Time
|
Narration
|
0:00
|
हाइ , जेनेरल पर्पोस युटिलिटिज् इन लिनक्स को यस स्पोकन टियुटोरियल मा स्वागत छ् ।
|
0:06
|
यो टियुटोरियल मा हामी आफुलाई केहि सामान्य तर धेरै प्रयोग गरिने लिनक्स का कमाण्डस् संग परिचित गरौनेछौँ ् ।
|
0:14
|
यसको मुख्य उदेश्य तपाईलाई लिनक्समा काम गर्न सिकाउन राम्रो शुरुवात दिन हो ।
|
0:21
|
हामीले प्रयोग गर्ने पहिलो कमान्ड echo कमान्ड हो । याद गर्नुहोस् कि लिनक्सका कमान्डहरु केस सेन्सेटिभ हुन्छन् ।
|
0:29
|
यहाँ हरेक कमान्डहरु र तिनका विकल्पहरु बताएको बेला बाहेक सानो अक्षरमा हुन्छ ।
|
0:36
|
यो कमान्ड स्क्रिनमा कुनै सन्देश दिनका लागि प्रयोग गरिन्छ ।
|
0:43
|
उबुन्टुमा Ctrl Alt t ले टर्मिनल शुरु गर्दछ ।
|
0:48
|
यो कमान्ड अरु युनिक्स सिस्टमहरुमा काम नगर्न सक्छ ।
|
0:52
|
टर्मिनल खोल्ने अर्को तरिका पहिलेको स्पोकन टिउटोरियलमा देखाइएको छ ।
|
0:58
|
प्रोम्पटमा echo स्पेस Hello World टाइप गरि इन्टर थिच्नुहोस् ।
|
1:08
|
यसले Hello World भनेर सन्देश स्क्रिनमा प्रिन्ट गरिदिन्छ ।
|
1:14
|
echo कमान्डलाई भेरिएबलको भ्यालु हेर्नपनि प्रयोग गर्न सक्छौ ।
|
1:19
|
प्रोम्पटमा echo स्पेस डलर SHELL क्यापिटल टाइपगरि इन्टर गर्नुहोस् ।
|
1:30
|
यसले प्रयोग भइरहेको सेल देखाउछ ।
|
1:36
|
echo कमान्डलाई ईस्केप अनुक्रमसंग पनि प्रयोग गर्न सकिन्छ ।
|
1:42
|
यसकालागि लिनक्समा the -e (hyphen e) विकल्प प्रयोग गरिन्छ ।
|
1:46
|
साधारण ईस्केप अनुक्रमहरुमा : ट्याबकालागि \t (backslash t), नयाँ लाइनकालागि \n, र प्रोम्पटलाई एउटै लाइनमा देखाउने ईस्केप सिक्वेन्स \c हुन् ।
|
1:55
|
एकल कोट भित्र echo स्पेस माईनस e लेख्नुहोस् , कमान्ड ब्याक स्ल्यास c राख्नुहोस् र इन्टर गर्नुहोस् ।
|
2:32
|
हामी प्रिन्ट भएको enter a command ' पछि त्यहि लाइनमा प्रोम्पट देख्न सक्छौ ।
|
2:38
|
तपाई कुन भर्जनको लिनक्स कर्नल चलाइराख्नु भएको छ जान्ने ईच्छा हुनसक्छ ।
|
2:43
|
यो तथा मेशिनको अरु विशेषता थाहा पाउन uname कमान्ड प्रयोग गरौ । प्रोम्पटमा uname स्पेस हाईफन r टाइप गरि इन्टर थिच्नुहोस् ।
|
2:58
|
आफ्नो युजरनेम थाहा पाउन, प्रोम्पटमा who स्पेस am स्पेस I टाइप गरि इन्टर थिच्नुहोस् ।
|
3:11
|
यो who कमान्डबाट आएको हो जसले सिस्टममा हालमा लग्द् गरिरहेका सबै प्रयोगकर्ता देखाउछ । तपाईको मल्टियुजर सिस्टम हुनुपर्छ ।
|
3:21
|
कहिलेकाहि तपाईको लगईन पासवर्ड पनि देखिने हुनाले, तपाई यसलाई परिवर्तन गर्न सक्नुहुन्छ ।
|
|
यसकालागि हामी संग passwd कमान्ड छ । प्रोम्पटमा टाइप गर्नुहोस् ।
|
|
p-a-s-s-w-d र इन्टर थिच्नुहोस् ।
|
3:37
|
यो कमान्ड टाईप गर्दा तपाईलाई अहिलेको पासवर्ड टाईप गर्न लगाउछ ।
|
3:43
|
यहाँ म मेरो सिस्टमको हालको पासवर्ड टाईप गर्छु।
|
3:48
|
पासवर्ड सहि राखेमा तपाईलाई नयाँ पासवर्ड इन्टर गरि फेरिपनि पुष्टि गर्न लगाउछ ।
|
4:02
|
यदि हामीले आफ्नो हालको पासवर्ड बिर्सेमा के गर्ने ?
|
4:06
|
यसो भएमापनि पासवर्डलाई परिवर्तन गर्न सकिन्छ, तर त्यसकालागि root युजर हुनुपर्दछ ।
|
4:14
|
अब root युजर को हुन् त ?
|
4:18
|
ऊ धेरै अधिकार भएको व्यक्ति हो ।
|
4:22
|
दाजेर हेर्दा विन्डोमा युजरको एडमिनिसट्रेटर स्ट्याटस भएजस्तै root युजर हो ।
|
4:30
|
हामीलाई सिस्टमको देट र टाइम थाहा पाउँन मन लागेमा हामी संग date कमान्ड छ ।
|
4:36
|
टर्मिनलमा date टाइप गरि इन्टर थिच्नुहोस् ।
|
4:42
|
यसले सिस्टम टाइम र डेट देखाउछ ।
|
4:45
|
डेट कमान्डले डेट र टाइम त देखाउछ नै। साथै यसमा धेरै विकल्पहरु पनि हुन्छन् ।
|
4;54
|
प्रोम्पटमा date स्पेस प्लस पर्सेन्ट साइन क्यापिटल T टाइप गरि इन्टर थिच्नुहोस् ।
|
5:07
|
यसले समय घण्टा मिनेट र सेकेण्ड (hh:mm:ss) फर्म्याटमा देखाउछ ।
|
5:12
|
प्रोम्पटमा date स्पेस प्लस पर्सेन्ट साइन स्मल h टाइप गरि इन्टर थिच्नुहोस् ।
|
5:23
|
यसले महिनाको नाम दिन्छ ।
|
5:25
|
प्रोम्प्टमा date स्पेस प्लस पर्सेन्टेज साइन स्मल m टाइप गरि इन्टर थिच्नुहोस् ।
|
5:38
|
यसले महिना संख्या फर्म्याटमा देखाउछ । यहाँ फेब्रुएरी महिनाका लागि ०२ देखाउछ । यसलाई तपाई दाज्न सक्नुहुन्छ ।
|
5:50
|
प्रोम्पटमा date स्पेस प्लस पर्सेन्टेज साइन स्मल y टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् ।
|
6:01
|
यसले चलिरहेको सालको दुईवटा संख्या देखाउछ ।
|
6:05
|
यो विकल्पलाई जोड्नपनि सकिन्छ । जस्तै प्रोम्पटमा date स्पेस प्लस विदईन डबल कोट्स पर्सेनटेज स्मल h पर्सेनटेज स्मल y टाइप गरि इन्टर थिच्नुहोस् ।
|
6:34
|
Here it is showing February .
|
6:34
|
यहाँ फेब्रुएरी भनेर देखिन्छ ।
|
6:39
|
अर्को मिल्ने कमान्ड cal कमान्ड हो । त्यति उपयोगि नभएतापनि यसले कुनैपनि महिना र वर्षको क्यालेन्डर देखाउछ ।
|
6:48
|
हालको महिनाको क्यालेन्डर हेर्न प्रोम्पटमा ‘cal’ टाइप गरि इन्टर थिच्नुहोस् ।
|
6:56
|
कुनै एक महिना जस्तै डिसेम्बरको क्यालेन्डर हेर्न प्रोम्पटमा ‘cal’ स्पेस १२ स्पेस टाइप गरि इन्टर थिच्नुहोस् ।
|
7:13
|
यसले डिसेम्बरको क्यालेन्डर देखाउछ ।
|
7:19
|
अगाडि बढ्नु भन्दा पहिला फाईलहरु र डिरेक्टरीहरुको बारेमा चर्चा गरौ ।
|
7:26
|
लिनक्समा सबैकुरा फाईल हुन् ।अब फाईल भनेको के हो त ?
|
7:34
|
फाईल भनेको हामीले डकुमेन्टस् र पेपर्स राख्ने ठाउँ हो । त्यसैगरि लिनक्स फाईल जानकारी जम्मा गर्ने भाडो हो ।
|
7:48
|
डिरेक्टरी भनेको के हो ?
|
7:52
|
डिरेक्टरी भनेको फाईलहरु र अन्य सब- डिरेक्टरीको संग्रह हो ।
|
7:58
|
डिरेक्टरीले हामीलाई फाईलहरुलाई सिस्टम्याटिस म्यानरमा मिलाउन मद्त गर्दछ ।
|
8:04
|
यो विन्डोमा फोल्डर भने जस्तै हो ।
|
8:08
|
जब हामी लिनक्स सिस्टममा लगईन गर्र्छौ हामी डिफल्टले होम डिरेक्टरीमा हुन्छौ । होम डिरेक्टरी हेर्नको लागि प्रोम्पट्मा echo space dollar HOME क्यापिटलमा टाइप गरि इन्टर गर्नुहोस्
|
8:27
|
अर्को कमान्ड pwd ले हामीले काम गरिरहेको डिरेक्टरी देखाउछ । प्रोम्पट्मा pwd टाइप गरि इन्टर गर्नुहोस् ।
|
8:42
|
डिरेक्टरी थाहा भएपछि हामी फाईल र सब- डिरेक्टरीहरु पनि हेर्न सक्छौ। यसका लागि हामी संग ls कमान्ड छ जुन युनिक्स र लिनक्समा सबैभन्दा बढी प्रयोग हुने कमान्ड हो ।
|
8:56
|
कमान्ड ls टाइप गरि इन्टर थिच्नुहोस् ।
|
9:01
|
अब आउटपुट हेर्नुहोस् ।
|
9:04
|
फाईलहरु र सब- डिरेक्टरीहरु साधारणतय छुट्टाछुट्टै रंगमा देखाईन्छ ।
|
9:08
|
ls कमान्ड धेरै प्रयोग हुन्छ र यसका धेरै विकल्प छन् । जस्तै प्रोम्पट्मा ls space minus minus all all टाइप गरि इन्टर थिच्नुहोस् ।
|
9:24
|
यसले हिड्न् फाईल सहित सबै फाईल देखाउछ । ( फाईलनेम जुन डट (.) बाट शुरु भएका हुन्छन् ,तिनीहरुलाई हिड्न् फाईल भनिन्छ ।
|
9:33
|
माइनस l विकल्प प्रयोग गरि फाईल मात्र नभई बढी जानकारी लिन सकिन्छ ।
|
9:40
|
कमान्ड ls space minus small l टाइप गरि इन्टर थिच्नुहोस् ।
|
9:50
|
यसले file permissions, फाईल अनर्स नेम, पहिले परिवर्तन गरेको समय, बाईटमा फाईल साइज आदि देखाउछ । यसले के के गर्नसक्छ भनि यस टिउटोरियलमा देखाउन संभव छैन।
|
10:06
|
ls लाई विभिन्न विकल्पसंग प्रयोग गर्न सकिन्छ ।
|
10:11
|
यी सबै जानकारीहरु स्क्रिनमा देखाउन बाहेक फाईलमापनि राख्न सकिन्छ। यसरी कुनैपनि कमान्डका आउटपुटलाई फाईलमा जम्मा गर्न सकिन्छ ।
|
10:23
|
यसका लागि कमान्ड संग राईट ऐगंल ब्राकेट र फाईल नेम टाइप गर्नुहोस् । जस्तै ls
space minus small l space right angle bracket space fileinfo टाइप गरि इन्टर थिच्नुहोस् ।
|
10:46
|
अब फाईल र डिईरेक्टरीको सबै जानकारी फाईलइन्फो नाम गरेको फाईलमा हुन्छ ।
|
10:54
|
तर यो फाईलको सामग्री कसरी हेर्ने ? यसका लागि cat कमान्ड छ । cat स्पेस र फाईलको नाम (यहाँ फाईलइन्फो) टाइप गरि इन्टर थिच्नुहोस् ।
|
11:12
|
अब यो फाईल हेर्न सकिन्छ । cat को अर्को प्रयोग फाईल बनाउन हो । यसका लागि प्रोम्पटमा cat स्पेस राईट ऐगंल ब्राकेट स्पेस फाईलनेम भनौ file1 टाईप गरि इन्टर थिच्नुहोस् ।
|
11:36
|
जब हामी इन्टर थिच्छौ कमान्ड युजरको ईनपुट कुर्दछ ।
|
11:42
|
हामीले टाइप गरेको टेक्सट् फाईलमा लेखिन्छ ।
|
11:50
|
अब इन्टर थिचि ईनपुट सकिएको जनाउनुहोस् ।
|
11:56
|
अब Ctrl र D किहरु संगै थिच्नुहोस् ।
|
12:05
|
यदि file1 गरेको फाईल पहिलै देखि छ भने युजर ईनपुट पहिलाको फाईल माथि बस्छ ।
|
12:13
|
यदि पहिले भएको कुरामा नयाँ कुरा थप्नु परेमा, प्रोम्पट्मा cat space double right angle bracket space file1 टाइप गरि इन्टर थिच्नुहोस् ।
|
12:36
|
हामी अरु कमान्डहरु पनि छलफल गर्न सक्थ्यौ, तर अहिलेलाई यति। साथै हरेक कमान्डको लागि धेरै विकल्प र संभावना हुन्छन् जुन यहाँ छलफल गरिएको छैन ।
|
12:50
|
यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । स्पोकन टिउटोरियल नेशनल मिशन अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो ।
|
13:02
|
अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस।
|
13:10
|
यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् ।
|