Inkscape/C3/Create-an-A4-Poster/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.01 | इन्कस्केप मा “Create an A4 Poster” स्पोकन ट्युटोरियलमा स्वागत छ |
00.07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00.10 | * Document properties बदल्न |
00.12 | * एउटा A4 पोस्टर डिजाइन गर्न र |
00.14 | * पोस्टरलाई pdf मा सेभ गर्न |
00.17 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ |
00.19 | * उबुन्टु लिनक्स १२.०४ ओएस |
00.22 | * इन्कस्केप संस्करण ०.४८.४ |
00.26 | इन्कस्केप खोलौं |
00.28 | File मा जाऊ, अनि New मा क्लिक गरौँ |
00.32 | यी उपलब्ध डिफल्ट क्यानभास साइजहरु हुन् |
00.37 | मेरो क्यानभास डिफल्टमा A4 साइज को छ |
00.41 | त्यसैले म यसलाई यतिकै छोड्छु |
00.44 | यदि तपाईको कम्प्युटरमा यस्तो छैन भने A4 size छान्नुहोस् |
00.49 | अब केहि सेटिंगहरु बदलौं |
00.51 | File मा जाऊ र Document properties मा क्लिक गरौँ |
00.54 | बिभिन्न ट्याब र विकल्पहरु सहितको एउटा डाइलग बक्स खुल्ने छ |
00.59 | अब तिनीहरुको बारेमा एक-एक गरी जानौं |
1.03 | पहिलो ट्याब Page मा ड्रप डाउन सूचीको Default units मा क्लिक गरौँ |
1.08 | मैले एक-एक गरी क्लिक गर्दा रुलर को युनिट बदलिएको हेरौं |
1.13 | युनिटमा pixels राखौं |
1.16 | Background विकल्पले पृष्ठभूमिको पारदर्शिता र रंग बदल्न दिन्छ |
1.21 | हामीले यसमा क्लिक गर्दा एउटा डाइलग बक्स देखापर्छ |
1.24 | RGB स्लाइडरहरु बायाँ र दायाँ सारौँ |
1.29 | क्यानभासमा पृष्ठभूमि रंग देखिने बनाउन अल्फा स्लाइडर दायाँ तर्फ सारौँ |
1.35 | अहिले पारदर्शिता छानिएको RGB मानहरुमा बदलिन्छ |
1.40 | याद गरौँ, मैले माउस चलाउदा Document properties विन्डोको पृष्ठभूमि विकल्पमा रंगहरु बदलिन्छ |
1.47 | अल्फा स्लाइडर लाई बायाँ छेऊमा लगौं र डाइलग बक्स बन्द गरौँ |
1.52 | Page size भित्र विविध विकल्पहरु छन् |
1.55 | हामी यी विकल्पहरु प्रयोग गरी क्यानभास को साइज बदल्न सक्छौं |
2.00 | मैले क्लिक गर्दा, क्यानभास साइज बदलिन्छ |
2.04 | पेज साइज A4 राखौं |
2.08 | Orientation लाई Portrait वा Landscape मा बदल्न सकिन्छ |
2.12 | दुवै विकल्पहरुमा क्लिक गरेर क्यानभास हुने परिवर्तन हेरौं |
2.17 | हामी Width र Height प्यारामिटरहरु प्रयोग गरी क्यानभास को चौडाई र उचाई परिवर्तन गर्न सक्छौं |
2.23 | Units ड्रप डाउन सूचीमा क्लिक गरौँ, यहाँ हामी आवश्यकता अनुसार युनिट बदल्न सक्छौं |
2.31 | अब युनिटलाई pixels मा बदलौं |
2.34 | Resize page to content विकल्पमा क्लिक गरौँ |
2.37 | बिभिन्न उपलब्ध विकल्पहरु देखिन्छन् |
2.41 | हामी यहाँ सम्पूर्ण साइडलाई मार्जिन दिन सक्छौं |
2.45 | मार्जिन सेट गरेपछि, Resize page to drawing or selection बटनमा क्लिक गर्नुपर्छ |
2.51 | अब Border विकल्पमा हेरौं, यहाँ हामी ३ चेक-बक्स विकल्पहरु देख्छौं |
2.57 | यी विकल्पहरुको प्रयोग देखाउन, म एउटा इलिप्स कोरेर देखाउने छुँ |
3.03 | पहिलो विकल्पले पेज बोर्डर, मतलब क्यानभासको देखिने बोर्डर बनाउने छ |
3.08 | यो विकल्प अन-चेक गर्दा बोर्डर हराउँछ |
3.13 | पुन: विकल्प चेक गरौँ र बोर्डर फेरि देखापरेको हेरौं |
3.18 | दोस्रो विकल्पले चित्रको माथि बोर्डर राख्छ जसले गर्दा यो प्रष्ट देखिन्छ |
3.25 | फेरि एकपटक यो विकल्प चेक र अनचेक गरौँ, क्यानभास मा के हुन्छ हेरौं |
3.31 | तेस्रो विकल्पले क्यानभासको छायाँ दायाँ र तल देखाउँछ |
3.36 | यहाँ दायाँ र तलको बोर्डर अन्य दुई साइडहरु भन्दा मोटो रहेको याद गरौँ |
3.42 | तेस्रो विकल्प अनचेक गर्दा छायाँ हराएको याद गरौँ |
3.47 | हामी यी सबै विकल्पहरु हाम्रो आवश्यकता र प्राथमिकता अनुसार प्रयोग गर्न सक्छौं |
3.52 | Border color विकल्पले बोर्डरको रंग छान्न दिन्छ |
3.57 | डिफल्ट बोर्डरको रंग यसै छोडौं |
4.01 | अब, Guides ट्याबमा क्लिक गरौँ |
4.03 | Guides ले हामीलाई टेक्स्ट र ग्राफिक अब्जेक्टहरु क्यानभास मा एलाइन गर्न दिन्छ |
4.08 | यहाँ तपाई रुलर गाइड सृजना गर्न सक्नुहुन्छ |
4.12 | भर्टिकल रुलरमा क्लिक गरौँ र एउटा गाइडलाइन तानौं |
4.15 | अब पहिलो विकल्प Show Guides चेक र अनचेक गरौं |
4.19 | र क्यानभास मा गाइडलाइन देखापर्ने र हराउने गरेको याद गरौँ |
4.25 | Guide color गाइडलाइनहरुको रंग हो |
4.28 | Highlight color गाइडलाइनहरुलाई कुनै निश्चित स्थानमा सार्दा देखिने रंग हो |
4.33 | यहाँ गाइड र हाइलाइट डिफल्ट रंगहरुमा देखाईएका छन् |
4.37 | तपाई यसलाई आफ्नो प्राथमिकता अनुसार बदल्न सक्नुहुन्छ |
4.41 | म डिफल्ट रंग यसै छोड्छु |
4.44 | Snap guides while dragging विकल्पले अब्जेक्ट स्न्याप गर्छ वा सबैभन्दा नजिकको गाइडलाइनमा एउटा बक्सको घेरामा राख्छ |
4.52 | अर्को, Grids ट्याबमा क्लिक गरौँ |
4.54 | यो विकल्प प्रयोग गरी, हामी क्यानभास को चित्रको ग्रिड लाइन कोर्न सक्छौं |
5.00 | ग्रिडहरु क्यानभासमा अब्जेक्टहरुको स्थान मिलाउन उपयोगी हुन्छन तर तिनीहरु प्रिन्ट हुदैनन् |
5.07 | ड्रप डाउन सूचीमा क्लिक गरौँ |
5.09 | Rectangular grid र Axonometric grid दुई प्रकारका ग्रिडहरु हुन् |
5.16 | Rectangular grid छानौं र New बटनमा क्लिक गरौँ |
5.20 | क्यानभास पृष्ठभूमिमा तुरुन्त एउटा grid बन्छ |
5.25 | हामी उपलब्ध विकल्पहरु प्रयोग गरी आवश्यकता अनुसारको grid प्रोपर्टिज मिलाउन सक्छौं |
5.31 | हामी तलको Remove बटन क्लिक गरी ग्रिड हटाउन सक्छौं |
5.36 | त्यसैगरी, हामी Axonometric grid को विकल्पहरु पनि प्रयोग गर्न सक्छौं |
5.41 | अर्को ३ ट्याबका विकल्पहरु यो शृंखलाको आगामी ट्युटोरियलहरुमा चर्चा गरिने छन् |
5.47 | अब पोस्टर सृजना गर्न सुरु गरौँ |
5.50 | पहिले म ellipse र guideline मेट्ने छुँ |
5.53 | पोस्टरको लागि हामी पहिले एउटा पृष्ठभूमि डिजाइन गर्ने छौं |
5.58 | Rectangle tool मा क्लिक गरौँ |
6.00 | पुरै क्यानभास छोप्ने एउटा ठूलो आयत कोरौं |
6.06 | यसलाई हल्का निलो ग्रेडीएन्टको रंग भरौं |
6.08 | अब, * हामी एउटा हेडर एरिया कोरौं |
6.16 | * र बिजियर टूल प्रयोग गरी तल एउटा फुटर एरिया पनि कोरौं |
6.23 | हामी यसमा निलो रंग भर्ने छौं |
6.25 | अब Spoken Tutorial logo इम्पोर्ट गरौँ |
6.28 | * यो लोगो तपाईले Code Files लिंकमा प्राप्त गर्न सक्नुहुन्छ |
6.32 | * पहिले ट्युटोरियल रोकौं, Code Files मा क्लिक गरौँ र जिप फाइल डाउनलोड गरौँ |
6.39 | * अब फोल्डर अन्जिप गरौँ र आफ्नो कम्प्युटरमा चाहेको स्थानमा सेभ गरौँ |
6.45 | अब हाम्रो इन्कस्केप डकुमेन्टमा फर्कौं |
6.47 | File मेनु मा जाऊ र Import मा क्लिक गरौँ |
6.51 | लोगो सेभ गरेको फोल्डरमा जाऊ |
6.54 | Spoken Tutorial logo छानौं र Open मा क्लिक गरौँ |
6.59 | एउटा नयाँ डाइलग बक्स देखापर्छ, OK मा क्लिक गरौँ |
7.03 | अहिले लोगो हाम्रो क्यानभास मा इम्पोर्ट भएको छ |
7.06 | यसलाई 100×100 पिक्सलमा रिसाइज गरौँ |
7.09 | यसलाई हेडर क्षेत्रको माथिल्लो बायाँ कुनोमा राखौं |
7.14 | अब टेक्स्ट टाइप गरौँ, “Spoken Tutorial” |
7.18 | यसलाई Bold बनाऊ |
7.20 | टेक्स्ट फन्ट साइज 48 बनाऊ |
7.24 | यसलाई logo को दायाँ राखौं |
7.27 | यसपछि, टाइप गरौँ, “partner with us...help bridge the digital divide” |
7.35 | फन्ट साइज 20 मा बदलौं |
7.39 | अब केहि टेक्स्ट थपौं |
7.42 | मैले मेरो कम्प्युटरमा LibreOffice Writer डकुमेन्टमा नमुना टेक्स्ट राखेको छुँ |
7.47 | यो नमुना टेक्स्ट पनि तपाई आफ्नो Code Files मा प्राप्त गर्न सक्नुहुन्छ |
7.51 | तपाईको सेभ गरेको फोल्डरमा यसको स्थान हेरौं |
7.54 | अब म यो टेक्स्ट मेरो पोस्टरको लागि खाली ठाउँमा कपि र पेस्ट गर्छुं |
8.00 | फन्ट साइज 28 मा बदलौं |
8.04 | लाइन स्पेसिंग सेट गरौँ |
8.06 | बुलेट सृजना गरौं र प्रत्येक वाक्य अगाडी राखौं |
8.10 | हामी त्यसको मुनि २ इमेजहरु थप्ने छौं |
8.13 | पहिले जस्तै तिनीहरुलाई एक-एक गरी इम्पोर्ट गरौँ |
8.17 | मैले तिनीहरुलाई images फोल्डरमा सेभ गरेको छुँ |
8.20 | यी इमेजहरु तपाई Code Files बाट प्राप्त गर्न सक्नुहुन्छ |
8.24 | तपाईको सेभ गरेको फोल्डरमा यसलाई खोज्नुहोस् |
8.27 | इमेजहरु छानौं र तिनीहरुलाई रिसाइज गरौँ |
8.30 | तिनीहरुलाई poster को तल्लो भागमा सारौँ |
8.33 | फुटर क्षेत्रमा सम्पर्क विवरण लेखौं |
8.37 | पुन: एकपटक टेक्स्ट LibreOffice Writer डकुमेन्टबाट कपि र पेस्ट गरौँ |
8.42 | फन्ट साइज 18 मा बदलौं |
8.45 | अब हाम्रो पोस्टर तयार छ |
8.47 | अब यसलाई pdf फर्म्याटमा कसरी सेभ गर्ने हेरौं |
8.51 | File मा जाऊ र Save As मा क्लिक गरौँ |
8.55 | एउटा डाइलग बक्स देखापर्छ |
8.58 | तपाईले सेभ गर्न चाहनुभएको फोल्डरमा सेभ गरौँ |
9.00 | म Desktop छान्ने छुँ |
9.02 | डाइलग बक्सको तल्लो दायाँको ड्रप डाउन सूचीमा क्लिक गरेर pdf मा बदलौं |
9.09 | Name फिल्डमा टाइप गरौँ, Spoken-Tutorial-Poster.pdf |
9.16 | अनि Save बटनमा क्लिक गरौँ |
9.18 | हाम्रो पोस्टर Desktop मा सेभ भएको छ |
9.21 | हाम्रो Desktop मा जाऊ र पोस्टर हेरौं |
9.25 | हाम्रो पोस्टर pdf फर्म्याटमा छ |
9.28 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं |
9.32 | * Document properties बदल्न |
9.34 | * एउटा A4 पोस्टर डिजाइन गर्न |
9.36 | * पोस्टरलाई pdf फर्म्याटमा सेभ गर्न |
9.38 | यहाँ तपाईको लागि एउटा कार्य छ |
9.40 | * Spoken Tutorial Project को लागि एउटा A4 पोस्टर सृजना गरौँ |
9.44 | तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ |
9.48 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
9.54 | स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10.01 | बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
10.04 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10.10 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
10.14 | हामी ट्युटोरियलको अन्त्यमा आएका छौं |
10.16 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |