Netbeans/C2/Developing-a-Sample-Web-Application/Nepali
From Script | Spoken-Tutorial
Revision as of 17:11, 17 April 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:01 | नमस्कार सबैलाई नेटबिन्स IDE मा Introduction to Developing Web Applications स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | हामी तपाईसँग नेटबिन्समा काम गर्ने आधारभूत ज्ञान छ भनि मान्छौं |
00:12 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्नुहोस् |
00:19 | पहिलो ट्युटोरियल हेर्नुभएको छ भने यसको बारेमा परिचित हुनुहुनेछ |
00:22 | नेटबिन्समा इन्स्टलेसन र इन्टरफेस |
00:25 | अघिल्लो ट्युटोरियलले तपाईलाइ एउटा नयाँ प्रोजेक्ट सिर्जना गर्न पनि सिकाउँछ |
00:29 | यसमा म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु संस्करण ११.०४ र नेटबिन्स IDE संस्करण ७.१.१ प्रयोग गर्दै छुँ |
00:40 | यो ट्युटोरियलमा हामी नेटबिन्स प्रयोग गरि वेब एप्लिकेसन बनाउने आधारभूत ज्ञान प्राप्त गर्छौं |
00:45 | हामी एउटा वेब एप्लिकेसन सेट गर्न |
00:49 | वेब एप्लिकेसन सोर्स फाइलहरु सिर्जना गर्न र सम्पादन गर्न |
00:52 | एउटा जाभा प्याकेज र सोर्स फाइल सिर्जना गर्न |
00:56 | गेटर र सेटर मेथडहरु बनाउन |
00:59 | डिफल्ट जाभा सर्भर पेजेज फाइलहरु सम्पादन गर्न |
01:02 | एउटा जाभा सर्भर पेजेज फाइलहरु सिर्जना गर्न |
01:05 | र अन्त्यमा हाम्रो वेब एप्लिकेसना प्रोजेक्ट रन गर्न हेर्ने छौं |
01:08 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग नेटबिन्स IDE |
01:13 | जाभा डेभलपमेन्ट किट (JDK) संस्करण ६ |
01:17 | GlassFish Server Open Source Edition आदिको ज्ञान हुनुपर्छ |
01:20 | माथिका सबै कुराहरु स्क्रिनमा देखाइएको लिंकबाट एकैसाथ डाउनलोड गर्न सकिन्छ |
01:26 | यो ट्युटोरियलले कसरी एउटा साधारण वेब एप्लिकेसन सिर्जना गर्ने देखाउँछ |
01:30 | एउटा सर्भरमा लागु गर्ने |
01:32 | र यसको प्रेजेन्टेसन एउटा ब्राउजरमा हेर्ने देखाउँछ |
01:35 | एप्लिकेसनले जाभा सर्भर पेजेज मार्फत तपाईसँग तपाईको नाम माग्छ |
01:42 | अनि यसले HTTP सत्रमा नाम जोगाउन जाभा बिन्स प्रयोग गर्छ |
01:48 | र आउटपुट अर्को JSP पेजमा पुनर्प्राप्त हुनेछ |
01:51 | अब नेटबिन्समा जाउँ र हाम्रो वेब एप्लिकेसन प्रोजेक्ट सिर्जना गरौँ |
01:58 | File मेनुबाट New Project छानौं |
02:01 | Categories, भित्रको Java Web छानौं |
02:04 | Projects, मा Web Application छानौं र Next मा क्लिक गरौँ |
02:09 | तपाईको प्रोजेक्टलाई एउटा नाम दिनुहोस्, म मेरो प्रोजेक्टको नाम HelloWeb दिने छुँ |
02:15 | तपाईको कम्प्युटरको कुनै पनि डिरेक्टरीलाई प्रोजेक्ट लोकेसनमा उल्लेख गर्नुहोस् |
02:20 | Next क्लिक गरौँ |
02:22 | Server and Settings प्यानल खुल्छ |
02:25 | तपाईले आफ्नो एप्लिकेसनमा प्रयोग गर्न चाहनुभएको जाभाको संस्करण छान्नुहोस् |
02:29 | र तपाईले एप्लिकेसन लागु गराउन चाहनुभएको सर्भर छानौं, |
02:34 | Next क्लिक गरौँ |
02:36 | Frameworks प्यानलमा |
02:38 | प्रोजेक्ट सिर्जना गर्न Finish मा क्लिक गरौ |
02:41 | IDE ले HelloWeb प्रोजेक्ट फोल्डर सिर्जना गर्छ |
02:46 | यो फोल्डरमा तपाईको सम्पूर्ण स्रोतहरु र प्रोजेक्टको मेटाडाटा छन् |
02:51 | मेन विन्डोको सोर्स एडिटरमा वेलकम पेज 'index.jsp खुल्छ |
02:57 | तपाई यहाँ बायाँ फाइल्स विन्डोमा प्रोजेक्टको फाइल संरचना देख्न सक्नुहुन्छ |
03:05 | र यसको लाजिकल संरचना प्रोजेक्ट्स विन्डोमा देख्न सकिन्छ |
03:10 | IDE मा उपलब्ध सबैभन्दा महत्वपूर्ण काम भनेको सोर्स फाइल सिर्जना गर्ने र सम्पादन गर्ने हो |
03:15 | अब Projects विन्डोमा, Source Packages नोड बिस्तारमा हेरौं |
03:20 | याद गरौँ, सोर्स प्याकेज नोडमा एउटा मात्र खाली डिफल्ट प्याकेज नोड हुन्छ |
03.25 | Source Packages मा राइट क्लिक गरौँ र New > Java Class छानौं |
03:32 | तपाईको क्लासलाई एउटा नाम दिउँ, म क्लास को नाम NameHandler राख्छु |
03:40 | र Package कम्बोबक्समा टाइप गरौँ, org.mypackage.hello |
03:54 | र Finish क्लिक गरौँ |
03:57 | सोर्स एडिटरमा NameHandler.java फाइल खुल्छ |
04:01 | अब क्लास घोषणा गरेको तल एउटा स्ट्रिंग भेरीएबल घोषणा गरौँ |
04:07 | म एउटा स्ट्रिंग भेरीएबल String name घोषणा गर्छु र |
04:12 | म क्लासमा एउटा कन्स्ट्रक्टर public NameHandler पनि थप्ने छुँ |
04:23 | अब म कन्स्ट्रक्टरमा name = null; पनि थप्ने छुँ |
04:30 | अब Getter and Setter Methods सिर्जना गरौँ |
04:33 | Source Editor को नेम फिल्डमा राइट क्लिक गरौँ, कन्टेक्सचोल मेनुबाट Refactor र Encapsulate Fields छानौं |
04:46 | Refactoring कुनै ब्यबहारिक परिवर्तन हुन् नदिई हालको कोडको संरचना सुधारमा गरिने एउटा अनुशाशित तरिका हो |
04:56 | छोटोमा भन्दा, तपाई ब्यबहार परिवर्तन नगरी कोडको संरचना बदल्न सक्नुहुन्छ |
05:01 | Refactoring प्रयोग गरि तपाईले बस्तुहरु नबिगारी फिल्ड, मेथड वा क्लासहरु सार्न सक्नुहुन्छ |
05:08 | अब IDE मा फर्कौं |
05:11 | Encapsulate Fields डाइलग नेम फिल्डहरुको सुची सहित खुल्ने छ |
05:16 | याद गरौँ, Fields को भिजिबिलिटी प्राइभेटमा सेट गरिएको छ |
05:20 | र Accessors को भिजिबिलिटी डिफल्टमा public, मा सेट गरिएको छ |
05:24 | यसले क्लास भेरीएबलको लागि एक्सेस मोडीफायर private तोकिएको जनाउँछ |
05:30 | तथापि getter र setter मेथडहरु क्रमश public मोडीफायरमा सिर्जना हुनेछन |
05:36 | Refactor मा क्लिक गरौँ |
05:39 | name फिल्डको लागि Getter र Setter मेथडहरु सिर्जना भएका छन् |
05:46 | क्लास भेरीएबलको मोडीफायर private मा सेट गरिएको छ भने getter र setter मेथडहरु पब्लिक मोडीफायर सहित बनेका छन् |
05:56 | तपाईको जाभा क्लास अन्तत यस्तो देखिनेछ |
05:59 | अब Default JavaServer Pages File सम्पादन गरौँ |
06:04 | index.jsp को सोर्स एडिटर माथि देखाइएको ट्याबमा क्लिक गरि यसमा पुन क्लिक गरौँ |
06:11 | अब Palette manager खोलौं , Tools मेनु > Palette मा गएर HTML/JSP code clips मा क्लिक गरौँ |
06:21 | Palatte manager खुल्छ |
06:26 | प्यालेट म्यानेजरमा HTML forms विकल्प विस्तार गरौँ |
06:31 | Form आइटम छानौं |
06:34 | यसलाई तानौं र तपाईको सोर्स एडिटरको h1 ट्याग पछिको पोइन्टमा छोडौं |
06:42 | Insert form डाइलग बक्स खुल्छ |
06:45 | स्क्रिनमा देखाए जस्तै मानहरु राखौं |
06:49 | Action मा response.jsp |
06:54 | Method मा GET |
06:56 | र अब हाम्रो फर्मलाई एउटा नाम दिउँ: Name input form |
07:04 | OK क्लिक गरौँ |
07:07 | index.jsp फाइल मा एउटा HTML फर्म थपिन्छ |
07:13 | अब प्यालेट म्यानेजरबाट एउटा टेक्स्ट इन्पुट आइटम छानौं, यसलाई तानौं र यसलाई ठ्याक्क क्लोजिंग फर्म ट्याग अगाडी छोडौं |
07:25 | Insert text input डाइलग बक्समा Name मा name उल्लेख गरौँ |
07:32 | Type मा text राखौ |
07:34 | र OK क्लिक गरौँ |
07:36 | फर्म ट्यागहरु बीच एउटा HTML इन्पुट ट्याग थपिएको छ |
07:41 | इन्पुट ट्यागबाट खाली मान एट्रीब्युट मेटौं |
07:49 | अब प्यालेटबाट Button आइटम छानौं |
07:53 | यसलाई तानौं र क्लोजिंग फर्म ट्याग पहिले छोडौं |
07:58 | Label मा OK राखौं |
08:00 | Type मा submit राखौं |
08:03 | र पुन OK क्लिक गरौँ |
08:05 | एउटा HTML बटन फर्म ट्यागमा थपिएको छ |
08:12 | पहिलो इनपुट ट्याग अगाडी टेक्स्ट इन्टर गरौँ Enter your name |
08:22 | र h1 ट्याग बिचको डिफल्ट टेक्स्ट बदलौं |
08:28 | हामी टेक्स्ट Entry form मा परिणत गर्नेछौं |
08:34 | अहिलेको लागि म प्यालेट म्यानेजर बन्द गर्दैछुँ |
08:38 | तपाईको सोर्स एडिटर भित्र राइट क्लिक गरौँ |
08:41 | तपाईको कोडको फर्म्याट राम्रोसँग मिलाउन Format विकल्प छानौं |
08:46 | तपाईको index.jsp फाइल यस्तो देखिन्छ |
08:49 | अब एउटा जाभा सर्भर पेजेज फाइल सिर्जना गरौँ |
08:53 | प्रोजेक्ट्स विन्डोमा,HelloWeb प्रोजेक्ट नोडमा राइट क्लिक गरौँ, New > JSP छानौं |
09:01 | New JSP फाइल विजार्ड खुल्छ |
09:05 | फाइलको नाम response राखौं र Finish मा क्लिक गरौँ |
09:14 | याद गरौँ, प्रोजेक्ट्स विन्डोमा index.jsp फाइल मूनि एउटा response.jsp फाइल देखिएको छ |
09:23 | र सोर्स एडिटरमा नयाँ फाइल खुल्छ |
09:26 | पुन प्यालेट म्यानेजर खोलौं |
09:35 | अब JSP विकल्पमा बिस्तारमा हेरौं |
09:39 | एउटा Use Bean आइटम छानौं, यसलाई तानौं र बडी ट्यागभन्दा ठ्याक्क मूनि छोडौं |
09:53 | Insert Use Bean डाइलग बक्स खुल्छ |
09:56 | मानहरु यसरी उल्लेख गरौँ |
09:58 | ID मा mybean |
10:01 | Class मा org.mypackage.hello.NameHandler |
10:13 | Scope मा session |
10:15 | र OK मा क्लिक गरौँ |
10:18 | बडी ट्याग मूनि एउटा jsp:useBean ट्याग थपिएको याद गरौँ |
10:30 | JavaBeans जाभाको पुन प्रयोग गर्न सकिने सफ्टवेयर खण्ड हो |
10:34 | तिनीहरु विविध अब्जेक्टहरु एकै अब्जेक्टमा राख्न प्रयोग गरिन्छ |
10:38 | जसले गर्दा तिनीहरुलाई एकभन्दा बढी अब्जेक्टको सट्टा एकै अब्जेक्टको रुपमा एक स्थान देखि अर्को स्थानमा पठाउन सकिन्छ |
10:46 | अब प्यालेट म्यानेजरबाट, एउटा सेटबिन प्रोपर्टी आइटम छानौं, यसलाई तानेर h1 ट्याग अगाडी छोडौं |
11:03 | र OK मा क्लिक गरौँ |
11:12 | यहाँ, jsp:setProperty ट्यागमा देखापर्ने खाली मान एट्रीब्युट मेटौं |
11:21 | अनि नेम एट्रीब्युटलाई mybean मा सेट गरौँ र Property मा name राखौं |
11:30 | अब h1 ट्याग बिचको टेक्स्टलाई Hello कमा स्पेस र एउटा उद्गार चिन्ह मा बदलौं |
11:40 | अब प्यालेट म्यानेजरबाट एउटा Get Bean property आइटम छानौं र यसलाई तानेर h1 ट्याग बिचमा Hello टेक्स्ट पछि छोडौं |
11:51 | Get Bean Property आइटममा |
11:53 | Bean Name लाई mybean मा सेट गरौँ |
11:57 | र Property Name लाई name मा सेट गरौँ |
11:59 | OK मा क्लिक गरौँ |
12:01 | याद गरौँ, अहिले jsp:getProperty ट्याग h1 ट्यागहरु बीचमा थपिएको छ |
12:07 | पुन सोर्स एडिटर भित्र राइट क्लिक गरौँ, तपाईको कोडको फर्म्याट राम्रोसँग मिलाउन Format मा क्लिक गरौँ |
12:16 | अर्को कदम भनेको Web Application Project रन गर्ने हो |
12:20 | म प्यालेट म्यानेजर बन्द गर्दै छुँ |
12:26 | प्रोजेक्ट्स विन्डोमा, HelloWeb प्रोजेक्ट नोडमा राइट क्लिक गरौँ, र Run विकल्प छानौं |
12:32 | तपाई प्रोजेक्ट रन गर्न टूलबारको Run विकल्प पनि क्लिक गर्न सक्नुहुन्छ वा तपाईको किबोर्डको F6 कि थिच्न सक्नुहुन्छ |
12:41 | म मेरो प्रोजेक्ट रन गर्न टूलबारको बटन थिच्ने छुँ |
12:44 | तपाईले एउटा Web application रन गर्दा IDE ले एप्लिकेसन कोड विल्ड र कम्पाइल गर्छ |
12:53 | सर्भर लन्च गर्छ र एप्लिकेसन सर्भरमा लागु गर्छ |
12:58 | र अन्तमा एप्लिकेसना ब्राउजर विन्डोमा देखिन्छ |
13:02 | यो प्रक्रिया हेर्न तपाई विन्डो मेनुबाटआउटपुट विन्डो खोल्न सक्नुहुछ र Output विकल्प छानौं |
13:10 | तपाई आफ्नो एप्लिकेसन सफलतापूर्वक विल्ड भएको देख्न सक्नुहुन्छ |
13:17 | मेरो डिफल्ट ब्राउजरमा index.jsp पेज खुल्छ |
13:23 | म पुन प्रोजेक्ट रन गर्दैछुँ |
13:27 | यो यहाँ छ, यो मेरो डिफल्ट ब्राउजरमा खुल्छ |
13:32 | याद गरौँ, कहिलेकाहीँ IDE ले सर्भर आउटपुट नदेखाईकनै ब्राउजर विन्डो खुल्न सक्छ |
13:38 | अब ब्राउजरको टेक्स्ट बक्समा नाम इन्टर गरौँ |
13:42 | उदाहरणको लागि Ubuntu र OK मा क्लिक गरौँ |
13:46 | एउटा साधारण अभिवादन सहितको response.jsp पेज देखिन्छ |
13:52 | अब कार्यको खण्डमा |
13:56 | वेब एप्लिकेसन प्रोजेक्टको विस्तारको रुपमा, तपाईको एप्लिकेसनमा थप दुई टेक्स्ट फिल्डहरु थपौं मतलब जम्मा तीन इनपुट टेक्स्ट फिल्डहरु थपौं |
14:06 | बिन प्रोपर्टी सेट गर्न JavaBeans Component प्रयोग गरौँ |
14:09 | ब्राउजरमा यसको प्रेजेन्टेसन हेरौं |
14:12 | र अन्तमा दोस्रो JSP पेजमा आउटपुट प्राप्त गरौँ |
14:17 | मैले पहिले नै कार्य बनाएकी छुँ |
14:21 | म मेरो कार्य खोल्छु र यसलाई IDE मा खोल्छु |
14:30 | मसँग ३ इनपुट टेक्स्ट फिल्डहरु छन् |
14:35 | म विवरणहरु इन्टर गर्छु र Ok मा क्लिक गर्छु |
14:42 | मैले यस्तो आउटपुट प्राप्त गर्नुपर्छ |
14:47 | स्क्रिनमा देखाएको लिंकमा भिडियो हेर्नुहोस् |
14:51 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
14:54 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
14:59 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
15:05 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
15:09 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
15:16 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
15:21 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
15:28 | यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ spoken-tutorial.org/NMEICT-Intro |
15:40 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
15:43 | सहभागिताको लागि धन्यवाद, नमस्कार |