Digital-Divide/C2/Printer-Connection/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | नमस्कार अनि स्वागत छ प्रिन्टर कनेक्सन स्पोकन ट्युटोरियलमा |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं, एउटा कम्प्युटरमा एउटा प्रिन्टर जडान गर्न |
00:11 | यो ट्युटोरियलमा म प्रयोग गर्दैछुँ |
00:13 | उबुन्टु लिनक्स १२.१० अपरेटिंग सिस्टम |
00:17 | र क्यानन प्रिन्टर |
00:20 | म तपाईलाई छोटकरीमा एउटा कम्प्युटरका अंगहरुसँग परिचय गराउने छुँ |
00:25 | यो CPU हो |
00:27 | मनिटर |
00:29 | किबोर्ड |
00:30 | माउस |
00:32 | र प्रिन्टर |
00:34 | अब CPU मा हेरौं |
00:41 | प्राय: CPU हरुमा केहि USB पोर्टहरु अगाडी हुन्छन् |
00:46 | र केहि पछाडी हुन्छन् |
00:49 | अब हाम्रो प्रिन्टरमा हेरौं |
00:53 | प्राय: प्रिन्टरको अगाडी वा माथि एउटा पावर स्विच हुन्छ |
01:00 | र प्रिन्टरको पछाडी एउटा पावर स्लट र एउटा USB पोर्ट हुन्छ |
01:11 | एउटा प्रिन्टर एउटा कम्प्युटरमा जोड्न हामीले एउटा USB केबल प्रयोग गर्नुपर्छ |
01:16 | प्रिन्टरमा USB केबल जोडौं |
01:22 | अब केबलको अर्को टुप्पो CPU को USB पोर्टमा जोडौं |
01:30 | अब हाम्रो प्रिन्टर कम्प्युटरमा जोडिएको छ |
01:33 | प्रिन्टरको पावर बटन स्विच अन गरौँ |
01:37 | अब, हाम्रो कम्प्युटर प्रयोग गरी प्रिन्टर कन्फिगर गरौँ |
01:43 | अब डेस्कटप मा जाऊ |
01:46 | लन्चर बार को माथिल्लो बायाँपट्टिको ड्याश होम आइकनमा क्लिक गरौँ |
01:53 | सर्चबारमा टाइप गरौ, Printing |
01:58 | प्रिन्टर आइकन देखिने छ |
02:02 | यसमा क्लिक गरौँ |
02:04 | उबुन्टुका पुराना संस्करणहरुमा यसरी क्लिक गरौँ |
02:07 | System |
02:08 | Administration |
02:09 | र Printing |
02:12 | अब Printing डाइलग बक्स खुल्छ |
02:16 | यसले - There are no printers configured yet. भन्छ |
02:21 | माथि बायाँ कुनामा, एउटा हरियो प्लस चिन्ह सहितको Add बटन रहेको छ, यसमा क्लिक गरौँ |
02:30 | यसले New Printer डाइलग बक्स खोल्ने छ |
02:34 | बायाँपट्टी कम्प्युटरमा जडान गरिएका प्रिन्टर डिभाइसहरुको एउटा सूची छ |
02:42 | यहाँ हाम्रो प्रिन्टर मतलब Cannon Printer छानौं र Forward मा क्लिक गरौँ |
02:51 | अनि यसले स्वत ड्राइभरको खोजी गर्ने छ, म Cancel मा क्लिक गर्नेछुँ |
02:59 | अब, डाइलग बक्समा Choose Driver अप्सन खुल्ने छ |
03:04 | प्राय: अवस्थाहरुमा Default विकल्पले काम गर्छ |
03:08 | मसँग एउटा Canon Printer भएकोले यहाँ यो सुचीमा डिफल्टमा छानिएको हुन्छ |
03:16 | अब Forward मा क्लिक गरौँ |
03:19 | Model पेजमा मेरो प्रिन्टर स्वत: पहिचान हुन्छ |
03:26 | यसलाई ब्राकेटमा Recommended, ले जनाइन्छ |
03:31 | साथै Drivers खण्डमा यसले मेरो प्रिन्टरलाई उपयुक्त ड्राइभर देखाउँछ |
03:38 | अब पुन: Forward मा क्लिक गरौँ |
03:42 | अब हामीसँग हाम्रो प्रिन्टरको नाम र यसको स्थान मागिन्छ |
03:49 | म यसलाई Default राख्छु र Apply मा क्लिक गर्छु |
03:53 | हाम्रो प्रिन्टर सफलतापुर्वक हाम्रो कम्प्युटरमा जोडिन्छ |
04:00 | एउटा संदेश देखापर्छ, “Would you like to print a test page?” |
04:04 | Print Test Page विकल्पमा क्लिक गरौँ |
04:08 | एउटा संदेश सहितको पप-अप देखापर्छ |
04:12 | “Submitted – Test Page submitted as job ...” र यसको नम्बर |
04:18 | OK मा क्लिक गरौँ |
04:20 | पुन: Printer Properties डाइलग बक्सको OK मा क्लिक गरौँ |
04:24 | यो हाम्रो प्रिन्टरको टेस्ट प्रिन्ट छ |
04:29 | हाम्रो प्रिन्टर अब हाम्रो डकुमेन्टहरु प्रिन्ट गर्न तयार छ |
04:34 | म Printer डाइलग बक्स बन्द गर्छु |
04:37 | अब म छोटकरीमा एउटा डकुमेन्ट कसरी प्रिन्ट गर्ने देखाउने छुँ |
04:42 | एउटा डकुमेन्ट खोलौं |
04:45 | अनि Ctrl र P कीहरु एकैपटक थिचौं |
04:49 | Print डाइलग बक्स देखापर्छ |
04:53 | याद गरौँ, जडान गरिएको प्रिन्टर डिफल्टमा छानिएको हुन्छ |
04:58 | यो डाइलग बक्समा हामीसँग विभिन्न विकल्पहरु छन् |
05:03 | Range ले हामीले प्रिन्ट गर्न चाहेको पेजको शृंखला छान्न दिन्छ |
05:08 | त्यहाँ Range भित्र केहि विकल्पहरु छन् |
05:12 | All pages विकल्पले डकुमेन्टको सम्पूर्ण पेजहरु प्रिन्ट गर्छ |
05:16 | Current page विकल्पले हालको पेज मात्र प्रिन्ट गर्छ |
05:22 | Pages विकल्पले हामीले तोकेको पेजहरु मात्र प्रिन्ट गर्छ उदाहरणको लागि, ३-४ सम्म |
05:31 | अर्को, Copies भित्र भएका विकल्पहरु हेरौं |
05:36 | Copies विकल्पमा हामी हामीले प्रिन्ट गर्न चाहेको संख्या दिने छौं |
05:42 | यदि हामीले Copies मा 2, राख्यौं भने यसले छानेको पेजको २ प्रति प्रिन्ट गर्ने छ |
05:49 | र Print बटनमा क्लिक गरौँ |
05:52 | यदि तपाईले आफ्नो प्रिन्टर सहि तरिकाले कन्फिगर गर्नुभएको छ भने तपाईको डकुमेन्ट प्रिन्ट हुन् सुरु गर्नुपर्छ |
05:58 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, यो ट्युटोरियलमा हामीले सिक्यौं |
06:05 | एउटा कम्प्युटरमा एउटा प्रिन्टर जोड्न |
06:07 | प्रिन्टरको सेटिंग मिलाउन |
06:10 | एउटा डकुमेन्ट प्रिन्ट गर्न |
06:12 | र हामीले विभिन्न प्रिन्ट विकल्पहरुको बारेमा पनि सिक्यौं |
06:17 | हामी तपाईलाई यो जानकारी उपयोगी रहेको आशा गर्छौं |
06:20 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
06:24 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06:27 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
06:32 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ बिस्तृत जानकारीको लागि कृपया स्पोकन हाइफन ट्युटोरियल डट ओआरजीमा सम्पर्क गर्नुहोस् |
06:49 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: spoken hyphen tutorial dot org slash NMEICT hyphen Intro. |
07:10 | सहभागिताको लागि धन्यवाद |
07:12 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
07:16 | म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार |