LibreOffice-Suite-Math/C3/Set-Operations-Factorials-Cross-reference-equations/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:08, 28 April 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cues Narration
00.00 लिब्रे अफिस म्याथको स्पोकन ट्युटोरियलमा स्वागत छ
00.04 यो ट्युटोरियलमा हामीले यी कुराहरु सिक्नेछौ
00.07 सेट कार्य लेख्न
00.10 Factorials लेख्न र
00.12 नम्बर दिएर इक्वेसन क्रस रेफ्रेंसिंग गर्न
00.16 यसको लागि, पहिलो हामीले पछिल्लो ट्यूटोरियलमा बनाएको हाम्रो उदाहरण राइटर डकुमेन्ट MathExample1.odt खोलौ
00.29 यहाँ डकुमेन्टको अन्त्यमा जाउँ र कन्ट्रोल इन्टर थिचेर एउटा नया पेजमा जाउँ
00.37 र “Set Operations: ” टाइप गरौ र दुई पटक Enter थिचौं
00.42 अब म्याथ कल गरौ
00.45 हामी अगाडी जानु अघि, फन्ट साइजलाई 18 सम्म बढाउ
00.51 एलाइनमेन्टलाई लेफ्टमा परिवर्तन गरौ
00.54 अब कसरी सेट कार्यहरु लेख्ने सिकौ
01.00 म्याथमा सेटहरूको प्रतिनिधित्व गर्ने छुटै मार्कअप छ जुन भिन्न एलिमेन्टहरूको संग्रह हो
01.07 स्क्रीनमा देखिए जस्तै फर्मुला एडिटर विन्डोमा ४ वटा सेटहरूको उदाहरण लेखौ
01.14 ५ एलिमेन्टहरु सहितको Set A
01.18 सेट B
01.19 सेट C
01.21 र प्रत्येक एलिमेन्ट सहितको सेट D
01.26 याद गरौ, सेटहरूको लागि ब्राकेट लेख्न, हामी lbrace र rbrace मार्क अप प्रयोग गर्न सक्छौ
01.35 अब हामी युनियनहरू र इन्टरसेक्सनहरू जस्ता सेट कार्यहरू लेख्न सक्छौ
01.42 सर्व प्रथम, एउटा युनियन कार्य लेखौ
01.46 हामीले यसलाई पढे जस्तै B युनियन C को मार्क अप यहि हो
01.51 र परिणाम सेट 1, 2, 6, 4, र 5 हुन् जसले दुवै सेटहरूमा सबै अलग एलिमेन्टहरू समावेश गर्छन्
02.04 इन्टरसेक्सन कार्यको लागि मार्कअप फेरी हामीले यसलाई पढ्ने जस्तै छ
02.10 इन्टरसेक्सनले दुवै सेटहरूबाट मिल्ने एलेमेन्टहरू मात्र समावेश गर्छ
02.16 त्यसैले B इन्टरसेक्सन D को परिणाम 6 हो
02.23 र सबै सेट C को एलिमेन्ट सेट A मा पनि भएकोले हामी सेट C लाई सेट A को सबसेट लेख्न सक्छौं
02.35 यसको मार्कअप C सबसेट A हो
02.42 तपाई एलिमेंट्स विन्डोको तेस्रो आइकनमा क्लिक गरेर थप सेट कार्यहरु लेख्न सिक्न सक्नुहुन्छ
02.51 View> Elements> Set Operations मा जाऊ
02.59 अब आफ्नो काम सेभ गरौ
03.02 File>Saveमा क्लिक गरौ
03.06 अब Factorial फंक्सन लेखौ
03.11 हामीले छिट्टै लेख्न गइरहेको तीन फर्मुलाहरूको लागि हामी 1 देखि 3 नम्बर तोक्नेछौँ
03.19 यिनीहरुले राइटर डकुमेन्ट भित्र कहिँ पनि तिनीहरुलाई क्रस रेफरेन्स गर्न सहयोग गर्नेछन्
03.25 बिस्तारै राइटर ग्रे बक्स बाहिर तीन पटक क्लिक गरेर एक नयाँ पेजमा जाउँ
03.33 कन्ट्रोल- इन्टर थिचौं
03.36 “Factorial Function: ” टाइप गरौ र इन्टर दुई पटक थिचौं
03.42 अब हामीलाई कसरी म्याथ कल गर्ने थाहा छ
03.45 तर त्यहाँ राइटरमा म्याथ अब्जेक्ट ल्याउने अर्को उपाय छ
03.51 यसको लागि राइटर डकुमेन्टमा केवल ‘f n’ लेखौ र F3 थिचौं
03.59 हामी अब एउटा नयाँ म्याथ अब्जेक्ट देख्दैछौं जसले E बराबर m c स्क्वार छ भन्छ
04.07 र साथै, बायाँ प्यारेंथेसिस भित्र नम्बर वान छ
04.14 मतलब, हामी कहिँ पनि डकुमेन्टमा नम्बर 1 संग यो फर्मुला क्रस रेफरेन्स गर्न सक्छौं
04.22 हामी पछि यो कसरी गर्ने बिस्तृत रुपमा सिक्ने छौ
04.27 अहिले लाई म्याथ अब्जेक्टमा डबल क्लिक गरौ
04.32 र फर्म्याटिंग गरौ, फन्ट साइज 18 र लेफ्ट एलाइनमेन्ट छानौं
04.40 ल, अब फ्याक्टोरियलको लागि एउटा उदाहरण लेखौ
04.44 मार्क अप ‘fact’ले फ्याक्टोरियल संकेत गर्छ
04.50 त्यसैले हामीसँग भएको फर्मुलालाई पुनर्लेखन गरौं
04.55 5 फ्याक्टोरियल = 5 गुणा 4 गुणा 3 गुणा 2 गुणा 1 = 120
05.07 यहाँको मार्क अप याद गरौँ
05.09 यहाँ एउटा नयाँ म्याथ अब्जेक्टमा हाम्रो अर्को फर्मुला लेखौ
05.14 सर्व प्रथम, यसको लागि यो राइटर ग्रे बक्स बाहिर तीन पटक बिस्तारै क्लिक गरौ
05.23 यो पेजको अन्तमा जान डाउन एरो दुई वा तीन पटक थिच्नुहोस्
05.30 र ‘f n’ टाइप गरौ र दोस्रो म्याथ अब्जेक्ट ल्याउन F3 प्रेस गरौँ
05.37 फेरी, हामी फर्म्याटिंग दोहोराउनेछौं
05.46 र भएको फर्मुलालाई फ्याक्टोरियल परिभाषाले पुनर्लेखन गरौ
05.52 N factorial is equal to prod from k = 1 to n of k.
06.01 जोडलाई सिग्मा ले जनाए जस्तै ‘prod’ ले गुणा जनाउँछ
06.10 अब, पहिलो दुई जस्तै एउटा तेस्रो म्याथ अब्जेक्ट सुरु गरौ
06.20 र स्क्रिनमा देखाइएको जस्तै फ्याक्टोरियल परिभाषालाई दुई कन्डिसनल फर्मुलाहरूको रूपमा पुनर्लेखन गरौ
06.30 मार्क अप ‘binom’ याद गरौँ जसले दुई एलिमेन्टहरुको एउटा ठाडो चाङ देखाउँछ र राम्रोसँग एलाइन हुन मद्दत गर्छ
06.42 हामी यी फर्मुलाहरूलाई कसरी क्रस रेफ्रेन्स गर्ने सिक्नेछौं
06.47 यसको लागि, एउटा नयाँ पेजमा जाऊ
06.51 र टाइप गरौँ: An example of factorial is provided here:
06.59 अब इन्सर्ट मेनुमा र क्रस रेफेरेन्समा क्लिक गरौ
07.06 नयाँ पप अपमा, सुचीमा “Text” छानौ
07.12 अनि हामीले लेखेको सेलेक्सन सुचीमा पहिलो आइटम सङ्केत गर्ने पहिलो फ्याक्टोरियल फर्मुला छानौ
07.21 अब ‘Insert reference tool’ सुचीमा रेफरेन्स छानौ र इन्सर्टमा एक पटक क्लिक गरौ र बन्द गरौ
07.31 ल, प्यारेंथेसिसमा नम्बर वान हाम्रो टेक्स्टको छेउमा देखिएको छ, र काम सकियो
07.39 यसलाई यो नम्बरमा क्लिक गरेर परिक्षण गरौँ
07.43 र याद गरौ, कर्सर हामीले पहिलो फर्मुला लेखेको स्थानमा पुगेको छ
07.51 ल, यसरी हामी राइटर डकुमेन्ट भित्र कहिँ पनि म्याथ फर्मुला क्रस रेफरेन्स गर्न सक्छौं
07.58 आफ्नो काम सेभ गरौ
08.01 यहाँ म्याथको लागि केही सन्दर्भ लिंकहरु छन्
08.06 Libreoffice.org लिंकबाट निर्देशनहरु डाउनलोड गरौ
08.14 तपाई म्याथको थप जानकारीको लागि निम्न वेबसाइट पनि हेर्न सक्नुहुन्छ
08.20 र अन्तमा, यहाँ तपाईको लागि एक कार्य छ, राइटर डकुमेन्ट प्रयोग गरौ
08.25 यो टुटोरियलको उदाहरण सेटहरू प्रयोग गरेर: यदि A युनियन( B युनियन C) बराबर (A युनियन B)युनियन C छ/छैन जाच्नुहोस्
08.40 A माइनस B को परिणाम लेख्नुहोस्
08.43 र राइटर डकुमेन्टमा दोस्रो र तेस्रो फ्याक्टोरियल फर्मुला क्रस रेफरेन्स गर्नुहोस
08.51 यसले हामीलाई यो लिब्रे अफिस म्याथको सेट, फ्याक्टोरियल र क्रस रेफेरेंसिंग ट्युटोरियलको अन्त्यमा ल्याएको छ
08.59 संक्षेपमा, हामीले निम्न बिषयहरु सिक्यौ:
09.03 सेटको कार्य लेख्न
09.05 फ्याक्टोरियलहरू लेख्न र
09.08 नम्बरबाट इक्वेसनहरू क्रस रेफरेन्स गर्न
09.11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो

यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ

09.23 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
09.27 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09.32 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble