LibreOffice-Suite-Writer/C3/Using-search-replace-auto-correct/Nepali
From Script | Spoken-Tutorial
TIME | NARRATION |
00:00 | लिब्रे अफिस राइटरको युजिंग फाईन्ड एण्ड रिप्लेस अटो करेक्ट फिचर स्पोकन टुटोरियलमा स्वागत छ |
00:09 | यो टुटोरियलमा, हामी निम्न कुरा सिक्ने छौ |
00:12 | फाईन्ड एण्ड रिप्लेस |
00:14 | Spellcheck |
00:15 | AutoCorrect |
00:17 | यहाँ हामी अपरेटिङ् सिस्टमको रूपमा उबुन्टु लिनक्स १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौ |
00:26 | अब राइटरमा “Find and Replace” बटन बारे सिकेर सुरु गरौ |
00:32 | यसले टेक्स्ट खोज्छ वा पुरै डकुमेन्टको टेक्स्ट प्रतिस्थापन गर्छ |
00:36 | यसको बारे थप जान्न एउटा उदाहरण हेरौं |
00:40 | ल, सुरुमा हाम्रो “resume.odt” फाईल खोलौ |
00:44 | अब “Edit” विकल्पमा क्लिक गरौ र “Find and Replace” क्लिक गरौ |
00:51 | वैकल्पिक रुपमा, स्ट्यान्डर्ड टूलबारको बटनमा क्लिक गरौ |
00:56 | तपाईले एउटा “Search for” र एउटा “Replace with” फिल्ड सहितको डाइलग बक्स देख्न सक्नुहुन्छ |
01:01 | खोज्न चाहेको टेक्स्ट “Search for” फिल्डमा इन्टर गरौ |
01:06 | उदाहरणको लागि, हामी हाम्रो डकुमेन्टको “Ramesh” लेखेको हरेक ठाउँ खोज्छौ |
01:12 | त्यसैले Search For फिल्डमा “Ramesh” टाइप गरौ |
01:15 | अब “Find All” मा क्लिक गरौ |
01:19 | हामी देख्नेछौं, “Ramesh” लेखिएको सबै ठाउँहरू रंगिन हुनेछन् |
01:25 | “Replace with” फिल्डमा तपाईले प्रतिस्थापन गर्न चाहेको टेक्स्ट इन्टर गरौ |
01:31 | उदाहरणको लागि, हामीले हाम्रो डकुमेन्टको “Ramesh” लाई "MANISH" ले बदल्न चाहन्छौ |
01:37 | त्यसैले “Replace with” ट्याबमा “Manish” टाइप गरौ |
01:41 | अब “Replace All” मा क्लिक गरौ |
01:44 | तपाईले हाम्रो डकुमेन्टको सम्पूर्ण “Ramesh” लाई “Manish” ले बदलेको देख्नुहुनेछ |
01:51 | डाइलग बक्सको तल, हामीले एउटा “More Options” बटन देख्छौं, त्यसमा क्लिक गरौ |
01:57 | “More Options” बटनले बिशेष "Find and Replace" विकल्पहरूको सुची समावेश गर्छ |
02:03 | यसमा विकल्पहरु जस्तै “Backwards” छ जसले तल देखि माथि टेक्स्ट खोज्छ, “Current selection only” जसले छानिएको टेक्स्टको क्षेत्रमा मात्र टेक्स्ट खोज्छ |
02:15 | यसमा अन्य उच्च विकल्पहरू जस्तै “Regular expressions”, “Search for Styles” र अन्य धेरै छन् |
02:26 | त्यहाँ डाइलग बक्सको दायाँ थप तीन विकल्पहरु छन् |
02:31 | तिनीहरू “Attributes”,”Format” र “No Format” हुन् |
02:36 | तिनीहरुले युजरलाई विभिन्न प्रकारको उन्नत पता लगाउने र बदल्ने विकल्पहरु प्रदान गर्छन् |
02:41 | यसलाई बन्द गरौ |
02:44 | हामी तिनीहरूको बारेमा थप आगामी ट्यूटोरियलमा सिक्नेछौं |
02:48 | “Find and Replace” सुविधा बारे सिकेपछि, हामी अब “Spellcheck” प्रयोग गरेर लिब्रे अफिस राइटरमा कसरी हिज्जे जाँच गर्ने सिक्नेछौं |
02:57 | Spellcheck सम्पूर्ण डकुमेन्टको वा छानिएको टेक्स्ट खण्डको हिज्जे गल्ती जाच्न प्रयोग गरिन्छ |
03:05 | हिज्जे परीक्षण हालको कर्सरको स्थानमा शुरू हुन्छ र डकुमेन्ट वा छनोटको अन्त्यमा जानेछ |
03:12 | अनि तपाई डकुमेन्टको सुरुदेखि हिज्जे परीक्षण जारी राख्न सक्नुहुन्छ |
03:17 | Spellcheck ले शब्दको हिज्जे गल्ती हेर्छ र तपाईलाई युजर डिक्सनरीमा नयाँ शब्द थप्ने विकल्प दिन्छ |
03:26 | यो कसरी गरिन्छ हेरौ |
03:29 | हिज्जे परीक्षण सुविधा प्रत्येक भाषाको लागि छुट्टै हुन्छ |
03:33 | उदाहरणका लागि, मेनु बारको “Tools” विकल्पमा क्लिक गरौ र “Options” मा क्लिक गरौ |
03:39 | देखिएको डाइलग बक्सको “Language Settings” विकल्पमा क्लिक गरौ र अन्त्यमा “Languages” मा क्लिक गरौ |
03:47 | “User interface” विकल्प अन्तर्गत, “English USA” डिफल्ट विकल्पको रुपमा सेट भएको सुनिश्चित गरौ, |
03:56 | यसको मुनि, “Locale setting” फिल्डको डाउन एरोमा क्लिक गरौ अनि “English USA” विकल्पमा क्लिक गरौ |
04:03 | अहिले “Default languages for documents” शीर्षक भित्र, “Western” फिल्डमा डिफल्ट भाषा “English India” सेट छ |
04:12 | “English India मा स्पेलचेकलाई आवश्यक डिक्सनरी नहुन सक्ने भएकोले हामी “English USA” प्रयोग गर्दैछौं |
04:21 | त्यसैले “Western” फिल्डको डाउन एरोमा क्लिक गरौ र “English USA” विकल्प क्लिक गरौ |
04:27 | अन्तमा “OK” बटन क्लिक गरौ |
04:31 | ल, हामी अब हिज्जे परीक्षण सुविधाले “English USA” भाषाको लागि कसरी काम गर्छ हेर्न तयार छौं |
04:38 | “Spelling and Grammar” सुविधा प्रयोग गर्न, “AutoSpellCheck” विकल्प इनेबल गरिएको सुनिश्चित गरौ |
04:45 | यदि यो इनेबल छैन भने, टूलबारको "AutoSpellCheck" बटन क्लिक गरौ |
04:52 | हाम्रो “resume.odt” फाईलमा “Mother’s Occupation” अन्तर्गत, हामी वाक्यमा “housewife” को लागि एक गलत हिज्जे "husewife" टाइप गर्नेछौं र स्पेसबार थिचौ |
05:05 | तपाई गलत शब्दमुनि एउटा रातो लाइन प्रकट भएको देख्न सक्नुहुन्छ |
05:10 | अब “husewife” शब्दमा कर्सर राखौ र स्ट्यान्डर्ड टूल बारको “Spelling and Grammar” आइकनमा क्लिक गरौ |
05:18 | त्यसैले हामी “Not in dictionary” फिल्डमा शब्द हेर्छौ |
05:22 | गलत हिज्जे सहितको शब्द रातोमा हाइलाइट हुन्छ र त्यहाँ सही शब्दको लागि “Suggestions” बक्समा विभिन्न सुझावहरू छन् जहाँबाट तपाईले सही शब्द छान्न सक्नुहुन्छ |
05:34 | सुझाव बक्सको “housewife” मा क्लिक गरौ र अनि “Change” बटनमा क्लिक गरौ |
05:40 | देखापर्ने सानो डाइलग बक्सको “OK” मा क्लिक गरौ |
05:44 | हामी अब डकुमेन्टमा सही हिज्जे प्रकट भएको देख्नेछौं |
05:48 | परिवर्तनहरूलाई अंडू गरौ |
05:50 | अब “AutoCorrect” नामक अर्को स्ट्यान्डर्ड टूल बार बारे सिकौ |
05:56 | यस “AutoCorrect” सुविधा हिज्जेपरीक्षणको एक विस्तार हो |
06:00 | AutoCorrect मेनु बारको ड्रप डाउन मेनुको “Format” विकल्पमा भेटिन्छ |
06:06 | AutoCorrect ले स्वतः तपाईले सेट गरेको विकल्प अनुसार फाईललाई फर्म्याट गर्छ |
06:12 | यी विकल्पहरू “AutoCorrect Options” मा क्लिक गरेर छानिन्छ |
06:18 | AutoCorrect डाइलग बक्स खुल्नेछ |
06:21 | AutoCorrect सुविधाले तपाईले लेखे अनुसार टेक्स्टलाई स्वतः ठिक गर्छ |
06:26 | सुधारहरु तपाईंले “Options” ट्याबमा सेट गर्नुभएको विकल्पहरुको अनुसार गरिन्छ |
06:32 | त्यहाँ विविध अटोकरेक्ट विकल्पहरु छन् जस्तै “Delete spaces at the end and beginning of paragraph”, “Ignore double spaces र अन्य धेरै |
06:44 | तिनीहरूले कसरी काम गर्छन् एउटा उदाहरणबाट हेरौं |
06:48 | हाम्रो resume मा, हामी केहि स्थानहरुमा एउटा स्पेस सहित टेक्स्ट टाइप गर्ने छौं र अन्य स्थानहरुमा दुई र तीन स्पेसहरु सहित टाइप गर्नेछौं |
07:02 | अब सम्पूर्ण टेक्स्ट छानौ |
07:05 | मेनु बारको “Format” बटनमा क्लिक गरौ |
07:09 | अनि ड्रप डाउन मेनुको “AutoCorrect” मा क्लिक गरौ र अन्तमा सब मेनुको “AutoCorrect Options” मा क्लिक गरौ |
07:17 | “Options” ट्याबमा क्लिक गरौ |
07:20 | अब “Ignore double spaces” मा एउटा ठिक गरौँ र “OK” बटन क्लिक गरौ |
07:26 | तपाईले टाइप गरेको अर्को टेक्स्टले तपाईंलाई स्वत: शब्द बीचमा दोहोरो स्पेसहरु राख्न दिदैन |
07:34 | "MANISH" नाम पछि कर्सर राखौ, अब कीबोर्डको “स्पेसबार” दुई पटक थिचौं |
07:41 | तपाईं देख्नुहुन्छ कर्सरले एक स्पेस मात्र सर्छ र टेक्स्टमा दोहोरो स्पेस राख्न दिदैन |
07:48 | एकल स्पेस पछि, थर “KUMAR” टाइप गरौ |
07:53 | अटोकरेक्टमा एउटा शब्द वा छोटकरी रुपलाई अझ बढी अर्थपूर्ण शब्दले प्रतिस्थापन गर्ने क्षमता पनि हुन्छ |
08:02 | यसले लामो शब्दको छोटकरी रुप सिर्जना गरेर टाइप गर्नबाट जोगाउछ |
08:09 | उदाहरणको लागि, हाम्रो resume.odt फाईलमा, केही शब्दहरुको सेट वा बारम्बार प्रयोग गरिएका शब्दहरु हुन सक्छन् |
08:19 | यी शब्दहरू बारम्बार टाइप गर्न झन्झटिलो हुन सक्छ |
08:24 | मानौं, हामी हाम्रो डकुमेन्टमा “This is a Spoken Tutorial Project” टेक्स्ट बारम्बार टाइप गर्न चाहन्छौ |
08:31 | त्यसोभए हामी एउटा छोटकरी रुप सिर्जना गर्न सक्छौं जुन सिधै हाम्रो आवश्यक टेक्स्टमा परिवर्तित हुनेछ |
08:38 | कसरी “stp” जस्तै एउटा छोटकरी रुप स्वतः “Spoken Tutorial Project” मा परिवर्तन हुन्छ हेरौं |
08:46 | अब मेनु बारको “Format” विकल्पमा क्लिक गरौ अनि “AutoCorrect” विकल्पमा जाऊ र “AutoCorrect Options” क्लिक गरौ |
08:57 | देखापर्ने डाइलग बक्सको “Replace” ट्याबमा क्लिक गरौ |
09:02 | “English USA” हाम्रो भाषा छनोट भएको पक्का गर्नुहोस |
09:06 | अब “Replace” फिल्डमा, हामीले बदल्न चाहेको “stp” नाम टाइप गरौ |
09:14 | “With” फिल्डमा, हामी “Spoken Tutorial Project” टेक्स्ट लेख्छौं |
09:20 | डाइलग बक्सको “New” बटनमा क्लिक गरौ |
09:24 | तपाई प्रतिस्थापन टेबलमा इन्ट्री भएको देख्नुहुन्छ |
09:28 | अब “OK” बटन क्लिक गरौ |
09:31 | अब हामीले “This is a stp” टेक्स्ट लेखेर स्पेसबार थिच्ने बित्तिकै, तपाईले देख्नुहुन्छ, छोटकरी “stp” नाम “Spoken Tutorial Project” मा परिणत हुन्छ |
09:43 | एउटा डकुमेन्टमा एकै शब्दहरु धेरै पटक दोहोरिदा, यो सुविधा धेरै उपयोगी हुन्छ |
09:49 | परिवर्तनहरु अंडू गरौँ |
09:52 | यसरी हामी लिब्र अफिस राइटरको यो टूटोरियलको अन्त्यमा आइपुगेका छौं |
09:57 | संक्षेपमा, हामीले यी कुराहरु सिक्यौं |
10:00 | Find and Replace |
10:01 | Spell check |
10:02 | AutoCorrect |
10:04 | बोध कार्य |
10:06 | राइटरमा निम्न टेक्स्ट टाइप गरौ- ”This is a new document..The document deals with find and replace”. |
10:15 | अब आफ्नो टेक्स्टको “document” शब्द पत्ता लगाएर “file” शब्दले प्रतिस्थापन गरौँ |
10:21 | आफ्नो डकुमेन्टको “text” शब्दलाई ' t x t” मा बदल्नुहोस् |
10:27 | “text” को हिज्जे सही गर्न Spellcheck सुविधा प्रयोग गर्नुहोस् |
10:31 | तपाईको डिफल्ट ल्याङ्ग्वेजको रूपमा English(USA) प्रयोग गर्नुहोस् |
10:36 | AutoCorrect प्रयोग गरेर, “This is LibreOffice Writer” को छोटकरी रुप “TLW” सिर्जना गर्नुहोस र यसको कार्यान्वयन हेर्नुहोस् |
10:48 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ |
10:55 | यदि तपाइको ब्यान्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
10:59 | स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11:09 | थप जानकारीको लागि, कन्ट्याक्ट एट स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस् |
11:15 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
11:19 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:27 | यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो |
11:38 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यबाद, नमस्कार |