Blender/C2/3D-Cursor/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.03 | ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ |
00.07 | यो ट्युटोरीअल ब्लेंडर २.५९ को 3D कर्सर को बारेमा रहेको छ |
00.15 | यो स्क्रिप्ट मा मन्दिरा थापा को योगदान रहेको छ |
00.25 | यो ट्युटोरीअल हेरेपछि हामी 3D कर्सर के हो, |
00.32 | ब्लेंडरमा कसरी नयाँ बस्तुहरु 3D भ्यू मा थप्ने र 3D कर्सर को snapping विकल्पहरु को बारेमा भनि जान्नेछौँ |
00.46 | म यो मान्छु कि तपाइलाई पहिले नै आफ्नो कम्प्युटर मा ब्लेंडर स्थापना गर्न आउछ |
00.51 | यदि छैन भने कृपया ब्लेंडर स्थापना गर्ने हाम्रो ट्युटोरीअल हेर्नुहोला |
00.57 | 3D कर्सर भनेको ब्लेंडर स्क्रिन को बीचमा देखिने क्रस-हेयर सहितको रातो र सेतो गोलो हो |
01.06 | अब ब्लेंडरमा 3D कर्सर हेरौं, यसको लागि ब्लेंडर खोलौं |
01.12 | हामीसंग ब्लेंडर खोल्ने दुई तरिकाहरु छन |
01.15 | पहिले डेस्कटपको Blender icon मा जाऊ, Blender iconमा राइट क्लिक गरि Openमा लेफ्ट क्लिक गरौँ |
01.27 | दोस्रो र सजिलो तरिका भनेको डेस्कटप को Blender icon मा दुई चोटी लेफ्ट क्लिक गरि खोल्नु हो |
01.42 | यो Blender 2.59 हो, ध्यान दिनुहोस कि यहाँ स्क्रिन रिजोलुसन 1024 by 768 pixels देखाइएको छ |
01.54 | तपाइले सबै विकल्पहरु बुझ्न सक्नुहोस भनि ब्लेंडर इन्टरफेस को फन्ट साइज बढाइएको छ |
02.01 | इन्टरफेस को फन्ट साइज बढाउन सिक्न कृपया युजर प्रेफरेंसेस को ट्युटोरीअल हेर्नुहोला |
02.12 | यसलाई स्वागत पेज वा स्प्ल्याश स्क्रिन भनिन्छ, यसले केहि ब्लेंडर सिक्न उपयोगी reference links देखाउछ |
02.20 | स्प्ल्याश स्क्रिन हटाउन, तपाइको किबोर्ड को ESC कि थिच्नुहोस |
02.25 | वा ब्लेंडर इन्टरफेसमा स्प्ल्याश स्क्रिन बाहेक अन्त कतै क्लिक गर्नुहोस |
02.32 | अब तपाई डिफल्ट ब्लेंडर वर्कस्पेस देख्न सक्नुहुन्छ |
02.37 | 3D कर्सर स्क्रिन को बिचमा क्युबले घेरिएको छ |
02.43 | हामी कर्सर राम्ररी देख्न सक्दैनौ त्यसैले हामीले क्युब लाई मेट्न पर्छ |
02.48 | डिफल्टमा, क्युब पहिले नै छानिएको छ |
02.51 | मेट्नलाई किबोर्डको delete बटन थिच्नुहोस, Deleteमा लेफ्ट क्लिक गर्नुहोस |
02.58 | ल, अब तपाई 3D कर्सर अझ राम्रो देख्न सक्नुहुन्छ |
03.04 | 3D कर्सर को मुख्य काम भनेको 3D सिनमा नयाँ बस्तु थप्ने स्थान देखाउनु हो |
03.15 | ADDमा, अनि Meshमा जानुहोस, Cube मा लेफ्ट क्लिक गर्नुहोस |
03.19 | तपाई 3D भ्यू मा नयाँ बस्तु थप्न किबोर्ड बाट shift र A थिच्न सक्नुहुन्छ |
03.27 | 3D भ्यू मा नयाँ क्युब थपिएको छ |
03.30 | तपाई देख्न सक्नुहुन्छ कि नयाँ क्युब 3D कर्सर भएको स्थान मै देखापरेको छ |
03.38 | अब यो हेरौ कि हामी कसरि नयाँ बस्तुहरु एउटा नयाँ स्थानमा थप्न सक्छौं |
03.44 | पहिले हामीले 3D कर्सर लाई एउटा नयाँ स्थानमा सार्नपर्छ |
03.48 | यसो गर्नलाई 3D स्पेस को कुनै पनि स्थान मा लेफ्ट क्लिक गर्नुहोस |
03.53 | म क्युब को बायाँपट्टि क्लिक गर्दैछु |
03.59 | नयाँ बस्तु थप्न Shift र A, अनि Mesh, UV sphereमा लेफ्ट क्लिक गर्नुहोस |
04.10 | UV स्फेर 3D कर्सर को नयाँ स्थान मा देखापर्छ |
04.15 | अब हामीले 3D कर्सर को स्न्यापिंग विकल्पहरु देख्नेछौं |
04.22 | Objectजानुहोस,अनि Snapमा , यो Snap मेनु हो |
04.29 | यहाँ विभिन्न बिकल्प रहेका छन् |
04.31 | तपाई किबोर्ड सटकट Shift र S पनि प्रयोग गर्न सक्नुहुन्छ |
04.38 | Selection to cursor ले छानिएको बस्तुलाई 3D कर्सरमा सार्छ |
04.45 | उदाहरण को लागि, अब क्युब लाई 3D कर्सर कर्सरमा स्न्याप गरौँ |
04.50 | cubeमा राइट क्लिक गरौँ, स्न्याप मेनु निकाल्न Shift र S क्लिक गरौँ |
04.58 | Selection to cursor मा लेफ्ट क्लिक गरौँ, क्युब 3D कर्सरमा स्न्याप हुन्छ |
05.06 | अब क्युबलाई दायाँतिर सारौँ, green handleमा लेफ्ट क्लिक गरौँ, माउस थिची राखी दायाँतिर सारौँ |
05.17 | किबोर्ड बाट G र Y थिच्नुहोस |
05.23 | 3D भ्यूमा बस्तुहरु सार्ने बारेमा अझ जान्न, ब्लेंडर इन्टरफेस को आधारभूत विवरण ट्युटोरीअल हेर्नुहोस |
05.35 | Shift र S ले स्न्याप मेनु निकाल्न सक्नुहुन्छ cursor to selected मा लेफ्ट क्लिक गर्नुहोस |
05.43 | 3D कर्सर नयाँ स्थानमा क्युब को बिचमा स्न्याप लिन्छ |
05.50 | तपाइको सन्दर्भमा तपाइको एक भन्दा बढी बस्तुहरु अहिले छानिएका छन, मानौं यहाँ क्युब र UV स्फेर छन |
05.59 | Cursor to selected ले दुई छानिएका बस्तुहरुको बिचमा 3D कर्सर स्न्याप गर्छ |
06.07 | म यो देखाउदैछु तपाई यो देख्न सक्नुहुन्छ कि क्युब पहिले नै छानिएको छ |
06.12 | UV स्फेर छान्न शिफ्ट + राइट क्लिक गर्नुहोस, त्यसैले तपाइसंग एकै चोटी दुई बस्तुहरु छानिएका छन |
06.22 | स्न्याप मेनु निकाल्न Shift र S थिच्नुहोस, Cursor to selected क्लिक गर्नुहोस |
06.30 | 3D कर्सरले दुई छानिएका बस्तुहरु बिचमा स्न्याप लिन्छ |
06.36 | अब शिफ्ट + राइट क्लिक गर्नुहोस, ल्याम्प, शिफ्ट र S थिची स्न्याप मेनु निकाल्नुहोस |
06.47 | Cursor to Selected मा क्लिक गर्नुहोस, 3D कर्सर ३ छानिएका बस्तुहरु बीच स्न्याप लिन्छ |
06.58 | ३D कर्सर सार्न 3D भ्यू मा कहिँ क्लिक गर्नुहोस, म सबैभन्दा तल क्लि गर्दैछु |
07.07 | शिफ्ट र S थिची स्न्याप नहु निकाल्नुहोस |
07.12 | Cursor to Center क्लिक गर्नुहोस, 3D कर्सर 3D भ्यू को बिचमा स्न्याप लिन्छ |
07.22 | बस्तुहरु नछान्न, किबोर्डबाट A थिच्नुहोस |
07.28 | अब UV sphere राइट क्लिक गर्नुहोस, यसलाई नछान्न A थिच्नुहोस |
07.39 | स्न्याप मेनु निकाल्न शिफ्ट र S थिच्नुहोस |
07.44 | Cursor to active मा क्लिक गर्नुहोस |
07.47 | 3D कर्सर UV स्फेर मा अन्तिम स्न्याप छान्छ |
07.56 | यदि 3D कर्सरलाई मोडलिंगमा पिभोटको रुपमा प्रयोग गरेमा अझ फाइदा लिन सकिन्छ |
08.03 | तर हामी यसलाई पछिको ट्युटोरीअलमा हेर्नेछौं |
08.08 | अब 3D कर्सर प्रयोग गरि 3D भ्यूको विभिन्न स्थानमा नयाँ बस्तुहरु थपौं |
08.16 | त्यसपछि, स्न्याप मेनुमा भएका स्न्यापका विकल्पहरु हेर्नुहोला |
08.26 | अब हाम्रो यो ब्लेंडरको 3D कर्सरको ट्युटोरीअल सकिन्छ |
08.31 | यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ |
08.40 | यो सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध रहेको छ
oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro |
09.00 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट |
09.02 | स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ |
09.06 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ |
09.11 | बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नुहोला |
09.17 | सहभागीता को लागि धन्यबाद |
09.19 | र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार! |