Netbeans/C2/Developing-a-Sample-Web-Application/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार सबैलाई नेटबिन्स IDE मा Introduction to Developing Web Applications स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 हामी तपाईसँग नेटबिन्समा काम गर्ने आधारभूत ज्ञान छ भनि मान्छौं
00:12 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्नुहोस्
00:19 पहिलो ट्युटोरियल हेर्नुभएको छ भने यसको बारेमा परिचित हुनुहुनेछ
00:22 नेटबिन्समा इन्स्टलेसन र इन्टरफेस
00:25 अघिल्लो ट्युटोरियलले तपाईलाइ एउटा नयाँ प्रोजेक्ट सिर्जना गर्न पनि सिकाउँछ
00:29 यसमा म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु संस्करण ११.०४ र नेटबिन्स IDE संस्करण ७.१.१ प्रयोग गर्दै छुँ
00:40 यो ट्युटोरियलमा हामी नेटबिन्स प्रयोग गरि वेब एप्लिकेसन बनाउने आधारभूत ज्ञान प्राप्त गर्छौं
00:45 हामी एउटा वेब एप्लिकेसन सेट गर्न
00:49 वेब एप्लिकेसन सोर्स फाइलहरु सिर्जना गर्न र सम्पादन गर्न
00:52 एउटा जाभा प्याकेज र सोर्स फाइल सिर्जना गर्न
00:56 गेटर र सेटर मेथडहरु बनाउन
00:59 डिफल्ट जाभा सर्भर पेजेज फाइलहरु सम्पादन गर्न
01:02 एउटा जाभा सर्भर पेजेज फाइलहरु सिर्जना गर्न
01:05 र अन्त्यमा हाम्रो वेब एप्लिकेसना प्रोजेक्ट रन गर्न हेर्ने छौं
01:08 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग नेटबिन्स IDE
01:13 जाभा डेभलपमेन्ट किट (JDK) संस्करण ६
01:17 GlassFish Server Open Source Edition आदिको ज्ञान हुनुपर्छ
01:20 माथिका सबै कुराहरु स्क्रिनमा देखाइएको लिंकबाट एकैसाथ डाउनलोड गर्न सकिन्छ
01:26 यो ट्युटोरियलले कसरी एउटा साधारण वेब एप्लिकेसन सिर्जना गर्ने देखाउँछ
01:30 एउटा सर्भरमा लागु गर्ने
01:32 र यसको प्रेजेन्टेसन एउटा ब्राउजरमा हेर्ने देखाउँछ
01:35 एप्लिकेसनले जाभा सर्भर पेजेज मार्फत तपाईसँग तपाईको नाम माग्छ
01:42 अनि यसले HTTP सत्रमा नाम जोगाउन जाभा बिन्स प्रयोग गर्छ
01:48 र आउटपुट अर्को JSP पेजमा पुनर्प्राप्त हुनेछ
01:51 अब नेटबिन्समा जाउँ र हाम्रो वेब एप्लिकेसन प्रोजेक्ट सिर्जना गरौँ
01:58 File मेनुबाट New Project छानौं
02:01 Categories, भित्रको Java Web छानौं
02:04 Projects, मा Web Application छानौं र Next मा क्लिक गरौँ
02:09 तपाईको प्रोजेक्टलाई एउटा नाम दिनुहोस्, म मेरो प्रोजेक्टको नाम HelloWeb दिने छुँ
02:15 तपाईको कम्प्युटरको कुनै पनि डिरेक्टरीलाई प्रोजेक्ट लोकेसनमा उल्लेख गर्नुहोस्
02:20 Next क्लिक गरौँ
02:22 Server and Settings प्यानल खुल्छ
02:25 तपाईले आफ्नो एप्लिकेसनमा प्रयोग गर्न चाहनुभएको जाभाको संस्करण छान्नुहोस्
02:29 र तपाईले एप्लिकेसन लागु गराउन चाहनुभएको सर्भर छानौं,
02:34 Next क्लिक गरौँ
02:36 Frameworks प्यानलमा
02:38 प्रोजेक्ट सिर्जना गर्न Finish मा क्लिक गरौ
02:41 IDE ले HelloWeb प्रोजेक्ट फोल्डर सिर्जना गर्छ
02:46 यो फोल्डरमा तपाईको सम्पूर्ण स्रोतहरु र प्रोजेक्टको मेटाडाटा छन्
02:51 मेन विन्डोको सोर्स एडिटरमा वेलकम पेज 'index.jsp खुल्छ
02:57 तपाई यहाँ बायाँ फाइल्स विन्डोमा प्रोजेक्टको फाइल संरचना देख्न सक्नुहुन्छ
03:05 र यसको लाजिकल संरचना प्रोजेक्ट्स विन्डोमा देख्न सकिन्छ
03:10 IDE मा उपलब्ध सबैभन्दा महत्वपूर्ण काम भनेको सोर्स फाइल सिर्जना गर्ने र सम्पादन गर्ने हो
03:15 अब Projects विन्डोमा, Source Packages नोड बिस्तारमा हेरौं
03:20 याद गरौँ, सोर्स प्याकेज नोडमा एउटा मात्र खाली डिफल्ट प्याकेज नोड हुन्छ
03:25 Source Packages मा राइट क्लिक गरौँ र New > Java Class छानौं
03:32 तपाईको क्लासलाई एउटा नाम दिउँ, म क्लास को नाम NameHandler राख्छु
03:40 Package कम्बोबक्समा टाइप गरौँ, org.mypackage.hello
03:54 Finish क्लिक गरौँ
03:57 सोर्स एडिटरमा NameHandler.java फाइल खुल्छ
04:01 अब क्लास घोषणा गरेको तल एउटा स्ट्रिंग भेरीएबल घोषणा गरौँ
04:07 म एउटा स्ट्रिंग भेरीएबल String name घोषणा गर्छु र
04:12 म क्लासमा एउटा कन्स्ट्रक्टर public NameHandler पनि थप्ने छुँ
04:23 अब म कन्स्ट्रक्टरमा name = null; पनि थप्ने छुँ
04:30 अब Getter and Setter Methods सिर्जना गरौँ
04:33 Source Editor को नेम फिल्डमा राइट क्लिक गरौँ, कन्टेक्सचोल मेनुबाट RefactorEncapsulate Fields छानौं
04:46 Refactoring कुनै ब्यबहारिक परिवर्तन हुन् नदिई हालको कोडको संरचना सुधारमा गरिने एउटा अनुशाशित तरिका हो
04:56 छोटोमा भन्दा, तपाई ब्यबहार परिवर्तन नगरी कोडको संरचना बदल्न सक्नुहुन्छ
05:01 Refactoring प्रयोग गरि तपाईले बस्तुहरु नबिगारी फिल्ड, मेथड वा क्लासहरु सार्न सक्नुहुन्छ
05:08 अब IDE मा फर्कौं
05:11 Encapsulate Fields डाइलग नेम फिल्डहरुको सुची सहित खुल्ने छ
05:16 याद गरौँ, Fields को भिजिबिलिटी प्राइभेटमा सेट गरिएको छ
05:20 Accessors को भिजिबिलिटी डिफल्टमा public, मा सेट गरिएको छ
05:24 यसले क्लास भेरीएबलको लागि एक्सेस मोडीफायर private तोकिएको जनाउँछ
05:30 तथापि gettersetter मेथडहरु क्रमश public मोडीफायरमा सिर्जना हुनेछन
05:36 Refactor मा क्लिक गरौँ
05:39 name फिल्डको लागि GetterSetter मेथडहरु सिर्जना भएका छन्
05:46 क्लास भेरीएबलको मोडीफायर private मा सेट गरिएको छ भने gettersetter मेथडहरु पब्लिक मोडीफायर सहित बनेका छन्
05:56 तपाईको जाभा क्लास अन्तत यस्तो देखिनेछ
05:59 अब Default JavaServer Pages File सम्पादन गरौँ
06:04 index.jsp को सोर्स एडिटर माथि देखाइएको ट्याबमा क्लिक गरि यसमा पुन क्लिक गरौँ
06:11 अब Palette manager खोलौं , Tools मेनु > Palette मा गएर HTML/JSP code clips मा क्लिक गरौँ
06:21 Palatte manager खुल्छ
06:26 प्यालेट म्यानेजरमा HTML forms विकल्प विस्तार गरौँ
06:31 Form आइटम छानौं
06:34 यसलाई तानौं र तपाईको सोर्स एडिटरको h1 ट्याग पछिको पोइन्टमा छोडौं
06:42 Insert form डाइलग बक्स खुल्छ
06:45 स्क्रिनमा देखाए जस्तै मानहरु राखौं
06:49 Action मा response.jsp
06:54 Method मा GET
06:56 र अब हाम्रो फर्मलाई एउटा नाम दिउँ: Name input form
07:04 OK क्लिक गरौँ
07:07 index.jsp फाइल मा एउटा HTML फर्म थपिन्छ
07:13 अब प्यालेट म्यानेजरबाट एउटा टेक्स्ट इन्पुट आइटम छानौं, यसलाई तानौं र यसलाई ठ्याक्क क्लोजिंग फर्म ट्याग अगाडी छोडौं
07:25 Insert text input डाइलग बक्समा Name मा name उल्लेख गरौँ
07:32 Type मा text राखौ
07:34 र OK क्लिक गरौँ
07:36 फर्म ट्यागहरु बीच एउटा HTML इन्पुट ट्याग थपिएको छ
07:41 इन्पुट ट्यागबाट खाली मान एट्रीब्युट मेटौं
07:49 अब प्यालेटबाट Button आइटम छानौं
07:53 यसलाई तानौं र क्लोजिंग फर्म ट्याग पहिले छोडौं
07:58 Label मा OK राखौं
08:00 Type मा submit राखौं
08:03 र पुन OK क्लिक गरौँ
08:05 एउटा HTML बटन फर्म ट्यागमा थपिएको छ
08:12 पहिलो इनपुट ट्याग अगाडी टेक्स्ट इन्टर गरौँ Enter your name
08:22 र h1 ट्याग बिचको डिफल्ट टेक्स्ट बदलौं
08:28 हामी टेक्स्ट Entry form मा परिणत गर्नेछौं
08:34 अहिलेको लागि म प्यालेट म्यानेजर बन्द गर्दैछुँ
08:38 तपाईको सोर्स एडिटर भित्र राइट क्लिक गरौँ
08:41 तपाईको कोडको फर्म्याट राम्रोसँग मिलाउन Format विकल्प छानौं
08:46 तपाईको index.jsp फाइल यस्तो देखिन्छ
08:49 अब एउटा जाभा सर्भर पेजेज फाइल सिर्जना गरौँ
08:53 प्रोजेक्ट्स विन्डोमा,HelloWeb प्रोजेक्ट नोडमा राइट क्लिक गरौँ, New > JSP छानौं
09:01 New JSP फाइल विजार्ड खुल्छ
09:05 फाइलको नाम response राखौं र Finish मा क्लिक गरौँ
09:14 याद गरौँ, प्रोजेक्ट्स विन्डोमा index.jsp फाइल मूनि एउटा response.jsp फाइल देखिएको छ
09:23 र सोर्स एडिटरमा नयाँ फाइल खुल्छ
09:26 पुन प्यालेट म्यानेजर खोलौं
09:35 अब JSP विकल्पमा बिस्तारमा हेरौं
09:39 एउटा Use Bean आइटम छानौं, यसलाई तानौं र बडी ट्यागभन्दा ठ्याक्क मूनि छोडौं
09:53 Insert Use Bean डाइलग बक्स खुल्छ
09:56 मानहरु यसरी उल्लेख गरौँ
09:58 ID मा mybean
10:01 Class मा org.mypackage.hello.NameHandler
10:13 Scope मा session
10:15 र OK मा क्लिक गरौँ
10:18 बडी ट्याग मूनि एउटा jsp:useBean ट्याग थपिएको याद गरौँ
10:30 JavaBeans जाभाको पुन प्रयोग गर्न सकिने सफ्टवेयर खण्ड हो
10:34 तिनीहरु विविध अब्जेक्टहरु एकै अब्जेक्टमा राख्न प्रयोग गरिन्छ
10:38 जसले गर्दा तिनीहरुलाई एकभन्दा बढी अब्जेक्टको सट्टा एकै अब्जेक्टको रुपमा एक स्थान देखि अर्को स्थानमा पठाउन सकिन्छ
10:46 अब प्यालेट म्यानेजरबाट, एउटा सेटबिन प्रोपर्टी आइटम छानौं, यसलाई तानेर h1 ट्याग अगाडी छोडौं
11:03 र OK मा क्लिक गरौँ
11:12 यहाँ, jsp:setProperty ट्यागमा देखापर्ने खाली मान एट्रीब्युट मेटौं
11:21 अनि नेम एट्रीब्युटलाई mybean मा सेट गरौँ र Property मा name राखौं
11:30 अब h1 ट्याग बिचको टेक्स्टलाई Hello कमा स्पेस र एउटा उद्गार चिन्ह मा बदलौं
11:40 अब प्यालेट म्यानेजरबाट एउटा Get Bean property आइटम छानौं र यसलाई तानेर h1 ट्याग बिचमा Hello टेक्स्ट पछि छोडौं
11:51 Get Bean Property आइटममा
11:53 Bean Name लाई mybean मा सेट गरौँ
11:57 Property Name लाई name मा सेट गरौँ
11:59 OK मा क्लिक गरौँ
12:01 याद गरौँ, अहिले jsp:getProperty ट्याग h1 ट्यागहरु बीचमा थपिएको छ
12:07 पुन सोर्स एडिटर भित्र राइट क्लिक गरौँ, तपाईको कोडको फर्म्याट राम्रोसँग मिलाउन Format मा क्लिक गरौँ
12:16 अर्को कदम भनेको Web Application Project रन गर्ने हो
12:20 म प्यालेट म्यानेजर बन्द गर्दै छुँ
12:26 प्रोजेक्ट्स विन्डोमा, HelloWeb प्रोजेक्ट नोडमा राइट क्लिक गरौँ, र Run विकल्प छानौं
12:32 तपाई प्रोजेक्ट रन गर्न टूलबारको Run विकल्प पनि क्लिक गर्न सक्नुहुन्छ वा तपाईको किबोर्डको F6 कि थिच्न सक्नुहुन्छ
12:41 म मेरो प्रोजेक्ट रन गर्न टूलबारको बटन थिच्ने छुँ
12:44 तपाईले एउटा Web application रन गर्दा IDE ले एप्लिकेसन कोड विल्ड र कम्पाइल गर्छ
12:53 सर्भर लन्च गर्छ र एप्लिकेसन सर्भरमा लागु गर्छ
12:58 र अन्तमा एप्लिकेसना ब्राउजर विन्डोमा देखिन्छ
13:02 यो प्रक्रिया हेर्न तपाई विन्डो मेनुबाटआउटपुट विन्डो खोल्न सक्नुहुछ र Output विकल्प छानौं
13:10 तपाई आफ्नो एप्लिकेसन सफलतापूर्वक विल्ड भएको देख्न सक्नुहुन्छ
13:17 मेरो डिफल्ट ब्राउजरमा index.jsp पेज खुल्छ
13:23 म पुन प्रोजेक्ट रन गर्दैछुँ
13:27 यो यहाँ छ, यो मेरो डिफल्ट ब्राउजरमा खुल्छ
13:32 याद गरौँ, कहिलेकाहीँ IDE ले सर्भर आउटपुट नदेखाईकनै ब्राउजर विन्डो खुल्न सक्छ
13:38 अब ब्राउजरको टेक्स्ट बक्समा नाम इन्टर गरौँ
13:42 उदाहरणको लागि Ubuntu र OK मा क्लिक गरौँ
13:46 एउटा साधारण अभिवादन सहितको response.jsp पेज देखिन्छ
13:52 अब कार्यको खण्डमा
13:56 वेब एप्लिकेसन प्रोजेक्टको विस्तारको रुपमा, तपाईको एप्लिकेसनमा थप दुई टेक्स्ट फिल्डहरु थपौं मतलब जम्मा तीन इनपुट टेक्स्ट फिल्डहरु थपौं
14:06 बिन प्रोपर्टी सेट गर्न JavaBeans Component प्रयोग गरौँ
14:09 ब्राउजरमा यसको प्रेजेन्टेसन हेरौं
14:12 र अन्तमा दोस्रो JSP पेजमा आउटपुट प्राप्त गरौँ
14:17 मैले पहिले नै कार्य बनाएकी छुँ
14:21 म मेरो कार्य खोल्छु र यसलाई IDE मा खोल्छु
14:30 मसँग ३ इनपुट टेक्स्ट फिल्डहरु छन्
14:35 म विवरणहरु इन्टर गर्छु र Ok मा क्लिक गर्छु
14:42 मैले यस्तो आउटपुट प्राप्त गर्नुपर्छ
14:47 स्क्रिनमा देखाएको लिंकमा भिडियो हेर्नुहोस्
14:51 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
14:54 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
14:59 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
15:05 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
15:09 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
15:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
15:21 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
15:28 यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ spoken-tutorial.org/NMEICT-Intro
15:40 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
15:43 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble