Linux-AWK/C2/Basics-of-awk/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:29, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | awk कमाण्डको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा, हामी awk कमाण्ड सिक्ने छौ |
00:09 | हामी यसो गर्न केहि उदाहरणहरु प्रयोग गर्ने छौं |
00:12 | यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम, GNU BASH संस्करण ४.२.२४ प्रयोग गर्दै छुँ |
00:23 | यो ट्युटोरियल अभ्यास गर्न GNU bash संस्करण ४ वा माथिको सिफारिस गरिएको छ |
00:29 | awk को परिचयबाट सुरु गरौ |
00:33 | awk कमाण्ड एउटा सशक्त टेक्स्ट मेनुपुलेसन टूल हो |
00:38 | यो यसका आविस्कारकको नाममा नामांकरण गरिएको छ, Aho, Weinberger र Kernighan |
00:44 | यसले धेरै कार्यहरु गर्न सक्छ |
00:46 | यसले एउटा रेकर्डको फिल्ड लेभलमा काम गर्छ |
00:51 | त्यसैले, यसले प्रत्येक रेकर्डको फिल्डहरु सजिलै प्रयोग गर्न र सम्पादन गर्न सक्छ |
00:56 | केहि उदाहरणहरु हेरौ |
00:59 | प्रदर्शन गर्न हामी awkdemo.txt फाइल प्रयोग गर्छौं |
01:04 | awkdemo.txt फाइल को सामग्रीहरु हेरौ |
01:09 | अब, आफ्नो कीबोर्डको CTRL+ ALT र T कीहरु एकैपटक थिची ‘’’टर्मिनल’’’ खोलौ |
01:17 | अब awk कमाण्ड प्रयोग गरि कसरी प्रिन्ट गर्ने हेरौं |
01:22 | टाइप गरौ: awk स्पेस एकल उद्धरण भित्र स्ल्यास ‘/Pass स्ल्यास/खुल्ने कर्ली ब्राकेट { प्रिन्ट बन्द हुने कर्ली ब्राकेट } उद्धरण पछि स्पेस awkdemo.txt |
01:38 | Enter थिचौ |
01:40 | यहाँ, Pass छनोटको मापदण्ड हो |
01:44 | awkdemo का Pass भएका सम्पूर्ण लाइनहरु प्रिन्ट हुनेछन |
01:49 | यहाँ कार्य भनेको प्रिन्ट हो |
01:52 | हामी awk मा नियमित एक्सप्रेसनहरु पनि प्रयोग गर्न सक्छौ |
01:56 | मानौं, हामी Mira नाम गरेको विद्यार्थीको रेकर्ड प्रिन्ट गर्न चाहन्छौ |
02:01 | हामी टाइप गर्ने छौ:awk स्पेस '/ ठूलो M खुल्ने स्क्वेर ब्राकेट [ ei बन्द हुने स्क्वेर ब्राकेट ]*ra * / खुल्ने कर्ली ब्राकेट { print }बन्द हुने कर्ली ब्राकेट' स्पेस awkdemo.txt |
02:27 | Enter थिचौ |
02:29 | "*" ले पछिल्लो अक्षरहरुको एक वा बढी पटक दोहोरिएको संख्या दिनेछ |
02:33 | तसर्थ, एकभन्दा बढि पटक दोहोरिने इन्ट्रीहरु i, e र a सुचिकृत हुनेछन् |
02:40 | उदाहरणको लागि |
02:42 | Mira |
02:45 | Meera |
02:47 | Meeraa |
02:52 | awk ले extended regular expressions (ERE) को समर्थन गर्दछ |
02:58 | यसको मतलब हामी PIPE ले छुट्याइएको एक भन्दा बढि प्याटर्नहरु मिलाउन सक्छौं |
03:03 | प्रम्प्ट सफा गरौँ |
03:05 | electrical ( स्ल्यास)स्पेस (खुल्ने कर्ली ब्राकेट)/{print}(बन्द हुने कर्ली ब्राकेट) उद्धरण पछि स्पेसawkdemo.txt |
03:23 | Enter थिचौ |
03:26 | अब, दुवै civil र electrical को इन्ट्रीहरु दिइएका छन् |
03:31 | हाम्रो स्लाइडमा फर्कौ |
03:34 | awk प्यारामिटरमा मा एउटा लाइनको प्रत्येक फिल्डहरु पहिचान गर्न केहि विशेष प्यारामिटरहरु छन् |
03:41 | $1(Dollar 1) ले पहिलो फिल्डलाई संकेत गर्छ |
03:45 | त्यसैगरी, हामी सम्बन्धित फिल्डहरुका लागि $2, $3 र आदि पनि हुनसक्छन |
03:53 | $0 ले सम्पूर्ण लाइन जनाउँछ |
03:56 | हाम्रो टर्मिनलमा फर्कौं |
03:59 | याद गरौ, awkdemo.txt फाइलको हरेक शब्द PIPE ले छुट्टयाइएको छ |
04:05 | यो अवस्थामा, PIPE लाई delimiter भनिन्छ |
04:09 | एउटा delimiter ले शब्दलाई एक अर्काबाट अलग गर्छ |
04:13 | एउटा delimiter एउटा whitespace पनि हुन सक्छ |
04:16 | एउटा डेलीमिटर तोक्न, हामीले - ठूलो F फल्याग सँगै एउटा delimiter दिनु पर्छ |
04:24 | हेरौ,टाइप गरौ: awk स्पेस माइनस ठुलो F स्पेस दोहोरो उद्धरण भित्र PIPE उद्धरण पछि स्पेस एकल उद्धरण भित्र स्ल्यास civil PIPE electrical स्ल्यास कर्ली ब्राकेट भित्र print स्पेस डलर 0 कर्ली ब्राकेट उद्धरण पछि स्पेस awkdemo.txt |
04:51 | Enter थिचौ |
04:53 | यसले सम्पूर्ण लाइन प्रिन्ट गर्छ किनकि हामीले $0 प्रयोग गरेका छौ |
04:58 | याद गरौ, names र stream of students दोस्रो र तेस्रो फिल्डहरु हुन् |
05:04 | मानौं, हामी दुईवटा फिल्डहरु मात्र प्रिन्ट गर्न चाहन्छौ |
05:08 | हामी माथिको कमाण्डमा $0 लाई $2 र $3 ले बदल्ने छौं |
05:15 | Enter थिचौ |
05:18 | दुई फिल्डहरु मात्र देखिएक छन् |
05:21 | यसले सहि परिणाम दिए पनि डिस्प्लेमा सबै छरिएका र राम्रोसँग मिलेका छैनन् |
05:26 | हामी C स्टाइल printf स्टेटमेन्ट प्रयोग गरि आउटपुटमा फर्म्याट ल्याउन सक्छौं |
05:32 | हामी एउटा बिल्टइन् भेरीएबल NR प्रयोग गरि एउटा सिरियल नम्बर पनि प्रदान गर्न सक्छौ |
05:40 | हामी बिल्टइन् भेरीएबलको बारेमा पछि हेर्ने छौं |
05:44 | अब टाइप गरौ: awk स्पेस -F ”PIPE” स्पेस '/Pass/{printf “%4d %-25s %-15s \n”, NR,$2,$3 }' स्पेस awkdemo.txt |
06:33 | Enter थिचौ , हामी फरक देख्छौ |
06:37 | यहाँ NR ले नम्बर अफ् रेकर्ड जनाउँछ |
06:41 | रेकर्डहरु इन्टिजर हुन्, त्यसैले हामीले %d लेखेका छौं |
06:45 | Name र Stream स्ट्रिंग हुन्, त्यसैले हामीले %s प्रयोग गरेका छौं |
06:50 | यहाँ, 25s ले Name फिल्डको लागि २५ ठाउँहरु रिजर्भ गर्ने छ |
06:55 | 15s ले Stream फिल्डको लागि १५ ठाउँहरु रिजर्भ गर्ने छ |
07:01 | ‘’’माइनस चिन्हं’’’ आउटपुट बायाँतिर राख्न प्रयोग गरिन्छ |
07:05 | यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
07:08 | हाम्रो स्लाइडमा फर्कौ |
07:10 | संक्षेपमा हेर्दा,यो ट्युटोरियलमा, हामीले सिक्यौं: awk प्रयोग गरि प्रिन्ट गर्न |
07:16 | awk मा नियमित एक्सप्रेसन, निश्चित स्ट्रिमका इन्ट्रीहरुको सुची बनाउन |
07:21 | दोस्रो र तेस्रो फिल्डहरुको मात्र सुची बनाउन |
07:24 | फर्म्याट गरिएको आउटपुट देखाउन |
07:28 | कार्यको रुपमा ,Ankti Saraf को रोल नम्बर, स्ट्रिम र अंक देखाउनुहोस् |
07:34 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:37 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:40 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:45 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
07:48 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:52 | विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
07:58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
08:01 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:07 | यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro |
08:12 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार !!! |