LibreOffice-Suite-Writer/C3/Using-search-replace-auto-correct/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस राइटरको युजिंग फाईन्ड एण्ड रिप्लेस अटो करेक्ट फिचर स्पोकन टुटोरियलमा स्वागत छ
00:09 यो टुटोरियलमा, हामी निम्न कुरा सिक्ने छौ
00:12 फाईन्ड एण्ड रिप्लेस
00:14 Spellcheck,AutoCorrect
00:17 यहाँ हामी अपरेटिङ् सिस्टमको रूपमा उबुन्टु लिनक्स १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौ
00:26 अब राइटरमा “Find and Replace” बटन बारे सिकेर सुरु गरौ
00:32 यसले टेक्स्ट खोज्छ वा पुरै डकुमेन्टको टेक्स्ट प्रतिस्थापन गर्छ
00:36 यसको बारे थप जान्न एउटा उदाहरण हेरौं
00:40 ल, सुरुमा हाम्रो “resume.odt” फाईल खोलौ
00:44 अब “Edit” विकल्पमा क्लिक गरौ र “Find and Replace” क्लिक गरौ
00:51 वैकल्पिक रुपमा, स्ट्यान्डर्ड टूलबारको बटनमा क्लिक गरौ
00:56 तपाईले एउटा “Search for” र एउटा “Replace with” फिल्ड सहितको डाइलग बक्स देख्न सक्नुहुन्छ
01:01 खोज्न चाहेको टेक्स्ट “Search for” फिल्डमा इन्टर गरौ
01:06 उदाहरणको लागि, हामी हाम्रो डकुमेन्टको “Ramesh” लेखेको हरेक ठाउँ खोज्छौ
01:12 त्यसैले Search For फिल्डमा “Ramesh” टाइप गरौ
01:15 अब “Find All” मा क्लिक गरौ
01:19 हामी देख्नेछौं, “Ramesh” लेखिएको सबै ठाउँहरू रंगिन हुनेछन्
01:25 “Replace with” फिल्डमा तपाईले प्रतिस्थापन गर्न चाहेको टेक्स्ट इन्टर गरौ
01:31 उदाहरणको लागि, हामीले हाम्रो डकुमेन्टको “Ramesh” लाई "MANISH" ले बदल्न चाहन्छौ
01:37 त्यसैले “Replace with” ट्याबमा “Manish” टाइप गरौ
01:41 अब “Replace All” मा क्लिक गरौ
01:44 तपाईले हाम्रो डकुमेन्टको सम्पूर्ण “Ramesh” लाई “Manish” ले बदलेको देख्नुहुनेछ
01:51 डाइलग बक्सको तल, हामीले एउटा “More Options” बटन देख्छौं, त्यसमा क्लिक गरौ
01:57 “More Options” बटनले बिशेष "Find and Replace" विकल्पहरूको सुची समावेश गर्छ
02:03 यसमा विकल्पहरु जस्तै “Backwards” छ जसले तल देखि माथि टेक्स्ट खोज्छ, “Current selection only” जसले छानिएको टेक्स्टको क्षेत्रमा मात्र टेक्स्ट खोज्छ
02:15 यसमा अन्य उच्च विकल्पहरू जस्तै “Regular expressions”, “Search for Styles” र अन्य धेरै छन्
02:26 त्यहाँ डाइलग बक्सको दायाँ थप तीन विकल्पहरु छन्
02:31 तिनीहरू “Attributes”,”Format” र “No Format” हुन्
02:36 तिनीहरुले युजरलाई विभिन्न प्रकारको उन्नत पता लगाउने र बदल्ने विकल्पहरु प्रदान गर्छन्
02:41 यसलाई बन्द गरौ
02:44 हामी तिनीहरूको बारेमा थप आगामी ट्यूटोरियलमा सिक्नेछौं
02:48 “Find and Replace” सुविधा बारे सिकेपछि, हामी अब “Spellcheck” प्रयोग गरेर लिब्रे अफिस राइटरमा कसरी हिज्जे जाँच गर्ने सिक्नेछौं
02:57 Spellcheck सम्पूर्ण डकुमेन्टको वा छानिएको टेक्स्ट खण्डको हिज्जे गल्ती जाच्न प्रयोग गरिन्छ
03:05 हिज्जे परीक्षण हालको कर्सरको स्थानमा शुरू हुन्छ र डकुमेन्ट वा छनोटको अन्त्यमा जानेछ
03:12 अनि तपाई डकुमेन्टको सुरुदेखि हिज्जे परीक्षण जारी राख्न सक्नुहुन्छ
03:17 Spellcheck ले शब्दको हिज्जे गल्ती हेर्छ र तपाईलाई युजर डिक्सनरीमा नयाँ शब्द थप्ने विकल्प दिन्छ
03:26 यो कसरी गरिन्छ हेरौ
03:29 हिज्जे परीक्षण सुविधा प्रत्येक भाषाको लागि छुट्टै हुन्छ
03:33 उदाहरणका लागि, मेनु बारको “Tools” विकल्पमा क्लिक गरौ र “Options” मा क्लिक गरौ
03:39 देखिएको डाइलग बक्सको “Language Settings” विकल्पमा क्लिक गरौ र अन्त्यमा “Languages” मा क्लिक गरौ
03:47 “User interface” विकल्प अन्तर्गत, “English USA” डिफल्ट विकल्पको रुपमा सेट भएको सुनिश्चित गरौ,
03:56 यसको मुनि, “Locale setting” फिल्डको डाउन एरोमा क्लिक गरौ अनि “English USA” विकल्पमा क्लिक गरौ
04:03 अहिले “Default languages for documents” शीर्षक भित्र, “Western” फिल्डमा डिफल्ट भाषा “English India” सेट छ
04:12 “English India मा स्पेलचेकलाई आवश्यक डिक्सनरी नहुन सक्ने भएकोले हामी “English USA” प्रयोग गर्दैछौं
04:21 त्यसैले “Western” फिल्डको डाउन एरोमा क्लिक गरौ र “English USA” विकल्प क्लिक गरौ
04:27 अन्तमा “OK” बटन क्लिक गरौ
04:31 ल, हामी अब हिज्जे परीक्षण सुविधाले “English USA” भाषाको लागि कसरी काम गर्छ हेर्न तयार छौं
04:38 “Spelling and Grammar” सुविधा प्रयोग गर्न, “AutoSpellCheck” विकल्प इनेबल गरिएको सुनिश्चित गरौ
04:45 यदि यो इनेबल छैन भने, टूलबारको "AutoSpellCheck" बटन क्लिक गरौ
04:52 हाम्रो “resume.odt” फाईलमा “Mother’s Occupation” अन्तर्गत, हामी वाक्यमा “housewife” को लागि एक गलत हिज्जे "husewife" टाइप गर्नेछौं र स्पेसबार थिचौ
05:05 तपाई गलत शब्दमुनि एउटा रातो लाइन प्रकट भएको देख्न सक्नुहुन्छ
05:10 अब “husewife” शब्दमा कर्सर राखौ र स्ट्यान्डर्ड टूल बारको “Spelling and Grammar” आइकनमा क्लिक गरौ
05:18 त्यसैले हामी “Not in dictionary” फिल्डमा शब्द हेर्छौ
05:22 गलत हिज्जे सहितको शब्द रातोमा हाइलाइट हुन्छ र त्यहाँ सही शब्दको लागि “Suggestions” बक्समा विभिन्न सुझावहरू छन् जहाँबाट तपाईले सही शब्द छान्न सक्नुहुन्छ
05:34 सुझाव बक्सको “housewife” मा क्लिक गरौ र अनि “Change” बटनमा क्लिक गरौ
05:40 देखापर्ने सानो डाइलग बक्सको “OK” मा क्लिक गरौ
05:44 हामी अब डकुमेन्टमा सही हिज्जे प्रकट भएको देख्नेछौं
05:48 परिवर्तनहरूलाई अंडू गरौ
05:50 अब “AutoCorrect” नामक अर्को स्ट्यान्डर्ड टूल बार बारे सिकौ
05:56 यस “AutoCorrect” सुविधा हिज्जेपरीक्षणको एक विस्तार हो
06:00 AutoCorrect मेनु बारको ड्रप डाउन मेनुको “Format” विकल्पमा भेटिन्छ
06:06 AutoCorrect ले स्वतः तपाईले सेट गरेको विकल्प अनुसार फाईललाई फर्म्याट गर्छ
06:12 यी विकल्पहरू “AutoCorrect Options” मा क्लिक गरेर छानिन्छ
06:18 AutoCorrect डाइलग बक्स खुल्नेछ
06:21 AutoCorrect सुविधाले तपाईले लेखे अनुसार टेक्स्टलाई स्वतः ठिक गर्छ
06:26 सुधारहरु तपाईंले “Options” ट्याबमा सेट गर्नुभएको विकल्पहरुको अनुसार गरिन्छ
06:32 त्यहाँ विविध अटोकरेक्ट विकल्पहरु छन् जस्तै “Delete spaces at the end and beginning of paragraph”, “Ignore double spaces र अन्य धेरै
06:44 तिनीहरूले कसरी काम गर्छन् एउटा उदाहरणबाट हेरौं
06:48 हाम्रो resume मा, हामी केहि स्थानहरुमा एउटा स्पेस सहित टेक्स्ट टाइप गर्ने छौं र अन्य स्थानहरुमा दुई र तीन स्पेसहरु सहित टाइप गर्नेछौं
07:02 अब सम्पूर्ण टेक्स्ट छानौ
07:05 मेनु बारको “Format” बटनमा क्लिक गरौ
07:09 अनि ड्रप डाउन मेनुको “AutoCorrect” मा क्लिक गरौ र अन्तमा सब मेनुको “AutoCorrect Options” मा क्लिक गरौ
07:17 “Options” ट्याबमा क्लिक गरौ
07:20 अब “Ignore double spaces” मा एउटा ठिक गरौँ र “OK” बटन क्लिक गरौ
07:26 तपाईले टाइप गरेको अर्को टेक्स्टले तपाईंलाई स्वत: शब्द बीचमा दोहोरो स्पेसहरु राख्न दिदैन
07:34 "MANISH" नाम पछि कर्सर राखौ, अब कीबोर्डको “स्पेसबार” दुई पटक थिचौं
07:41 तपाईं देख्नुहुन्छ कर्सरले एक स्पेस मात्र सर्छ र टेक्स्टमा दोहोरो स्पेस राख्न दिदैन
07:48 एकल स्पेस पछि, थर “KUMAR” टाइप गरौ
07:53 अटोकरेक्टमा एउटा शब्द वा छोटकरी रुपलाई अझ बढी अर्थपूर्ण शब्दले प्रतिस्थापन गर्ने क्षमता पनि हुन्छ
08:02 यसले लामो शब्दको छोटकरी रुप सिर्जना गरेर टाइप गर्नबाट जोगाउछ
08:09 उदाहरणको लागि, हाम्रो resume.odt फाईलमा, केही शब्दहरुको सेट वा बारम्बार प्रयोग गरिएका शब्दहरु हुन सक्छन्
08:19 यी शब्दहरू बारम्बार टाइप गर्न झन्झटिलो हुन सक्छ
08:24 मानौं, हामी हाम्रो डकुमेन्टमा “This is a Spoken Tutorial Project” टेक्स्ट बारम्बार टाइप गर्न चाहन्छौ
08:31 त्यसोभए हामी एउटा छोटकरी रुप सिर्जना गर्न सक्छौं जुन सिधै हाम्रो आवश्यक टेक्स्टमा परिवर्तित हुनेछ
08:38 कसरी “stp” जस्तै एउटा छोटकरी रुप स्वतः “Spoken Tutorial Project” मा परिवर्तन हुन्छ हेरौं
08:46 अब मेनु बारको “Format” विकल्पमा क्लिक गरौ अनि “AutoCorrect” विकल्पमा जाऊ र “AutoCorrect Options” क्लिक गरौ
08:57 देखापर्ने डाइलग बक्सको “Replace” ट्याबमा क्लिक गरौ
09:02 “English USA” हाम्रो भाषा छनोट भएको पक्का गर्नुहोस
09:06 अब “Replace” फिल्डमा, हामीले बदल्न चाहेको “stp” नाम टाइप गरौ
09:14 “With” फिल्डमा, हामी “Spoken Tutorial Project” टेक्स्ट लेख्छौं
09:20 डाइलग बक्सको “New” बटनमा क्लिक गरौ
09:24 तपाई प्रतिस्थापन टेबलमा इन्ट्री भएको देख्नुहुन्छ
09:28 अब “OK” बटन क्लिक गरौ
09:31 अब हामीले “This is a stp” टेक्स्ट लेखेर स्पेसबार थिच्ने बित्तिकै, तपाईले देख्नुहुन्छ, छोटकरी “stp” नाम “Spoken Tutorial Project” मा परिणत हुन्छ
09:43 एउटा डकुमेन्टमा एकै शब्दहरु धेरै पटक दोहोरिदा, यो सुविधा धेरै उपयोगी हुन्छ
09:49 परिवर्तनहरु अंडू गरौँ
09:52 यसरी हामी लिब्र अफिस राइटरको यो टूटोरियलको अन्त्यमा आइपुगेका छौं
09:57 संक्षेपमा, हामीले यी कुराहरु सिक्यौं
10:00 Find and Replace, Spell check
10:02 AutoCorrect
10:04 बोध कार्य
10:06 राइटरमा निम्न टेक्स्ट टाइप गरौ- ”This is a new document..The document deals with find and replace”.
10:15 अब आफ्नो टेक्स्टको “document” शब्द पत्ता लगाएर “file” शब्दले प्रतिस्थापन गरौँ
10:21 आफ्नो डकुमेन्टको “text” शब्दलाई ' t x t” मा बदल्नुहोस्
10:27 “text” को हिज्जे सही गर्न Spellcheck सुविधा प्रयोग गर्नुहोस्
10:31 तपाईको डिफल्ट ल्याङ्ग्वेजको रूपमा English(USA) प्रयोग गर्नुहोस्
10:36 AutoCorrect प्रयोग गरेर, “This is LibreOffice Writer” को छोटकरी रुप “TLW” सिर्जना गर्नुहोस र यसको कार्यान्वयन हेर्नुहोस्
10:48 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
10:55 यदि तपाइको ब्यान्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:59 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:09 थप जानकारीको लागि, कन्ट्याक्ट एट स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
11:15 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:19 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:27 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
11:38 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble