BASH/C2/Globbing-and-Export-statement/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
---|---|
00:01 | Globbing and Export कमाण्ड स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:08 | * Globbing |
00:09 | * एक्सपोर्ट कमाण्ड |
00:11 | यो ट्युटोरियल अनुसरण गर्न, तपाईलाई Linux Operating System को ज्ञान हुनुपर्छ |
00:18 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलहरुको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:24 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दै छुँ |
00:27 | * उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र |
00:31 | * GNU Bash संस्करण ४.१.१० |
00:35 | कृपया याद गरौँ यो ट्युटोरियल अभ्यास गर्न GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:43 | अब globbing को परिचय संगै सुरु गरौँ |
00:46 | * BASH मा रहने फाइलनेम वा पाथनेम को बिस्तारलाई Globbing भनिन्छ |
00:52 | * Globbing wildcard हरु पहिचान गर्छ र विस्तार गर्छ |
00:57 | * यसले स्ट्याण्डर्ड wildcard क्याराक्टर विस्तार गर्छ जस्तै |
01:02 | # * (asterix) एस्टरिस्क र |
01:04 | # ? (प्रश्न चिन्ह) |
01:05 | यो एउटा उदाहरण प्रयोग गरी बुझौं |
01:09 | किबोर्डको Ctrl+Alt र T किहरु एकसाथ थिचेर टर्मिनल खोलौं |
01:18 | टर्मिनल मा टाइप गरौँ, ls स्पेस asterix dot sh, इन्टर थिचौं |
01:27 | यसले हालको डिरेक्टरीमा उपलब्ध सम्पूर्ण .sh एक्सटेन्सन सहितको फाइलहरु देखाउँछ |
01:34 | यहाँ हामी सम्पूर्ण sh फाइलहरु सुचिकृत देख्न सक्छौं |
01:40 | हामी प्रम्प्ट सफा गर्छौं, अब टाइप गरौँ, ls स्पेस s asterix dot sh, इन्टर थिचौं |
01:51 | हामी देख्न सक्छौं, s asterix dot sh ले सम्पूर्ण s अक्षरबाट सुरु हुने र sh एक्सटेन्सन भएका फाइलहरु देखाउँछ |
02:02 | अब अगाडी बढौं |
02:04 | अब टाइप गरौँ, ls स्पेस खुल्ने ब्राकेट a हाइफन c बन्द हुने स्क्वायर ब्राकेट एस्टरिस्क डट sh इन्टर थिचौं |
02:19 | यसले a वा b वा c बाट सुरु हुने सम्पूर्ण फाइलहरु देखाउने छ |
02:26 | आउटपुट हेरौं |
02:28 | हामी अक्षर a वा b वा c बाट सुरु हुने फाइलहरु सुचिकृत देख्छौं |
02:35 | र यी फाइलहरुमा sh एक्सटेन्सन छ |
02:39 | अब, अघि बढौं र टाइप गरौँ, ls स्पेस खुल्ने स्क्वायर ब्राकेट क्यारेट चिन्ह a हाइफन c बन्द हुने स्क्वायर ब्राकेट एस्टरिस्क डट sh, इन्टर थिचौं |
02:55 | यो एक्सटेन्सन sh भएका सम्पूर्ण फाइलहरु सँग मिल्ने छ |
03:00 | तर यो यसले अक्षरहरु 'a' वा OR 'b' वा OR 'c' बाट सुरु हुने फाइलहरु हटाउने छ |
03:07 | आउटपुट हेरौं, फाइलको नामहरु 'a', 'b' वा 'c' अक्षरमा सुरु भएका छैनन् |
03:16 | म प्रम्प्ट सफा गर्छु |
03:19 | अब टाइप गरौँ, ls स्पेस खुल्ने स्क्वायर ब्राकेट क्यापिटल 'A' सानो 'a' बन्द हुने स्क्वायर ब्राकेट एस्टरिस्क चिन्ह डट sh इन्टर थिचौं |
03:34 | यो अपरकेस र लोअर केसको 'A' सहितको फाइलको नामहरुसँग मिल्छ |
03:40 | आउटपुट हेरौं, सानो र ठूलो 'A बाट सुरु भएका र एक्सटेन्सन sh भएका सबै फाइलको नामहरु सुचिकृत छन् |
03:49 | अब BASH मा Export कमाण्ड हेरौं |
03:53 | स्लाइडहरुमा फर्कौं |
03:55 | Bash मा भ्यारीएबलहरु आफ्नै शेल मा लोकल हुन सक्छन |
04:00 | * लोकल भ्यारीएबल उहिँ शेल ले वा हालको शेल ले प्रयोग गर्न सकिन्छ |
04:06 | Export कमाण्ड ले एउटा भ्यारीएबल वा एउटा function लाई सबै चाइल्ड प्रोसेस इन्भायरोमेन्ट मा एक्सपोर्ट गर्छ |
04:15 | * एउटा लोकल भ्यारीएबल लाई एउटा ग्लोबल भ्यारीएबलमा बदल्न सकिन्छ |
04:20 | हामी यो एउटा उदाहरण प्रयोग गरि बुझ्ने छौं |
04:24 | टर्मिनल मा जाऊ र टाइप गरौँ, myvar बराबर चिन्ह lion, इन्टर थिचौं |
04:34 | अब टाइप गरौँ, echo स्पेस डलर चिन्ह myvar, इन्टर थिचौं |
04:41 | lion प्रिन्ट भएको छ |
04:44 | यो भ्यारीएबल myvar राखिएको मान हो |
04:48 | अब नयाँ शेल मा जाऊ |
04:51 | एउटा नयाँ शेल मा जान तपाई नयाँ टर्मिनल खोल्न सक्नुहुन्छ वा टाइप गर्न सक्नुहुन्छ, स्ल्याश bin स्ल्याश bash, इन्टर थिचौं |
05:03 | अब भ्यारीएबल myvar को मान जाँच गरौँ |
05:07 | टाइप गरौँ, echo स्पेस डलर चिन्ह myvar, इन्टर थिचौं |
05:15 | एउटा खाली लाइन प्रिन्ट भएको छ |
05:17 | यसको मतलब भ्यारीएबल myvar मा राखिएको मान यो शेल मा सारिएको छैन |
05:24 | साथै, भ्यारीएबल myvar अघिल्लो शेल को लागि मात्र लोकल हो र हालको शेल लागि होइन |
05:32 | हामी हाम्रो अघिल्लो शेल मा फर्कन exit टाइप गर्ने छौं |
05:36 | त्यसैले ग्लोबल घोषणा गर्न हामीले export कमाण्ड प्रयोग गर्नुपर्छ |
05:43 | कसरी गर्ने सिकौं |
05:46 | टाइप गरौँ, export स्पेस myvar बराबर चिन्ह lion इन्टर थिचौं |
05:55 | अब टाइप गरौँ, echo स्पेस डलर चिन्ह myvar, इन्टर थिचौं |
06:02 | lion देखिएको छ |
06:05 | अर्को शेल मा जाऊ, टाइप गरौँ, स्ल्याश bin स्ल्याश bash, इन्टर थिचौं |
06:13 | म प्रम्प्ट खाली गर्ने छुँ |
06:15 | अब टाइप गरौँ,echo स्पेस डलर चिन्ह myvar |
06:22 | lion देखिएको छ |
06:25 | यो किनभने हामीले export कमाण्ड प्रयोग गरी भ्यारीएबल myvar ग्लोबल घोषणा गरेका छौं |
06:33 | यसरी हामी ट्युटोरियलको अन्तमा आएका छौं |
06:36 | संक्षेपमा हेरौं, हाम्रो स्लाइडमा फर्कौं |
06:39 | यो ट्युटोरियलमा हामीले सिक्यौं, |
06:41 | * Globbing |
06:42 | * Export कमाण्ड |
06:44 | एउटा कार्य |
06:45 | globbing अन्तर्गत चर्चा गरिएका सम्पूर्ण कार्यहरु गर्न एउटा Bash स्क्रिप्ट लेखौं |
06:51 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
06:54 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06:57 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:02 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
07:05 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
07:08 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:12 | बिस्तृत जानकरीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
07:20 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
07:24 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:31 | यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् |
07:37 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
07:42 | म मन्दिरा बिदा हुदैछुँ, |
07:47 | सहभागिताको लागि धन्यवाद, नमस्कार |