Digital-Divide/C2/Printer-Connection/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार अनि स्वागत छ प्रिन्टर कनेक्सन स्पोकन ट्युटोरियलमा
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं, एउटा कम्प्युटरमा एउटा प्रिन्टर जडान गर्न
00:11 यो ट्युटोरियलमा म प्रयोग गर्दैछुँ
00:13 उबुन्टु लिनक्स १२.१० अपरेटिंग सिस्टम
00:17 र क्यानन प्रिन्टर
00:20 म तपाईलाई छोटकरीमा एउटा कम्प्युटरका अंगहरुसँग परिचय गराउने छुँ
00:25 यो CPU हो
00:27 मनिटर
00:29 किबोर्ड,माउस
00:32 र प्रिन्टर
00:34 अब CPU मा हेरौं
00:41 प्राय: CPU हरुमा केहि USB पोर्टहरु अगाडी हुन्छन्
00:46 र केहि पछाडी हुन्छन्
00:49 अब हाम्रो प्रिन्टरमा हेरौं
00:53 प्राय: प्रिन्टरको अगाडी वा माथि एउटा पावर स्विच हुन्छ
01:00 र प्रिन्टरको पछाडी एउटा पावर स्लट र एउटा USB पोर्ट हुन्छ
01:11 एउटा प्रिन्टर एउटा कम्प्युटरमा जोड्न हामीले एउटा USB केबल प्रयोग गर्नुपर्छ
01:16 प्रिन्टरमा USB केबल जोडौं
01:22 अब केबलको अर्को टुप्पो CPU को USB पोर्टमा जोडौं
01:30 अब हाम्रो प्रिन्टर कम्प्युटरमा जोडिएको छ
01:33 प्रिन्टरको पावर बटन स्विच अन गरौँ
01:37 अब, हाम्रो कम्प्युटर प्रयोग गरी प्रिन्टर कन्फिगर गरौँ
01:43 अब डेस्कटप मा जाऊ
01:46 लन्चर बार को माथिल्लो बायाँपट्टिको ड्याश होम आइकनमा क्लिक गरौँ
01:53 सर्चबारमा टाइप गरौ, Printing
01:58 प्रिन्टर आइकन देखिने छ
02:02 यसमा क्लिक गरौँ
02:04 उबुन्टुका पुराना संस्करणहरुमा यसरी क्लिक गरौँ
02:07 System , Administration
02:09 Printing
02:12 अब Printing डाइलग बक्स खुल्छ
02:16 यसले - There are no printers configured yet. भन्छ
02:21 माथि बायाँ कुनामा, एउटा हरियो प्लस चिन्ह सहितको Add बटन रहेको छ, यसमा क्लिक गरौँ
02:30 यसले New Printer डाइलग बक्स खोल्ने छ
02:34 बायाँपट्टी कम्प्युटरमा जडान गरिएका प्रिन्टर डिभाइसहरुको एउटा सूची छ
02:42 यहाँ हाम्रो प्रिन्टर मतलब Cannon Printer छानौं र Forward मा क्लिक गरौँ
02:51 अनि यसले स्वत ड्राइभरको खोजी गर्ने छ, म Cancel मा क्लिक गर्नेछुँ
02:59 अब, डाइलग बक्समा Choose Driver अप्सन खुल्ने छ
03:04 प्राय: अवस्थाहरुमा Default विकल्पले काम गर्छ
03:08 मसँग एउटा Canon Printer भएकोले यहाँ यो सुचीमा डिफल्टमा छानिएको हुन्छ
03:16 अब Forward मा क्लिक गरौँ
03:19 Model पेजमा मेरो प्रिन्टर स्वत: पहिचान हुन्छ
03:26 यसलाई ब्राकेटमा Recommended, ले जनाइन्छ
03:31 साथै Drivers खण्डमा यसले मेरो प्रिन्टरलाई उपयुक्त ड्राइभर देखाउँछ
03:38 अब पुन: Forward मा क्लिक गरौँ
03:42 अब हामीसँग हाम्रो प्रिन्टरको नाम र यसको स्थान मागिन्छ
03:49 म यसलाई Default राख्छु र Apply मा क्लिक गर्छु
03:53 हाम्रो प्रिन्टर सफलतापुर्वक हाम्रो कम्प्युटरमा जोडिन्छ
04:00 एउटा संदेश देखापर्छ, “Would you like to print a test page?”
04:04 Print Test Page विकल्पमा क्लिक गरौँ
04:08 एउटा संदेश सहितको पप-अप देखापर्छ
04:12 “Submitted – Test Page submitted as job ...” र यसको नम्बर
04:18 OK मा क्लिक गरौँ
04:20 पुन: Printer Properties डाइलग बक्सको OK मा क्लिक गरौँ
04:24 यो हाम्रो प्रिन्टरको टेस्ट प्रिन्ट छ
04:29 हाम्रो प्रिन्टर अब हाम्रो डकुमेन्टहरु प्रिन्ट गर्न तयार छ
04:34 Printer डाइलग बक्स बन्द गर्छु
04:37 अब म छोटकरीमा एउटा डकुमेन्ट कसरी प्रिन्ट गर्ने देखाउने छुँ
04:42 एउटा डकुमेन्ट खोलौं
04:45 अनि CtrlP कीहरु एकैपटक थिचौं
04:49 Print डाइलग बक्स देखापर्छ
04:53 याद गरौँ, जडान गरिएको प्रिन्टर डिफल्टमा छानिएको हुन्छ
04:58 यो डाइलग बक्समा हामीसँग विभिन्न विकल्पहरु छन्
05:03 Range ले हामीले प्रिन्ट गर्न चाहेको पेजको शृंखला छान्न दिन्छ
05:08 त्यहाँ Range भित्र केहि विकल्पहरु छन्
05:12 All pages विकल्पले डकुमेन्टको सम्पूर्ण पेजहरु प्रिन्ट गर्छ
05:16 Current page विकल्पले हालको पेज मात्र प्रिन्ट गर्छ
05:22 Pages विकल्पले हामीले तोकेको पेजहरु मात्र प्रिन्ट गर्छ उदाहरणको लागि, ३-४ सम्म
05:31 अर्को, Copies भित्र भएका विकल्पहरु हेरौं
05:36 Copies विकल्पमा हामी हामीले प्रिन्ट गर्न चाहेको संख्या दिने छौं
05:42 यदि हामीले Copies मा 2, राख्यौं भने यसले छानेको पेजको प्रति प्रिन्ट गर्ने छ
05:49 Print बटनमा क्लिक गरौँ
05:52 यदि तपाईले आफ्नो प्रिन्टर सहि तरिकाले कन्फिगर गर्नुभएको छ भने तपाईको डकुमेन्ट प्रिन्ट हुन् सुरु गर्नुपर्छ
05:58 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
06:05 एउटा कम्प्युटरमा एउटा प्रिन्टर जोड्न
06:07 प्रिन्टरको सेटिंग मिलाउन
06:10 एउटा डकुमेन्ट प्रिन्ट गर्न
06:12 र हामीले विभिन्न प्रिन्ट विकल्पहरुको बारेमा पनि सिक्यौं
06:17 हामी तपाईलाई यो जानकारी उपयोगी रहेको आशा गर्छौं
06:20 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:24 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:27 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
06:32 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ बिस्तृत जानकारीको लागि कृपया स्पोकन हाइफन ट्युटोरियल डट ओआरजीमा सम्पर्क गर्नुहोस्
06:49 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: spoken hyphen tutorial dot org slash NMEICT hyphen Intro.
07:10 सहभागिताको लागि धन्यवाद
07:12 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:16 म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya