Linux/C2/The-Linux-Environment/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिनक्स इन्भायरोमेन्ट र यसको ब्यबस्थापन गर्ने तरिकाहरु को यस स्पोकन ट्युटोरीयलमा स्वागत छ
00:07 यो ट्युटोरीयलमा देखाइएका उदाहरणहरु गर्न हामीलाई एउटा काम गर्ने लिनक्स सिस्टम हुनुपर्छ, उबुन्टु भए राम्रो
00:13 हामी मान्छौं, तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र केहि कमाण्डहरु, फाइल सिस्टम र शेल सम्बन्धि आधारभूत ज्ञान छ
00:22 यदि तपाई इच्छुक हुनुहुन्छ वा यी ज्ञानहरु ताजा बनाउनु छ भने कृपया हाम्रो वेबसाइटको अर्को ट्युटोरियल हेर्नुहोस्
00:32 कृपया याद गर्नुहोस्, यो ट्युटोरियल रेकर्ड गर्न उबुन्टु १०.१० प्रयोग गरिएको छ
00:36 यो पनि याद गर्नुहोस, लिनक्स केस सेन्सिटिभ छ र नभने सम्म यो ट्युटोरियलमा सबै कमाण्डहरु लोअर केसमा हुन्छन्
00:46 लिनक्स इन्भायरोमेन्टले अपेरेटिंग सिस्टमले तपाइसंग कस्तो ब्यबहार गर्ने, यसले कमाण्डहरुलाई कसरी प्रत्युत्तर दिने, तपाइको कार्यलाई कसरी बर्णन गर्ने र आदि निर्धारण गर्छ
00:55 लिनक्सलाई शेलको सेटिंगहरु बदली आफुले चाहे अनुसार बनाउन सकिन्छ
00:58 यो सबै कसरी गर्न सकिन्छ हेरौं,शेलको व्यवहार शेल भ्यारीएबलले निर्धारण गर्छ
01:04 शेल भ्यारीएबलहरु मुख्यतः दुई प्रकारका छन:Environment Variables र Local Variables
01:12 इन्भायरोमेन्ट भ्यारीएबल, पुरै युजरको टोटल इन्भायरोमेन्टमा उपलब्ध हुने भएकोले नाम यस्तो भएको हो
01:19 यिनीहरु शेलका सबशेलहरुमा पनि उपलब्ध छ जसले शेल स्क्रिप्ट रन गर्ने गर्छ
01:24 लोकल भ्यारीएबल, नाम जस्तै यो सिमित रुपमा उपलब्ध हुन्छन
01:31 यिनीहरु शेलका सबशेलहरुमा उपलब्ध हुदैन
01:36 यो ट्युटोरियलमा हामी मुख्यतः इन्भायरोमेन्ट भ्यारीएबलको बारेमा कुरा गर्नेछौं, पहिले यी शेल भ्यारीएबलका मानहरु कसरी हेर्न सकिन्छ हेरौं
01:48 करेन्ट शेलका सबै उपलब्ध भ्यारीएबलहरु हेर्न, हामी यो कमाण्ड सेट रन गर्छौं
01:53 टर्मिनलमा टाइप गर्नुहोस् "set space " पाइपलाइन अक्षर स्पेस " more" र इन्टर गर्नुहोस्
02:00 हामी सबै उपलब्ध करेन्ट भ्यारीएबलहरु देख्न सक्छौं
02:04 उदाहरण : HOME इन्भायरोमेन्ट भ्यारीएबलमा हेर्नुहोस् र यसमा राखिएको मान पनि याद गर्नुहोस्
02:15 सूची भित्र सार्न इन्टर गर्नुहोस् र बाहिर निस्कन q थिच्नुहोस्
02:21 यहाँ सेटको आउटपुट अझ धेरैमा पाइपलाइन भएको छ,जसले गर्दा भ्यारीएबल लिस्टको अझ धेरै पेजमा प्रकृयात्मक डिस्प्ले देखाउन सकियोस
02:38 खाली इन्भायरोमेन्ट भ्यारीएबल हेर्न, env कमाण्ड रन गर्नुहोस्
02:45 टर्मिनलमा टाइप गर्नुहोस्"env space 'vertical-bar' more" र इन्टर गर्नुहोस
02:52 उदाहरणको लागि,शेल भ्यारीएबल याद गर्नुहोस जसको मान स्ल्याश बिन स्ल्याश ब्याश छ
03:00 फेरि तपाई बाहिर निस्कन, q थिच्न सक्नुहुन्छ
03:07 अब, लिनक्समा अझ केहि महत्वपूर्ण भ्यारीएबलहरुको चर्चा गरौँ
03:11 यहाँ हामी सबै प्रदर्शनीको लागि ब्याश शेल प्रयोग गर्नेछौं
03:15 विभिन्न शेलहरु अलिकति छुट्टै तरिकाले भिन्न बनाइएको हुन्छ
03:19 एउटा भ्यारीएबलले वास्तवमा के भण्डार गर्छ हेर्न, हामी भ्यारीएबलको नाम अगाडी डलर चिन्ह र यो संगै इको कमाण्ड प्रयोग गर्छौं
03:30 हामीले देख्ने पहिलो भ्यारीएबल भनेको SHELL भ्यारीएबल हो
03:35 यसले करेन्ट शेलको नाम भण्डार गर्छ
03:37 शेल भ्यारीएबलको मान हेर्न, टर्मिनलमा टाइप गर्नुहोस्,l "echo स्पेस डलर S-H-E-L-L क्यापिटलमा" इन्टर थिच्नुहोस्
03:55 यहाँ स्ल्याश बिन स्ल्याश ब्याश त्यो शेल हो जहाँ हामी अहिले काम गरिरहेका छौं
04:02 अर्को भ्यारीएबल HOME हो
04:05 जब हामी लिनक्समा लगिन हुन्छौं, साधारणतया यसले हामीलाई त्यो डाइरेक्टरीमा राख्छ जसको नाम हाम्रो युजर नाममा राखिएको हुन्छ
04:11 यो डाइरेक्टरीलाई होम डिरेक्टरी भनिन्छ र होम भ्यारीएबलमा उपलब्ध हुने ठ्याक्क यहीँ हो
04:17 मान हेर्न, टर्मिनलमा टाइप गर्नुहोस्, "echo स्पेस डलर H-O-M-E क्यापिटलमा" र इन्टर गर्नुहोस्
04:29 अर्को इन्भायरोमेन्ट भ्यारीएबल PATH हो
04:32 PATH भ्यारीएबलमा डाइरेक्टरीको एब्सोलुट पाथ हुन्छ जसलाई शेलले कुनै एक्जिक्युटेबल कमाण्ड भेट्टाउन सर्च गर्नुपर्ने मानिन्छ
04:40 अब, पाथ भ्यारीएबलको मान हेरौं
04:43 फेरि, टर्मिनलमा टाइप गर्नुहोस् "echo स्पेस डलर P-A-T-H " क्यापिटलमा र इन्टर गर्नुहोस्
04:51 हाम्रो कम्प्युटरमा यसले डाइरेक्टरीहरु देखाउछ slash user slash local slash sbin slash user slash local slash bin slash user slash sbin slash user slash bin आदि
05:04 यो एक सिस्टम देखि अर्कोमा थोरै फरक पर्न सक्छ
05:07 यो वास्तवमा डाइरेक्टरीहरुको एउटा सूची हो जसलाई कोलोनले छुट्टाएको छ र शेलले एउटा एक्जिक्युटेबल कमाण्ड पत्ता लगाउन सर्च गर्छ
05:18 हामी सूचीमा हाम्रो डाइरेक्टरी पनि थप्न सक्छौं जसले गर्दा शेलले हाम्रो डाइरेक्टरी पनि सर्च गर्छ
05:25 हाम्रो आफ्नो डाइरेक्टरी थप्न टर्मिनलमा यो टाइप गर्नुहोस्,
05:29 "P-A-T-H क्यापिटलमा 'equal-to' डलर फेरि P-A-T-H क्यापिटलमा कोलोन स्ल्याश होम स्ल्याश हाम्रो आफ्नो होम डाइरेक्टरीको नाम र इन्टर थिच्नुहोस्
05:54 यदि हामीले PATHको मान इको गर्यौं भने,
06:04 हाम्रो थपिएको डाइरेक्टरी पनि PATH भ्यारीएबलको भाग हुन्छ
06:10 हेर्नुहोस् कि अहिले यहाँ डाइरेक्टरी छ
06:16 अर्को चाखलाग्दो भ्यारीएबल LOGNAME हो
06:20 यसले अहिलेको एक्टिभ युजरको युजरनेम भण्डार गर्छ
06:24 मान हेर्न टाइप गर्नुहोस्, "echo स्पेस डलर LOGNAME" र इन्टर गर्नुहोस्
06:35 जब हामी टर्मिनल खोल्छौं, हामी डलर चिन्ह देख्न सक्छौं, जहाँ हामीले सबै कमाण्ड इन्टर गर्ने प्रम्प्ट छ
06:42 यो प्राइमरी प्रम्प्ट स्ट्रिंग हो जसलाई इन्भायरोमेन्ट भ्यारीएबल PS1ले जनाइन्छ
06:47 त्यहाँ सेकन्डरी प्रम्प्ट स्ट्रिंग पनि छ
06:50 यदि हाम्रो कमाण्ड लामो छ र यो एउटा लाइन भन्दा लामो छ भने हामी दोस्रो लाइन देखि अगाडी प्रम्प्टमा एउटा ग्रेटर द्यान चिन्ह “>” देख्छौं
07:00 यो इन्भायरोमेन्ट भ्यारीएबल PS2ले जनाउने सेकेन्डरी प्रम्प्ट स्ट्रिंग हो
07:05 सेकन्डरी कमाण्ड प्रम्प्टको मान हेर्न, टर्मिनलमा यो टाइप गर्नुहोस्, "echo स्पेस डलर PS2" र इन्टर गर्नुहोस्
07:20 हामी हाम्रो प्राइमरी स्ट्रिंगलाई फेर्न पनि सक्छौँ, मानौं प्रम्प्टमा “एट द रेट” <@>
07:28 यो गराउन टाइप गर्नुहोस् "PS1 'equal-to'अब उद्धरण भित्र 'एट द रेट' “र इन्टर गर्नुहोस्
07:41 अब, हामी प्रम्प्टमा डलर चिन्हको साटो एट द रेट चिन्ह देख्न सक्छौं
07:50 हामी केहि चाखलाग्दो गर्न सक्छौं,जस्तै हामी हाम्रो युजरनेम प्रम्प्टमा देखाउन चाहन्छौं
07:56 खाली यो टाइप गर्नुहोस्, "PS1 क्यापिटलमा 'equal-to' उद्धरण भित्र डलर LOGNAME " र इन्टर गर्नुहोस्
08:12 अब, युजरनेम मेरो प्रम्प्ट हो
08:16 फर्किन, टाइप गरौँ "PS1 'equal-to' उद्धरण भित्र डलर र इन्टर थिच्नुहोस्"
08:28 हामीले धेरै इन्भायरोमेन्ट भ्यारीएबलमा मान राखेका छौं
08:32 तर, एउटा कुरा सम्झिनुहोस यी बदलाबहरु हालको सत्रमा लागु हुन्छन्
08:37 जस्तै हामीले हाम्रो डाइरेक्टरी PATH भ्यारीएबलमा थपेका छौं
08:40 यदि हामीले टर्मिनल बन्द गर्यौ र यसलाई पुनः खोल्यौं वा एउटा पुरै नयाँ टर्मिनल खोल्यौं र यसका मानहरु इको गरि पाथ भ्यारीएबल जाच्यौं भने
09:00 हामी अचम्म्मित हुनेछौ कि हामीले गरेका बदलाब अब हुनेछैन
09:05 यी मोडीफिकेसन स्थायी बनाउने तरिकाहरुको बारेमा केहि एडभान्सड ट्युटोरियलमा चर्चा गरिनेछ
09:13 प्राय हामीले पहिले एक्जिक्युट गरेका कमाण्डहरु पुनः एक्जिक्युट गर्न चाहन्छौं,हामी के गछौं त? के हामीलाई पुरै कमाण्ड पुनः टाइप गर्नुपर्छ?
09:22 होइन, हामीसंग बिभिन्न तरिकाहरु रहेका छन्
09:26 पहिलो, साधारणतया यदि तपाइले किबोर्डको अप कि थिच्नुभयो भने यसले तपाइले टाइप गर्नुभएको अन्तिम कमाण्ड देखाउछ
09:33 थिची राख्नुहोस र यसले सबै पुराना कमाण्डहरु स्क्रोल गरिरहनेछ
09:37 फर्कन, डाउन कि थिच्नुहोस्
09:42 तर तपाइलाई धेरै कमाण्डहरु स्क्रोल गर्न पर्दा केहि झन्झटिलो र अप्ठ्यारो लाग्न सक्छ, हिस्ट्री कमाण्ड प्रयोग गर्ने अझ राम्रो तरिका
09:52 प्रम्प्टमा "history" टाइप गर्नुहोस्
09:58 र इन्टर थिच्नुहोस्, हेर्नुहोस् कि पहिले एक्जिक्युट गरिएका कमाण्डहरुको सूची देखापर्छ
10:04 यदि तपाई लामो सूचिको साटो, अन्तिम १० मात्र हेर्न चाहनुहुन्छ भने
10:08 टाइप गरौँ "history स्पेस 10" र इन्टर गरौँ
10:20 याद गर्नुहोस्, सुचिमा हरेक पहिले एक्जिक्युट गरेका कमाण्डहरुलाई एउटा नम्बर दिइएको छ
10:27 कुनै एउटा कमाण्ड दोहोराउन
10:32 खाली बिस्मयादिबोधक चिन्ह सहित कमान्डको नम्बर टाइप गर्नुहोस्, उदाहरणको लागि मेरोमा 442, एक्जिक्युट गरौँ, इको स्पेस डलर पाथ
10:51 यदि तपाइलाई अन्तिम कमाण्ड पुनः एक्जिक्युट गर्नुपर्छ भने खाली बिस्मयादिबोधक चिन्ह दुइचोटी टाइप गरि इन्टर गर्नुहोस्
11:03 हामीले हेर्ने अर्को कुरा भनेको tilde substitution हो tilde(~) अक्षर होम डाइरेक्टरी को शर्टह्यान्ड हो
11:12 मानौं तपाईको होम डाइरेक्टरी मा testtree नामक डाइरेक्टरी छ,तपाई यो टाइप गरि यसमा जान सक्नुहुन्छ "cd स्पेस 'tilde' स्ल्याश testtree"
11:25 हालको काम गरिरहेको डाइरेक्टरी बाट अन्तिम कमान्डले प्रयोग गरेको डाइरेक्टरीमा जाने अर्को एउटा कमाण्ड,cd 'tilde' माइनस वा cd माइनस मात्र
11:35 जस्तै हामी अहिले testtree डाइरेक्टरीमा छौ,अन्तिम प्रयोग भएको होम डाइरेक्टरी हो
11:41 यदि हामीले यो रन गर्यौ "cd स्पेस माइनस" र इन्टर गर्यौं ,यो होम डाइरेक्टरीमा जान्छ
11:47 यसलाई फेरि रन गरौँ, र यसले तपाईलाई testtree डाइरेक्टरीमा पुनः फर्काउछ
11:55 हामीले हेर्ने अन्तिम तर अलि महत्वपूर्ण कमाण्ड alias कमाण्ड हो
11:59 यो पनि हुनसक्छ कि तपाइलाई एउटा ठुलो कमाण्ड बारम्बार रन गर्नुपर्छ
12:04 यो अवस्थामा हामी एउटा शर्ट एलिएस नेम दिन सक्छौं र यसलाई प्रयोग गर्न तपाई एलिएस नेम प्रयोग गर्न सक्नुहुन्छ
12:11 मानौं कि तपाइको डाइरेक्टरी हाइर्यार्की लामो छ र तपाइ बारम्बार म्युजिकमा जानुहुन्छ, तपाई यस्तो एउटा एलिएस बनाउन सक्नुहुन्छ
12:20 टाइप गर्नुहोस्, " alias स्पेस cdMusic 'equal-to' दोहोरो उद्धरण भित्र cd space slash home slash arc slash files slash entertainment slash music " र इन्टर गर्नुहोस्
12:47 अब हरेक पटक तपाईलाई यो डाइरेक्टरीमा जानुपर्दा cdMusic मात्र लेख्नुहोस् र इन्टर थिच्नुहोस्
12:55 हेर्नुहोस्, अहिले हामी म्युजिक डिरेक्टरीमा छौं
12:58 अब तपाई पहिलेको वर्किंग डाइरेक्टरीमा फर्कन प्रम्प्टमा यो टाइप गर्नुहोस् "cd space minus"
13:08 एउटा एलिएस हटाउन खाली unalias स्पेस cdMusic लेख्नुहोस् र इन्टर थिच्नुहोस्
13:20 अब, फेरि तपाइले टर्मिनलमा cdMusic लेख्नुभयो भने तपाइले कमाण्ड भेटिएन भन्ने एरर पाउनुहुनेछ
13:30 मानौं हाम्रो वर्किंग डाइरेक्टरीमा हामीसंग दुई फाइलहरु छन्, test1 र test2
13:38 र यदि हामीले rm test1 लेख्यौं भने, test1 मेटिनेछ
13:45 हामीलाई थाहा छ कि rm कमान्डको “हाइफन i” विकल्पले हटाउने प्रकृया अन्तरक्रियात्मक बनाउछ
13:52 त्यसैले हामी एउटा एलिएस सेट गर्न सक्छौं जस्तै, alias rm इक्वेल टू, अब उद्धरण भित्र “rm स्पेस हाइफन i”
14:03 अब, जब हामी “rm” रन गर्छौं वास्तवमा,” rm हाइफन i” रन हुनेछ
14:13 हामीले टेस्ट1 डिलिट भएको देख्यौं तर सिस्टमले टेस्ट2 मेट्नु अगाडी सोध्छ
14:20 यो ट्युटोरीयलमा, हामीले इन्भायरोमेन्ट भ्यारीएबलहरु, हिस्ट्री र एलिएसिंगको बारेमा सिक्यौं
14:25 यसले मलाई यो ट्युटोरियलको अन्त्यमा ल्याएको छ
14:28 स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT को सहयोग रहेको छ
14:36 थप जानकारी हाम्रो वेबसाइटमा उपलब्ध छ
14:39 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
14:42 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya