Linux/C2/The-Linux-Environment/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | लिनक्स इन्भायरोमेन्ट र यसको ब्यबस्थापन गर्ने तरिकाहरु को यस स्पोकन ट्युटोरीयलमा स्वागत छ |
00:07 | यो ट्युटोरीयलमा देखाइएका उदाहरणहरु गर्न हामीलाई एउटा काम गर्ने लिनक्स सिस्टम हुनुपर्छ, उबुन्टु भए राम्रो |
00:13 | हामी मान्छौं, तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र केहि कमाण्डहरु, फाइल सिस्टम र शेल सम्बन्धि आधारभूत ज्ञान छ |
00:22 | यदि तपाई इच्छुक हुनुहुन्छ वा यी ज्ञानहरु ताजा बनाउनु छ भने कृपया हाम्रो वेबसाइटको अर्को ट्युटोरियल हेर्नुहोस् |
00:32 | कृपया याद गर्नुहोस्, यो ट्युटोरियल रेकर्ड गर्न उबुन्टु १०.१० प्रयोग गरिएको छ |
00:36 | यो पनि याद गर्नुहोस, लिनक्स केस सेन्सिटिभ छ र नभने सम्म यो ट्युटोरियलमा सबै कमाण्डहरु लोअर केसमा हुन्छन् |
00:46 | लिनक्स इन्भायरोमेन्टले अपेरेटिंग सिस्टमले तपाइसंग कस्तो ब्यबहार गर्ने, यसले कमाण्डहरुलाई कसरी प्रत्युत्तर दिने, तपाइको कार्यलाई कसरी बर्णन गर्ने र आदि निर्धारण गर्छ |
00:55 | लिनक्सलाई शेलको सेटिंगहरु बदली आफुले चाहे अनुसार बनाउन सकिन्छ |
00:58 | यो सबै कसरी गर्न सकिन्छ हेरौं |
00:59 | शेलको व्यवहार शेल भ्यारीएबलले निर्धारण गर्छ |
01:04 | शेल भ्यारीएबलहरु मुख्यतः दुई प्रकारका छन:
Environment Variables र Local Variables |
01:12 | इन्भायरोमेन्ट भ्यारीएबल, पुरै युजरको टोटल इन्भायरोमेन्टमा उपलब्ध हुने भएकोले नाम यस्तो भएको हो |
01:19 | यिनीहरु शेलका सबशेलहरुमा पनि उपलब्ध छ जसले शेल स्क्रिप्ट रन गर्ने गर्छ |
01:24 | लोकल भ्यारीएबल, नाम जस्तै यो सिमित रुपमा उपलब्ध हुन्छन |
01:31 | यिनीहरु शेलका सबशेलहरुमा उपलब्ध हुदैन |
01:36 | यो ट्युटोरियलमा हामी मुख्यतः इन्भायरोमेन्ट भ्यारीएबलको बारेमा कुरा गर्नेछौं, पहिले यी शेल भ्यारीएबलका मानहरु कसरी हेर्न सकिन्छ हेरौं |
01:48 | करेन्ट शेलका सबै उपलब्ध भ्यारीएबलहरु हेर्न, हामी यो कमाण्ड सेट रन गर्छौं |
01:53 | टर्मिनलमा टाइप गर्नुहोस्
"set space " पाइपलाइन अक्षर स्पेस " more" र इन्टर गर्नुहोस् |
02:00 | हामी सबै उपलब्ध करेन्ट भ्यारीएबलहरु देख्न सक्छौं |
02:04 | उदाहरण : HOME इन्भायरोमेन्ट भ्यारीएबलमा हेर्नुहोस् र यसमा राखिएको मान पनि याद गर्नुहोस् |
02:15 | सूची भित्र सार्न इन्टर गर्नुहोस् र बाहिर निस्कन q थिच्नुहोस् |
02:21 | यहाँ सेटको आउटपुट अझ धेरैमा पाइपलाइन भएको छ,जसले गर्दा भ्यारीएबल लिस्टको अझ धेरै पेजमा प्रकृयात्मक डिस्प्ले देखाउन सकियोस |
02:38 | खाली इन्भायरोमेन्ट भ्यारीएबल हेर्न, env कमाण्ड रन गर्नुहोस् |
02:45 | टर्मिनलमा टाइप गर्नुहोस्
"env space 'vertical-bar' more" र इन्टर गर्नुहोस |
02:52 | उदाहरणको लागि,
शेल भ्यारीएबल याद गर्नुहोस जसको मान स्ल्याश बिन स्ल्याश ब्याश छ |
03:00 | फेरि तपाई बाहिर निस्कन, q थिच्न सक्नुहुन्छ |
03:07 | अब, लिनक्समा अझ केहि महत्वपूर्ण भ्यारीएबलहरुको चर्चा गरौँ |
03:11 | यहाँ हामी सबै प्रदर्शनीको लागि ब्याश शेल प्रयोग गर्नेछौं |
03:15 | विभिन्न शेलहरु अलिकति छुट्टै तरिकाले भिन्न बनाइएको हुन्छ |
03:19 | एउटा भ्यारीएबलले वास्तवमा के भण्डार गर्छ हेर्न, हामी भ्यारीएबलको नाम अगाडी डलर चिन्ह र यो संगै इको कमाण्ड प्रयोग गर्छौं |
03:30 | हामीले देख्ने पहिलो भ्यारीएबल भनेको SHELL भ्यारीएबल हो |
03:35 | यसले करेन्ट शेलको नाम भण्डार गर्छ |
03:37 | शेल भ्यारीएबलको मान हेर्न, टर्मिनलमा टाइप गर्नुहोस्,
l "echo स्पेस डलर S-H-E-L-L क्यापिटलमा" इन्टर थिच्नुहोस् |
03:55 | यहाँ स्ल्याश बिन स्ल्याश ब्याश त्यो शेल हो जहाँ हामी अहिले काम गरिरहेका छौं |
04:02 | अर्को भ्यारीएबल HOME हो |
04:05 | जब हामी लिनक्समा लगिन हुन्छौं, साधारणतया यसले हामीलाई त्यो डाइरेक्टरीमा राख्छ जसको नाम हाम्रो युजर नाममा राखिएको हुन्छ |
04:11 | यो डाइरेक्टरीलाई होम डिरेक्टरी भनिन्छ र होम भ्यारीएबलमा उपलब्ध हुने ठ्याक्क यहीँ हो |
04:17 | मान हेर्न, टर्मिनलमा टाइप गर्नुहोस्, "echo स्पेस डलर H-O-M-E क्यापिटलमा" र इन्टर गर्नुहोस् |
04:29 | अर्को इन्भायरोमेन्ट भ्यारीएबल PATH हो |
04:32 | PATH भ्यारीएबलमा डाइरेक्टरीको एब्सोलुट पाथ हुन्छ जसलाई शेलले कुनै एक्जिक्युटेबल कमाण्ड भेट्टाउन सर्च गर्नुपर्ने मानिन्छ |
04:40 | अब, पाथ भ्यारीएबलको मान हेरौं |
04:43 | फेरि, टर्मिनलमा टाइप गर्नुहोस् "echo स्पेस डलर P-A-T-H " क्यापिटलमा र इन्टर गर्नुहोस् |
04:51 | हाम्रो कम्प्युटरमा यसले डाइरेक्टरीहरु देखाउछ
slash user slash local slash sbin slash user slash local slash bin slash user slash sbin slash user slash bin आदि |
05:04 | यो एक सिस्टम देखि अर्कोमा थोरै फरक पर्न सक्छ |
05:07 | यो वास्तवमा डाइरेक्टरीहरुको एउटा सूची हो जसलाई कोलोनले छुट्टाएको छ र शेलले एउटा एक्जिक्युटेबल कमाण्ड पत्ता लगाउन सर्च गर्छ |
05:18 | हामी सूचीमा हाम्रो डाइरेक्टरी पनि थप्न सक्छौं जसले गर्दा शेलले हाम्रो डाइरेक्टरी पनि सर्च गर्छ |
05:25 | हाम्रो आफ्नो डाइरेक्टरी थप्न टर्मिनलमा यो टाइप गर्नुहोस्, |
05:29 | "P-A-T-H क्यापिटलमा 'equal-to' डलर फेरि P-A-T-H क्यापिटलमा कोलोन स्ल्याश होम स्ल्याश हाम्रो आफ्नो होम डाइरेक्टरीको नाम र इन्टर थिच्नुहोस् |
05:54 | यदि हामीले PATHको मान इको गर्यौं भने, |
06:04 | हाम्रो थपिएको डाइरेक्टरी पनि PATH भ्यारीएबलको भाग हुन्छ |
06:10 | हेर्नुहोस् कि अहिले यहाँ डाइरेक्टरी छ |
06:16 | अर्को चाखलाग्दो भ्यारीएबल LOGNAME हो |
06:20 | यसले अहिलेको एक्टिभ युजरको युजरनेम भण्डार गर्छ |
06:24 | मान हेर्न टाइप गर्नुहोस्, "echo स्पेस डलर LOGNAME" र इन्टर गर्नुहोस् |
06:35 | जब हामी टर्मिनल खोल्छौं, हामी डलर चिन्ह देख्न सक्छौं, जहाँ हामीले सबै कमाण्ड इन्टर गर्ने प्रम्प्ट छ |
06:42 | यो प्राइमरी प्रम्प्ट स्ट्रिंग हो जसलाई इन्भायरोमेन्ट भ्यारीएबल PS1ले जनाइन्छ |
06:47 | त्यहाँ सेकन्डरी प्रम्प्ट स्ट्रिंग पनि छ |
06:50 | यदि हाम्रो कमाण्ड लामो छ र यो एउटा लाइन भन्दा लामो छ भने हामी दोस्रो लाइन देखि अगाडी प्रम्प्टमा एउटा ग्रेटर द्यान चिन्ह “>” देख्छौं |
07:00 | यो इन्भायरोमेन्ट भ्यारीएबल PS2ले जनाउने सेकेन्डरी प्रम्प्ट स्ट्रिंग हो |
07:05 | सेकन्डरी कमाण्ड प्रम्प्टको मान हेर्न, टर्मिनलमा यो टाइप गर्नुहोस्, "echo स्पेस डलर PS2" र इन्टर गर्नुहोस् |
07:20 | हामी हाम्रो प्राइमरी स्ट्रिंगलाई फेर्न पनि सक्छौँ, मानौं प्रम्प्टमा “एट द रेट” <@> |
07:28 | यो गराउन टाइप गर्नुहोस्
"PS1 'equal-to'अब उद्धरण भित्र 'एट द रेट' “र इन्टर गर्नुहोस् |
07:41 | अब, हामी प्रम्प्टमा डलर चिन्हको साटो एट द रेट चिन्ह देख्न सक्छौं |
07:50 | हामी केहि चाखलाग्दो गर्न सक्छौं,जस्तै हामी हाम्रो युजरनेम प्रम्प्टमा देखाउन चाहन्छौं |
07:56 | खाली यो टाइप गर्नुहोस्, "PS1 क्यापिटलमा 'equal-to' उद्धरण भित्र डलर LOGNAME " र इन्टर गर्नुहोस् |
08:12 | अब, युजरनेम मेरो प्रम्प्ट हो |
08:16 | फर्किन, टाइप गरौँ "PS1 'equal-to' उद्धरण भित्र डलर र इन्टर थिच्नुहोस्" |
08:28 | हामीले धेरै इन्भायरोमेन्ट भ्यारीएबलमा मान राखेका छौं |
08:32 | तर, एउटा कुरा सम्झिनुहोस यी बदलाबहरु हालको सत्रमा लागु हुन्छन् |
08:37 | जस्तै हामीले हाम्रो डाइरेक्टरी PATH भ्यारीएबलमा थपेका छौं |
08:40 | यदि हामीले टर्मिनल बन्द गर्यौ र यसलाई पुनः खोल्यौं वा एउटा पुरै नयाँ टर्मिनल खोल्यौं र यसका मानहरु इको गरि पाथ भ्यारीएबल जाच्यौं भने |
09:00 | हामी अचम्म्मित हुनेछौ कि हामीले गरेका बदलाब अब हुनेछैन |
09:05 | यी मोडीफिकेसन स्थायी बनाउने तरिकाहरुको बारेमा केहि एडभान्सड ट्युटोरियलमा चर्चा गरिनेछ |
09:13 | प्राय हामीले पहिले एक्जिक्युट गरेका कमाण्डहरु पुनः एक्जिक्युट गर्न चाहन्छौं,हामी के गछौं त? के हामीलाई पुरै कमाण्ड पुनः टाइप गर्नुपर्छ? |
09:22 | होइन, हामीसंग बिभिन्न तरिकाहरु रहेका छन् |
09:26 | पहिलो, साधारणतया यदि तपाइले किबोर्डको अप कि थिच्नुभयो भने यसले तपाइले टाइप गर्नुभएको अन्तिम कमाण्ड देखाउछ |
09:33 | थिची राख्नुहोस र यसले सबै पुराना कमाण्डहरु स्क्रोल गरिरहनेछ |
09:37 | फर्कन, डाउन कि थिच्नुहोस् |
09:42 | तर तपाइलाई धेरै कमाण्डहरु स्क्रोल गर्न पर्दा केहि झन्झटिलो र अप्ठ्यारो लाग्न सक्छ, हिस्ट्री कमाण्ड प्रयोग गर्ने अझ राम्रो तरिका |
09:52 | प्रम्प्टमा "history" टाइप गर्नुहोस् |
09:58 | र इन्टर थिच्नुहोस्, हेर्नुहोस् कि पहिले एक्जिक्युट गरिएका कमाण्डहरुको सूची देखापर्छ |
10:04 | यदि तपाई लामो सूचिको साटो, अन्तिम १० मात्र हेर्न चाहनुहुन्छ भने |
10:08 | टाइप गरौँ "history स्पेस 10" र इन्टर गरौँ |
10:20 | याद गर्नुहोस्, सुचिमा हरेक पहिले एक्जिक्युट गरेका कमाण्डहरुलाई एउटा नम्बर दिइएको छ |
10:27 | कुनै एउटा कमाण्ड दोहोराउन |
10:32 | खाली बिस्मयादिबोधक चिन्ह सहित कमान्डको नम्बर टाइप गर्नुहोस्, उदाहरणको लागि मेरोमा 442, एक्जिक्युट गरौँ, इको स्पेस डलर पाथ |
10:51 | यदि तपाइलाई अन्तिम कमाण्ड पुनः एक्जिक्युट गर्नुपर्छ भने खाली बिस्मयादिबोधक चिन्ह दुइचोटी टाइप गरि इन्टर गर्नुहोस् |
11:03 | हामीले हेर्ने अर्को कुरा भनेको tilde substitution हो
tilde(~) अक्षर होम डाइरेक्टरी को शर्टह्यान्ड हो |
11:12 | मानौं तपाईको होम डाइरेक्टरी मा testtree नामक डाइरेक्टरी छ,तपाई यो टाइप गरि यसमा जान सक्नुहुन्छ "cd स्पेस 'tilde' स्ल्याश testtree" |
11:25 | हालको काम गरिरहेको डाइरेक्टरी बाट अन्तिम कमान्डले प्रयोग गरेको डाइरेक्टरीमा जाने अर्को एउटा कमाण्ड,
cd 'tilde' माइनस वा cd माइनस मात्र |
11:35 | जस्तै हामी अहिले testtree डाइरेक्टरीमा छौ,अन्तिम प्रयोग भएको होम डाइरेक्टरी हो |
11:41 | यदि हामीले यो रन गर्यौ "cd स्पेस माइनस" र इन्टर गर्यौं ,यो होम डाइरेक्टरीमा जान्छ |
11:47 | यसलाई फेरि रन गरौँ, र यसले तपाईलाई testtree डाइरेक्टरीमा पुनः फर्काउछ |
11:55 | हामीले हेर्ने अन्तिम तर अलि महत्वपूर्ण कमाण्ड alias कमाण्ड हो |
11:59 | यो पनि हुनसक्छ कि तपाइलाई एउटा ठुलो कमाण्ड बारम्बार रन गर्नुपर्छ |
12:04 | यो अवस्थामा हामी एउटा शर्ट एलिएस नेम दिन सक्छौं र यसलाई प्रयोग गर्न तपाई एलिएस नेम प्रयोग गर्न सक्नुहुन्छ |
12:11 | मानौं कि तपाइको डाइरेक्टरी हाइर्यार्की लामो छ र तपाइ बारम्बार म्युजिकमा जानुहुन्छ, तपाई यस्तो एउटा एलिएस बनाउन सक्नुहुन्छ |
12:20 | टाइप गर्नुहोस्, " alias स्पेस cdMusic 'equal-to' दोहोरो उद्धरण भित्र cd space slash home slash arc slash files slash entertainment slash music " र इन्टर गर्नुहोस् |
12:47 | अब हरेक पटक तपाईलाई यो डाइरेक्टरीमा जानुपर्दा cdMusic मात्र लेख्नुहोस् र इन्टर थिच्नुहोस् |
12:55 | हेर्नुहोस्, अहिले हामी म्युजिक डिरेक्टरीमा छौं |
12:58 | अब तपाई पहिलेको वर्किंग डाइरेक्टरीमा फर्कन प्रम्प्टमा यो टाइप गर्नुहोस् "cd space minus" |
13:08 | एउटा एलिएस हटाउन खाली unalias स्पेस cdMusic लेख्नुहोस् र इन्टर थिच्नुहोस् |
13:20 | अब, फेरि तपाइले टर्मिनलमा cdMusic लेख्नुभयो भने तपाइले कमाण्ड भेटिएन भन्ने एरर पाउनुहुनेछ |
13:30 | मानौं हाम्रो वर्किंग डाइरेक्टरीमा हामीसंग दुई फाइलहरु छन्, test1 र test2 |
13:38 | र यदि हामीले rm test1 लेख्यौं भने, test1 मेटिनेछ |
13:45 | हामीलाई थाहा छ कि rm कमान्डको “हाइफन i” विकल्पले हटाउने प्रकृया अन्तरक्रियात्मक बनाउछ |
13:52 | त्यसैले हामी एउटा एलिएस सेट गर्न सक्छौं जस्तै, alias rm इक्वेल टू, अब उद्धरण भित्र “rm स्पेस हाइफन i” |
14:03 | अब, जब हामी “rm” रन गर्छौं वास्तवमा,” rm हाइफन i” रन हुनेछ |
14:13 | हामीले टेस्ट1 डिलिट भएको देख्यौं तर सिस्टमले टेस्ट2 मेट्नु अगाडी सोध्छ |
14:20 | यो ट्युटोरीयलमा, हामीले इन्भायरोमेन्ट भ्यारीएबलहरु, हिस्ट्री र एलिएसिंगको बारेमा सिक्यौं |
14:25 | यसले मलाई यो ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
14:28 | स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु
ICT को सहयोग रहेको छ |
14:36 | थप जानकारी हाम्रो वेबसाइटमा उपलब्ध छ |
14:39 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
14:42 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार |