GIMP/C2/Drawing-Tools/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.23 | Meet The GIMP मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00.30 | यो टुटोरियलमा म ड्रइंग टूलहरुको चर्चा गर्नेछुँ |
00.37 | पहिलो ड्रइंग टूल पेन्सिल हो र यसले एकदमै कडा धारमा काम गर्छ |
00.44 | यहाँ, मैले एउटा सिधा धार कोरेकी छु र यदि मैले यो इमेज जूम गरें भने तपाईले हरेक पिक्सल कालो वा सेतो देख्न सक्नुहुन्छ |
01.01 | जब मैले चित्र कोर्न पेन्ट ब्रस छान्छु, मैले एउटा सफ्ट धार भएको लाइन पाउनेछु |
01.08 | र जब म जूममा फर्कन्छु तपाई पेन्सिलले कोर्दा एउटा देखिने jaggis सहितको हार्ड लाइन देख्न सक्नुहुन्छ |
01.17 | र जब म पेन्ट ब्रसले कोर्छु, म सफ्ट लाइन पाउछु |
01.29 | यहाँ पेन्सिलमा फर्कौं |
01.32 | तपाई पेन्सिल धेरै तिखो भएको देख्नुहुनेछ र पेन्ट ब्रस पनि स्मूड छ |
01.40 | तपाई यहाँ jaggis देख्न सक्नुहुन्न |
01.44 | यसलाई trick of the eye भनिन्छ |
01.47 | यसलाई ठुलो पारेपछि तपाई यहाँ यसको anti-aliest देख्न सक्नुहुन्छ |
01.53 | यो पेन्सिल र पेन्ट ब्रसको मुख्य भिन्नता हो |
01.59 | नत्रभने तिनीहरु लगभग बराबर हुन्छन र तिनीहरु वैकल्पिक पनि हुन्छन् |
02.13 | अब पेन्ट ब्रसबाट सुरु गरौँ |
02.16 | टूल बक्सबाट पेन्ट ब्रस टूलमा क्लिक गरौँ र तपाईले त्यसको लागि विकल्पहरु पनि पाउनुहुनेछ |
02.25 | मोडहरु लेयर मोडमा झैं छन् किनकि तपाई यहाँ मल्टिप्लाई वा ओभरले वा आदि देख्न सक्नुहुन्छ |
02.40 | यहाँ Opacity स्लाइडर छ र यो प्रयोग गरि तपाई दृश्यता र लाइनको रंग नियन्त्रण गर्न सक्नुहुन्छ |
02.50 | म मानलाई मानौं 25% मा सार्छु र जब म कोर्छु, म कालोको सट्टामा हल्का खैरो लाइन पाउछुं |
03.02 | र जब म एउटा नयाँ लाइनले यो लाइन काट्छु तपाई रंगहरु गाढा भएको देख्न सक्नुहुन्छ तर यो तब मात्र हुन्छ जब म एउटा नयाँ लाइन सहित अर्को यसमाथि जानेछु |
03.22 | म यो खण्डमा जूम गर्छु र एउटा ठुलो ब्रस छान्छु |
03.26 | र जब मैले लाइन कोर्छु यो खैरो छ |
03.30 | र मैले एउटा दोस्रो लाइन कोरें र यी दुई लाइनहरुको काटेको भाग गाढा खैरो छ |
03.36 | र अब मैले यहाँ माथि एउटा तेस्रो लाइन कोरें जुन थप गाढा खैरो छ तर जब मैले सोहि लाइनले पेन्ट गर्छु यो त्यति गाढा हुदैन |
03.48 | त्यसैले यसले एक स्ट्रोक देखि अर्को सम्म काम गर्छ र तपाईले सजिलै खैरोले एउटा क्षेत्र पेन्ट गर्न सक्नुहुन्छ र यसलाई भर्दा तपाईले ध्यान पुर्वक हेर्नुपर्दैन |
04.15 | यहाँ तपाईले Incremental नामक अप्सन देख्न सक्नुहुन्छ |
04.20 | जब तपाई Incremental छान्नुहुन्छ, तपाईले बढि प्रभाबकारी असर देख्नसक्नुहुन्छ |
04.29 | ब्रसहरुको विकल्पमा जाउँ र यहाँ तपाई यो ब्रसको स्पेसिंग 20% मा सेट भएको देख्न सक्नुहुन्छ |
04.45 | ब्रसहरु मुख्यत एउटा छाप हो जसले सोहि ढाँचालाई हरेक चोटी छापीरहन्छ |
04.54 | र जब म यहाँ जूम इन् गर्छु, 20% ब्रसको साइज पछि तपाई देख्न सक्नुहुन्छ, यो ब्रसले अर्को प्रभाब पारेको छ |
05.07 | यहाँ हरेक ब्रसले आफैलाई माथिबाट राख्छ |
05.19 | जब तपाई इन्क्रिमेंटल डी-सेलेक्ट गर्नुहुन्छ तपाई ब्रसको हरेक छाप देख्न सक्नुहुन्छ तर त्यहाँ माथि कुनै पेंटिंग छैन र मैले दोस्रो लाइन सुरु गर्नुपर्छ |
05.34 | र जब मैले इन्क्रिमेंटल छान्छु, म माथि बारम्बार पेन्ट गर्न सक्छु |
05.47 | 100% मा फर्कौं |
05.53 | मैले opacity र incremental अप्सनहरुको चर्चा गरें |
05.57 | अब opacity 100% मा फर्कौं र अब म फेरि पुरै कालो कोर्न सक्छु |
06.07 | यदि opacity 100% भन्दा कम छ भने मात्रै इन्क्रिमेंटल प्रयोग गरेको उपलब्धि प्राप्त हुन्छ |
06.15 | स्केल स्लाइडरले यहाँ पेनको साइज नियन्त्रण गर्छ र जब म 1 मा स्लाइड गर्छु, तपाईले सानो साइजको ब्रस पाउनुहुनेछ |
06.31 | जब मैले ब्रस स्केल गछु मानौं 0.05, म एकदमै राम्रो धार कोर्छु र म स्लाइडर लाई मानौं 2 मा सेट गर्छु र म एउटा मोटो लाइन पाउछु |
06.48 | स्केलले मुख्यत ब्रसको व्यास नियन्त्रण गर्छ र तपाई किबोर्डको स्क्वार ब्राकेटले पनि नियन्त्रण गर्न सक्नुहुन्छ |
07.15 | ओपन स्क्वार ब्राकेटले म ब्रसको साइज घटाउन सक्छु र क्लोज स्क्वार ब्राकेटले म साइज बढाउन सक्छु |
07.32 | तपाई ब्रसलाई लगभग नदेखिने सेट गर्न सक्नुहुन्छ |
07.38 | त्यसैले म पेन्ट गर्ने ठाउँ नछोडिकन ब्रसको साइज मिलाउछु |
07.51 | यदि GIMP का कसैले यसलाई अझ अगाडी लाने सोच्दैछन् भने म यहाँ एउटा स्लाइडरलाई 1 मा फर्काउने बटन चाहन्छु |
08.03 | ल, स्केल अप्सनको बारेमा सकियो |
08.06 | र म ब्रसको बिस्तृत रुपमा अर्को टुटोरियलमा चर्चा गर्नेछु |
08.12 | यहाँ pressure sensitivity भन्ने अप्सन छ र म यसलाई इमेज सम्पादन गर्दा प्रयोग गर्न सक्छु, त्यसैले |
08.30 | यहाँ opacity मा हेरौं |
08.35 | अब मैले धेरै प्रेसर विना कोरें भने तपाई एउटा लाइन पाउनुहुनेछ जुन खैरो छ र जब मैले प्रेसर बढाउनेछुँ म गाढा पाउनेछु र जब मैले प्रेसर घटाउनेछु एउटा हल्का रंगको लाइन पाउनेछु |
09.04 | यदि तपाई एउटा मास्क पेन्ट गर्दै हुनुहुन्छ भने यो अप्सन उपयोगी हुनेछ |
09.09 | यो एकदमै उपयोगी छ |
09.17 | अर्को अप्सन hardness |
09.20 | अब म कम प्रेसरमा ड्र गर्छु, त्यहाँ सफ्ट बोर्डर छ र जब म प्रेसर बढाउछुँ, पेन्ट ब्रसले पेनको जस्तै काम गर्छ |
09.38 | जब मैले पेन्सिल छान्छु र कोर्छु म एउटा मसिनो बोर्डर पाउँछु र यसले एउटा मसिनो बोर्डर बनाउछ यदि हामीले ट्याब्लेटमा थिच्यौं भने |
09.51 | म ब्रसको साइज प्रेसर सेंसिटिभीटि अनुसार बदल्न सक्छु |
10.00 | म प्रेसर सेंसिटिभीटि प्रयोग गरि रंग पनि बदल्न सक्छु |
10.05 | त्यसैले म पृष्ठभूमि रंगबाट अर्को रंग छान्छु र अब यो यहाँ छ |
10.12 | अब यो रातो रंग छानौं |
10.15 | र अब अग्रभूमिको रंगको लागि एउटा राम्रो रंग छानौं |
10.21 | र जब म यहाँ छानेको रंगले कम प्रेसरमा पेन्ट गर्न सुरु गर्छु म हरियो पाउछु र जब म प्रेसर बढाउदै हुन्छु म रातो पाउँछु र जब म छोड्छु म फेरि हरियो वा हरियो जस्तो सामग्री पुन पाउनेछु |
10.41 | र बीचमा रंग हरियो र रातो बीचमा बदलिन्छ |
10.49 | अन्तिम विकल्प भनेको gradients को रंग प्रयोग गर्ने हो |
11.01 | gradient छान्न File मा जाउँ, Dialogs र Gradients मा जाउँ |
11.18 | यहाँ gradient छ |
11.20 | र अब म यो विन्डो पाउनेछु, यसलाई यहाँ तान्छु र मसँग यहाँ एउटा gradient छ |
11.28 | gradient मा मसँग मैले छान्ने शैलीहरु धेरै छन् |
11.33 | यसलाई छानौं र म यहाँ फर्कन्छु |
11.42 | अब जब म पेन्ट गर्दै हुन्छु, यो तरिकाले यहाँ gradient मा पेन्ट हुन्छ |
11.48 | यो gradients मा लेख्ने र काम गर्ने कुरो अलि हासउठ्दो छ |
12.02 | यो ट्युब वा त्यस्तैबाट बने जस्तो देखिन्छ |
12.07 | तिनीहरु gradient का अप्सनहरु रहेका थिएँ |
12.11 | यी विकल्पहरु सबै ब्रसहरु प्रयोग गर्ने टूलहरुका लागि साधारण हुन् |
12.30 | मतलब पेन्सिल, पेन्ट ब्रस, इरेजर र एयरब्रस जसमा केहि थप अप्सनहरु हुन्छन |
12.50 | इंकमा ब्रस छैन तर यसमा अन्य धेरै विकल्पहरु रहेका छन |
12.55 | क्लोन टूल, हिलिंग टूल , Perspective clone tool र अन्य धेरै जस्तै blur, sharpen वा dodge र burn मा अन्य ब्रसको विकल्पहरु पनि हुन्छन |
13.14 | अब पेन्सिल र पेन्ट ब्रसमा फर्कौं |
13.21 | यसलाई फेरि सफा गरौँ |
13.24 | त्यहाँ अन्य धेरै उपायहरु छन् जुन यहाँ प्रयोग गर्न सकिन्छ |
13.29 | पहिलो उपाय एउटा लाइन कोर्ने बारेमा छ |
13.33 | जब म एउटा सिधा लाइन कोर्न खोज्छु यो अलि अप्ठेरो हुन्छ |
13.39 | तर जब मैले पहिलो पोइन्ट क्लिक गरेर सेट गर्छु र शिफ्ट कि थिच्छु, मैले एउटा सिधा लाइन पाउँछु |
13.48 | यहाँ मसँग एउटा सिधा लाइन छ |
13.51 | दोस्रो उपाय भनेको एउटा पोइन्ट सेट गर्ने र Shift + Ctrl थिच्ने हो र मेरो लाइनको रोटेसन 15 डिग्रीमा लक् छ |
14.05 | र त्यसैले म परिभाषित कोणको साथमा सजिलै सिधा लाइनहरु कोर्न सक्छु |
14.20 | ल, यहाँ कति राम्रो बनेको छ |
14.24 | तपाईले शिफ्ट कि ले गर्न सकिने अरु पनि केहि छन् |
14.29 | त्यसको लागि gradient tool छानौं |
14.37 | छानिएको gradient संगै एउटा लाइन कोरौं र तपाईले विभिन्न रंगहरु पाउनुहुनेछ |
14.45 | म एउटा सानो ब्रस छान्छु र gradient टूल डी-सेलेक्ट गरौँ र मेरो स्ट्यान्डर्ड रंगहरु छानौं |
14.55 | अब जब म कन्ट्रोल कि थिच्छु, म मैले कोरेको लाइनबाट एउटा रंग छान्न सक्छु र तपाई अग्रभूमिको रंग निलोमा बदलिएको देख्नुहुनेछ |
15.09 | त्यसैले म इमेजबाट एउटा रंग छान्न सक्छु, जुन एकदमै राम्रो छ |
15.17 | र यदि तपाई चित्रमा केहि पेन्ट गर्न चाहनुहुन्छ र यसमा तपाईले चाहेको रंग छ |
15.25 | यसमा खाली कन्ट्रोल क्लिक गरौँ र तपाई तपाइको palet मा निश्चित रंग पाउनुहुनेछ |
15.36 | त्यो राम्रो उपाय हो |
15.39 | मुख्यत, इरेजर टूल पेन टूल वा ब्रस जस्तै हो किनकि यो ठिक तिनीहरु भन्दा उल्टो हुन्छ |
15.52 | इरेजरले पनि पेन्ट गर्छ तर पृष्ठभूमिको रंग |
15.57 | तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ |
16.00 | तर यसको लागि तपाई ब्रसको सेंसिटिभीटि र opacity डी-सेलेक्ट गर्न सक्नुहुन्छ |
16.08 | जब मैले अग्रभूमिलाई कालो र पृष्ठभूमिलाई सेतो मा बदल्छु र सेतोलाई अग्रभुमिको रंग छान्छु र पेन छान्छु, म इरेजरको जस्तै असर पाउनेछु |
16.25 | रंग बदलेपछि इरेज गर्दा कालो हुन्छ |
16.41 | तपाई X कि थिचेर अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ |
16.50 | मैले बिस्तृत रुपमा पेन्सिल, पेन्ट ब्रस र इरेजरको पनि चर्चा गरें |
16.59 | थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस्, प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने
कृपया info@meetthegimp.org मा लेख्नुहोला. नमस्कार |
17.10 | स्पोकन टुटोरियल प्रोजेक्टको लागि, म मन्दिरा बिदा हुँदैछुँ, नमस्कार |