन
07:30 इमेजमा क्लिक गरौँ
07:38 यहाँ बीचमा एउटा सेन्टर अफ रोटेसन भन्ने बिन्दु छ र यो बिन्दु वरिपरि इमेज घुम्ने छ
07:46 र यहाँ डाइलग छ जहाँ हामीले घुमाउन चाहेको कोण सेट गर्न सक्छौं
07:52 यहाँ मसँग एउटा स्लाइडर छ जसले मलाई इमेज रोटेट गर्न सघाउछ तर तपाई यो सम्हाल्न गार्हो भएको पाउनुहुनेछ र मलाई लाग्दैन मैले इमेज यति धेरै ढल्काउनु पर्छ
08:05 ल, यहाँ जिरोमा फर्कौं र मैले यहाँ भर्खरै यो इमेज रोटेट गर्नलाई एउटा शैली प्रयोग गरेकी छुँ
08:14 मलाई लाग्छ कि इमेज अलि दायाँ ढल्केको छ त्यसैले मैले इमेज बायाँ ढल्काउनु पर्छ, मतलब काउन्टर क्लकवाइज, त्यसैले मैले यहाँ नेगेटिभ मानहरु पाउनेछुँ
08:29 त्यसैले म इमेज सिधा र सहि नभएसम्म कोण बदलि रहने छुँ
08:36 ल, मैले कोण -0.25° मा सेट गरेकी छुँ
08:43 यो विन्डो पछिल्तिर तानौं र रोटेटमा क्लिक गरौँ र यो कार्यको नतिजा पर्खनुहोस
08:50 अर्को कदम क्रपिंग
08:54 यो इमेजमा मसँग यहाँ जहाज, पानी र चराहरु छन
09:02 र मैले यो इमेजमा नचाहेको भनेको यहाँ घाँस हो, र मलाई पक्का थाहा छैन कि म यो नदिको किनारा मेरो इमेजमा चाहन्छु
09:16 र मलाई लाग्छ म इमेजको यो भाग क्रप गर्नेछु किनकि म अन्तमा यो इमेजको सबैभन्दा गाढा भाग चाहन्छु
09:24 मतलब यहाँ चराहरु, जहाज र रुखहरु अन्त्यमा पानी र आकाश
09:35 र इमेजको यो भाग एकदमै गाढा छ
09:39 म इमेजको यो भागमा जूम गर्न चाहन्छु किनभने म नदीलाई सक्दो समाबेश गर्न चाहन्छु तर किनारको केहि पनि होइन
09:49 त्यसैले म यहाँ इमेजको खण्डमा हट कि Z थिचेर जूम गर्नेछु
10:00 यहाँ अर्को उडिरहेको चरो छ
10:02 त्यसैले म यहाँ बायाँ जानेछु र रुलर किनार नजिक तान्नेछुँ र यसलाई यहाँ छोड्नेछुँ
10:09 र इमेजमा पुन फर्कन Shift + ctrl + E थिचौं
10:15 अब मैले क्रप टूल छान्नुपर्छ र यसमा केहि अप्सन सेट गर्नुपर्छ
10:20 म fixed aspect ratio 2:1 चाहन्छु
10:29 र प्रिभ्युमा म तेस्रो रुल सेट सहयोगको लागि हेर्नेछु
10:37 यहाँ के समाबेश छ हेरौं
10:41 यहाँ एउटा चराको हुल छ र एउटा चरो यहाँ देखापर्छ
10:47 अब हामी रुलर हटाउन सक्छौं
10:51 इमेजको तल्लो भागमा पानी छ तर मलाई लाग्छ यो पर्याप्त छैन र धेरै आकाश देखिएको छ
11:01 म यो एउटा चरो छोड्न सक्छु किनकि यो चराहरुको बथान इमेजमा समाबेश गर्न चाहन्छु
11:09 म यसलाई सामन्य रुपमा तल तान्नेछु र मलाई लाग्छ यो राम्रो देखिन्छ
11:14 मेरो काम जाच्न म thirds नियम प्रयोग गर्नेछुँ
11:19 मेरो आँखा त्यति नराम्रो पनि छैन किनकि मैले इमेजलाई ३ भिन्न भागमा विभाजित गरेकी छुँ, जुन हो पानी, रुखहरु र आकाश
11:30 जहाज मुख्य आकर्षणको केन्द्र हो
11:34 यो चराहरुको बथान अर्को आकर्षणको केन्द्र हो र यो इमेजको एक नवा भाग चाहिँ अलि राम्रो छ
11:42 मलाई लाग्छ कि यसले काम गर्छ त्यसैले म क्रप गर्न इमेजमा क्लिक गर्छु
11:49 ट्याब र shift + ctrl +E थिची इमेज ठुलो पारौं
11:55 मलाई लाग्छ हामीले इमेज क्रपिंग गर्ने धेरै राम्रो सुरुवात गरेका छौं र यो इमेजमा अर्को के गर्ने हामी अर्को टुटोरियलमा हेर्नेछौं
12:05 बिदा लिनु पहिले मैले इमेज सेभ गर्नुपर्छ जुन मैले धेरै पहिले नै गर्नुपर्थ्यो
12:12 म इमेज Fog.xcf को रुपमा सेभ गर्छु र ‘xcf’ GIMP को आफ्नै फाइल फर्म्याटको एक्सटेन्सन हो र यसमा लेयर्स र GIMP मा अंडू बारेमा धेरै जानकारी हुन्छ
12:29 म तपाईको प्रतिक्रिया सुन्न चाहन्छु
12:32 तपाइलाई के मनपर्यो, मैले के राम्रो गर्न सक्थे मलाई पत्राचार गरि भन्नुहोला info@meetthegimp.org
12:42 थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
12:47 स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana