Linux/C2/General-Purpose-Utilities-in-Linux/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 हाइ , जेनेरल पर्पोस युटिलिटिज् इन लिनक्स को यस स्पोकन टियुटोरियल मा स्वागत छ् ।
00:06 यो टियुटोरियल मा हामी आफुलाई केहि सामान्य तर धेरै प्रयोग गरिने लिनक्स का कमाण्डस् संग परिचित गरौनेछौँ ् ।
00:14 यसको मुख्य उदेश्य तपाईलाई लिनक्समा काम गर्न सिकाउन राम्रो शुरुवात दिन हो ।
00:21 हामीले प्रयोग गर्ने पहिलो कमान्ड echo कमान्ड हो । याद गर्नुहोस् कि लिनक्सका कमान्डहरु केस सेन्सेटिभ हुन्छन् ।
00:29 यहाँ हरेक कमान्डहरु र तिनका विकल्पहरु बताएको बेला बाहेक सानो अक्षरमा हुन्छ ।
00:36 यो कमान्ड स्क्रिनमा कुनै सन्देश दिनका लागि प्रयोग गरिन्छ ।
00:43 उबुन्टुमा Ctrl Alt t ले टर्मिनल शुरु गर्दछ ।
00:48 यो कमान्ड अरु युनिक्स सिस्टमहरुमा काम नगर्न सक्छ ।
00:52 टर्मिनल खोल्ने अर्को तरिका पहिलेको स्पोकन टिउटोरियलमा देखाइएको छ ।
00:58 प्रोम्पटमा echo स्पेस Hello World टाइप गरि इन्टर थिच्नुहोस् ।
01:08 यसले Hello World भनेर सन्देश स्क्रिनमा प्रिन्ट गरिदिन्छ ।
01:14 echo कमान्डलाई भेरिएबलको भ्यालु हेर्नपनि प्रयोग गर्न सक्छौ ।
01:19 प्रोम्पटमा echo स्पेस डलर SHELL क्यापिटल टाइपगरि इन्टर गर्नुहोस् ।
01:30 यसले प्रयोग भइरहेको सेल देखाउछ ।
01:36 echo कमान्डलाई ईस्केप अनुक्रमसंग पनि प्रयोग गर्न सकिन्छ ।
01:42 यसकालागि लिनक्समा the -e (hyphen e) विकल्प प्रयोग गरिन्छ ।
01:46 साधारण ईस्केप अनुक्रमहरुमा : ट्याबकालागि \t (backslash t), नयाँ लाइनकालागि \n, र प्रोम्पटलाई एउटै लाइनमा देखाउने ईस्केप सिक्वेन्स \c हुन् ।
01:55 एकल कोट भित्र echo स्पेस माईनस e लेख्नुहोस् , कमान्ड ब्याक स्ल्यास c राख्नुहोस् र इन्टर गर्नुहोस् ।
02:32 हामी प्रिन्ट भएको enter a command ' पछि त्यहि लाइनमा प्रोम्पट देख्न सक्छौ ।
02:38 तपाई कुन भर्जनको लिनक्स कर्नल चलाइराख्नु भएको छ जान्ने ईच्छा हुनसक्छ ।
02:43 यो तथा मेशिनको अरु विशेषता थाहा पाउन uname कमान्ड प्रयोग गरौ । प्रोम्पटमा uname स्पेस हाईफन r टाइप गरि इन्टर थिच्नुहोस् ।
02:58 आफ्नो युजरनेम थाहा पाउन, प्रोम्पटमा who स्पेस am स्पेस I टाइप गरि इन्टर थिच्नुहोस् ।
03:11 यो who कमान्डबाट आएको हो जसले सिस्टममा हालमा लग्द् गरिरहेका सबै प्रयोगकर्ता देखाउछ । तपाईको मल्टियुजर सिस्टम हुनुपर्छ ।
03:21 कहिलेकाहि तपाईको लगईन पासवर्ड पनि देखिने हुनाले, तपाई यसलाई परिवर्तन गर्न सक्नुहुन्छ ।
03:28 यसकालागि हामी संग passwd कमान्ड छ । प्रोम्पटमा टाइप गर्नुहोस् p-a-s-s-w-d र इन्टर थिच्नुहोस् ।
03:37 यो कमान्ड टाईप गर्दा तपाईलाई अहिलेको पासवर्ड टाईप गर्न लगाउछ ।
03:43 यहाँ म मेरो सिस्टमको हालको पासवर्ड टाईप गर्छु।
03:48 पासवर्ड सहि राखेमा तपाईलाई नयाँ पासवर्ड इन्टर गरि फेरिपनि पुष्टि गर्न लगाउछ ।
04:02 यदि हामीले आफ्नो हालको पासवर्ड बिर्सेमा के गर्ने ?
04:06 यसो भएमापनि पासवर्डलाई परिवर्तन गर्न सकिन्छ, तर त्यसकालागि root युजर हुनुपर्दछ ।
04:14 अब root युजर को हुन् त ?
04:18 ऊ धेरै अधिकार भएको व्यक्ति हो ।
04:22 दाजेर हेर्दा विन्डोमा युजरको एडमिनिसट्रेटर स्ट्याटस भएजस्तै root युजर हो ।
04:30 हामीलाई सिस्टमको देट र टाइम थाहा पाउँन मन लागेमा हामी संग date कमान्ड छ ।
04:36 टर्मिनलमा date टाइप गरि इन्टर थिच्नुहोस् ।
04:42 यसले सिस्टम टाइम र डेट देखाउछ ।
04:45 डेट कमान्डले डेट र टाइम त देखाउछ नै। साथै यसमा धेरै विकल्पहरु पनि हुन्छन् ।
04:54 प्रोम्पटमा date स्पेस प्लस पर्सेन्ट साइन क्यापिटल T टाइप गरि इन्टर थिच्नुहोस् ।
05:07 यसले समय घण्टा मिनेट र सेकेण्ड (hh:mm:ss) फर्म्याटमा देखाउछ ।
05:12 प्रोम्पटमा date स्पेस प्लस पर्सेन्ट साइन स्मल h टाइप गरि इन्टर थिच्नुहोस् ।
05:23 यसले महिनाको नाम दिन्छ ।
05:25 प्रोम्प्टमा date स्पेस प्लस पर्सेन्टेज साइन स्मल m टाइप गरि इन्टर थिच्नुहोस् ।
05:38 यसले महिना संख्या फर्म्याटमा देखाउछ । यहाँ फेब्रुएरी महिनाका लागि ०२ देखाउछ । यसलाई तपाई दाज्न सक्नुहुन्छ ।
05:50 प्रोम्पटमा date स्पेस प्लस पर्सेन्टेज साइन स्मल y टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् ।
06:01 यसले चलिरहेको सालको दुईवटा संख्या देखाउछ ।
06:05 यो विकल्पलाई जोड्नपनि सकिन्छ । जस्तै प्रोम्पटमा date स्पेस प्लस विदईन डबल कोट्स पर्सेनटेज स्मल h पर्सेनटेज स्मल y टाइप गरि इन्टर थिच्नुहोस् ।
06:34 Here it is showing February यहाँ फेब्रुएरी भनेर देखिन्छ ।
06:39 अर्को मिल्ने कमान्ड cal कमान्ड हो । त्यति उपयोगि नभएतापनि यसले कुनैपनि महिना र वर्षको क्यालेन्डर देखाउछ ।
06:48 हालको महिनाको क्यालेन्डर हेर्न प्रोम्पटमा ‘cal’ टाइप गरि इन्टर थिच्नुहोस् ।
06:56 कुनै एक महिना जस्तै डिसेम्बरको क्यालेन्डर हेर्न प्रोम्पटमा ‘cal’ स्पेस १२ स्पेस टाइप गरि इन्टर थिच्नुहोस् ।
07:13 यसले डिसेम्बरको क्यालेन्डर देखाउछ ।
07:19 अगाडि बढ्नु भन्दा पहिला फाईलहरु र डिरेक्टरीहरुको बारेमा चर्चा गरौ ।
07:26 लिनक्समा सबैकुरा फाईल हुन् ।अब फाईल भनेको के हो त ?
07:34 फाईल भनेको हामीले डकुमेन्टस् र पेपर्स राख्ने ठाउँ हो । त्यसैगरि लिनक्स फाईल जानकारी जम्मा गर्ने भाडो हो ।
07:48 डिरेक्टरी भनेको के हो ?
07:52 डिरेक्टरी भनेको फाईलहरु र अन्य सब- डिरेक्टरीको संग्रह हो ।
07:58 डिरेक्टरीले हामीलाई फाईलहरुलाई सिस्टम्याटिस म्यानरमा मिलाउन मद्त गर्दछ ।
08:04 यो विन्डोमा फोल्डर भने जस्तै हो ।
08:08 जब हामी लिनक्स सिस्टममा लगईन गर्र्छौ हामी डिफल्टले होम डिरेक्टरीमा हुन्छौ । होम डिरेक्टरी हेर्नको लागि प्रोम्पट्मा echo space dollar HOME क्यापिटलमा टाइप गरि इन्टर गर्नुहोस्
08:27 अर्को कमान्ड pwd ले हामीले काम गरिरहेको डिरेक्टरी देखाउछ । प्रोम्पट्मा pwd टाइप गरि इन्टर गर्नुहोस् ।
08:42 डिरेक्टरी थाहा भएपछि हामी फाईल र सब- डिरेक्टरीहरु पनि हेर्न सक्छौ। यसका लागि हामी संग ls कमान्ड छ जुन युनिक्स र लिनक्समा सबैभन्दा बढी प्रयोग हुने कमान्ड हो ।
08:56 कमान्ड ls टाइप गरि इन्टर थिच्नुहोस् ।
09:01 अब आउटपुट हेर्नुहोस् ।
09:04 फाईलहरु र सब- डिरेक्टरीहरु साधारणतय छुट्टाछुट्टै रंगमा देखाईन्छ ।
09:08 ls कमान्ड धेरै प्रयोग हुन्छ र यसका धेरै विकल्प छन् । जस्तै प्रोम्पट्मा ls space minus minus all all टाइप गरि इन्टर थिच्नुहोस् ।
09:24 यसले हिड्न् फाईल सहित सबै फाईल देखाउछ । ( फाईलनेम जुन डट (.) बाट शुरु भएका हुन्छन् ,तिनीहरुलाई हिड्न् फाईल भनिन्छ ।
09:33 माइनस l विकल्प प्रयोग गरि फाईल मात्र नभई बढी जानकारी लिन सकिन्छ ।
09:40 कमान्ड ls space minus small l टाइप गरि इन्टर थिच्नुहोस् ।
09:50 यसले file permissions, फाईल अनर्स नेम, पहिले परिवर्तन गरेको समय, बाईटमा फाईल साइज आदि देखाउछ । यसले के के गर्नसक्छ भनि यस टिउटोरियलमा देखाउन संभव छैन।
10:06 ls लाई विभिन्न विकल्पसंग प्रयोग गर्न सकिन्छ ।
10:11 यी सबै जानकारीहरु स्क्रिनमा देखाउन बाहेक फाईलमापनि राख्न सकिन्छ। यसरी कुनैपनि कमान्डका आउटपुटलाई फाईलमा जम्मा गर्न सकिन्छ ।
10:23 यसका लागि कमान्ड संग राईट ऐगंल ब्राकेट र फाईल नेम टाइप गर्नुहोस् । जस्तै ls space minus small l space right angle bracket space fileinfo टाइप गरि इन्टर थिच्नुहोस् ।
10:46 अब फाईल र डिईरेक्टरीको सबै जानकारी फाईलइन्फो नाम गरेको फाईलमा हुन्छ ।
10:54 तर यो फाईलको सामग्री कसरी हेर्ने ? यसका लागि cat कमान्ड छ । cat स्पेस र फाईलको नाम (यहाँ फाईलइन्फो) टाइप गरि इन्टर थिच्नुहोस् ।
11:12 अब यो फाईल हेर्न सकिन्छ । cat को अर्को प्रयोग फाईल बनाउन हो । यसका लागि प्रोम्पटमा cat स्पेस राईट ऐगंल ब्राकेट स्पेस फाईलनेम भनौ file1 टाईप गरि इन्टर थिच्नुहोस् ।
11:36 जब हामी इन्टर थिच्छौ कमान्ड युजरको ईनपुट कुर्दछ ।
11:42 हामीले टाइप गरेको टेक्सट् फाईलमा लेखिन्छ ।
11:50 अब इन्टर थिचि ईनपुट सकिएको जनाउनुहोस् ।
11:56 अब Ctrl र D किहरु संगै थिच्नुहोस् ।
12:05 यदि file1 गरेको फाईल पहिलै देखि छ भने युजर ईनपुट पहिलाको फाईल माथि बस्छ ।
12:13 यदि पहिले भएको कुरामा नयाँ कुरा थप्नु परेमा, प्रोम्पट्मा cat space double right angle bracket space file1 टाइप गरि इन्टर थिच्नुहोस् ।
12:36 हामी अरु कमान्डहरु पनि छलफल गर्न सक्थ्यौ, तर अहिलेलाई यति। साथै हरेक कमान्डको लागि धेरै विकल्प र संभावना हुन्छन् जुन यहाँ छलफल गरिएको छैन ।
12:50 यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । स्पोकन टिउटोरियल नेशनल मिशन अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो ।
13:02 अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस।
13:10 यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् ।

Contributors and Content Editors

PoojaMoolya, Pratik kamble, Ranjana, Udaya